कलाकार डिबी राई अहिलेका चर्चित युवा कलाकार हुनुहुन्छ। लामो समय भयो, उहाँ कलाकारितामा लाग्नुभएको । राई मूलत: दृश्यचित्र र काठमाडौँ उपत्यकाका साँघुरा गल्लीहरूको चित्रण कार्यमा निकै अब्बल देखिनुहुन्छ। अझ जलरंग माध्यममा त उहाँले निर्माण गर्नुभएका झरिलो गल्लीमा छाता ओढेर हिँडिरहेका व्यक्तिहरूको चाल र पानीमा देखिएको प्रतिबिम्ब कम्ता आकर्षक लाग्दैन!
प्रस्तुत चित्र कलाकार राईको ‘झरिलो गल्ली’ शीर्षकअन्तर्गत बनेको उत्कृष्ट रचना हो। यस चित्रमा झरीका बाबजुद पनि मानिसहरू छाता ओढेर किनमेल र आवातजावत गरिरहेको देखिन्छ। यसले एकातिर काठमाडौँको व्यस्त जनजीवनलाई देखाएको त छ नै त्यो भन्दा बढी कलाकारले भिडभाड र पानी परेको अवस्थालाई आकर्षक रुपमा क्यानभासमा उतार्नु भएको छ ।
रङ र रेखाको दुरान्तर प्रस्तुति यसको अर्को अब्बल पक्ष हो ।
कलाकार: डिबी राई
शीर्षक: झरिलो वसन्तपुर
माध्यम: जलरङ
आकार: २२x३० इन्च
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।