साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भाइरल लेखक तर किनिदिने कमै थिए

Chovar Blues Mobile Size

नेपालमा आफैँले लेखेका पुस्तक गल्लीमा फिँजाएर बेच्ने लेखक विरलै होलान् । एकताका कृषिका सम्भावना औँल्याएर जीवन राईले आफूले लेखेका पुस्तक आफैँले फिँजाएर बेच्ने गर्नु हुन्थ्यो । अचेल उहाँ धनकुटामा कृषिकर्मसँगै कृषिबाट समृद्धि कसरी ल्याउन सकिन्छ भनेर लागिपर्नु भएको छ ।

यता भारतको पटना विश्वविद्यालयमा अध्ययन गर्ने एउटा जोडी भने आफूले लेखेको उपन्यासलाई सडक किनारामा पोस्टर टाँसेर बेच्न निस्केका छन् ।

अरूण कुमार र उनकी पत्नी दुवै जना सडक किनारामा सधैँ वीरा की शपथ पुस्तक बेच्न राख्छन् । दिनमा आठ घण्टा यसरी पुस्तक बिक्री गर्ने गरेका छन् ।

गएको फरवरी ५ मा उनको यो पुस्तक बजारमा आएको थियो तर किताबको चर्चा खासै नभएको अरूणकुमारले बताएका छन् ।

दिनभरि यसरी पोस्टर बोकेर पुस्तक किनिदिन आग्रह गर्दा र सोचेजस्तो बिक्री नहुँदा पीडा हुँदैन भन्ने प्रश्नमा अरूणकुमार भन्छन्, असफलताभन्दा ठूलो पीडा कुनै हुँदैन ।

sagarmani mobile size

अंग्रेजीमा लर्ड अफ लभ शृंखलाको प्रथम पुस्तकको शुरूवाती मूल्य २४९ भारू भए पनि अहिले बिक्री नभएपछि छूटमा १९० भारूमा बिक्री गरिरहेका छन् ।

 

प्रतिक्रिया
Loading...