© Bimal Photo Studio

साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई ११ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत अझ बढी सिर्जना प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।

राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ।

याे साता प्रवासी सुमनको ‘प्रेमको सिम्फोनी’, विष्णु ढकालको ‘याद’ र तिलकराज चुँदालीको ‘भ्वाइलिन र तिमी’ सर्वोत्कृष्ट चयन भएका हुन्।
छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।

अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार साँझदेखि शुरू हुनेछ ।

पुरस्कृत कविता तल पढ्नुहोस्ः