
२७ कार्तिक २०७७
हिजो अञ्जना तल सुतेकी, सेवा यताको खाटमा । राति पानी तिर्खा / बाहिर केही पर्ने हो । म नजिक बस्नु पर्थ्यो तर सेवा छोरी मानिनन् र म बीच तला सधैँ ठाउँमा चढेँ । बाहिरी जगतिर नहेरी भित्रको १२ डिग्री तापक्रम थियो । अनि तल झरेँ । उही चुइँकिने ढोका खोलेर पसेँ ।
त्यही बैठकमा सुतेकी सेवाले गुनासो गरी, ‘किन आउनु प-यो बुबा ! रातिहुँदो यहाँ मलाई डिस्टर्ब हुन्छ निद्रा ।’
‘तर तिमी ब्यूँझै रहेछौँ त नानी, आमालाई एकपल्ट हेरौँ भनेर !’
‘पर्दैन । बिहान आउनू नि, मैले हेरिहाल्छु नि !’
तैपनि मनले मानेन र भित्र पसेँ । अञ्जना पनि ब्यूँझै रहिछन् अनि सोधेँ, ‘कस्तो छ तिमीलाई ?’
‘राम्रै छ ।’
‘निद्रा लाग्यो ?’
‘लाग्यो ।’
‘पानी ? तिर्खा ? कोही, बाहिर जानु छ कि ?’
‘बाहिर अघि गएर आएँ । पानी बिहान छ बजेतिर तताइदिँदा हुन्छ । धेरै राति छ, अहिले क्यै छैन, भरे सुतौँला !’
यसपछि म काममा बसेँ । लक्ष्मण भाइका ‘पसिनाका पैताला’ १५ पृ. बाँकी थियो । पढिसकेँ र यस पठनको अनुभूति लेख्न थालेँ । छ बज्दा छ पृष्ठ सकेँ र तल झरेँ । बिजुली जगमा पानी उमालेर एक गिलास अञ्जनालाई दिएँ । माथि चढेर आफ्नो अर्को चिया बनाएँ । आठ बजेसम्म लेख्ता निकै पुग्यो । अनि एकछिन आराम गरेँ । जगत् उज्यालो छ ।
तल झरेर थाल बटुका गिलास टुङ्गामा राखेँ। सेवा खाना बनाउन लागिन् । उनको कम्ती हुन्छ, जे बनाए पनि मिठो अनि माथि आएर फेरि लेख्न बसेँ । खाना अबेला थियो । १० बज्दा सबै सकियो जुन निम्नानुसार छः दिने गाम्नागेका पुस्तक समीक्षा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
