भलेरी अर्तामोनोभ एनाटोल्वेयिच तात्कालीन रूसको फेयोदोसियामा जन्मिएका थिए । यो हाल क्रिमियामा पर्दछ । सन् १९६३ मा जन्मथलोकै कला स्कुलमा अध्ययन गरे । यो कला स्कुल पनि त्यसबेलाका चर्चित चित्रकार एभाजोभ्स्कीको नाउँमा राखिएको थियो । यो आर्किटेक्टरल इन्स्टिच्युटमा रहँदा उनले ल्यान्डस्केपलाई नै आफ्नो कला प्रस्फुटनको माध्यम बनाए ।

उनका पेन्टिङ सुन्दर मात्र हुँदैन, जीवन्त पनि हुन्छन् । भावनाको उम्दा प्रस्फुटन उनका कलाको विशेषता हो ।