अलेक्जेन्डर पुस्किन र इभान एइभाजोभ्स्कीको प्रेम
रूसी साहित्यमा अलेजेक्जेन्डर पुस्किनको ठाउँ कस्तो छ भन्ने कुरा उनलाई महाकविका रूपमा मानिनेबाट नै तपाईंले अनुमान गर्न सक्नुहुन्छ । उनका अनेकन् चित्रहरू अनेकन् चित्रकारहरूले बनाए तर उमेरले कम उनका समकालीन चित्रकार इभान एइभाजोभ्स्कीले भने महाकवि पुस्किनप्रतिको प्रेमलाई लुकाएनन् । भनिन्छ, पुस्किनले लेखेको ‘समुद्रप्रति समर्पित’ कविताबाट चित्रकार इभान यति प्रभावित भए कि पुस्किनको समुद्रप्रेममाथि अनेकन् चित्रसमेत बनाए ।
सो कवितामा समुद्रको छाल, त्यसको लय, समुद्रले आफैँमाथि गर्ने गर्वका बारेमा उल्लेख गरेका छन् । जब समुद्रछेउमा कुनै साथी बिदा हुँदै गर्दा नबुझिने गनगन सुनिन्छ, त्यो छोप्न समुद्रले छाल ल्याएर गर्ने मिहिनेतका बारेमा कवितामा व्यक्त गरिएको छ ।
सन् १८३६ मा सेन्ट पिटर्सबर्गमा यी दुवैको भेट र चिनजान भएको थियो । यही भेटमा उनीहरू आत्मिय साथी बने । कयौँ अवसरमा पुस्किनको समुद्र प्रेमलाई इभानले उतारे । सन् १८८० को दशकमा आफूलाई पुस्किनप्रति समर्पित गर्दै शृंखलाबद्ध चित्रहरू बनाए । उनको पुस्किन्स फेयरवेल टु द सी शीर्षकका चित्रकलाहरू विख्यात छन् । यसमा कतिपय चित्रहरू रेपिनसँग मिलेर बनाएका छन् ।

यहाँ हामीले इभानका तिनै चित्रहरू पस्किएका छौँ । तपाईंलाई पनि मन पर्न सक्छः





