सपनाको कुनै भाषा हुँदैन
सपना त केवल जीवनसित जोडिएको हुन्छ
बुबा भन्नुहुन्थ्यो
त्यही भाषामा लेख्नू
जुन भाषामा सपना देखिन्छ
त्यही रङ्ग भर्नू चित्रहरुमा
जुन रंगसीत सपनाको रंग मिल्छ
र लेख्नू
विपनाका ती निर्मम कुराहरु पनि
जस्ले सपना देख्नलाई सधै तिमीलाई
प्रोत्साहित गर्छ
धेरै पछि थाहा पाएँ
मैले देखेको सपनाको भाषा तिम्रो रहेछ
त्यो न नेपाली रहेछ न त अंग्रेजी
मैले भर्ने चित्रमा सपनाको रंग तिम्रो रहेछ
त्यो न रातो रहेछ न त पहेँलो
तिम्रै भाषामा मैले बुझ्न सकेँ
तिम्रै भाषामा जान्न सकेँ
कि सपनालाई न त लेखिनु सकिन्छ न त बुझाउनु
सपनाको कुनै रंग पनि त हुँदैन रहेछ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला