साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ठूला प्रकाशक गाभिनु लेखकविरूद्ध

Chovar Blues Mobile Size

 

प्रख्यात उपन्यासकार स्टेफन किङले गएको साता अमेरिकी राजधानी वासिङ्टन डिसी पुगी ठूला प्रकाशकहरू एकअर्कामा गाभिनु लेखकहरूको स्वार्थविरूद्ध हुने प्रतिक्रिया दिएका छन् ।

 

उनले संघीय एन्टीट्रस्ट अदालतमा सो बारेमा आफ्ना धारणा राखेका हुन् । उनले अदालतमा भनेका छन्, म पचास वर्षदेखि प्रकाशन उद्योगसँग गाँसिएको छु । यत्तिका वर्षको अनुभवले मलाई के सिकाएको छ भने साना र उदाउँदा लेखकका लागि धेरै ठूला प्रकाशकहरू एकअर्कामा गाभिँदा निकै ठूलो असर पर्छ । उनीहरूले पाउनुपर्ने रकम पाउन सक्दैनन् । उनीहरूमाथि आर्थिक शोषण हुने सम्भावना बढी हुन्छ ।

 

पछिल्लो समयमा ठूला प्रकाशकहरू एकअर्कामा गाभिएपछि धेरै लेखकहरूको लेखकस्व गुम्न थालेको, आम्दानी घटेको र बाँच्न समेत गाह्रो हुन थालेको अनुभव भएको उनले बताएका छन् ।

 

पेइन्गुइन रेन्डम हाउस प्रकाशन संस्थाले हालै सिमोन एन्ड सुस्टर कम्पनी २ अर्ब डलरभन्दा बढीमा किन्ने तयारी थालेपछि यसविरूद्ध केही लेखक, लिटररी एजेन्ट तथा प्रकाशन संस्थाका कार्यकारी अधिकारीहरूले आवाज उठाएका थिए ।

 

यी दुई ठूला प्रकाशन संस्था गाभिएपछि पुस्तकको मूल्य वृद्धि हुने मात्र नभई सबै कुरामा आफ्नो नियन्त्रण हुने हुनाले प्रकाशन संस्थाले बेस्टसेलर पुस्तकका लेखकलाई पनि कम दाममा काममा लगाउने सम्भावना बढ्ने आशंकाका साथ सरकारले यी दुई प्रकाशन संस्था गाभिनु हुन्छ कि हुँदैन भन्दै केही लेखकहरूसँग सल्लाह मागिरहेको छ । जरूरी नै नभए पनि यतिबेला लेखक स्टेफन किङ आफूले आफ्ना धारणा राख्दा भविष्यका लेखकहरूलाई काम लाग्ने भन्दै यी दुई ठूला प्रकाशन संस्था गाभिन नहुने प्रतिक्रिया दिएका हुन् ।

 

sagarmani mobile size

पेइन्गुइन रेन्डम हाउस र सिमोन एन्ड सुस्टरले भने ठूला कम्पनी गाभिएपछि लेखकहरूले लेखकस्व अझ बढी पाउने सम्भावना रहेको बताएका छन् । सिमोन एन्ड सुस्टरका किताबले रेन्डम हाउसको विशाल वितरण प्रणालीमा पहुँच पाउने हुनाले पुस्तकहरू अझ बढी बिक्री हुनेसमेत बताएका छन् ।

 

बार्टेल्सम्यान एसई नामक जर्मनीको मिडिया कम्पनीले सन् २०२० को नोभेम्बरमा पेइन्गुइन रेन्डम हाउस खरिद गरेको थियो । यससँगै सिमोन एन्ड सुस्टर पनि प्रकाशनलाई किन्ने तयारी गरेको थियो । यसअघि पेइन्गुइन प्रकाशनले रेन्डम हाउसलाई सन् २०१३ मा किनेको थियो ।

 

यदि सिमोन एन्ड सुस्टरलाई पेइन्गुइन रेन्डमहाउसले किनेको खण्डमा कुन पुस्तक छाप्ने र कुन नछाप्ने, कुन पुस्तकलाई कुन देशमा पुर्याउने वा नपुर्याउने भन्ने सम्पूर्ण अधिकार एउटा प्रकाशकमा निहित हुने हुनाले यसले पाठकहरू घाटामा पर्ने दाबी गरिएको छ ।

 

यति मात्र नभई कुन लेखकलाई कति दिने वा नदिने मात्र होइन, कुन लेखकको करियर ध्वस्त बनाउने भन्ने शक्ति एउटै प्रकाशकमा निहित हुने देखिएको समेत विरोधीहरूको दाबी छ ।

 

पेइन्गुइन रेन्डम हाउस र सिमोन एन्ड सुस्टरले अमेरिकामा प्रकाशन हुने सम्पूर्ण पुस्तकमध्ये ३१ प्रतिशत प्रकाशन र वितरण गर्ने गर्छन् ।

 

यसै सन्दर्भमा उपन्यासकार स्टेफन किङले जस्टिस डिपार्टमेन्टमा आफ्ना धारणा राखिदिएकामा डिपार्टमेन्टले धन्यवाद दिएको छ । उनका द साइनिङ, मिजेरी, केरीजस्ता पुस्तकहरू यतिबेला चर्चामा छन् ।

 

प्रतिक्रिया
Loading...