राति ढिला सुत्नाले निद्रा पुगेको छैन । अघिल्लो दिनको थकाइ पनि मेटिएको छैन, एकाबिहान फोन बज्छ, टुङटुङ ओहो ! बिहान भएछ, हतारमा फोन हेर्छु , हिजो साझा फम भरेर गएको ग्राहकको फोन हुन्छ, भगवान् बराबरका हुन ग्राहक, मन भन्छ, आँखा मिच्दै फोन उठाउछुँ ।
‘दाइ खोइ रूम मिल्यो त ? मलाइ आजै सर्नु छ ।’
‘छ भाइ । म दुई मिनेटमा अफिस आए है ।’
हतारमा खुट्टामा पाइन्ट, पाखुरामा जकेट घुसार्दै हेलमेट र चाँबी निकालेर मनमा (आज राम्रो व्यापार) कुरा सल्काउदै तल झर्छु , खाली पेट छु, बाइक तान्ने बेलामा थाहा हुन्छ ।
बाइक स्टार्ट गरेर अफिस पुग्छु, मनको भित्तामा अनेकन पोष्टर छन् तर पसलको भित्तामा टासिएको छ ।
“सि मार्ग सर्भिस” हाम्रा सेवाहरू…. हेर्दै, भगवानलाई बोकेर रूम खाली भएतिर दौडन्छु, घरको घन्टी बजायो, आँखा मिच्दै घरबेटी निस्कन्छन् भाइलाई रूमको बारे लेक्चर दिन्छन् । म त्यही मौकामा बाथरूम छिर्छु, र निस्कँदा मेरो भगवान भन्दै थिए, अङकल मपछि फिक्सड गर्छु । म बाइक स्टार्ट गर्छु र भगवान् बोकेर फर्कन्छु, दाइ सब ठिक छ तर भाडा ५०० महङ्गो भयो , त्यो मिलाइदिनु बस्छु ।
‘हामीले मिलाइदिन मिल्ने भए त मिलाउथेँ’ नि म बोल्छु । ‘हो र दाइ उसोभए अर्को रूम मिलाइदिनु न’ उसले भन्छ।
त्यस्तै रूम पाए म कल गर्छु म भन्छु , चोकमा ऊ झर्छ…, आदेश दिँदै ।
सँगै अर्को फोन आउँछ, ‘भाइ किचेन सहितको रूम पाइयो त ?’
‘पाएको छैन दाइ म हजुरला कल गर्छु नि पाउन साथ।’
‘भाइ छिटो गर्दिन पर्यो आवाज आउँछ । हुन्छ दाइ, म पाउन साथ कल गर्छु ।’
‘ल छिटो है भाइ’ ऊ भन्छ र उता कसैसँग भन्छ फमको पैसा खाने भयो ।
म फोन काट्छु अफिस खोल्छु , बाँकी केही भगवानहरूलाई कल गर्छु, कोही दिउँसो आउने भन्छन्, कोही साँझ। बिहानले ९ बजायो, अफिस बन्द गरेर रूमतिर लाग्छु रूम बन्दछ । साथी कलेज पुगेछ, म व्यापारी बनेर कलेज भुल्दै छु । भात बसाल्छु तरकारी काट्दै गर्दा फोन बज्छ, ‘सर हजुरले रूम खोज्दिनु हुन्छ रे , मलाई रूम चाहिएको थियो । हजुर खोज्छौ नि कस्तो रूम कतातिर चाहिएको ?’ मैले भन्छु । ‘मलाई कलेज नजिकै चाहिएको सर’ उसले भन्छ, फम भर्नु … यति गरे रूम देखाउँछौ म भन्छु । ‘अफिस आउनु न। म फम भरेर जान्छु, साँझ आउछु रूम हेर्न । अहिले म १० बजे अफिस पुग्नु पर्छ’ उसले भन्छ ।
‘हवस्’ सिटी लाग्न बाँकी भातको ग्यास बन्द गर्छु, आलुमा गाडिएको चक्कु त्यस्तै छोड्छु , हेलमेट बोकेर चाँवी लगाउँदै निस्कन्छु ।
अफिस खोलेर म भन्छु “एउटा फमले तिन मात्र रूम देखाउँछौ ।”
‘हो र अहिले फम भरेन साँझ आएर फम भर्छु।’
ऊ स्कुटर स्टार्ट गरेर जान्छ। म अफिस बन्द गरेर रूम पुग्छु, ग्यास जलाउँछु, आलु टुक्राउँछु , तरकारी काट्दा काट्दै फोन आउँछ । फोन साथीको ।
‘केटा लास्ट समस्या पर्यो ५ ६ हजार पैसा दे त ।’
‘छैन यार भएको भए त हाल्दिन्थे नि’ म भन्छु ।
‘पैसा हुनेहरू यस्तै हुन् , तसँग जाबो ५ ६ हजार छैन गफ नदे न, तेरो त दिनमै १० हजार कमाइ हुन्छ रे !’
म के बोलुँ के नबोलुँ ।
‘हो दिनको दश हजार कमाइ त हुन्छ तर पैसा हैन तनाव दौडधुप हो ।’ म भन्छु ।
‘साँच्चि दिन्नस् ‘ ऊ बोल्छ ।
‘छैन त यार कसरी दिऊँ’ म बोल्छु ।
‘ठिक छ कहिलेकाहीँ हामी नि काम लागौँला’ फोन काट्छ ऊ ।
फोन राख्न पाछैन फोन बज्छ उठाउँछु , ‘भाइ अस्ति कस्तो मान्छे बसालेको, हिजो साँझ जाँड खाएर हल्ला गरेर सुत्न दिएनन्, घरबेटी कराउँछ ।
‘रक्सी खादैनौँ भन्थे खादा रहेछन्, एकपटक हजुरले सम्झाउनु म पनि भेटेर भन्छु नि है अङ्कल’ म भन्छु ।
‘अब यस्ता मान्छे नल्याउ है, तिमीले लिएका मान्छे मेरो घरमा राख्दिनँ’ बोल्दै फोन काट्छ ।
तरकारीमा पानी हाल्दै खाटमा थ्याँच्च बस्छु, फोन बज्छ ।
उठाउँछु ।
‘हिजो १० बजे अफिस बोलाउनु भाथ्यो अफिस बन्द छ त दाइ ‘ आवाज आउँछ ।
‘ल २० मिनेट बस्नु है म आएँ’ म बोल्छु ।
‘दाइ यस्तो काम नगर्नु न ,दश बजे भनेर साढे दस हुँदा पनि ।’
‘ल भाइ म आएँ ।’
‘ल छिटो आउनु’ फोन राख्छ ।
‘आज किन आएनौ कलेज , ४ ५ जना बसाल्यौ क्या हो’ रूममा आवाजसँगै साथी रूम छिर्छ ।
हतारमा खाना पस्कँदै के के पढाइ भयो सोध्दै खाना खान्छु र ‘ल म अफिस गएँ ‘ हतारमा निस्कन्छु ।
अफिस ढोकामा तीन भगवान् छन्, सबलाई पहिला रूम हेर्न जानु छ, एकैपटक सबलाई देखाउने कसरी ? जनतन कुरा मिल्छ रूम देखाउन कुद्छु । १२ बज्छ कसैलाई रूमहरू चित्त बुझ्दैन । साथी आउँछ अफिसमा ।
‘ल अब कुद अफिस म हेर्छु ।’
ठूलो राहत महसुस गर्छु तर त्यही बेला रूम देख्न जाने कोही आउँदैन । फोन कराउन हराउँदैन, देख्नेहरूका लागि व्यवसाय खत्रा कमाउँछ भन्ने सोलो गन हराउँदैन, साँच्ची म व्यापारी बनेको छु ।
साँच्ची ग्राहक भगवान् जो हुँदा रहेछन् ।
भगवान् र ग्राहक जसले उस्तै हुन भनी जोड्यो उसले भगवानलाई जहिले धुप बालिरह्यो । उसले बुझ्यो सबसे अप्ठेरा भगवान् नै हुन्छन् । हो, म व्यापारी बनेको छु । सबलाई ममाथि अधिकार छ, रिसाउने, दोष दिने, थर्काउने । किनकि ग्राहक भगवान् हुन् । भगवानमाथि धावा बोल्ने अधिकार मलाई छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।