साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भाइरल कथाः अव्यक्त शब्द

उसको मृत्यु हुँदा ठूलो भिड जम्मा भयो । उसको श्रद्धाञ्जलीमा पनि निकै मान्छे आएका थिए । श्रद्धाञ्जली दिने ठाउँमा उसले हातले लेखेको एउटा कागजको टुक्रो पनि टाँसिएको थियो ।

Chovar Blues Mobile Size

लेखकः अज्ञात

 

१० कक्षामा पढ्दाः
म अङ्ग्रेजी कक्षामा बस्दा, म पछाडिको बेञ्चमा बस्थेँ र एउटी केटीलाई पछाडिबाट हेरिरहन्थेँ । ऊ मेरी कथित ‘बेस्ट फ्रेण्ड’ (मिल्ने साथी) थिई । म उसको लामो, चिल्लो कपाललाई हेर्थें र कल्पन्थेँ, काश… ऊ मेरी भइदिए… ।

उसले भने कहिल्यै मलाई त्यसरी विचार गरिन र मलाई यो कुरा थाहा थियो । कक्षा सकिएपछि ऊ मछेउ आई र हिजो ऊ विद्यालय नआउँदा छुटेको नोट सार्नुपर्ने र मेरो नोट उसलाई दिन आग्रह गरी । मैले उसलाई मेरो नोट दिएँ ।

उसले मलाई धन्यवाद भनी र नोटको बदलामा गालामा चुम्बन पनि दिई । म उसलाई भन्न चाहन्थेँ, म उसको ‘बेस्ट फ्रेण्ड’ मात्र बन्न चाहन्न । उसलाई म ज्यादै माया पनि गर्छु । तर म यति लजालु थिएँ, मैले उसलाई भन्न सकिनँ । किन भन्न सकिनँ, मलाई नै थाहा छैन ।

११ कक्षामा पढ्दाः

sagarmani mobile size

एक दिन फोनको घण्टी बज्यो । उतापट्टि मेरो त्यही साथी थिई । ऊ रोइरहेकी थिई, उसको बोली थर्थराइरहेको थियो । उसले उताबाट सुनाइरहेकी थिई, कसरी उसको प्रेमीले उसलाई धोका दियो र यस्तो बेलामा ऊ एक्लै धुम्धुम्ती बस्न चाहन्न भनेर पनि बताई । त्यसपछि म उसले भनेको ठाउँमा गएँ । म एउटा रेष्टुराँमा उसको अघिल्तिर बसिरहेको थिएँ, उसलाई एक टक हेरिरहेको थिएँ । मैले कल्पिरहेको थिएँ, काश… ऊ मेरी भइदिए । दुई घण्टापछि ऊ जुरुक्क उठी, रेष्टुराँबाट निस्किई र भनी, “म घर जान्छु ।”

त्यसपछि उसले मलाई हेरी, ‘धन्यवाद’ भनी र गालामा चुम्बन दिई र बाटो तताई । म उसलाई त्यति बेला पनि भन्न चाहन्थेँ, “म तिम्रो साथी मात्र बन्न चाहन्नँ । म तिमीलाई साह्रै माया गर्छु । दुःखको बेला साथ दिन चाहन्छु ।” तर के गर्नु ? म यति लजालुथिएँ कि मलाई त्यसो भन्ने आँटै आएन । किन आएन भन्नै सक्तिनँ !

कलेज पढ्दाः

एक दिन ऊ मेरो किताब राख्ने लकरछेउ आइपुगी । “मेरो ब्वाइफ्रेण्ड कस्तो नीच हो !” उसले गुनासो गरी, “यस्तै हो भने ऊसित अब लामो चल्ला जस्तो लागेन ।” त्यसो त मेरो जीवनमा ऊ सात कक्षादेखि आएकी हो । त्यसयता मलाई कसैसित डेटमा जानु थिएन । त्यसपछि त ऊ नै मेरो बेस्ट फ्रेण्डको रुपमा रहिरही ।

उसैले त्यो दिन मलाई डेटमा जान प्रस्ताव राखी । उसलाई डेटमा लैजान त्यो दिन म साँझपख उसको घरको ढोकामा उभिएको थिएँ । हामी डेटमा गयौँ । जसै अबेर राति म उसलाई घरमा छोड्न ढोकामा उभिएँ, उसको आँखामा चमक थियो । उसको मुहारमा यसअघि नदेखिएको मुस्कान थियो ।
“तिमीले मलाई अहिलेसम्मकै गतिलो डेटिङमा लग्यौ”, उसले मलाई अँगालो हाल्दै भनी, “त्यसका लागि थ्याङ्क्स् ।” यसपछि उसले मेरो गालामा चुम्बन गरी । म उसलाई भन्न चाहन्थेँ, म तिम्रो राम्रो साथी र बेस्ट फ्रेण्ड मात्र बन्न चाहन्न । म तिमीलाई असाध्य माया गर्छु तर के गर्नु, म साह्रै लजालु थिएँ । मलाई नै थाहा छैन, म किन लजालु छु ?

स्नातकका बेला

यसरी नै कैयौँ दिन बिते, हप्ता बित्यो, त्यसपछि महिना बित्यो । आँखा झिम्क्याएसरी हाम्रो कलेजको स्नातकको बेला पनि आयो ।

स्नातक समारोहमा ऊ यसरी रम्रेर आएकी थिई कि मलाई त ऊ एउटी परीझैँ लागेकी थिई । ऊ पढ्न पनि गतिलै थिई । फुर्किदै उसले स्नातक ग्रहण गरी । यही अवसरमा म उसलाई तिमी पनि मेरी बन भन्न चाहन्थेँ । मेरो आँखाको भाका उसले देखिन, उसले बुझिन ।

कार्यक्रम सकिएपछि सबै जना लाखापाखा लाग्नुअघि ऊ मेरो छेउ आई । ऊ स्नातक गाउन र ह्याटमा थिई र उसलाई अँगालो हालेँ अनि बधाइ दिएँ ।
अँगालोपछि उसले भनी, “तिमी सधैँ मेरो बेस्ट फ्रेण्ड रहिरह्यौ । धन्यवाद ।” उसले यसपालि पनि गालामा चुम्बन गरी ।

म यतिबेला पनि उसलाई भन्न चाहन्थेँ, “म तिमीलाई चाहन्छु, म साथी मात्र हुन चाहन्नँ ।” म उसलाई असाध्य माया गर्थें तर म यति लजालु थिएँ कि उसलाई भन्नै सकिनँ ।

बिहेका बेला

ऊ बिहेको जग्गेमा थिई । उसले एउटा गतिलै केटोसँग बिहे गरिरहेकी थिई । यो केटीलाई म स्कुलदेखि माया गर्थें तर आज अर्कैसँग बिहे गरिरहेकी थिई । मनमा हुण्डरी मच्चिरहेको थियो तर मैले उसलाई दिनुपर्ने उपहार दिएँ । उसले मलाई अँगालो हाली र आश्चर्यपूर्वक भनी, “ए, तिमी आयौ !” उसले मलाई धन्यवाद दिई । फेरि पनि उसले मलाई गालामा चुम्बन गरी । म उसलाई यतिबेला पनि भन्न चाहन्थेँ, “तिमीले किन अर्कैसित बिहे ग¥यौ । तिमीलाई माया गर्ने मै त हुँ ।” तर ऊ मलाई माया गर्छे जस्तो लाग्दैनथ्यो तर हामी गतिलो साथी थियौँ, बेस्ट फ्रेण्ड थियौँ । म यति लजालु थिएँ कि यत्तिका विधि माया गरे पनि उसलाई ‘माया गर्छु’ भन्नै सकिनँ, किन भन्न सकिनँ थाहै भएन ! मृत्युका बेला वर्षौं बित्यो, बुढेशकाल लाग्यो । उसले ठूलो प्रगति गरी ।

उसको मृत्यु हुँदा ठूलो भिड जम्मा भयो । उसको श्रद्धाञ्जलीमा पनि निकै मान्छे आएका थिए । श्रद्धाञ्जली दिने ठाउँमा उसले हातले लेखेको एउटा कागजको टुक्रो पनि टाँसिएको थियो ।

त्यसमा लेखिएको थियो–

“म उसलाई हेर्थें, हेरिरहन्थेँ । म कल्पन्थेँ, काश उसले मलाई त्यो आँखाले हेथ्र्यो, जुन मैले प्रेमपूर्ण आँखाले हेर्थें । शायद ऊ मलाई माया गर्दैन । तर म उसलाई माया गर्छु भन्न चाहन्थेँ, मलाई बुझोस् भन्ने चाहन्थेँ । म उसलाई एउटा ‘बेस्ट फ्रेण्ड’का रुपमा मात्र हेर्न चाहन्न थिएँ । तर के गर्नु म यति लजालु थिएँ कि उसलाई मुख फोरेर भन्नै सकिनँ । म प्रायः ऊसँगै हुन्थेँ तर पनि किन भन्न सकिनँ, अझैसम्म बुझ्न सकिनँ । काश, उसले मनको कुरा बुझ्थ्यो र मलाई भन्थ्यो, ‘म तिमीलाई माया गर्छु । म बेस्ट फ्रेण्ड मात्र हुन चाहन्नँ । जीवनभर तिमीसितै हुन चाहन्छु ।”
“…. मैले एक कदम अघि बढाएकी भए, शायद उसले पनि मलाई पनि त्यही कुरा भन्थ्यो कि… !”

उसको मृत्युपरान्तको यो स्वघोषणा देखेर म छक्क परेँ । ऊ पनि त मैजस्तो सोच्दी रहिछ ! ऊ पनि त मलाई माया गर्दिरहिछ ! जीवनभर म उसले के सोच्दी हो भनेर अडिएँ । ऊ पनि त मैजस्तो सोच्दी रहिछ !

कुन बेला मेरा आँखाबाट आँशु आए… मलाई नै थाहा भएन । एउटा हिम्मत, एउटा सोधनी, एउटा प्रयासको अभावले जीवनभर दुवै जना छुट्टिनु प-यो, सधैँका लागि !

(प्रस्तुत कथा सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय भएपछि यसलाई साभार गरिएको हो । यसका कथाकार खोजी गर्ने प्रयास भने असफल रह्यो ।)

प्रतिक्रिया
Loading...