साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चार देशका कलाकारको कला डेमोस्ट्रेसन

Chovar Blues Mobile Size

कलाकारको देश हुँदैन् । सीमा हुँदैन। एक देशमा जन्मेका कुनै एक कलाकार सबै देशका हुन्छन् । सिंगो विश्वका हुन्छन् र उनीहरूको सिर्जना विश्व भाषा हुन्छ ।

सिर्जनाको एउटै भाषा हुन्छ । आफ्नै शैली र आफ्नैपन हुन्छ जसलाई विश्व परिवेशले स्वीकार्दै आएको छ । भनिन्छ, कला विश्वको साझा सम्पति हो । कलालाई बुझ्न र बुझाउन कुनै पनि देशको भाषाको आवश्यकता पर्दैन किनकि कला विश्वले सहजै बुझ्न सक्ने आफैँमा एक भाषा हो ।

यसै सन्दर्भलाई उप्काउने र सम्झाउने क्रममा यो हप्ता मिथिला येंन आर्ट ग्यालरीमा एक कार्यक्रमको आयोजना गरियो । जसमा चार देशका कलाकारहरूले लाइभ डेमोस्ट्रेसन अर्थात् कला सिर्जना गरेका सबै दर्शकलाई देखाएका थिए । कार्यक्रममा सहभागी कलाकारलगायत विभिन्न तह र तप्काका दर्शकहरूको मनग्गे उपस्थिति रहेको थियो । अमेरिकाबाट नेपाल आएका कलाकार जे. जि. विल्सले प्रत्यक्ष रुपमा सेरामिक कला सिर्जना गरेर दर्शकलाई आनन्दित तुल्याए भने भारतबाट आएकी कलाकार बन्दना सिंहले मिथिला मधुवनी कला बनाइन् ।

यस्तै बंगलादेशकी महुमदा आसफ्रा मिमले प्रकृति प्रभावलाई अमूर्त शैलीमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने दक्षतालाई दर्शक सामु उजागर गरेर देखाइन् ।

नेपालको प्रतिनिधीत्व स्वरुप लाइफ डेमोस्ट्रेसनमा प्रस्तुत भएका सहभागी कलाकार श्याम प्रजापतिले सेरामिक कला बनाएर देखाए भने कलाकार महेश आचार्यले आफ्नो निजी शैली अर्धअमूर्त सिर्जना पस्किए ।

sagarmani mobile size

उक्त कार्यक्रमको आयोजना जि.पी. फाउण्डेशन, आर्ट एण्ड क्राफ्ट र मिथिला येंन आर्ट ग्यालरीले संयुक्त रुपमा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुरेश चालीसे रहेका थिए । गहेन्द्रमान अमात्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार, कला लेखक तीर्थ निरौलाले आफ्नो मन्तव्य दिएका थिए । मन्तव्यमा उनले अबको समय कला कोठाभित्र वा एकान्तमा मात्र बसेर गर्ने भन्ने रहेन, कलाको विश्व परिवेशभित्र कलाकर्म गर्ने तौरतरिकामा पनि नयाँपन छाइसकेको कुराको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन ग्यालरीका सञ्चालक एवं कलाकार श्यामसुन्दर यादवको रहेको थियो । उनले कार्यक्रमको औचित्यलाई पृष्टि गरेका थिए ।

 

प्रतिक्रिया
Loading...