भागः एघार
शित मोड लिएको हुँदा म कतिसम्म हडबडाएँ भने मैले धन्यबाद दिन समेत भुसुक्कै बिर्सिएँ। केवल बायाँतिर फर्किएँ र सरासर दैलोतर्फ कदम बढाएँ। म मनमनै विचार गर्दै थिएँ-“श्रब उसले मेरो पिठ्युँमा गोली दाग्न बेर छैन। यो खानेकुरा आफ्ना साथीभाइहरू भए ठाउँसम्म पुग्याउन पाउँदिनँ हुँला ! तर यस्तो कुनै अप्रिय घटना घटेन । यस पटक पनि मृत्यु मेरो बगलनेरबाटै सुट्ट पार भएर गयो। खालि उसको चिसो सासले माल्लै मलाई छोएको थियो… ।
क्याम्प-कम्याण्डरको कोठाबाट म दरो पाइला चाल्दै बाहिर निस्केको थिएँ, तर बाहिर तिस्किसकेपछि चाहिँ मेरा गोडाहरू लुला भए । लड्खडाउँदै र ढलमल गर्दै म बल्लतल्ल कटेरो सम्म त पुगे, तर त्यहाँ सिमेन्ट पोतिएको भुइँमा निस्लोटसित लडेर् बेहोश नै भएँ। अँध्यारो बाँकी छँदै साथीहरूले मलाई होशमा ल्याए। बताऊ, के भयो? ”-उनीहरूले सोधे । मलाई तुरून्त नै क्याम्प-कम्याण्डरको कोठामा घटेको घटना याद भइहाल्यो र मैले उनीहरूलाई सबै कुरा बताएँ। “ आपसमा रोटी अब कसरी, बाँड्ने हो ? “-मेरो छैवैमा बस्ने साथीले सोध्यो । उसको स्वर काँपिरहेको थियो। मैले भनें “सबैलाई बराबर ! ” अनि हामी उज्यालो हुन्जेलससम्म पर्खिएर बस्यौं । बलियो धागोको मद्दतले रोटी र बंगुरको बाथ काट्यौं। हरेकको भागमा सलाईको बट्टा जत्रै रोटीको एउटा सानो टुक्रा पनि गएको थियो। एक एक टुक्रा रोटीको हिसाब लगाइएको थियो। बाथको त कुरै के गर्नु र? प्रत्येकको भागमा त्यत्तिकै मात्र पर्न गयो जसले ओठसम्म चिल्याउन पाइयो । परन्तु सबैले बराबर हिंस्सा पाएका थियौं र कसैको पनि चित्त दुख्ने कुरै थिएन।
छिटै नै जमनहरूले हामीमध्ये बलियाबांगा तीन सय जवान छानेर धाप सुकाउने काममा खटाइदिए । त्यसपछि हामीलाई रूर जिल्लाका खानीमा काम गर्ने पठाइयो । त्यहीँ नै म सन् १९४४ सम्म रहेँ। त्यस बेलासम्म हाम्रो फौजले जर्मनहरूको टेढो अक्कल केही सोझ्याइदिइसकेको थियो र फासिष्टहरूले हामी युद्धबन्दीहरूको घृणा गर्ने केही कम गरिसकेका थिए ।
एक पल्ट हामीलाई अर्थात् दिउँसोको पालो पर्नेहरू सबैलाई एक लाममा लहरै खडा गरियो र दौरामा आएको कुनै सीनियर लप्टनले दोभाषेको मदत लिएर हामीलाई भन्यो “जो फौजमा भर्ती भएपछि वा लडाइँ अगाडि नै ड्राइभरको काम गदैथ्यो त्यो एक कदम अगाडि बढोस् ! ” हामीमध्ये पहिले ड्राइभर रहेका सात जनाले पाइला अगाडि सारे। हामीलाई जडाउरी पोशाक दिइयो र पालोपहराको साथमा पोट्सडाम चलान गरियो ।
त्यहाँ पुगेपछि हामीलाई एक अर्काबाट अलग गरियो। मलाई चाही तोड्त’ मा काम गर्ने पठाइयो। बाटोघाटो बनाउने र प्रतिरक्षात्मक ट्रेन्च आदि खन्ने थोत्रो अड्डालाई जर्मनहरूले यस्तै नाउँ दिएका थिए ।
मेजर दर्जाको एक जना जर्मन इन्जीनियरलाई मैले ‘ ओपेल ऐडमिरल मोटरमा यताउति ओसार्न थाले । ओ, त्यो फासिष्ट मोरो धम्मरधूस मोटो थियो ! अनि पुड्के र भुँडीवाल पनि थियो ऊ अर्थात् अग्लाइमा जति हुँदो हो चौडाइमा पनि त्यत्तिकै । पछाडिको पुट्ठाको फिला पनि दुरुस्तै मोटी आइमाईकै जस्ता ! अगिल्तिर कोटको कलरमुनि चिउँडोको तीन पत्न लागको देखिन्थ्यो ने पछिल्तिर गर्दनमा पनि बोसो लागेर खुकरी तीन तीन जत निको थि) मेरो विचारमा त्यसको शरीरमा बोसो मात्रै पनि कम्तीमा तीन पू्ड त अवश्यै हुँदो हो । ऊ जब हिँडडुल गर्न लाग्थ्यो त बाफले चल्ने इन्जीन जस्तरी नै हाफहाफ गर्नै थाल्थ्यो। तर जब खान भनेर बस्थ्यो त भए भरको सफाचट ! दिनभरि नै उ केही न केही चपाइरहेको हुन्थ्यो र बेला बेलामा आफ्नो फ्लास्कमा राखिएको ब्रैन्डीको घुट्को लिन्थ्यो । कहिलेकाहीँ थोरबहुत मेरो हिस्सामा पनि परिहाल्थ्यो। उ सडकको एक छेउमा मोटर रोक्न लगाउँ थ्यो , अलिकति ससेज र पनीर काट्थ्यो र ब्रैन्डी घुट्क्याउँथ्यो । रंग चढेको बेला कहिलेकाहीँ कुक्कुरलाई जस्तै गरी मतिर पनि एक टुक्रा हुत्त्याइदिन्थ्यो। हातमा त उसले कहिल्यै पनि दिएको होइन ! यसरी दिनु त उ आफ्नो बेइज्जती सम्झँदो हो। तर जेहोस्, बन्दीशिविरसँग यसको तुलना नै हुन सक्तैनथ्यो। म पनि अलि अलि गर्दै मान्छे जस्तो देखिन थालेको थिएँ र बिस्तार-बिस्तार भए तापनि मेरो हड्डिमा केही मासु थपिंदै थियो।
दुई हप्ता जति मैले त्यस मेजरलाई पोट्सडामबाट बर्लिन र बर्लिनबाट पोट्सडाम ओहोरदोहोर गराएँ। त्यसपछि हाम्रो फौजको विरुद्ध किल्लाबन्दीको निर्माण गर्ने भनेर उसलाई मोर्चा क्षेत्रमा पठाइयो । त्यसपछि त मलाई रातमा नीद लाग्न पनि छोड्यो। कसरी यहाँबाट भागेर आफ्ना साथीहरू भएको ठाउँसम्म पुग्न सकिएला ? कसरी आफ्नो देश फर्कन पाइएला ? यही एउटै मात्र ध्याउन्ना रातभरि मनमा आइरहन्थ्यो र रात त छर्लंगै बितेर जान्थ्यो ।
हामी पोलोत्स्क सहर गएका थियौं। बिहान एक दिन त्यहाँ नै पुरै दुई सालपछि पहिलो पल्ट आफ्ना तोपहरूको गडगडाहट मेरो काँनमा पर्यो। बुझ्यौ त, भाइ ! मेरो हृदय गद्गद भएर कसरी धुकधुक गर्ने थालेको थियो । पोलोत्स्कबाट करीब अठार किलोमीटर जति पूर्वतिर लडाइँ चलिरहेको थियो । शहरमा जर्मनहरू क्रुद्ध भैसकेका थिए र नराम्रोसित हडबडाइरहेका देखिन्थे। मेरो भुँडीवाल मेजरले पनि खूब रक्सो धोक्न शुरू गरेको थियो। दिउँसो मोटरमा ऊ शहरबाहिर यताउति चक्कर लगाउँथ्यो र किल्लाबन्दीको निर्माण कसरी गर्नु पर्छ भन्ने आदेश फर्माउँथ्यो। अनि राति चाहिँ एक्लै बसेर टन्न रक्सी घुट्क्याउँथ्यो । नतीजा यही भयो कि उ झन् झन् मोटाउँदै गयो र उसको आँखा मुन्तिर मासुको लुँडो लड्किन थाल्यो ।
मेले सोचें -“श्रब धेरै विलम्ब गर्नु ठीक छैन…। अब मेरो समय आयो। तर … मैले आफू एक्लै मात्र यहाँबाट सुइँकुच्चा ठोक्नु उचित हुने छैन। बरू यस धम्मरधुसलाई पनि साथैमा लिएर जानु बेस होला… ! त्यहाँ हाम्रो लागि पनि उ काम लाग्न सक्छ !
घरका खण्डहरहरूमा मैले दुई धार्नी जति गर्हौं एउटा फलामको डल्लो भेट्टाएँ। मैले त्यसलाई चारैतिरबाट झुत्रो कपडाले बेरबार पारेँ, ताकि दनक दिनु परेको खण्डमा पनि रगत चाहिँ पटक्कै नबगोस् ! बाटोमा नै टेलिफोनको, एक टुक्रा तार पनि भेट्टाइयो। यसरी मैले चाहिने सरसामानहरू जोरजाम गरेँ र अगिल्लो सीटमुन्तिर लुकाएर राखेँ। जर्मनहरूसित बिदा हुनुभन्द दुई जति एक पल्ट साँझपख म मोटरमा पेट्रोल भरेर फर्किरहेको थिए । एक जना जना उन्टर-श्रफिसरलाई बाटोमा देखेँ । उ रक्सिले चुर भएर भित्ताको आड लाग्दै हिँडिरहेको थियो। मैले मोटर रोकेँ उसलाई अँठ्याएर एउटा भत्केको घरभित्न लिएर गएँ । अनि उसको वर्दी फुकालेँ, टाउकोबाट टोपी पनि थुतेर लिएँ । यी सबै कुराहरू पनि मैले त्यस सीटमुन्तिर लुकाएँ । अब भने तैयारी पूरा भैसकेको थियो । ….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।