दुई साताअघि मात्र साहित्यपोस्टमा जीवित खड्का मगरकाे सिर्जना मुहारचित्रबारे एउटा रिपोर्ट प्रकाशन भएको थियो। सो रिपोर्ट प्रकाशनपछि उनको मुख्य रूचि नै मुहारचित्र बनाउने हो कि भनी केही साथीभाइलाई लागेको रहेछ र सोहीबारे प्रश्नसमेत गरेछन्। सोही भ्रम निवारण गर्न यस पटक उनले आफ्ना मनोहर सिर्जना साहित्यपोस्टमा पस्किएका छन्।
उनी भन्छन्, ‘खासमा मुहारचित्र त पछि थपिएको एउटा रूचि मात्र थियो। मैले पहिलेदेखि नै तैलरङ, जलरङ, एक्रेलिक लगायतका माध्यमबाट चित्र बनाउने प्रयास गरेको थिएँ।’
यहाँ उनले केही छानेका सृजना पहिल्यै बनाएका चित्रमध्येका केही हुन् । चित्र बनाउने क्रममा विभिन्न थरीका चित्रहरूको अनुभव गर्ने उनले प्रयास गरे। फरकफरक माध्यमबाट फरकफरक चित्रहरू बनाउने प्रयासले केही सिक्ने अवसर मिल्दोरहेछ भन्ने उनको अनुभव छ। यस्तै क्रममा, अब्स्ट्र्याक्ट् , सेमी अब्स्ट्र्याक्ट चित्रहरू बनाउने प्रयास पनि उनले गरे। झट्ट हेर्दा यथार्थवादको झल्को दिने खालको तर पूर्ण यथार्थवाद नभएर, अथवा दृश्यहरूको सही ढंगले प्रतिनिधि नगरीकन रङ र भावनाको प्रतीकात्मक प्रयोग र कलात्मक माध्यमको अभिव्यक्ति प्रस्फुटनको प्रयास आफूले गरेको उनी बताउँछन्।
तपाईंलाई कस्तो लाग्छ, प्रतिक्रिया पाऊँ है त!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

