साहित्यपोस्टले वरिष्ठ साहित्यकार अमर त्यागीको प्रायोजनमा सञ्चालन गरेकाे बाछिटा प्रतियोगिताको तेह्रौँ शृङ्खलामा सिर्जन अविरल, सुरेश काफ्ले विदारक र ओम आचार्यका बाछिटा सर्वोत्कृष्ट घोषित भएका छन् । सर्वोत्कृष्ट घोषित बाछिटाहरूको बाह्य र आन्तरिक संरचना, प्रकृतिबिम्बको प्रतीकात्मक प्रस्तुति तथा विषय र भावको गहनताका आधारमा बाछिटा प्रवर्तक अमर त्यागी र सहप्रवर्तक खगेन्द्र बस्यालले सर्वोत्कृष्ट घोषणा गर्नुभएको हो ।

प्रतियोगितामा सहभागी सबै बाछिटाकारका बाछिटाहरू उत्कृष्ट रहेका, तर तीनजना बाछिटाकारहरूका बाछिटाहरू मात्र चयन गर्नुपर्ने बाध्यताका कारण अन्य बाछिटाकारहरूका बाछिटाहरू चयन गर्न नसकिएको निर्णायकद्वयले बताउनुभएको छ । साथै, उहाँहरूले यो प्रतियोगिता बाछिटा प्रकाशन गर्ने स्थान पनि भएको हुनाले आफू पुरस्कृत नभएसम्म प्रतियोगी र पुरस्कृत भएपछि अप्रतियोगीका रूपमा बाछिटाहरू निरन्तर पोस्ट गरिरहन पनि विशेष अनुरोध गर्नुभएको छ ।

प्रतियोगिताको निर्धारित स्थान समाचारको कमेन्ट बक्सबाहेक अन्य स्थान वा फेसबुकका म्यासेन्जर तथा मेलमा आएका बाछिटाहरू प्रतियोगितामा समावेश गरिएका छैनन् ।

हरेक अङ्कका पुरस्कृत स्रष्टाहरूलाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार पुऱ्याउने प्रयास गर्नेछ । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत स्रष्टालाई सम्पर्क गर्न नसकेमा पुरस्कृत स्रष्टाहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका बाछिटाकारहरूले ९८४९०७०५७१ मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिएको छ । त्यसैगरी विदेशमा रहनुभएका स्रष्टाहरूले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा सम्पर्क गरेर पुरस्कार र थप विवरण सम्बन्धमा जानकारी लिन अनुरोध गरिन्छ ।

निर्णायक र साहित्यपोस्ट परिवार विजयी बाछिटाकारहरूमा विशेष बधाई ज्ञापन गर्दै सहभागी सबै बाछिटाकारहरूलाई हार्दिक साधुवाद प्रकट गर्दछ ।

पढ्नुहोस् तेह्रौँ शृङ्खलाका विजयी बाछिटाकारका बाछिटाहरूः