साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको पैँतीसौँ अङ्कमा प्रमोद प्याकुरेल ‘विलय’ शीर्षकको लघुकथा विजयी भएको छ । यसअघि तीन जना लघुकथाकारका लघुकथालाइ विजयी घोषित गरिँदै आएकोमा यसपटक उत्कृष्टताका आधारमा एउटामात्र लघुकथा छनोट गरिएको हो ।

विजयी लघुकथा विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले साहित्यकार रूद्र ज्ञवाली, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा विजयी घोषित गरिएको हो ।

“प्रतियोगितामा प्रतियोगीका रूपमा छ वटामात्र लघुकथा प्राप्त भएका थिए ।  २ पटक समय थप गरेर लघुकथा आव्हान गर्दा पनि ज्यादै कम लघुकथा प्राप्त भएकाले यसअघिझैँ तीन लघुकथा छनोट गर्न नसकेको जानकारी गराउनुपर्दा निर्णायक मण्डल दुःखी छ । ”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “निर्णायकहरूकाे व्यक्तिगत मूल्याङ्कनपश्चात् सामूहिक छलफलबाट उत्कृष्ट ठहरिएको प्रमोद प्याकुरेलको लघुकथालाई वियजी घाेषित गरिएकाे छ । आगामी दिनमा प्रयाप्त र प्रतिस्पर्धी लघुकथाहरू प्राप्त हुने अपेक्षा गरेका छाैँ ।”

त्यस्तै एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि श्रेष्ठले अनुराेध गर्नुभएकाे छ । उहाँले भन्नुभयो, “एकपटक विजयी भइसक्नुभएका केही कथाकारहरूले पुनः प्रतियोगीकै रूपमा कथा पठाउनु भएकाे छ । जसका कारण अघिल्लाे साता निर्णायकमा समस्या पर्न गएकाे थियाे ।”

प्रतियोगिताका लागि जम्मा छ वटामात्र लघुकथाहरु प्रतियोगीका रूपमा प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसपटक छानिएको लघुकथाको सर्जकलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिँदै गएका लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।

लघुकथा प्रतियोगिताकाे पैँतीसौँ चरण भाेलिबाट सुरू हुनेछ ।

पढ्नुहाेस् पैँतीसौँ चरणका विजयी लघुकथाः