
निर्मल आग्रह

प्रेमनामा-४
प्रेम कति बेला सुन्दर हुन्छ भने
जब त्यो चरममा हुन्छ
त्यसबेला सङ्गीत सुन्नलाई स्वर वा ध्वनि चाहिन्न
त्यसबेला गीत सुन्नलाई शब्दको खाँचो पर्दैन
र
त्यसबेला केही भन्नलाई मौनता नै पर्याप्त हुन्छ
त्यसबेला प्रेम प्रेमभन्दा केही अधिक प्रेमिल हुन्छ।
प्रेमनामा -५
समय कहिले पनि प्रतिकूल हुनसक्छ
तर जबसम्म डालीमा एउटा पनि फुलिरहेको फूल छ
प्रेमको निम्ति समय अनुकूलै रहन्छ
र प्रेम आगोको फूल जस्तै बलवान ।
प्रेमनामा -६
जस्ले प्रेम पाए उनिहरुले प्रेम कविता लेखे
जस्ले प्रेम पाएनन् उनिहरुले कवितामा प्रेम लेखे।
एकदिन त्यहि प्रेम कविता लेखिरहने कविलाई
प्रेम हुन्छ
र त्यहि दिनदेखि ऊ
समाज र राजनीति बारे लेख्नु थाल्छ ।
डुवर्स ,भारत



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ माघ २०८२, बिहीबार 










