
निकोलाई सर्गिभ (१८५५-१९१९) एक चर्चित रूसी तथा युक्रेनी ल्यान्डस्केप चित्रकार हुन् ।
उनको पुरा नाम निकोलाई एलेक्सान्द्रोविच सर्गिभ हालको युक्रेनको खार्कोभ क्षेत्रमा जन्मिएका हुन् । उनले एकेडेमी अफ आर्ट्स एलएफ लागोरियोबाट कलामा उच्च शिक्षा हासिल गरेका थिए ।
सन् १८८० को दशकमा उनले धेरै प्रदर्शनीहरूमा सहभागिता जनाएका थिए । उनको सोही सक्रियताका कारण १८८७ एकेडेमी अफ आर्ट्सले उनलाई मानार्थ सदस्यता दिएको थियो । १८८९ मा भने चर्चित कला पुरस्कार अर्डर अफ सेन्ट स्टेनिस्लाभ प्रदान गरिएको थियो ।
सन् १९१० सम्म आइपुग्दा उनले ल्यान्डस्केप कलामा प्राप्त महारथका कारण उनीकहाँ सोही विषय पढ्न आउन थाल्ने विद्यार्थी बढे ।
ल्यान्डस्केप उतार्नुलाई उनी अगाडिको प्रकृतिलाई दुरूस्त नयाँ बनाउनु मात्र ठान्दैनथे । उनी त प्रकृतिको गीतलाई चित्रबाट व्याख्या गर्नु हो भन्थे । त्यसैले उनका सबै चित्रहरू काव्यात्मक देखिन्छन् । सूर्यको प्रकाशसँग उनी बढी खेल्न रूचाउँथे । उनका सामान्य टोन र कलरले उनका समकालीनभन्दा पृथक् रूपमा उभ्याउँथ्यो । आउनुहोस्, आज हामी उनैका सिर्जनालाई नियालौँः




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










