प्रेमानामा ७

हजारौ अधुरा इच्छाहरुले एउटा प्रेम पूर्ण बन्छ ।

तिम्ले हरेक रात नजर उठाएर जूनलाई हेर्नु
र त्यसलाई छुन खोज्ने इच्छा गर्नु
तर पुरो नहुनु

तिम्ले हरेक बिहानीमा फुलेका गोदावरी फूल हेर्नु
र फूल झैं हाँसीरहने इच्छा गर्नु
तर पुरो नहुनु

तिम्ले हरेक दिन नदी किनार उभ्भेर एक्लै त्यही पुरानो गीत गुनगुनाउँनु

निर्मल आग्रह

तर मनमा नमिठो लागिरहनु

तिम्ले हरेक साँझ डाँडामा थपक्क बसेर उस्लाई कुरीरहनु
तर उ नआउनु

हजारौं यस्ता रहरहरु/इच्छाहरु पूरा नहुनु तर मन सधै त्यहि रित्तोमा अल्झिरहनु।

विश्वास गर प्रिय
ती सबै अपुरो कुराहरुले नै तिमीलाई संसारदेखि यौनीक
र सबभन्दा प्रिय बनाएको छ ।

प्रेमनामा -८

तिम्रो निम्ती एउटा फूल ल्याउन
चाहे पहाडबाट

आउँदा आउँदै बाटोबिच फूल
जब ओइलाएछ
तब थाह पाए कि
सहरको लागि होइन रहेछ यहाँको फूल

यहाँको फूलको लागि सहर धेरै टाढा पर्ने
रहेछ

यसैले म खाली हात आए प्रिय।

प्रेमनामा-९

एक दिन
त्यो दिनको ठीक एकदिन पहिले
दिन र रातको बीच त्यो अनिवार्य सन्ध्याको बेला
कालो र गोरोको मध्य रहस्यमयी सांवलापनहरुमा
म खोजी निकाल्नेछु तिम्लाई

त्यो दिन
ठीक म घर फिर्नुको ठीक एक पल अघिको पल
जहाँ एउटा सम्भावनाले सधै श्वास लिइरहेको हुन्छ
जुन सम्भावना मरेको घोषणा त बारम्बार गरिएको
हो
तर म जान्दछु
तिमी जान्दछौ र त्यो अथक पर्खाइले जान्दछ
कि त्यो तब पनि मरेथिएन जब समयले पक्रेको थियो तिम्रो-मेरो हात
न त त्यो दिन जब समयले आफ्नु हात झट्काई
राखेर अनाम दिशातिर एकाएक हुर्मुन्टेकोथ्यो ।

म त्यही फर्की आउनेछु र उभ्भिएको हुनेछु
ठीक जहाँदेखि तिम्रो ठेगाना नाम पता त्यति नै टाढो छ
जतिको मेरो ठीक त्यही बेला
तिमी छुट्टेर जानुको
ठीक एक पाइला पहिलै
ठीक एक पहर पहिलै ।

 

डुवर्स, भारत