बालापनमा नै आफू चित्रकारितामा रमाउँछु भन्ने निधो गरेका डेनमार्कका प्रख्यात चित्रकार निल्स हान्स क्रिस्चियन (१८५०‑१९२२) का सुन्दर चित्राकृतिहरू आज हामी हेर्न गइरहेका छौँ ।

उनले चित्रकारिता मात्र अध्ययन गरेनन्, सँगैमा आर्किटेक्चरमा समेत भर्ती भए । सन् १९८० मा उनले चित्रकारिता र आर्किटेक्ट दुवैमा स्नातक पूरा गरे ।‎

सानैदेखि चित्रकारितामा हुरूक्क भएकाले उनले चित्रकारितामा अनेकन् पुरस्कारहरू हात पारे । रोचक त, पछि उनले कुनै पनि प्रतियोगितामा सहभागी नहुने र पुरस्कार ग्रहण नगर्ने घोषणा नै गरे ।

आउनुस्, तिनै उम्दा चित्रकारका चित्रहरू आजको शनिबार हामी मज्जा मानेर हेरौँः