प्रख्यात बालिका एन फ्राङ्कले लेखेको डायरी सार्वजनिक भएको ७५ वर्ष पुगेको छ ।
उनको डायरी सार्वजनिक भएको ७५ वर्ष पूरा भएको अवसरमा बेलायतका प्रख्यात कवि माइकल रोजेनले एन र उनको डायरीप्रति सम्मान व्यक्त गर्दै एक कविता सार्वजनिक गरेका छन् ।
त्यसो त यस्तो काम हरकोहीले पनि गर्न सक्छन् तर माइकल रोजेन पूर्व चिल्ड्रेन लरेट पनि हुन् । बेलायतमा प्रख्यात कवि तथा लेखकहरूलाई बालबालिकाका विज्ञ लेखकहरूलाई छानेर राष्ट्रकवि भनेझैँ पोएट लरेट लरेट घोषणा गर्ने गर्छ र दुई वर्ष अवधिका लागि हुने गरेको छ ।
तिनै पूर्व चिल्ड्रेन्स लरेट माइकल रोजेनले एन फ्राङ्कलाई सिधासिधा सम्बोधन गरेर कविता लेखेका हुन् ।
माइकलले यो डायरी जीवनले भरिपूर्ण भएको र हरेक पटकको पठनमा विस्मयमा पार्ने टिनएजरका धारणा बुझ्न पाइने बताएका छन् ।
हरेक पढ्दा भने एनको दुर्भाग्य सम्झेर मन कटक्क खाने उनको भनाइ छ ।
एनले १३ वर्षको उमेरमा १२ जुन १९४२ मा खाली डायरी बुवाका तर्फबाट उपहारका रूपमा प्राप्त गरेकी थिइन् । उनीहरू नेदरल्यान्डको आम्सटरडाम शहरस्थित एक कार्यालयमा नाजी सैनिकबाट लुकेका बेला ती डायरी भर्न थालेकी थिइन् ।
उनको दुई वर्षे लुकाईकै अवधिमा नाजी सेनाले फेला पारेका थिए । एनलाई बेरजेन बेल्सेन नाजी कन्सन्ट्रेसन क्याम्पमा १९४५मा लगिएको थियो । त्यही १५ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।
युद्ध सकिएपछि एनका पिता ओटोका सेक्रेटरी मिएप जिएसले सो डायरी फेला पारी ओटोलाई बुझाएकी थिइन् । नाजी आतङ्कका अवधिमा ओटोको परिवारमा उनी एक्लो जीवित रहन सफल भएका थिए ।
पछि उनले यो डायरी छोरीको इच्छानुसार प्रकाशन गर्ने निधो गरेका थिए । मूल जर्मन भाषामा लेखिएको सो डायरीलाई पछि अङ्ग्रेजीमा अनुवाद गरिएको थियो । अनुदित पुस्तकको नाम द डायरी अफ अ योङ गर्ल राखिएको थियो ।
रोजेनलाई एनका बारेमा कविता लेख्न एन फ्राङ्क ट्रस्टले आग्रह गरेको थियो । एन फ्राङ्क ट्रस्टले पछिल्लो समय युवा जमातबीच हुने भेदभावविरूद्ध अभियान शुरू गरेको छ ।
रोजेन स्वयं पनि सो ट्रस्टलाई सहयोग गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । उनी हाल गोल्डस्मिथमा रहेको युनिभर्सिटी अफ लन्डनमा बाल साहित्यका प्राध्यापक छन् । उनले चिल्ड्रेन्स लरेटका रूपमा २००७ देखि २००९ सम्म जिम्मेवारीमा थिए ।
उनको परिवार पनि नाजीपीडित परिवारका सदस्य हुन् । उनले सो बारेमा द मिसिङः द ट्रु स्टोरी अफ माई फेमिली इन वर्ल्ड वार टु नामक संस्मरणात्मक पुस्तक लेखेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।