नेदरल्यान्डमा जन्मिएका लरेन्स एल्मा टडेमाले जीवनमा धेरै किसिमका चित्रकलाहरू बनाए तर उनले प्राचीन ग्रिसेली सभ्यतालाई झल्काउन बनाएका चित्रले उनी ख्याति बटुले ।

सन् ८ जनवरी, १८३६ मा नेदरल्यान्डमा जन्मिएका उनी बेलायतमा १९१२ जुन २५ मा बिते । भिक्टोरियन बेलायतका ख्यातिप्राप्त चित्रकारका रूपमा उनी निकै चर्चित रहे ।

उनको निधनको केही वर्ष उनका चित्रकलालाई मानिसहरूले उति महत्त्व नदिए पनि सन् ६० को दशकपछि भने पुनः उनका कामको चर्चापरिचर्चा हुन थाल्यो ।

उनका चित्रहरू एक से एक छन् । त्यो हेर्नेबित्तिकै तपाईंलाई महसुस पनि हुन्छ । म यहाँ चर्चा गर्दैछु, एउटा सामान्य चित्रको । जहाँ एक वृद्ध मानिस उँघ्दै छ । जवान पुरूष स्त्रीतर्फ हेरिरहेको छ, आनन्दविभोरको भाव त्यहाँ देख्न सकिन्छ । अनि, युवती जति राम्री छ, उति नै सुन्दर मुरलीवादक पनि छ भन्ने वातावरण यहाँ देखाइएको छ ।

यो कुन समयको चित्र हो भन्ने बुझाउन त्यहाँ एउटा कालो मूर्ति पनि राखिएको छ । सो मूर्ति प्राचीन ग्रिसेली दार्शनिक तथा मूर्तिकार फिडियासले बनाएको सानो मूर्ति पनि देखिन्छ ।

यसरी एउटा चित्रबाट एउटा सहश्राब्दीबाट अर्कोमा पुर्याउने खुबी लरेन्सको थियो । आउनुस्, यो तस्बिरसँगै प्राचीनताको झल्को दिने अन्य तस्बिरहरू पनि हामी आजको दिन अवलोकन गरौँः

आफ्नी प्रेमिकालाइ भेट्न भेष बदलेर आएका एक पुरूष

प्राचीन साहित्य होमरको इलियाड र ओडिसी पढेर सुनाउँदै एक विद्वान ।

माैन बिदाइ शीर्षकको चित्र