बुकर पुरस्कार जितेपछिका दुई वर्ष

बुकर पुरस्कार जितेपछिका दुई वर्ष
३१ मे १९७६ को दिन अमेरिकाको साइग्टहिल स्टोन सर्कल ग्लासगोमा जन्मिएका स्टुअर्ट अहिले ४६ वर्षका भए । तीन दाजुहरूमभ्ये उनी कान्छो सन्तान हुन् । उनी सानैदेखि आफ्ना छिमेकका बच्चाहरूभन्दा भिन्नै स्वभावका थिए । उनको बोल्ने शैली फरक थियो । उनको बोल्ने फरक शैली देखेर छिमेकी तथा साथीहरू उनलाई गिज्याउँथे, हेप्थे, धम्क्याउँथे । स्टुअर्ट भन्छन्, “मलाई पुतलीहरू धेरै मन पर्थ्यो, म प्रायजसो थरी थरीका पुतलीहरू जम्मा गर्थें र पुतलीहरूसँगै खेल्थेँ । यसरी मैले पुतलीहरूसँगै खेलेको देख्दा उनीहरूलाई म विचित्रको लाग्थेँ । वास्तवमा उनीहरूले मलाई समलिङ्गी सोच्नुको कारण, मैले कहिल्यै फुटबल खेलिनँ । हरेक दिन धेरैले मलाई ‘पोफी वी वास्टर्ड’ भन्ने गर्थे । तिनीहरूले के भनेका हुन्, मैले कहिल्यै मतलब गरिनँ । तर मैले उनीहरूको भनाइमा लाज मान्नु पर्छ भन्ने चैं थाहा थियो ।”
‘शुग्गी बेन’ उपन्यास प्रकाशित भएपछि, डगलस स्टुअर्ट आफ्नो लेखन कार्यलाई बन्द गरी आफ्नो दैनिक काममा फर्कन थाले । उनले आफ्नो पहिलो उपन्यासमा १० वर्ष दिए । त्यो बेला महामारीको समय थियो। पुस्तक प्रकाशन हुँदा लकडाउनको पहिलो हप्ता थियो । स्टुअर्ट सोच्छन्, “हे भगवान्, यो मेरो प्रकाशन करियरको अन्त्य हो।” तर पनि स्टुअर्टले गुनासो गरेनन्। यदि कोही कसैले यसलाई नकिने पनि पुस्तक निकै शानदार भएको भनी समीक्षाहरू छापिएका थिए ।
त्यसपछि शुग्गीले बुकर पुरस्कार र अमेरिकाको नेशनल बुक अवार्ड फर फिक्सनका लागि मनोनीत हुन पायो । वास्तवमा, २०२० र २०२१ को बीचमा, यो उपन्यास २० भन्दा बढी प्रमुख पुरस्कारहरूका लागि मनोनित भएको थियो । ४० भन्दा बढी प्रकाशकहरूले पहिले यसलाई प्रकाशन गर्न अस्वीकार गरे पनि यसमा केही खराबी भने थिएन । तैपनि यसले बुकर जित्यो, साथै अनिवार्य रूपमा बिक्री पनि बढायो । यो उपन्यासलाई दुर्बोध्य र अविक्रीय मानिएको थियो । त्यसैले सुपरमार्केटहरूमा शेल्फलोडद्वारा बेचिरहेको थियो । आज सम्म, यसको अंग्रेजी भाषामा मात्र १३ लाख भन्दा बढी बिक्री भैसकेको छ। एक जवान समलिङ्गी केटाले आफ्नी रक्सी पिउने आमालाई आफैं र संसारको विनाशबाट जोगाउन खोजेको यो क्रूर प्रेम कथालाई आंशिक रूपमा स्थानीय स्कटिस भाषामा लेखिएकाले यसले ठूलो लोकप्रियता कमायो । अझ उल्लेखनीय कुरा, स्टुअर्टले १६ वर्षको उमेरसम्म रमाइलोको लागि कुनै किताब पढेका थिएनन्।
स्टुअर्ट चार वर्षको हुँदा उनको बुबाले उनीहरूलाई छोडेका थिए । त्यसपछि भने उनले बुबालई दुईपटक मात्र देखेका थिए । बुबाले छोडेकै कारण आमाको भने मदिराप्रति लत बढ्दै गयो । अन्ततः मदिराको लतकै कारण उनी १६ वर्षको हुँदा उनकी आमाको पनि मृत्यु भयो । पारिवारिक खटपटकै कारण, उनले धेरै समय विद्यालय छुटाउनु पर्यो । जसले उनको शिक्षामा सँधै बाधा पुगिरह्यो ।

उनले क्याल विन क्लेन र केना रिपब्लिकका लागि फेसन डिजाइनरको रूपमा आफूलाई सफल बनाए । फेसन डिजाइनमा उनले आफूले सोचेभन्दा धेरै पैसा कमाए, र उनले २० वर्षको उमेरदेखि नै आफ्नो पार्टनर भएको साथी माइकल क्यारीसँग विवाह पनि गरे।
स्टुअर्टकी आमाले परिवारलाई पाल्नका लागि धेरै संघर्ष गरिन्, चिप पसल, पेट्रोल स्टेशनदेखि लिएर अर्काको घरहरू सफा गर्ने जस्ता धेरै कामहरू गरिन् । उनी भन्छन्, मेरी आमा धेरै रमाइलो स्वभावकी थिइन्, उनी साँच्चै लोकप्रिय थिइन्, सुन्दर थिइन् र सधैं बेदाग देखिन्थिइन् । ठ्याक्कै शुग्गीकी आमा, एग्नेस बेन जस्तै। उनकी आमा चाहन्थिन् कि परिवार संस्कारित होस् । त्यसैले उनले घरमा किताबीपनको भ्रम सिर्जना गरिन्। “हामीसँग हेनरी जेम्स वा थोमस हार्डीजस्तै देखिने किताबहरू थिए तर तिनीहरू ब्लकबस्टर भिडियोको कभरजस्तै अनुहार मात्र थिए, ती बाहेक तिनीहरू सबै एकप्रकारको छाला वा सजाइका प्लास्टिकका थिए।
स्टुअर्ट सोच्छन्, यदि मेरी आमा अझै जिउँदै हुनुहुन्थ्यो भने के मैले शुग्गी बेन लेख्न सक्षम हुन्थेँ ? “मलाई लेख्न सक्छु भन्ने लाग्दैन किनभने शुग्गी शोक र आत्महन्तामाथि लेखिएको उपन्यास हो । त्यसैले मलाई यो उपन्यास लेख्न प्रोत्साहन हुने थिएन। म केवल कठिनाई र लतको साथ कसैलाई माया गर्ने पीडालाई वशमा पार्न चाहन्नँ तर पनि अद्भुत साना चीजहरू जस्तो कि, उनको गर्व, उनको लचिलोपन, उनको मर्यादा, उनको ग्ल्यामरजस्ता आमाका गुणलाई मैले उपन्यासमा जस्ताको त्यस्तै उतारेँ ।मेरी आमा जीवितै हुन्थिन् भने मैले यो उपन्यास लेख्नु पर्ने थिएन।”
बुकर जितेपछि मात्र स्टुअर्टले आफूलाई बल्ल एक लेखकको रूपमा सोचे । त्यसपछि उनले सोचे, अब पूरा समय लेख्दा पक्कै पनि राम्रो पैसा कमाउन सकूँला । योङ्ग मुङ्गो नामक अर्को उपन्यासका लागि उनले २ वर्ष दिए । यो उपन्यास ५ अप्रिल २०२२ मा प्रकाशित भइसकेको छ । यो पनि शुग्गी जत्तिकै राम्रो मानिएको छ।
स्टुअर्टको उपन्यास पाठकले रूचाउनुको मुख्य कारण चाहिँ भाषा नै हो । उनको सिनेमा हेरेजस्तै हुन्छ । उनले लेखेका अनुच्छेदहरूले हामीलाई आँसु झार्न र पेट मिचिमिची हाँस्न बाध्य पार्छ ।
“म घर आउँदा कैलेकाहीँ मेरी आमाले पार्टी गर्दै गरेको हुन्थिन् । कहिलेकाहीँ उनी रक्सी भट्टी यत्तिकै लडिरहेकी हुन्थिन् । तनावका कारण, मेरा लागि आत्महत्या सधैं ठूलो चिन्ताको विषय थियो। मैले एकै रातमा चार फरक प्रकारको मादकतापूर्ण जीवन हुन्छन् भन्ने थाहा पाएँ । पहिलो रमाइलो, त्यसपछि खतरनाक, त्यसपछि उदास र अन्त्यमा अचानक एक मृत लासजस्तै जीवन।
आफ्नो परिवारमा स्कूल पूरा गर्ने पहिलो सन्तान हुन् स्टुअर्ट । उनी अंग्रेजीमा डिग्री गर्न चाहन्थे, तर उनका सहयोगी प्रधानाध्यापकले उनलाई साहित्य लेखनमा सङ्घर्ष गर्न सुझाव दिए । शिक्षकले स्टुअर्टको साहित्यप्रतिको प्रेम पहिलै पत्ता लगाएका थिए ।
पछि कलेज पढ्दै गर्दा उनले भावी पति माइकल क्यारीलाई भेटे, जो अहिले न्यु योर्कमा कला व्यवस्थापक छन्। ‘मैले उनलाई भेटेको केही समयमै म उनीसँग प्रेममा परेँ,’ स्टुअर्ट भन्छन्, ‘मेरो श्रीमान् अविश्वसनीय रूपले सुन्दर, दयालु, र विनम्र छन् । उनमा कुनै लुकेको एजेन्डा छैन । मैले उनको साथमा आफूलाई धेरै सुरक्षित महसुस गर्न पाएँ, धेरै माया पाएँ । चार वर्षसम्म हामीले लामो दूरीको रोमान्स गर्यौं।’
शुग्गी बेन गरिबी, निराशा र विविध नशाको लत बुझ्नको लागि एक गतिलो माध्यम हो । “यो पुरुषत्वको बारेमा लेखिएको उपन्यास हो । यसमा युवा केटाहरूलाई हिंस्रक हुन, यौन सम्बन्ध राख्न, र तिनीहरूको अपेक्षाहरूलाई कम गर्न भनिएको छ।” स्टुअर्ट आत्मविश्वासी, दृढ क्षमाशील र आत्म-चेतनाको मिश्रण हुन् ।
पछिल्लो उपन्यास ‘योङ्ग मुंगो’लाई १९९२ ताकाको कथा प्रस्तुत गरिएको छ । जहाँ पाका र कम उमेरका बेरोजगार पुरुषहरू छन् । तिनीहरूलाई जागिर पाउने कोसिस गर्नुको कुनै मतलब छैन त्यसैले उनीहरूले लागूपदार्थ बेच्छन् । बेरोजगार युवकहरू साम्प्रदायिक सर्वोच्चताको लागि लड्दा एकअर्कालाई इँटा हान्छन्। पुस्तकको मुटुमा मुंगो र जेम्स बीचको गहिरो सम्बन्ध छ । स्टुअर्टले पहिलो प्रेमको तीव्रता, गड्बडी, अनाडीपना र निर्दोषितालाई शानदार रूपमा यसमा प्रस्तुत गरेका छन्। स्टुअर्टले किशोरावस्थामा चाहेको सम्बन्ध यही हो त ?
उनी १६ वर्षको छँदा उनी ग्याङ फाइटको शिकार बने । उनलाई एक दर्जन केटाहरूले बाटो छेके र भक्कुमार कुटे । उनको दोष यति मात्र थियो, उनी ती केटाजस्ता थिएनन् । उनलाई यति चुटे कि तिनीहरू त्यतिबेला मात्र रोकिए जब एक जना वृद्ध महिलाले केटाहरूलाई धपाउन उनीहरूकै अगाडि गाडी रोकिन् । कार नरोकिएको भए के हुन्थ्यो होला ? उनी यो सोच्न पनि चाहँदैन थिए किनभने उनी त्यो बेला मारिन पनि सक्थे ।
उनका दुवै उपन्यासमा आत्मपरकता आउँछ, किन त ? “यी पात्रहरू मेरो हृदयको धेरै नजिक छन्। म मेरो बारेमा लेख्दैछु भन्ने लाग्छ। मलाई लाग्छ, मेरो सम्पूर्ण जीवनको काम यी पात्रहरूको हृदयको घाउहरू खोज्ने हो । वास्तवमा, म केवल प्रेम कथा मात्र लेख्न खोज्छु । वास्तवमा यो समाजबाट हराउन थालेको छ । त्यही खोज्ने मेलो हो, मेरो लेखनी ।’
उनी जन्मेको बेलायतको ग्लास्गो शहर र न्युयोर्कबीच के फरक पाउँछन् त ? ‘खासमा पहिलो पटक न्युयोर्क पुग्दा मैले यहाँ सारा सिर्जनशील मानिसहरू बस्ने, एकअर्कासँग ती सिर्जना साझा गर्ने शहरका रूपमा पाएको थिएँ । अहिले यो पूरै परिवर्तन भएको छ । शहरले विद्रोही चेत र सिर्जनशीलता गुमाएको छ । अहिले त यो शहर फगत धनीहरूको अड्डाका रूपमा परिणत भएको छ । तर म संसारमा जहाँ गए पनि आफूलाई ग्लास्गोबासी नै लाग्यो । सधैँ मैले ग्लास्गोलाई कतै छुटेको महसुस गरिरहेँ । तर जब म ग्लास्गो पुग्छु, त्यहाँ मेरो कोही हुँदैन, केही छैन । यस्तो बेलामा मेरो दिग्दारी अझ बढेर आउँछ ।’
उपन्यास बजारमा आएको दुई वर्ष पछि ‘शुग्गी बेन’को टिभी रूपान्तरण लेख्न व्यस्त स्टुअर्टलाई थाहा भयो कि बुकर जित्नु कति महान् कुरा थियो।