साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कलामा गुटवन्दी

Chovar Blues Mobile Size

तीर्थ निरौला

गुटवन्दी शव्द विशेषतः नेपाली राजनैतिक वृतमा प्रायोगिक तथा प्रचारित भएर आएको शव्द हो । नेपाली शव्दकोशमा यसलाई अलग अलग दृष्टिकोण सङ्गालेर बसेका, छुट्टा छुट्टै समुहगत झुण्ड, जत्थाको अर्थमा परिभाषित गरिएको छ । विशेषत नेपाली कांग्रेसको पालामा छत्तिसे समूह जन्मेदेखि गुटवन्दी शव्द स्थापीत रुपमा जनजिब्रोमय हुनथालेको हो ।

आजभोलि यो शब्दको अनुशरण प्रत्यक्ष, अप्रत्यक्ष चारैतीर फैलिदो देखिन्छ । राजनैतिक, सामाजिक, आर्थिक, प्रशासनिक, कला, साहित्य र संस्कृतिको जुनै क्षेत्रमा पनि यो प्रवृति र आचरणको पह“ुच र दवदवा उत्तिकै रहेको पाईन्छ । यहा“सम्म की एउटा घरको परिवार पनि यो पीडावाट मुक्त वा स्वच्छन्द हुन सकिरहेको छैन् । ललितकलाको सन्दर्भमा त यो रोग झनै छताछुल्ल पोखिएको हामीहरुले अनुभूत गर्दै आईरहेको छा“ै । डडेलो सल्किए जस्तै फैलिएको देखिरहेका छौ“ ।
नेपाली कलाक्षेत्रले गुटवन्दी वा समूहगत नियती कहिले देखि भोगीरहेको छ ? भन्ने प्रश्नमा यकिनन् यति नै भनेर अंकगणितीय आंकडाको रुपमा त भन्न सकिदैन । यधपी यसको छयाङ्ग प्रस्तुती चै वाङ्गदेल कालदेखि नै भएको मान्ने गरिन्छ । योक्रम अधापी कायमै छ भन्दा अतिशयोक्ती नहोला ।
कलाको गुठको सन्दर्भमा कुरा गरी रहदा हिजोदेखि आजसम्मको मुख एकै खाल्को देख्न सकिन्छ । फरक यती हो की पहिले थोरै गुट थिए भने अहिले धेरै गुट र समूहहरु बनेका छन् । गुट ईतरका कलाकारहरु भन्छन – ‘यहा“ पहिले वा¨देल गुट, स्कीव गुट, याग गुट वा समूहहरु नामाकरणमा आएको सुनिन्थे भने पछि गुटमा व्यक्ति रंगहरु बदलिदै आए । व्यक्ति पिच्छे गुट नामाकरण सुनिने गर्न थालियो ।’ अहिले पछिल्ला पुस्ता वा आजका नवपुस्ता कलाकारहरु पनि साना, ठूला गुटहरुमा सम्वद्घ भएका पाईन्छन् ।

वास्तवमा सकारात्मक गुटबन्दी अभियानुरुप कलाकर्म गर्नु एक हिसावले राम्रो पनि हो । यस प्रक्रियानुरुप काम गर्दा हौसला र जा“गर जन्माउ“छ । कला विकाशका निम्ति प्रतिस्पर्धाको वातावरण सृजना गराउ“दछ, जसले कलाक्षेत्रको विकासक्रमलाई उचो धकेल्न मद्धत गर्छ । तर विडम्वना π ललितकलाको हाम्रो यो क्षेत्रमा ठीक उल्टो किसिमले अभ्यास भैरहेको छ । यहा“ गुट प्रवित्ति र त्यसभित्र स्थापीत गराईएका नियतवसका गलत प्रचलन निकै हावी भएको देखिन्छ । एक गुटले प्राप्त गरेको विभिन्न खाले अवसर वा मौका त्यही गुटको सदस्यहरुको वरिपरी सिमित हुने गरेको छ । प्राप्त मौका, अवसरहरु, सम्मान र पुरस्कारहरु, भ्रमण आदिहरुलाई आफ्नै पोल्टामा मात्र थुपार्ने वा आफ्नै घेराका सिर्जनाकर्मीहरु बिच मात्र बाड्ने जस्ता संकीर्ण र ज्यादै विकृत मनोभावना सिर्जना हुनु एकदमै नराम्रो प्रचलन हो । जसमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान पनि अछुतो रहन सकेको छैन भन्ने कलाकारहरुको भनाई सुन्ने गरिएको छ । यस्तो प्रवृत्तिले उ“भो मती होईन उ“धो गती तर्फ उन्मुक्त गराउ“दछ । जस्तो कुनै ठाउ“मा प्रदर्शनी, वर्कसप वा कुनै कलाकार्यक्रम गरिदैछ भने अरुलाई सुईको नै नदिई आफनै गुटकालाई मात्र जानकारी दिनु र आबद्घ गर्नु दुखद् हो । एक समुहले अर्को समुहलाई अवसर र प्रोत्साहनबाट बञ्चित पार्ने दुश्साहसपूर्ण गलत प्रवृत्ति जायज हुनै सक्दैन । यो कला विकाश होईन कला विकासमा धमिरा लागेको विकृति हो । यसले राम्रा र प्रतिभावान कलाकारहरु जो जालझेल जान्दैनन, जो घरै बसेर कर्ममै खुसी हुन्छन र राष्ट्रलाई आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् आदी जस्तालाई जरैदेखि उखेल्ने र नैराश्यता तर्फको यात्रा गराउने निश्चित छ । अज्ञानी, अवौद्विक गुठवन्दी प्रवृक्तिले कसैको हित हु“दैन । वास्तवमा गुटवन्दीको त्यो क्षेत्रमा महत्व हुन्छ, जहा“ जुन क्षेत्र समृद्ध र ठुलो छ । तर हाम्रो क्षेत्र ठुलो हैन, मरीयल छ । हामी गुट–गुट, झुण्ड–झुण्ड बोकेर कहिल्यै उ“भो लाग्न सक्दैनौ ।

नेपालमा अन्य क्षेत्रको तुलनामा ललितकलाको क्षेत्र बिभिन्न दृष्टिकोणले निकै सानो छ । त्यसैले पनि यहा“ समुहगत गुटवन्दी प्रवित्तिको आवश्यकता छैन । कलाकार मित्रहरु † अव गुटवन्दी त्यागौं । समुहहरुलाई मेटौ“ । ब्यानर च्यातौ“ । र सवै समूह र झुण्ड एकक्षत्र भएर एकै समुहमा रहौ“ । जसको नाम होस– ललितकला विकाश समाज वा अन्य । र उद्देश्य होस– नेपालका सम्पूर्ण ललितकलाधर्मी र ललितकला क्षेत्रको निस्वार्थ, पूर्वाग्रहरहीत विकास वा उन्नती । यो किसिमको आत्मावोध र आदर्श नीति अवलम्वन गर्न सकेमात्र अन्य क्षेत्र जस्तै नेपालमा ललितकलाको क्षेत्रले विकाशको फड्को मार्न सक्छ । नत्र भोलि पनि हामी जहा“को त्यही“ हुनेछौ“, जुन अवस्था र स्तरमा हामी पहिले थियौं ।

sagarmani mobile size

(लेखकः यस पंक्तिमा गुटहरुको नाम तोकेरै लेख्न उचित ठानिन्)

लेखक परिचय

तीर्थ निरौला एक सफल चित्रकारका साथै कडा कला समीक्षकका रूपमा समेत चिनिनु हुन्छ । उहाँका चित्रकलाहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शित छन् ।

प्रतिक्रिया
Loading...