


श्रीकांत वर्मा
सन् १९६० को दशकमा अमेरिकामा नागरिक आन्दोलन उचाईमा थियो । त्यो बेला अमेरिकी अश्वेत नागरिक मार्टिन लुथर किङ जुनियरले सो आन्दोलनलाई उचाइमा पुर्याएका थिए । आन्दोलनले अमेरिकी लेखक कविलाई मात्र छोएको थिएन, नेपाल र भारतका कवि पनि उत्तिकै आन्दोलित भएका थिए । यही बेला भारतीय कवि श्रीकान्त वर्माले त्यहाँ बिना कारण कुटपिटमा परेका, कालो वर्ण भएकै कारणले पाउनुपर्ने सुविधाबाट वञ्चित भएका वर्गको स्मरणमा यो कविता लेखेका थिए। उनको यो कविता ‘श्रीकांत वर्माकी प्रतिनिधि कविताएँ’मा प्रकाशित छ। नेपालमा छुवाछुत र जातपातका कारणले हत्यासमेत भएको अवस्थामा यो कविताले अमेरिकामा भएको नागरिक आन्दोलनको सम्झना दिलाएको छ। यति मात्र होइन, कविले त्यो बेला मच्चिएको सात समुद्र पारिको आन्दोलन र पीडितहरूलाई कसरी सम्झेका थिए भनी स्मरणसमेत दिलाएको छ। – सं.
न्युयोर्कको सब वेमा निग्रो कुटिइरहेको छ!
उसले पिटाई खानु नै थियो,
ऊ निग्रो जो थियो!
मियामीको समुद्र किनारमा निग्रो कुटिइरहेको छ!
उसले पिटाई खानु नै थियो,
उसले लालचपूर्ण नजरले जेनलाई जो हेरेको थियो,
गोरी मेम जेनलाई हेरेको थियो!
लस भेगासमा निग्रो कुटिइरहेको छ!
उसल कुटाइखानु नै थियो,
उसले जुवामा जितेको जो थियो!
क्यालिफोर्नियामा निग्रो पिटिइरहेको छ,
उसले पिटाई खानु नै थियो,
उसले उत्तर दिएको थियो,
‘म निग्रो हुँ।’
तल हिन्दीमा मूल कविताः
‘जो’
न्युयोर्क के सब-वे में निग्रो पिट रहा है!
उसे पिटना ही था,
वह निग्रो था!
मियामी की रेत पर निग्रो पिट रहा है!
उसे पिटना ही था,
उसने ललचायी आँखों से देखा था जेन को,
जो गोरी थी!
लास वेगास में निग्रो पिट रहा है!
उसे पिटना ही था,
वह जुए में जीता था!
कैलिफोर्निया में निग्रो पिट रहा है!
उसे पिटना ही था
उसने उत्तर दिया था,
‘मैं निग्रो हूँ।’



