ब्रजभूमि सबै देवी-देवताको वास स्थल हो र सबै यहाँ आउन लालायित रहन्छ्न् । भगवान् कृष्ण सबै कलाले परिपूर्ण थिए तर उनको प्रेमकला धेरै प्रसिद्ध भयो । हामीलाई भगवान् कृष्णको गीता ज्ञान, वंशी वादन, समाज- संस्कृतिको रक्षाको लागि सुदर्शन चक्र धारण गर्नु, प्रकृति संरक्षणको लागि गोवर्धन पर्वत उठाउनु, कालिया नाग मर्दन आदि जस्ता लीला सथाली हो । यमुना नदीको किनारै- किनार दुवैतिर वृंदावन नगर बसेको छ । यो मथुरा जिल्लाको एउटा सानो रमणिक नगर हो । महाभारत महाकाव्यका नायक श्रीकृष्णको लीला स्थली यो नगर तीर्थमध्ये प्रमुख हो । जहाँ चम्पक वनमा विहार गर्दै, माखन चोर्दै र बृजबालासँग रास नाच्दै श्रीकृष्णका अनेकौँ कथाहरू छरिएका छ्न् । वृंदावन कृष्णका भक्त, कवि र कलाकारहरूको कार्यस्थली हो । सँगै यो नगर आफ्नो कला परम्पराका लागि पनि विश्वविख्यात छ ।
मन्दिरका भित्तामा बनाइएका चित्रकला र ढुंगामा उत्कीर्ण कला हजारौँ वर्ष पुराना हुन् । यहाँको लोककला आज पनि कलाकारहरूमाझ परम्परागत रूपले यमुनाघाट चित्रकलाको रूपमा जीवन्त छ । यमुनाघाट कलाकृतिको प्रमुख विषय श्रीकृष्ण लीला हो । जसमा बाललीला, माखन चोरी, राधाकृष्णको प्रेमलीला, गोपिनीहरूसँगको महारास, राक्षस वध, गीताको उपदेश आदि महाकाव्यका विभिन्न प्रमुख घटनाहरू लोककलाका प्रमुख विषय वस्तु हुन् । तथापि यमुना नदी र उसको छेउ- छाउको दृष्य तथा कृष्णको बाललीला हुने गर्छ । किनकि कृष्णको बाल्यकाल यहाँ व्यतीत भएको हो ।
नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ चार दिने “कृष्णोत्सव” श्री कृष्णको लीलास्थली, वृन्दावनमा भारत-नेपाल संगीत एवं दृश्य कला संगोष्ठी बिपी कोइराला भारत–नेपाल फाउण्डेसन र श्री चैतन्य प्रेम संस्थान वृन्दावनको संयुक्त तत्वावधानमा गएको सोमबारदेखि भारतको वृन्दावनमा कार्यशाला सुरु भै बिहीवार सम्पन्न भयो । यस कार्यशालामा नेपालका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, अग्रज पौभा कलाकार लोक चित्रकार, प्रसिद्ध मिथिला कलाकार एससी सुमन र कलाकार सुनिता राणा सहभागी छन् । यसैगरी भारतको तर्फबाट चित्रकार अञ्जनी रेड्डी, अमित कुमार, हेली गोस्वामी, फणीन्द्रनाथ चतुर्वेदीको सहभागिता रहेको थियो । विहीबारसम्म चलेको ‘इन्डो–नेपाल संगीत तथा दृश्य कला गोष्ठी’ मा नेपालबाट शास्त्रीय गायक डा. रमेश पोखरेल र भारतबाट आस्था गोस्वामीले प्रतिनिधित्व गर्दै आप्नो गायन प्रस्तुत गरे ।
सहभागी कलाकार उपाध्यायले गोष्ठीको मूल उद्देश्य नेपाली र भारतीय चित्रकार एवं संगीतकार दुवैलाई एकअर्कासँग अन्तरक्रिया, विचार आदानप्रदान र वृन्दावनको आध्यात्मिक वातावरणमा रचनात्मक सम्भावना खोज्ने अवसर प्रदान गर्नु रहेको बताइन् । उनका अनुसार चार दिवसीय कला कार्यशालामा नेपाली र भारतीय कलाकारसँग अन्तर्क्रियात्मक सत्रका अतिरिक्त दुवै देशका कलाकारले चित्रसमेत रचना गरे । बिपी कोइराला भारत–नेपाल फाउण्डेसनका बोर्ड सदस्यसमेत रहेकी रागिनीले कार्यक्रमले नेपाल तथा भारतबीचको सम्बन्धलाई बलियो बनाउने आशा व्यक्त गरिन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति उपाध्यायले भनिन्, ‘संगीत र भिजुअल आर्ट्सको वृन्दावनमा हुने गोष्ठीले भारत र नेपालको सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्ने मात्र नभई वर्तमान कला परिदृश्यसँग राम्ररी परिचित कलाकारको हैसियतले दुवै देशका कलाकारबीच आपसी समझदारी निर्माणमा पनि योगदान पु-याउनेछ ।’
सहभागी कलाकार एससी सुमनले कार्यशाला विश्वकलाको परिदृश्यसँगै कलाका विविध आयामलाई बुझ्ने अवसरको रुपमा रहने विचार व्यक्त गरे र उनले भने, ‘वृन्दावनमा श्रीकृष्णका अनेकौँ कथाहरू छरिएका छ्न । कृष्णको बाल्यकाल यहाँ व्यतित भएको हो । वृंन्दावन कृष्णको भक्त कवि र कलाकारको कार्यस्थल हो । सँगै यो नगर आफ्नो कला परम्पराको लागि पनि विश्वविख्यात छ ।’
उनले मन्दिरको भित्तामा बनाइएको चित्रकला र उनले मन्दिरको भित्तामा बनाइएको चित्रकला र ढुंगामा उत्कीर्ण कला र लोककला आज पनि कलाकारमाझ परम्परागत रूपले हजारौँ वर्षदेखि जीवन्त रहेको बताए । सुमनले थपे, ‘यमुनाघाट कलाकृतिको प्रमुख विषय श्रीकृष्णलीला हो । मिथिला कलामा पनि कृष्णलीला कोरिन्छ ।
यसरी मिथिला र वृन्दावनको लोककलामा चित्रको मुद्रा अत्यन्त मनोहारी र आकर्षक हुन्छ । ठुल–ठुला आँखा र कृष्णको मनोहर मुस्कान जोकोहीलाई आफूतिर तान्न सक्दछ । पुरुष र नारी दुवैको शारीरिक गठन र अनुपातलाई सजगताले कोरिन्छ। सगै वस्त्र र आभूषणको चित्रांकनमा विशेष ध्यान दिइन्छ । कागज, कपडा र भित्तामा बनाइने यो कलाले मुगल कालमा मिनियेचर शैलीलाई अंगीकार गर्दा, कलाकृतिहरुमा रङ सँगसँगै सुनको प्रयोग पनि हुन थाल्यो ।
सांझी कला सांस्कृतिक रूपले धनी, ब्रजमा प्रचलित अनेक कलामध्ये एक हो । भगवान् कृष्णसँग सम्बन्धित सांस्कृतिक पृष्ठभूमि भएकाले ब्रज प्राचीन कालले नै विभिन्न लोकशैलीको महत्त्वपूर्ण केन्द्र बन्न पुगेको छ । तीमध्ये हस्तकला, संगीत, वास्तुकला, शिल्पकला प्रमुख हुन् । यस भ्रमणले नेपाल र भारतका कला परम्परालाई नजिकबाट नियाल्ने र आत्मसात् गर्ने अवसर मिलेको छ ।
यस्तै, नेपालका अग्रज पौभा कलाकार लोक चित्रकारले कला कार्यशालाले नेपाल र भारतबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने विचार व्यक्त गरे । उनले कलाले सम्बन्धलाई प्रगाढ बनाउनुका साथै मानवीय संवादलाई विनिमय बनाउने बताए ।
यस्तै, नेपालका अग्रज पौभा कलाकार लोक चित्रकारले कला कार्यशालाले नेपाल र भारतबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने विचार व्यक्त गरे । उनले कलाले सम्बन्धलाई प्रगाढ बनाउनुका साथै मानवीय संवादलाई विनिमय बनाउने बताए ।
कार्यशालामा सहभागी भारतीय कलाकार अमित कुमारले सिर्जनात्मक ढंगले दुई देशका कलाकारले सम्बन्धलाई जोड्ने काम गरिरहेको बताए । उनले भने, ‘कलामार्फत संस्कृति, प्रकृति तथा मानवीय संवेगलाई क्यानभासमा उनेर सिर्जनात्मक मनोभावलाई अभिव्यक्त गरिएको छ । यो कलाकार्यशाला र प्रदर्शनीले सिर्जनाको संसारलाई फराकिलो बनाउन मद्दत पुग्ने आशा राख्न सकिन्छ ।’ आचार्य श्रीवत्स गोस्वामीजीले शुभारम्भ गरेको उक्त कार्यक्रमको भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले श्री चैतन्य प्रेम संस्थाको सभाहल मा समापन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।