अध्याय – नौ

आफ्नो घर छोड्नु अघिको बिहान फुच्चे राजकुमारले आफ्नो ग्रहलाई होशियारीपूर्वक व्यवस्थित गर्यो । निकै सावधानीपूर्वक दुईवटा बल्दो ज्वालामुखीको सफाई गर्यो उसले |

एन्टोनी डे सन्त एजुपेरे

राजकुमार बिहानको नास्ता तताउँथ्यो ज्वालामुखीको आगोमा । अर्को ज्वालामुखी पनि थियो निष्क्रिय अवस्थाको ।

निष्क्रिय अवस्थाको ज्वालामुखी कुनै पनि बेला बिस्फोट हुनसक्छ भन्ने आशङ्का गर्दै उसले गोरक्षवृक्षको अङ्कुर पनि उखेलेर फालिदियो । त्यसपछि अन्तिमपटकका लागि फूलको स्याहारमा जुट्यो फुच्चे राजकुमार ।

फूलको स्याहार गर्दैगर्दा उसको आँखाबाट आँसु झर्नथाल्यो । उसले आफूलाई रोक्न सकेन | ‘अलबिदा ‘ उसले फूललाई भन्यो |

शुरूमा त फूलले जवाफ दिन इन्कार गर्यो । तर अन्ततः जवाफ दिनैपर्यो “मैले मूर्खता गरेँ | मलाई माफ गर अनि सधैँ खुसी रहने कोसिस गर ।”

फेरि फूलले भन्यो, “म तिमीलाई माया गर्छु । यो मेरै कमजोरी हो । तिमीले थाहै पाएनौ कि म तिमीलाई माया गर्छु भनेर । तर केहि छैन म तिमीबिनै बाँच्न सक्छु । तिमीले टाढा जाने निर्णय गरिसक्यौं । जाऊ तिमी अब ।” तर फूललाई थाहा थिएन, अब उनीहरूको भेट कहिल्यै हुन्न भनेर ।