हामीले २०७८ लाई बिदा गर्यौँ । यो वर्षमा देशको अर्थतन्त्र र बजारले मात्र होइन, साहित्य बजारले पनि मन्दी बेहोर्नु पर्यो । “पुस्तकको बिक्री अत्यन्तै सुस्ताएको” भन्ने वाक्य वर्षभरि नै कायम रह्यो । तर यसबिचमा पनि पुस्तकहरू प्रकाशन हुने क्रम रोकिएन । केही पुस्तकहरूले राम्रो चर्चा र पाठक पाए । कतिले चर्चा पाए, तर पाठक पाएनन् । र, केही भने जसरी प्रकाशनमा आए उसै गरी गुमनाम पनि रहे । वर्ष २०७९ मा आइपुग्दा भने पुस्तक बजार केही चलयमान देखिएको छ । केही पुस्तकहरूले चर्चाका साथै पाठकको प्रेम पनि पाइरहेका छौँ । कामना गरौँ, नयाँ सालले पुस्तकको बजारलाई सम्पन्नतातिर अग्रसर गराउने छ ।
हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा योपटक छ पुस्तक । ‘बिरानो मुलुक’देखि ‘मुटु हराएको मान्छे’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।
१. बिरानो मुलुक – वीरसिंह विश्वकर्मा
“बिरानो मुलुक” वीरसिंह विश्वकर्माको अङ्ग्रेजी उपन्यास “दि एग्जाइल”को नेपाली संस्करण हो । सन् २०१६ मा महावीर पब्लिसर्स दिल्लीबाट प्रकाशनमा आएको अङ्ग्रेजी उपन्यासलाई यसै वर्षमात्र संसोधन सहित नेपालीमा प्रकाशित गरिएको हो । लेखक विश्वकर्माले भनेका छन्, “उपन्यास नेपालीमा पनि अनुवाद हुनुपर्छ भन्ने पाठकवर्गको आग्रहलाई मनन गर्दै मैले यसलाई नेपाली भाषामा पुनर्लेखन गर्ने प्रयास गरेको हुँ । आफ्नै कृति भएर होला, पुनर्लेखनको क्रममा मैले केही कुरा थपेको छु भने कतिपय प्रसङ्गहरु अनावश्यक ठानेर हटाएको पनि छु । जे होस्, ढिलै भए पनि यो उपन्यास पाठकसमक्ष पस्किन पाउँदा म अत्यन्त हर्षित छु ।”
पुस्तकलाई सुम्निमा विश्वकर्मा र स्वणर्िम विश्वकर्माले संयुक्त रुपमा प्रकाशनमा ल्याएका हुन् । ३ सय ४० पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
२. महान नेपाली – कमलजङ्ग कुँवर
कमलजङ्ग कुँवरको गैरआख्यान विधाको पुस्तक हो, “महान नेपाली” । कुँवरले आफ्नो राजनीतिक यात्रा, नेपाल राज्यको एकीकरण, गणतन्त्रको पृष्ठभूमि, विश्व राजनीति, अर्थनीति, धर्म तथा संस्कृति, कूटनीति, समाजिक परिवेशलगायत विषयवस्तुलाई पुस्तकमा समेटेका छन् ।
“म यो देशलाई न सिङ्गापुर, अमेरिका, युरोप, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, अरब, जापान, मलेसिया, भारत जस्तो, न चीन जस्तो बनाउन चाहन्छु ।” पुस्तकमा लेखक कुँवरले भनेका छन्, “मेरो मातृभूमि नेपाललाई म विश्वकै उत्कृष्ट देश बनाउन सक्छु, भौतिक उन्नति उन्मत्त विश्वलाई भौतिक र आध्यात्मिक तवरबाट आदर्श राष्ट्र निर्माण गरेर विश्वकै मार्गदर्शक मुलुक बनाउन हामी सक्षम हुनेछौँ ।”
पुस्तकलाई मातृभूमि प्रकाशन तथा उद्यमले प्रकाशनमा ल्याएको हो । ४ सय १४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५१ रुपियाँ रहेको छ ।
३. गणतान्त्रिक नेपालको संविधान ः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु – कृष्ण खनाल
तीस वर्षभन्दा लामो समय त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनमा संलग्न प्राध्यापक कृष्ण खनालको कृति हो, “ गणतान्त्रिक नेपालको संविधान ः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” । पुस्तकमा संविधान निमाणर्मा समितिहरुको भूमिका, राज्य पुनर्संरचनाको विषयः सिद्धान्त, संरचना र प्रक्रिया, निर्वाचन प्रणालीका बिकल्प र रोजाइ, संविधान निमाणर्मा अन्तर्राष्ट्रिय सहयोग र भूमिकालगायत विषयवस्तु समेटिएको छन् ।
“नेपालले संविधानसभामार्फत संविधान कसरी बनायो ? यसको निमाणर् हुँदा के कस्ता पक्रिया अपनाइयो, कुन पार्टीको भूमिका कस्तो रह्यो ? भन्ने कुरा यर्थाथ रुपमा यस ग्रन्थमा देखिन्छन् ।” पुस्तकको भूमिकामा राजनीतिज्ञ हरिहर आचार्य लेख्छन्, “संविधान बनाउँदाको विशेषता र कमजोरीका सबै पक्षहरु यहाँ आएका छन् । यसरी यो नेपालको संविधा निमाणर् प्रक्रियामा रुचि राख्नेलगायत संवैधानिक-अध्ययनमा संलग्न पाठकका लागि समेत सङ्ग्रहणीय पुस्तक बनेको छ ।”
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । ३ सय ७५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय रुपियाँ रहेको छ ।
४. साबिती बयान – राम विनय
सालिन तथा वैचारिक स्रष्टा राम विनयको संस्मरणसङ्ग्रह हो, “साबिती बयान” । आफ्नो रचना र वैचारिकतालाई प्रगतिशील लेखनको आलोकमा परिस्कृत गर्दै आएका राम विनय ६ दशकदेखि सिर्जनशील यात्रामा सक्रिय छन् ।
“राम विनय साधु प्रकाशका स्रष्टा हुन् । लेख्छन्, तर चर्चा-परिचर्चाप्रति चाह राख्दैनन् । न त उनी प्रचार मोहमा नै रमाउँछन् ।”, विवश वस्तीले विनयका बारेमा लेख्छन्, “उनले आफू बाँचिरहको समाज, राजनीति, परिवेशलाई लगातार लेखनीमा उतारिरहे । आधा शताब्दीको यात्राक्रम नियाल्दा निश्चय नै भन्न सकिन्छ कि – उनी सामाजिक कवि हुन्, चेतनशील स्रष्टा हुन् र जागरुक नेतृत्वकर्ता हुन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।
५. मुटु हराएको मान्छे – मणि नेपाली पनेरु
कवि मणि नेपाली पनेरुको नवीनतम् कवितासङ्ग्रह हो, “मुटु हराएको मान्छे” । सङ्ग्रहमा रहेका कविताहरुले बहुमुखी जीवनचेतनाका साथै रागात्मक कवितात्मक शैलीमा धनात्मक सामथ्र्य देखाएका छन् । कविका कविताको मूल स्वर राष्ट्रिय चेतना हुँदाहुँदै पनि बहुमुखी चेतना अभिव्यक्त छन् । प्राकृतिक चेतनालाई समेत शृङ्गार चेतनाको लेपन लगाउन सक्नु कृतिको सफलता हो ।
“प्रौढ कविता कृतिका दृष्टिले लेखकको यो पहिलो कवितासङ्ग्रह हो ।” भूमिकामा डा. रमेश शुभेच्छु लेख्छन्, “पहिलो सङ्ग्रहका दृष्टिले हेर्दा यस सङ्ग्रहका कविता बहुमुखी जीवनचेतनाका साथै रागात्मक कवितात्मक शैलीमा धनात्मक सामथ्र्य देखाएका छन् । … शैलीशिल्पगत दृष्टिले समानान्तरता, विचलन, अनुप्रासीयता, बिम्बात्मकता, व्यङ्ग्यात्मकता, वणर्नात्मकता, विवरणात्मकता आदि उनका विशेषता देखिन्छन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
६. घुम्टी – उमा पौडेल
सञ्चार र विकासको क्षेत्रमा १५ वर्षको अनुभव बटुलेकी उमा पौडेलको कृति हो, “घुम्टी” । कृति वैदेशिक रोजगारीका क्रममा रहेका पात्रहरु र तिनका आफन्तहरुको भागाइ रहेको लेखक उमाले बताएकी छिन् । तिनी पात्र तथा आफन्तहरुको यथार्थ भोगाइमा आफ्नो शब्द-संयोजनमात्र रहेको उनको कथन छ ।
“वैदेशिक रोजगारमा गएका परिवारका सदस्यले नेपालमा भोग्नु परेको अप्ठ्याराहरु उस्तै छन् । कतिपय महिलाका सुनिरहुँ जस्ता लाग्ने सङ्घर्षका कथाहरु पनि छन् ।” लेखक उमा लेख्छिन्, “पुरुष सदस्य विदेश गएका परिवारका महिलाहरुले समस्या, अप्ठ्यारा, आरोप, लाञ्चनालगायतका अप्ठ्यारा व्यहोरेका छन् । मानसिक विचनको अवस्थामा पुगेका छन् । तिनका सन्तान, परिवार र समाजले विभिन्न सामाजिक मूल्यहरु चुकाउनु परिरहेको छ ।”
पुस्तकमा १९ शीर्षकका पात्रहरुका वास्तविकतानजिक रहेका कथासहित पाश्र्वचित्रमार्फत् वैदेशिक रोजगारको तथ्य पहिचान र तथ्याङ्कमा वैदेशिक रोजगारी उल्लेख गरिएको छ । पुस्तकलाई अजम्बरी पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । १ सय ६९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।