साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अहमदको कुरान सनक

Chovar Blues Mobile Size

नामः अहमद हजेम नजिब
कामः क्यालिग्राफी
देशः सिरिया
उमेरः पेन्सन पाकिसकेको

यति सानो जानकारी पस्किसकेपछि अब म तपाईंहरूलाई थप जानकारी पनि पस्कूँ क्यार !

शुरूमा त हिजो पर्न गएको मुस्लिम धर्मावलम्बीहरूको चाड ईदको शुभकामना ।

अच्छा, यी अहमद हजेम नजिब भाइजानले के गरे भने, जीवनको उत्तरार्द्धमा जब पेन्सन पकाए केही काम नभएपछि दिक्क माने । सिरियाको चर्चित सहर इडलिब बाहिर पर्ने मिलिस भन्ने ठाउँमा यी बस्ने गर्छन् ।

त, दैनिक काम त्यति धेरै नभएपछि उनले कुरानलाई उतार्न थाले । दैनिक आधा घण्टा मात्र उनी कुरानलाई उतार्थे । हरेक दिन लेख्दै जाँदा तीन वर्षमा उनले कुरानलाई पुरै हस्तलिखित पुस्तकमा बदलिए ।

sagarmani mobile size

उनको यो कुरान विशेष किन छ भने उनी क्यालिग्राफी सिकाउँथे । उनको कला भन्नु नै सुन्दर अक्षरमा कसरी लेख्ने भन्ने सुनाउनु र सिकाउनु थियो । जीवनभर यही सिकाएर उनले पेट पाले । अन्त्यमा उनले अरबी भाषाको कुरानलाई ठ्याक्कै दुरूस्त उतार्न सफल भए । तीन वर्षमा, हरेक दिन एक घण्टा उनले लेख्दा एक पेज मात्र लेख्थे । यसो गर्दा कुरान पनि अध्ययन भयो र आफ्नो रूचिको काम पनि भयो ।

‘मलाई अल्लाहले लेख्ने कला दिएर यो संसारमा पठाए,’ नजिबले अल जजिरा टेलिभिजनलाई भनेका छन्, ‘अब उनकै प्रशंसा हुने काम किन नगरौँ !’

हो नि ! हामीले पनि उनलाई यो कामका लागि शुभान अल्लाह किन नभनौँ !

प्रतिक्रिया
Loading...