बाह्र

अफगानिस्तानमा ‘भेल्दा’ भनेको ‘जादी’ महिनाको रात हो | जुन जाडोको पहिलो रात र बर्षको सबैभन्दा लामो रात पनि हो । हसन र म कुर्चीमुनि गोडा राखेर राति अबेरसम्म बस्थ्यौँ भने अलिले स्याउको बोक्रा आगोमा फाल्दै हामीलाई सुल्तानहरू र्‌ चोरका पुराना कुथाहरू सुनाउँथे | लामो रात काट्न सजिल्ले हुन्थ्यो र यो एउटा परम्परा पनि थियो ।

काल बौलाएका पुतलीहरू बलेको मैन बत्तीमा हाम फाल्छन्‌ र ब्याँसोहरु सूर्यलाई खोज्दै हिमाल चढ्छन्‌ भन्ने जस्ता एल्दा (Yelda) सँग जोडिएका परम्परा र लोककथा मैले अलीको मुखबाटै सुनेको हुँ । यदि कसैले एल्दाको रात तरबुजा खायो भने आउने ग्रीष्ममा पनि तिर्खा लाग्दैन रे भनेर अलिले कसम खान्थे |

जब मेरो उमेर अलि पाको भयो, मैले कविताहरूमा पढेर थाहा पाएँ कि एल्दाको रात भनेको अँधेरी रात रहेछ जुन राती विक्षिप्त प्रेमीहरू त्यो अनन्त अँध्यारो सहेर सूर्य कति बेला उदाउला र आफ्ना प्रेमी प्रेमीकाहरू पनि सँगै लिएर आउला भनेर रातभर कुरी बस्ने रात पो रहेछ | मैले शोराया ताहेरीलाई भेटेपछि हप्ताका प्रत्येक रातहरू मेरा लागि एल्दा भए । जब आइतबार बिहान हुन्थ्यो म उठ्दा शोराया ताहेरीको खैरो आँखा र अनुहार मेरो दिमागमा घुमी बस्थ्यो । बाबाको बसमा चढेर आउँदा पनि कति बेला पुगिन्छ र नाङ्गो खुट्टामा थोत्रा विश्वकोषहरू मिलाउँदै कालो
अलकत्रमा सेता कुर्कुच्चाले टेकेर, सुलुत्त परेको नाडीमा चाँदीको ब्रासलेट छ्याई-छ्याई बजाउँदै कार्डबोर्ड बाकसहरू मिलाउँदै गरेकी शोरायालाई देख्न पाइएला भनेर म प्रत्येक माइल गनेर बस्थेँ । उनको पछाडि लरक्क परेर मखमली पर्दा झैँ झुन्डिएको कपालले भुइँमा पारेको छायाँ म सम्झी बस्थैँ । शोराया, किनमेल गर्दा देखेको मेरी राजकुमारी । मेरो एल्दाकी उदाउँदो सूर्य ।

म उनकै घरको गल्लीतिर विभिन्न बाहानामा घुम्न जाने गर्थें र ताहेरीको घर जुल्क्याउँथै । यो कामलाई बाबाले ठट्यौली हाँसोले स्वीकार गर्नु भएको थियो । म जर्नेल साहबलाई हात हल्लाएर अभिवादन गर्थे र उनले पनि त्यसै गरी मेरो अभिवादन फर्काउँथे | उनी सधैँ त्यही टल्किने गरी आइरन गरेको खैरो सुटमा हुन्थे | कहिलेकाहीँ उनी घुम्ने कुर्चीबाट उठ्थे र हामी मेरो लेखाइ, युद्ध र त्यस दिनको व्यापारमा कति मोलमोलाई भो छोटो कुरा गर्थ्यौं । मेरा आँखाहरू पेपरब्याक पढेर बसेकी शोरायातिर बरालिने पो हुन्‌ कि लुसुक्क एकातिर पो लाग्ने हुन्‌ कि भनेर अठोट नै गर्नु पर्थ्यो । जर्नेल साप र म गुड वाई भनेर छुट्टिन्थ्यौं र म जाँदा मेरो हिँडाइ अस्वभाविक नदेखियोस्‌ भनेर म सतर्क हुन्थेँ ।

कहिले काहीँ घुलमिल हुने हेतुले उनी जर्नेलभन्दा परको लाइनमा एक्लै बस्थिन्‌ र म उनलाई नचिनेको जस्तै गरेर उनकै छेउबाट जान्थेँ, तर चिनजान गर्न नपाएर म भुतुक्क भइसकेको थिएँ । कहिलेकाँही उनी एकजना अर्धबैसे, गोरी, डाई गरेको रातो कपाल भएकी मोटी महिलासँगै बस्थिन्‌ । मैले मनमनै वाचा गरेको थिएँ कि नसकिँदै उनीसँग कुरा गर्नेछु तर स्कुलहरू फेरि खुले, पातहरू राता भए, पहैँलिए र खसे । हिउँदे बर्षा सुरू भयो र बाबाको जोर्नीहरू दुख्न फेरि सुरु भयो, फेरि पालुवा पलाए र अझै पनि उनको आँखासँग आँखा जुधाउने साहस ममा थिएन !

१९८५ मा मे महिनाको अन्त्यतिर एक चौथाइ बर्षा सकियो | जनरल एजुकेसनको क्लासहरूमा मैले सबैलाई उछिने । लेक्चर सुनेर बस्दा पनि म शोरायाको कोमल नाकको ठुप्पो नै सोचिरहेको हुन्थेँ भने यो एउटा अचम्मै मान्नुपर्ने कुरा भएको थियो ।

अनि त्यस ग्रीष्मको औडाहा गर्मी भएको आइतबार बाबारम पत्रिकाले हम्किँदै त्यो हाटमा हाम्रो पसलमा बसिरहेका थियौँ । घामले तातो फलामले जस्तै पोलिरहेको थियो तापनि, त्यस दिन बजार भीडभाड थियो र बिक्री पनि राग्रै भएको थियो ! मात्र साढे बाह्र बजेको थियो तर पनि हामीले एक सय साठी डलर कमाइसकेका थियौँ | म उठू, आङ्ग तन्काएँ र बाबालाई कोक खाने कि भनेर सोधेँ । उहाँले ‘हुन्छ’ भन्नुभयो ।
“अमीर ख्याल गर्नु नि,” म हिँड्नै लाग्दा उहाँले भन्नुभयो ।
“के ख्याल गर्ने बाबा ?
“म मूर्ख होइन, त्यसैले मलाई मूर्ख बनाउन नखोज ।
“तपाईंले के भन्नुभएको मैले त कुरै बुझिन ।
“यो कुरा याद राख,” चोरी औँलाले मलाई देखाउँदै भन्नुभयो ।
“त्यो मान्छे जरैदेखि पास्तुन हो । उसको नाङ र नमूह छ ।
नाङ र नमूह मतलब ईज्जत र अभिमान जुन पास्तुनहरूको जीवन दर्शन हो । खासगरी यो श्रीमतीको वा छोरीको पवित्रतासँग गाँसिएको छ ।
“म त मात्र हामीलाई चिसो लिन जान लागेको हो ।”
“पैले मात्र के चाहेको हो भने मलाई लाज मर्नु नपार ।”
“हे भगवान, म त्यो कहिल्यै गर्दिन बाबा ।”
बाबाले एउटा चुरोट सल्काएर फेरि हग्कन सुरू गर्नुभयो ।
सुरूमा त म छुट पाइने बुथतिर जाँदै थिएँ । अनि देब्रेपट्टि फर्केर टि-सर्ट स्ट्यान्डमा गएँ जहाँ मात्र पाँच डलरमा जिसस, एल्भीस, जीम मोरिसन अथता तीनैजनाको चित्र अंकित सेतो नाइलनको टि-सर्ट किन्न पाइन्थ्यो । मेरो टाउकाको माथिपट्टि भ्यारीयाकीको संगीत बजिरहेको थियो र नाकमा सेकुवा र अचारको बास्ता आयो ।

मैले ताहेरीको खैरो भ्यान हाम्रोभन्दा दुईवटा लहरको पर एउटा लालीपप बेच्ने कोठीको छेउमा रोकिराखेको देखेँ । उनी एक्लै पढेर बसिराखेकी थ्रिइन्‌ । आज पिँडुलासम्म आउने छोटो समर-ड्रेसमा । औंलाहरू देखिने खुल्ला चप्पल पछाडि फर्काएको कपालमा ट्युलिप फूल जस्तै । मेरो मन त उनकै छेउ भएर जाने थियो, तर अचानक मैले के सोचेँ भने म ताहेरीको सेतो टेबलपोस राखेको टेबलछेउ उभिएर टेबलपारि बसेका जर्नेल र कपालमा कर्लिङ्ग आइरन लगाएकी शोरायालाई क्वारक्वाती हेर्दै थिएँ । उनले टाउको उठाएर हेरिन्‌ । सलाम’ मैले भनें । “म मोजाहेम (Mozahem) बनेको मा माफी चाहन्छु | मैले तपाईंलाई झन्झटमा पार्न खोजेको थिइन ।’

“सलाम ”

“जर्नेल साहेब आज यहाँ हुनुहुन्छ ?’ मैले भनेँ । मेरो कान रातो भएर तातेको थियो । मैले उनको आँखामा हेर्ने साहसै गरिन ।

“उहाँ त्यतातिर जानुभयो,“ उनले भनिन्‌ । दाहिनेतिर देखाइन्‌ । ब्रासलेट तल सरेर कुहिनामा पुग्यो । गहुँगोरो छालामा सेतो ब्रासलेट ।

“के तपाईंले म उहाँलाई नमस्ते गर्न पसेको थिएँ भनेर सुनाइदिनु हुन्छ त ?’ मैले भनें ।

“म पक्कै भनिदिन्छु ।”

‘धन्यवाद,” मैले भनें । “ए साँच्चै मेरो नाम अमीर हो | तपाईंलाई जान्न जरूरी पर्यो भने । तपाईं उहाँलाई मेरो नाम बताउन सक्नुहुन्छ । म पसेको थिएँ । नमस्ते गर्नलाई ”

“हुन्छ ।’

मैले गोडाको भर फेरैँ र घाँटी सफा गरेँ । “म अहिले जान्छु । डिस्टर्ब गरेकोमा माफ गर्नुहोला ।”

“होइन होइन, केही डिस्टर्ब भाछैन,’ उनले भनिन्‌ ।

“ल ठीक छ ।’ मैले टाउको निहुन्याएर कृतज्ञता जनाएँ र हल्का मुस्कान दिएँ । के मैले त्यो पैले नै भनेको थिइन र ?

“खुदा हफिज ”

“खुदा हफिज”

म हिँड्न थालेँ । रोकिएर पछाडि हेरेँ । मैले पहिल्यै भनिसकेको छु कि मैले डर पोख्ने मौका पाएको थिएँ । “के म सोध्न सक्छु तिमी के पढिरहेकी छौँ ?” डराइ
डराइ सोधेँ ।

१०७ तर्से जसरी आँखा झिम्काइन्‌ ।

मैले सास फेर्न रोक । अचानक मैले अनुभव गरेँ कि सेकेन्ड ह्यान्ड बजारका सबै अफगानीहरूको आँखाहरूले हामीतिर हेर्ने छन्‌ । सबै चुपचाप भएर । बोलिरहेका ओठहरू बीचमै अड्किनेछन्‌ । सबै अनुहारहरू हामीतिरै । आँखाहरू बडो चासो दिएर चियो गर्दै हेर्नेछन् ।

“यो कुन किताब थियो ?”

त्यति बेलासम्म हाम्रो जम्काभेटलाई एउटा सम्मानजनक सोधपुछको रूपमा लिन सकिन्थ्यो मात्र एकजना मानिसले अर्कोलाई ‘कता गएछ’ भनेर सोधे जस्तो । तर उनलाई एउटा प्रश्न सोधेको थिएँ र उनले उत्तर दिएको भए हामी ____अँ हामी गफ गरिरहेका हुन्थ्यौं होला । म एउटा मोजाराद (Mojard), एक्लो ठिटो मान्छे र उनी अविवाहित जवान महिला । जसको खानदान पनि कम छैन | यो कुरा गफको विषयवस्तु रूपी छाँगोको डिलमा लर्बराइरहेको थियो र गफ सुरू गर्ने यो सर्बोत्तम बाहाना थियो । विषालु जिब्रो फर्फराउने छ । र, त्यो विषालु आक्रमण पहिला उनले नै गर्ने छिन्‌, मैले होइन । अफगानीहरूले पुरूषहरूप्रति देखाउने दोहोरो मापदण्ड मेरो पक्षमा थियो जुन प्रति म पूरा सचेत थिएँ । के जसले उनीसँग कुरा गरिहेको देखिएन र ? तर आम्मै ! उनले उस्लाई जानै नदिएको देखिएन र ? कस्तो …..(Lochak)

अफगानी मापदण्ड अनुसार मेरो प्रश्न साहसिक थियो | प्रश्नसँगै मैले आफूलाई नङ्गयाएको थिएँ र उनीप्रति मेरो चाहना छ भन्ने कुरामा अलिकति पनि शङ्का बाँकी थिएन, तर म एउटा मान्छे (पुरूष) थिएँ र मैले घाइते अहम को मात्रै खतरा मोलेको थिएँ । घाउ सन्चो पारिन्छ, तर ईज्जतको दाग सन्चो हुँदैन | के उनले मेरो साहसलाई स्वीकार्लिन्‌ त ? उनले किताब फर्काइदिइन्‌ त्यसैले बाहिरी कभर मैले देखेँ । “उदरिङ हाइट्स्‌”
“तपाईंले यो पढ्नुभाछ?” उनले भनिन्‌ ।
मैले टाउको हल्लाएर ‘अँ को इसारा गरेँ । कन्चटमै सुनिने गरी मुटु धड्किएको म अनुभव गर्दै थिएँ ।
“यो बडो दुःखलाग्दो कथा छ ।’
“दुख लाग्दो कथाहरूले नै राम्रो उपन्यास बन्छ,” उनले भनिन्‌ ।
“हो, त्यस्तै कथाहरूले हो ।”
“मैले सुनेको तपाईं लेख्नुहुन्छ रे ?
उनले त्यो कसरी थाहा पाइछन्‌ कुन्नि ? मैले सोचेँ कतै उनका बाबुले त भनेका थिएनन्‌ ? हुन सक्छ उनले नै सोधेकी पो थिइन्‌ कि ? मैले तुरून्तै ती दुई सम्भावनाका दृश्यलाई वाइहात सम्झेर दिमागबाट हटाइदिएँ । बाबुहरू र छोराहरू आइमाईको बारेमा खुलेर कुरा गर्न सक्थे, तर कुनै पनि अफगानी केटीले, कम्तिमा पनि एउटा सभ्य र संभ्रान्त अफगानी केटीले, आफूनो बाबुसँग एउटा ठिटो मान्छेको बारेमा केही सोध्दैनन्‌ र कुनै पनि बाबुले, विशेषतः एउटा पास्तु बाबु जसको नाङ र नामु छ, एउटा ठिटो युवकको बारेमा आफूनो छोरीसँग छलफल गर्दैन, जबसम्मत्यो कुरा गरिएको व्यक्ति खास्तेगार हुँदैन र उसले सम्मानजनक काम गरेर आफ्नो बाबुलाई केटीको बाउको ढोका ढकढकाउन पठाएको हुँदैन ।

विश्वासै नलाग्ने गरी मेरो मुख बोलेको मैले सुनेँ । “के तपाईं मेरो एउटा कथा पढ्नुहुन्छ त?”

“हुन्छ म पढुँला,’ उनले भनिन्‌ । उनका आँखाहरू घरि यता घरि उता पर्ल्याकपुर्लुक गरेको पारा देखेर मैले महसुस गरेको थिएँ कि उनलाई भित्रभित्र असजिलो भइराखेको थियो । सायद जर्नेल कतै वरिपरि पो छन् कि भनेर होला । जर्नेलले मलाई आफ्नी छोरीसँग यसरी नसुहाउने गरी लामो समयसम्म फेला पारेको भए के गर्थे होलान्‌ भन्ने सोचेर आश्चर्य लाग्यो ।

“सायद, म कुनै दिन आउँदा एउटा ल्याइदिउँला, मैले भने । जब म अझै अरू केही भन्नेवाला थिएँ, कुनै अवसरमा मैले शोरायासँगै देखेको ती महिला प्लास्टिकको झोलाभरि फलफूल बोकेर आइपुगिन्‌ । जब उनले हामीलाई देखिन्‌, उनले घरि मलाई घरि शोरायालाई हेर्न थालिन्‌ । उनी मस्किइन्‌ |

“अमीर जान, तिमीलाई देख्दा खुसी लाग्यो, टेबलमाथि ब्याग राख्दै उनले भनिन् । उनको आँखीभौं पसिनाले टलक्क टल्किएको थियो । उनको रातो कपाल घाममा टल्कियो जुन हेर्दा हेल्मेट लगाएको टाउको जस्तो देखिन्थ्यो । कपाल पातहिँदै गरेकाले थोरै तालु पनि देख्न सकिन्थ्यो । उनको गोलो अनुहारमा साना हरियो आँखाहरू गडेका थिए भने, सुन भरेका दाँत र ससेज जस्ता ससाना औंलाहरु थिए । उनले सुनौँला अक्षरमा अगाडि अल्लाह लेखिएको भेस्ट लगाएकी थिइन्‌ भने सुनको सिक्री खुम्चिएको छालामा गडेको थियो | “मेरो नाम जमिला हो, शोरायाकी
आमा ।’

“सलाम, खाला जान,“ लज्जित हुँदै मैले भनेँ । म प्राय अफगानीहरूकै वरिपरि हुन्थेँ | त्यसैले उनले मलाई चिनेकी थिइन्‌ भने उनी को हुन्‌ मलाई थाहा थिएन

“बुबालाई कस्तो छ ?” उनले भनिन्‌ ।

“उहाँ सन्चै हुनुहुन्छ । धन्यवाद ।”

“तिमीलाई आफ्नो हजुरबुबा न्यायाधीस्‌ गाजी साहेबको बारेमा थाहा छ ? अनि उहाँको काका र मेरो हजुरबुबा दाजुभाइका छोराहरू हुनु हुन्थ्यो, उनले भनिन्‌ । “त्यसैले हामी आफन्त पनि पर्छौं । उनी सुनको दाँत देखाएर मुसुक्क हाँसिन्‌ । मुखको दाहिने पट्टिको भाग अलिकति तल भरेर बाँगिएको रहेछ । उनका आँखाले घरि शोराया घरि मतिर हेर्न थाले |

किन जर्नेल ताहेरीको छोरीले अझैसम्म पनि बिहे नगरेकी भनेर मैले एकपटक बाबासँग सोधेको थिएँ | बाबाले उनलाई माग्न कोही पनि केटाहरू आएनन्‌ रे भन्नुभाथ्यो । फेरि बाबाले अलि राम्रो भाषामा उनलाई सुहाउने केटाहरू कोही पनि माग्न आएनन्‌ रे भन्नुभयो, तर अरू बढी केही भन्नु हुन्थेन । नचाहिने कुराहरू एउटा जवान केटीको राम्रोसँग बिहे हुन सक्ने सम्भावनाप्रति कति घातक हुन्छ भन्ने कुरा न क थाहा थियो । अफगानी मान्छेहरू, खासगरी ती जो कुलिन घरानका हुन्थे भर पर्नै नसकिने प्राणी थिए । यता खासखुस भयो भने त्यो कुरा उतापटि्ट बदनामी बन्थ्यो
र तर्सिएको चरा उडेर गएझैं छिट्टै चारैतिर फैलिन्थ्यो । बिहेहरू आउँथे जान्थे, तर कसैले पनि शोरायाका लागि आहिस्ता बोरो भनेर गाएको थिएन, कसैले पनि उनको हात मेहन्दीले रङ्याइदिएन, कसैले पनि उनको घुम्टोमाथि कुरान राखिदिएको थिएन र प्रत्येक बिहेमा उनीसँगै नाच्ने जर्नेल ताहेरी नै हुने गर्थे ।

र अहिले यी महिला, यी आमा मनै छुने खालको बाङ्गे उत्सुक हाँसो र आँखामा प्रष्टै देखिने आशाका किरण लिएर बसेकी छिन्‌ । मलाई स्तरको हैससियत दिइएको थियो, त्यसबाट म अलि हच्केको थिएँ | र, यो सबै किन भएको थियो भने मैले ‘बंशाणुगत चिठ्ठा’ जितेको थिएँ जसले मेरो लिङ्ग निर्धारण गरेको थियो । जनरलका आँखा हेरेर उनी के सोच्दै थिए भन्ने मैले कहिले पनि बुझ्न सकेको थिइन, तर उनकी श्रीमतीको बारेमा भने मलाई कम्तीमा यति कुरा थाहा थियो । कुरा के भने यदि मैले यस मामलामा कुनै शत्रु नै कमाउन गैरहेको भए पनि त्यो उनी हुने छैनन्‌ |

“बस न अमीर जान,” उनले भनिन्‌ । “शोराया उनलाई एउटा कुर्ची ल्याइदेउ त, छोरी । र, त्यो आरू धोएर लेउ त । आरू ताजा र गुलियो छ ।”
“पर्दैन, धन्यवाद” मैले भने ! “म अब जान पर्छ | मेरो बाबाले पर्खिरहुनभा’छ ।’
“ए हो र ?” खान्नुम ताहेरीले भनिन्‌ । प्रस्टै थियो कि मेरो नम्र पारा र अफर अस्वीकार गराइले उनी प्रभावित भएकी थिइन्‌ । “ल कम्तिमा यति त लिएर जाउ” भन्दै उनले एक मुठ्ठी किवी र केही आरू कागजको झोलामा हालिन्‌ र मलाई लैजाऊ भनेर जिद्दी गरिन्‌ | ‘बुबालाई मेरो सलाम सुनाइदिनु । हामीलाई भेट्न फेरि फेरि पनि आउनु ।”
“पक्कै पनि आउँछु, खाला जान,” मैले भनेँ । छड्के आँखाले हेर्दा शोराया परतिर हेरिरहेकी थिइन्‌ |
म त तँ कोक लिन गएको भन्ने ठान्थेँ, मेरो हातबाट आरूको ब्याग लिँदै बाबाले भन्नुभयो | बाबाले मलाई एकैचोटिमा रमाइलो र गम्भीर दुवै पाराले हेर्दै हुनुहुन्थ्यो । मैले अब के भन्ने होला त भनेर गम्दै थिएँ, तर बाबाले एउटा आरू टोक्नुभयो र हातको इसाराले बोलाउनुभयो । “टाउको नदुखा, अमीर मात्र मैले भनेको कुरा सम्झि ।’

त्यस रात ओछ्यानमा पल्टेर उनको कलर बोन माथिपट्टिको सुन्दर खोपिल्टो अनि उनका आँखामा रडीचङ्गी सूर्यको प्रकाश कसरी नाचिरहेको थियो भनेर सोचिरहेँ | दिमागमा हामीले गरेका कुराकानीको रिप्ले भइरह्यो । उनले के भनेकी थिइन्‌ ? ‘मैले सुनेको तपाई लेख्छ्नुहुन्छ रे वा मैले हुनेको तपाईं एज्टा लेखक हो रे ?” यो दुई वाक्यमा कुन चाहिँ भनेकी थिइन्‌ ? ओछ्यानमा छट्पटाउँदै सिलिङतिर फर्केर फेरि उनलाई देख्नु अगाडि ६ वटा कठिन तर अवश्यम्भादी एल्दा (Yelda) का बाँकी रातहरू कसरी काट्न सकिएला भनेर आश्चर्य मानिरहेँ ।

म केही दिनसम्म त्यसै गरी धाइ रहेँ । जर्नेल साप टहलिन बाहिर ननिस्केसम म पर्खिन्थे अनि ताहेरीको स्टयान्डबाट अघि बढ्थैँ । यदि खान्नुम ताहेरी घरमा भए, मलाई चिया र कोल्चा (Kolcha) टक्र्याउँथिन्‌ । अनि हामी बसेर ती दिनको काबुल, हामीले चिनेका मान्छे र उनको आर्थराइटिस्‌ रोगको बारेमा कुरा गरी बस्थ्यौँ । यसमा कुनै शङ्का थिएन कि मेरो आगमन र उनको श्रीमान्‌ बाहिर जाने कामको संयोग एकै बेलामा पर्थ्यो र उनले यो थाहा पाएकी थिइन्‌, तर पनि उनले कहिल्यै यो कुरा भनिनन्‌ । “ए काका त भर्खर बाहिर जानुभयो ।’ उनी भन्थिन्‌ । खान्नुम ताहेरी घरमा भएको मलाई साँच्चै मन पर्थ्यो । र त्यो उनको मिजासिलो स्वभावले मात्र पनि होइन | आमा वरिपरि हुँदा शोराया अलि बढी खुलेर, अलि बढी बोल्थिन्‌ । लाग्थ्यो उनको उपस्थितिले हामी बीच के भैराखेको थियो भन्ने कुरालाई बैद्यता दिन्थ्यो । जर्नेल हुँदा जति हुन्थ्यो त्यति हदसम्म त पक्कै पनि होइन । खान्नुम ताहेरीको लोकन्दीको रूपमा उपस्थितिले हाम्रो भेटहरू पुरै गफगाफ मार्काको नभए पनि, गफिने वातावरणमा अलि कमी ल्याउँथ्यो । उनले मलाई हदैसम्मको माया देखाए पनि प्रस्टै रूपमा देखिन्थ्यो कि शोराया लाज मान्थिन्‌ |

एक दिन तिनीहरूको कोठीमा शोराया र म मात्रै बोलेर बसिरहेका थियौँ । उनले मलाई स्कुलको बारेमा र फ्रेमोन्टको ओहलोन जुनियर कलेजमा आफूनो जनरल एजुकेशनको क्लास कसरी चलिराख्याछ बताउँदै थिइन्‌ ।
“तिमौं मेजर विषय के पढ्ने ?” :
“म शिक्षक बन्न चाहन्छु, उनले भनिन्‌ ।
“साँच्चै ? किन ?”
“शिक्षक बन्ने मेरो चाहना नै हो । भर्जिनियामै बस्दा खेरी मैले इ.एस.एल को प्रमाणपत्र लिएकी छु र अहिले म हप्ताको एक रात सार्वजनिक पुस्तकालयमा पढाउँछु ।”

काने टोपी लगाएको एकजना मोटो मान्छेले पाँच डलर पर्ने मैनबत्तीको सेटलाई तीन डलर मात्र दिन्छु भन्यो र शोरायाले मानिन्‌ । पैसा उनले आफ्नै गोडा छेउको सानो क्यान्डीको बाकसमा खसालिन्‌ । लाज मानेर मलाई हेरिन्‌ | “म तपाईंलाई एउटा कथा भन्न चाहन्छु,” उनले भनिन्‌, “तर मलाई भन्न अप्ठ्यारो लागिरहेछ ।“
“भन न ।”
“यो अलि काम नलाग्ने खालको छ ।”
“कृपया मलाई भन न ।”
उनी हाँसिन । “अँ, जब हामी काबुलमा थियौँ मेरो बुबाले घरधन्दा सघाउन जिबा नाम गेरेकी एउटी महिला कामदार ल्याउनु भयो । ईरानको मसदमा उनकी एउटा दिदी थिइन्‌ । जिबा निराक्षर भएको हुनाले कहिले काहीँ मलाई दिदीलाई पठाउने चिठी लेख्न लगाउँथिन्‌ | र, जब उनकी दिदीको जवाफ आउँथ्यो अनि म उनलाई पढेर सुनाइदिन्थेँ । एक दिन मैले उनलाई लेखपढ गर्न मन छ कि भनेर सोधेँ । आँखै कुचुक्क पारेर खुम्च्याएर मुसुक्क गरेर भनिन्‌, “मलाई असाध्यै पढ्न मन छ ।’ त्यसैले मेरो गृहकार्य सकाएपछि हामी किचनटेबलमा बस्थ्यौँ र मैले उनलाई आलेफ बेह ९ बभो द्यभज० सिकाउँथेँ । म सम्झन्छु कि कहिलेकाहीँ गृहकार्य गर्दागर्दै बीचैमा हेर्दा उनी भान्सामा प्रेसरकुकुरको मासु चलाउने अनि बसेर पेन्सिलले अघिल्लो राति मैले दिएको बाह्रखरी लेख्ने गृहकार्य गरिरहेकी हुन्थिन्‌ ।

“जे होस्‌ एक बर्ष भित्र बच्चाहरूको किताब पढ्न सक्ने भइन । हामी आँगनमा बस्थ्यौँ र उनले मलाई ढिलो भए पनि शुद्धसँग दारा र साराको कथाहरू पढेर सुनाउँथिन्‌ । उनले मलाई मोआलेम शोराया भन्न थालिन्‌ । मतलब शिक्षक शोराया । उनी फेरि हाँसिन्‌ । “यो सुन्दा केटाकेटी कुरा जस्तो लाग्छ तर जब जिबाले पहिलोपटक आफैँ अक्षर लेखिन्‌, मैले बुझें कि म अब अरू केही पनि बन्दिन मात्र शिक्षक । उनीमाथि मलाई ठूलो गर्व भयो र मैले सोचेँ कि मैले साँच्चिकै गर्नलायक काम गरेकी रहिछु | कुरा बुझ्नुभयो ?”

‘बुझैं,’ मैले ढाँटैँ । कसरी मैले आफ्नो साक्षरता हसनलाई उडाउनलाई प्रयोग गरेको थिएँ त भनेर सम्झै । उसले नजानेको ठूल्ठूला शब्दहरूको कुरा लिएर कसरी मैले उसलाई गिज्याएको थिएँ त भनेर सम्झेँ ।

“मेरो बुबाले मलाई ल-स्कुलमा जाओस्‌ भन्ने चाहनुहुन्छ भने आमा सधैँ मेडिकल स्कुल गैदिए हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुहुन्छ, तर म चाहिँ शिक्षक हुन गइरहेकी छु । यहाँ शिक्षकको तलब धेरै त हुँदैन, तर मेरो चाहना शिक्षक नै बन्ने छ ।

“मेरी आमा पनि शिक्षक नै हुनुहुन्थ्यो,” मैले भनेँ ।
“मलाई थाहा छ, उनले भनिन्‌ । “आमाले मलाई भन्नुभाथ्यो ।
उनले प्वाक्क बोलेको उत्तरले कता संकेत गर्दैथियो भन्ने बुझेर उनको अनुहार लाजले रातो भयो | कुरा बुझियो कि म नहुँदा आमा छोरीको बीचमा ‘अमीर’ को बारेमा गफगाफ भएको रहेछ । मलाई खुसीको मुस्कान रोक्न धौ धौ भयो ।
“मैले तिमीलाई केही ल्याइदिएको छु,” पछाडिको खल्तीबाट स्टिच लगाएको पान्नाहरूको रोल फुत्त निकाल्दै मैले भनेँ । “जुन मैले बाचा गरेको थिएँ ।’ मैले उनलाई मेरो एउटा कथा दिएँ ।
“ए तपाईंले सम्झिनु भएछ,” साँच्चिकै खुसीले मुस्काउँदै उनले भनिन्‌,
‘धन्यवाद !”
उनले मलाई सम्बोधन गर्दा पहिलोपटक औपचारिक शब्द “तपाईं को साटो ‘तिमी’ प्रयोग गरेको कुरा थाहा पाउन पनि मलाई समय भएन, किनकि ठुरून्तै उनको मुस्कान बिलाएर गयो । अनुहारको लाली हरायो र उनका आँखाहरू मेरो पछाडिको केही चीजमा गएर टक्क अडियो | म पछिल्तिर फर्के । जर्नेल ताहेरीसँग आमनेसामने भयो |

‘अमीर जान । हाम्रो जल्दोबल्दो कथाकार | तिमीलाई देख्न पाउँदा आनन्द आयो,” उनले भनेँ । उनी हल्का मुस्कुराइरहेका थिए ।
“सलाम जर्नेल साहेब,” डराइडराइ मैले भनेँ ।
उनी मभन्दा अगाडि बढेर बुथ (कोठी) तिर गए | “आजको दिन कति राम्रो छ, होइन त ?” भेस्टको खल्तीमा एउटा हातको बूढी औँला अड्काएर शोरायातिर लम्काउँद उनले भने । शोरायाले बूढालाई ती पानाहरू दिइन् ।

“सबैले यो हप्ता पानी पर्छ भन्छन्‌ । पत्याउनै गाह्रो होइन त ?’ उनले दोबारेका कागजका पानाहरू फोहर फाल्ने भाँडोमा फ्यालिदिएर । मतिर फर्के र एउटा हात मेरो काँधमा राखे । हामीसँगै दुई चार कदम हिँड्यौँ ।

तिमीलाई थाहा छ, छोरा, म तिमीप्रति हुरूक्क हुन थालेको छु । तिमी सज्जन छौँ । यसमा मलाई विश्वास छ, तर —,” ! उनले लामो सास फेरे र हातको इसाराले ‘पर्दैन’ भन्ने संकेत गर्दै भने, “कहिलेकाहीँ सज्जन केटाहरूलाई पनि सम्झाउन जरूरी हुन्छ । यो सेकेन्ड ह्यान्ड हाटका खानदानी मध्य तिमी पनि एउटा मानिस हो भनेर तिमीलाई सम्झाउनु मेरो कर्तव्य हो । उनी अडिए | उनका अव्यक्त आँखाहरू टक्क मेरो आँखामा गडे । “तिमीले जानेकै छौ कि यहाँका हरेक मान्छे कुरौटे छन्‌ । टम्म मिलेका दाँतहरू देखाउँदै मेरो काँधबाट हात हटाए । फेरि मुसुक्क हाँसे !

“के सन्चै छौ ?’ बाबाले भन्नुभयो । उहाँ एकजना पाकी महिलासँग एउटा रकिङ्ग हर्स (खेलौना) को पैसा हिँदै हुनुहुन्थ्यो ।
“होइन । मैले भनेँ । म एउटा पुरानो टि.भी. सेटमाथि बसेँ । अनि जसोतसो उहाँलाई भनेँ !
“उस, अमीर,” उहाँले सुईअँ गर्नुभयो ।
घटना यसरी घट्यो कि, जे भएको थियो त्यसको बारेमा मैले धेरै टाउको दुखाउन पाइन |
किनभने त्यस हप्ताको अन्त्यतिर बाबालाई रूघाले समात्यो ।
यो ठ्याँ ठ्याँ गरेर सिँगान तान्ने छाती फुट्लाजस्तो खोकीबाट सुरू भयो । नाक बजाउन त छोड्नुभयो, तर खोकी लाग्न छोडेन | रूमालमा सिँ गरेर खल्तीमा राख्नु हुन्थ्यो । मैले उहाँलाई जचाँउन जानलाई कर गरिरहँ, तर उहाँले मलाई तर्काउनुहुन्थ्यो । डाक्टर र हस्पिटलप्रति उहाँलाई घृणा थियो । मैले थाहा पाएसम्म बाबा भारतमा एक पाली मात्रै डाक्टरकहाँ जानुभएको थियो जति बेला उहाँलाई मलेरिया भएको थियो ।

अनि दुई हप्तापछि उहाँले ट्वाइलेटमा रगत मिसिएको खकार थुकेको फेला पारेँ ।
“तपाईंले यस्तो थुक्न थालेको कति भयो ?’ मैले भनेँ ।
“आज डिनरमा के छ ?” उहाँले कुरा फिसोल्नुभयो ।
“म तपाईंलाई डाक्टरकहाँ लिएर जाँदै छु ।’
बाबा पेट्रोल पम्पमा म्यानेजर हुनुहन्थ्यो तैपनि साहुजीले उहाँलाई स्वास्थ्यको बिमा दिएको थिएन र बाबाले पनि वास्तै नराखी त्यसको जिद्दी गर्नुभएको थिएन मैले उहाँलाई सान जोसेको काउन्टी अस्पताल लिएर गएँ । हरियो सुनिएका जस्ता आँखा भएको डाक्टरले हामीलाई भेटेपछि परिचय दिँदा आफू अमेरिका बसेको २ बर्ष भएको कुरा बतायो | ‘डाक्टर हेर्दा तँभन्दा ठिटो र मभन्दा पनि जस्तो देखिन्छ,” बाबा भुत्भुताउनुभयो । डाक्टरले हामीलाई एक्स-रे गर्न तल पठायो । जब नर्सले माथि वापस बोलाइन, डाक्टर चाहीँ एउटा फारम गर्दै थियो ।

“यो कागज लिएर अगाडि डेस्कमा जानु,” छिटो छिटो डाक्टरी अक्षर लेख्दै उसले भन्यो ।
यो के हो ?’ मैले भनेँ ।
प्यो रिफरल हो,” फेरि गज्याङ्ग मज्याङ्ग केही लेख्दै उसले भन्यो |
“के को लागि?”
“पल्मोनरी क्लिनीकको लागि ।’
“त्यो भनेको के हो?” 3
उसले मलाई पुलक्क हेर्यो । चस्मामाथि सार्यो | फेरि गज्याङमज्याङ केही लेख्यो । “उहाँको दाहिने फोक्सोमा दाग छ । म चाहन्छु उनीहरूले त्यो के हो चेक गरून्‌ ।’
“एउटा दाग ?” मैले भनेँ । उपचारको सम्भावना मैले थोरै देखेँ ।
“क्यान्सर हो ?’ नआत्तिएरै बाबाले सोध्नुभयो ।
“हुन सक्छ । जे होस्‌ यो संकास्पद छ, डाक्टरले भन्यो ।
“तपाईले हामीलाई यसको बारेमा अरू बढी केही भन्न सक्नुहुन्छ?” मैले भनेँ ।
“साँच्चिकै म भन्न सक्दिनँ । पहिलो क्याट ९क्रब० स्क्यान गर्नुपर्छ अनि फोक्सोको डाक्टरलाई भेट्नु ।’ उसले रिफरल फारम मेरो हातमा थमाइदियो ।
“तपाईंको बाबाले धुम्रपान गर्नुहुन्छ भन्नुभएको थियो, होइन त ?”
“हो, गर्नुहुन्छ ।”
उसले टाउको हल्लायो । मलाई छोडेर बाबातिर हेन्यो अनि फेरि मतिर । “उनीहरूले तपाईंलाई २ हप्ताभित्र बोलाउँछन्‌ ।’

म डाक्टरलाई सोध्न चाहन्थेँ कि त्यो “शंकास्पद शब्द साथमा लिएर पुरै दुई हप्ता कसरी बस्ने होला । कसरी खाने, कसरी काम गर्ने, कसरी पढ्ने ? उसले मलाई त्यो शब्द बोकाएर कसरी घर पठाउन सकेको ?

मैले फारम लिएँ र फर्काइदिएँ । त्यस रात बाबा ननिदाउन्जेल म पर्खेर बसेँ अनि एउटा ब्ल्याङ्केट पट्याएँ । यसलाई मैले प्रार्थना गर्ने रगको रूपमा प्रयोग गरेँ । भुइँमा टाउको टेकाएर काबुलमा हामीलाई मूल्लाले कन्ठ पार्न लगाएको आधा बिर्सिसकेको कुरानका श्लोकहरू भट्याउन थालेँ र भगवानसँग दयाको भिख मागेँ । ती भगवान्‌ छन्‌ भन्ने कुरामा म ढुक्क थिइनँ । म अहिले मुल्लाको आस्था र विश्वासको ईर्ष्या गर्दै थिएँ । ”

दुई हप्ता बित्यो, तर कसैले बोलाएन । जब मैले फोन गरेँ, तिनीहरूले रिफरल हराएको कुरा गरे । रिफरल पनि फर्कादिएको कुरामा के म ढुक्क थिएँ त । उनीहरूले अर्को तीन हप्ता भित्र फोन गरेर बोलाउने कुरा गरे । मैले त्यसको जोडदार विरोध गरेँ । क्याट स्क्यान (CAT Scan) तीन हप्ता होइन एक हप्ता भित्रै गर्नुपर्छ र हप्तामा डाक्टर भेट्न पाउनुपर्छ भनेर बार्गेनिङ गरेँ ।

जब सम्म बाबाले डाक्टर कुन देशको मान्छे हो भनेर सोध्नुभाथेन, पल्मोनोलोजिस्ट डा. स्नेइडरसँगको हाम्रो भेटघाट राम्रैसँग अघि तल) । डा. ले आफू रशियन भएको कुरा बताए । बाबाले उसलाई झम्टिन थाल्नुभयो ।
डा. हामीलाई माफ गर्नुहोला, “ बाबालाई एकातिर तान्दै मैले भनेँ । स्टेथोस्कोप हातमै लिएर डा. स्नेइडर मुसुक्क हाँसेर पछि हटे ।

“बाबा मैले डा. स्नेइडरको जीवनी वेइटिङ रूममा पढेको थिएँ । उनी मिसिगनमा जन्मेका रहेछन्‌ । मिसिगनमा ! पक्का अमेरिकन | उनी जस्तो पक्क अमेरिकन त तपाईं र म त कहिल्यै पनि हुन्नौं होला ।”

“ऊ काहाँ जन्मेको हो मलाई मतलब छैन, तर ऊ रूसी हो,” नाक खुम्च्याउँदै बाबाले भन्नुभयो मानौं “रूसी” शब्द एउटा अश्लील शब्द हो । “उसका बाआमा रूसी थिए र हजुरबा हजुरआमा पनि रूसी थिए । म तेरी आमाको नाममा कसम खाएर भन्छु कि यदि उसले मलाई छुन्छ भने म हात भाँचिदिन्छु ।”

“डा. स्नेडडरका बा आमा शोरावीबाट भागेर आएका थिए, तपाईं बुझ्नुहुन्छ । उनीहरूले भागेर ज्यान बचाएका थिए !”

तर बाबाले जे भने पनि सुन्नु हुन्थेन । कहिलेकाहीँ म सोच्छु कि उहाँले आफ्ना स्वर्गे भएकी श्रीमतीलाई जत्तिकै माया आफू जन्मेको देश अफगानिस्तानलाई नै गर्नुहुन्थ्यो । म त निराश हुँदै झन्डै चिच्च्याएको थिएँ । बरू मैले सुईअँ गर्दै डा. स्नेइडरतिर फर्केर भनेँ, “डा. साहब माफ गर्नुहोला | केही उपाय लाग्ला जस्तो छन्‌ । उहाँ मरिगए पनि मान्नु हुन्न ।”

अर्को पल्मोनोलोजिस्ट डा. अमानी ईरानी थिए र बाबा उनीसँग जचाँउन सहमत हुनु भयो । डा. अमानी अकबरी जुँगा पालेका मीठो बोली भएका, लरक्क परेको सेतो कपाल पालेका मान्छे थिए । उनले हामीलाई क्याट स्क्यान हेरिसकेको र प्रयोगशालामा जाँच गर्नका लागि ब्रङकोस्कोपी गरेर फोक्सोको एउटा सानो टुक्रा अप्रेसन गरेर निकाल्न आवश्यक छ भन्ने कुरा सुनाए । उनले त्यसका लागि अर्को हप्ताको समय दिए । बाबालाई अफिसबाट बाहिर निकाल्दै मैले उनलाई ‘धन्यवाद” दिएँ र सोच्दै निस्कै कि फेरि म पूरै एक हप्तासम्म “शंकास्पद भन्दा पनि अझ अलक्षीनाहा नयाँ शब्द “मास’ सँगै बाँच्न पर्ने भयो । सोचेँ, यसबेला शोराया मसँगै भइदिएको भए अलि ढुक्क हुन्थ्यो होला ।

कुरा यस्तो बुझ्नमा आयो कि सटान (राक्षस) को जस्तै क्यान्सरको पनि धेरैवटा नामहरू हुनेरहेछ । बाबालाई लागेको चाहिँ “ओट सेल कार्सिनोमा“ नामको रहेछ | छिप्पिसकेको । अपरेसनको पनि उपाय नभएको | बाबाले डा. अमानीसँग दिन तोकिदिन आग्रह गर्नुभयो । डा. अमानीले गम्भीर हुँदै ओठ टोके र “गम्भीर’ शब्दको प्रयोग गरे । “अँ कमियोथेरापी त गर्न सकिन्छ,” उनले भने, “तर यसले पनि अलिकति दुखाइ मात्र कम गर्ने हो ।’
“त्यसको मतलब ?“ बाबाले सोध्नुभयो ।
डा. अमानीले सुईअँ गरेँ । “त्यसको मतलब सन्चो नै त पार्दैन, मात्र अलिकति समय लम्ब्याउँछ ।”
“उत्तर प्रस्ट छ, डा. अमानी । तपाईंलाई धन्यवाद, बाबाले भन्नुभयो । “तर मलाई केमो चढाउने होइन ।” उहाँको अनुहारमा त्यही अठोटको भाव झल्किन्थ्यो जस्तो कि मेडम डोविन्सको डेस्कमा उहाँले खानेकुराहरू पोखाउँदाको दिन देखिएको थियो ।
तर बाबा……।”
‘अमीर, तैंले मलाई मान्छेको अगाडि चुनौति दिने काम नगर कहिल्यै पनि । तेरो हैसियत के छ ?”

सेकेन्ड ह्यान्ड हाटमा जर्नेल ताहेरीले पानी पर्छ भनेर जुन कुरा गरेका थिए, पानी त पन्यो, तर केही हप्तापछि मात्र । जब हामी डा. अमानीको अफिसबाट बाहिर निस्क्यौं सडकमा गुडेका कारहरूले सडक पेटीमा हिलो पानी छ्यापे । बाबाले एउटा चुरोट सल्काउनु भयो । कारसम्म पुगुन्जेल पनि चुरोट तानिरहनुभयो र कारमा बसेर घर नपुगुन्जेल पनि चुरोट पिइरहनुभयो ।

जब उहाँ लबीको ढोका खोल्न साँचो छिराउँदै हुनुहुन्थ्यो, मैले भनेँ, “बाबा, तपाईंले केमो चढाउन एक मौका दिए हुन्थ्यो ।’
बाबाले साँचो खल्तीमा राख्नुभयो र पानीबाट मलाई जोगाउन प्लास्टिकको धर्के त्रिपालमुनि तान्नुभयो । चुरोट लिएको हातले मेरो छाती चरप्प अँठ्याएर भन्नुभयो । “बस्‌, भयो अब धेरै नबोल | मैले निर्णय लिइसकेको छु ।”
मेरो बारेमा नि बाबा ? म अब के गरौँ त ?” गहभरि आँसु लिँदै मैले भनेँ ।
उहाँको त्यो पानीले भिजेको अनुहारमा बितृष्णाको लहर तैरियो । यो ठ्याक्कै त्यस्तै हेराई थियो जुन उहाँले म बच्चा छँदा म लडेर घुँडा दरफरिएर रुँदा हेर्नुहुन्थ्यो । त्यति बेला पनि मेरै रूवाईले नै त्यस्तो हेराई निम्त्याउँथ्यो भने अहिले पनि मेरै रूवाइले त्यो निम्त्यायो । “अमीर, तँ बाइस्‌ बर्षको भइस्‌ ! तँ अब बच्चा छैनस्‌ ! तँ ___“ उहाँले केही भन्नलाई मुख खोल्नुभयो, बन्द गर्नुभयो, फेरि खोल्नुभयो र थामिनुभयो । पानीले हाम्रो टाउको माथिको त्रिपाल ट्याम्को जस्तो बजिराथ्यो ।

“तँलाई के अप्ठ्यारो परिराछ, तैँले भन आज मलाई । यत्रा बर्षसम्म मैले तँलाई सिकाउन खोजिरहेको कुरा के थियो भने, तैँले मलाई यस्तो प्रश्न कहिल्यै पनि नसोधेस्‌ ।’

उहाँले ढोका खोल्नुभयो । मतिर पछाडि फर्किनुभयो । “म तँलाई अर्को पनि एउटा कुरा भन्छु र कसैले पनि मलाई के रोग लागेको छ भन्ने थाहा नपाओस्‌, मेरो कुरा सुनिस्‌ ? कसैले पनि । मलाई कसैको ‘दया’ चाहिँदैन ।’ अनि उहाँ अँध्यारो लविमा गायब हुनुभयो । त्यो दिनको बाँकी समय उहाँले टि.भी अघिल्तिर बसेर एक पाली पनि लाइटर नबालेरै एक पछि अर्को चुरोट तानिरहनु भयो | उहाँले के र कसलाई बेवास्ता गरिराख्नु भाथ्यो त्यो मैले बुझिनँ । मलाई ? डा. अमानीलाई ? वा सायद त्यही भगवानलाई जसमाथि उहाँले कहिल्यै विश्वास गर्नु भएन ।

अलि समयसम्म त सेकेन्ड ह्यान्ड हाटले पनि बाबालाई पन्छाउन सकेन । हामी शनिबारका दिनहरूमा थोत्रा सामान बिक्री गर्न लामो यात्रामा निक्लन्थ्यौं । बाबा ड्राइभर र म चाँहि बाटो देखाउने नेभिगेटर बन्धेँ र हामी आफूना सामान देखाएर राख्यौं । पित्तलका ल्याम्पहरू । बेसबलका ग्लोबहरू । स्की खेल्दा लाउने ज्याकेटहरु र भाँचिएका फास्नरहरू । बाबाले आफ्नो देशका पुराना चिनेजानेका मान्छेहरूलाई स्वागत गर्नुहुन्थ्यो भने म ग्राहकहरूसँग एक दुई डलरका लागि गलफती गरेर बस्थे, मानौं कि यो के के न ठूलो कुरा हो । प्रत्येक दिनको अन्त्यसँगै म अनाथ बन्ने दिनपनि नजिकिँदै आउँदै छन् भन्ने ठान्दै पसल बन्द हुन्थ्यो ।

कहिलेकाहीँ, जर्नेल ताहेरी र उनकी श्रीमती टहलिँदै निस्कन्थे । जर्नेल साहेब सधैँ झैं कूटनीतिक पारामा मुसुक्क हाँसेर दुवै हातले समातेर मसँग हात मिलाएर अभिवादन गर्थे तर खान्नुम ताहेरीको स्वभावमा नयाँ मौनता थियो । जब जर्नेलको ध्यान अन्त कतै हुन्थ्यो, अनि मात्र त्यो मौनतालाई उनले सुटुक्क मतिर फ्याल्ने मुख बाँङ्गे हाँसो र तरूनी केटीको जस्तो लोभी तर ‘सरी’ पनि लुकेको हेराइले तोड्थ्यो ।

म सम्झन्छु त्यो बेलाको समय धेरै कुराहरू “पहिलो पाली’ को समय थियो । बाबा बाथरूममा कराएको पनि मैले पहिलो पाली सुनेँ । पहल पटक मैले उहाँको तकियामा रगत देखेँ । तीन बर्षभन्दा पनि बढी समय पेट्रोल पम्पमा काम गरिसक्दा पनि बाबा कहिल्यै बिरामी परेर सहयोग माग्नुभएको थिएन | फेरि अर्को “पहिलो घटना ।

त्यस बर्षको ह्यालोविन (Halloween) सम्ममा, शनिबारको दिउसो नसकिँदै बाबा यति धेरै थाकिसक्नु हुन्थ्यो कि उहाँ स्ट्रिङ्कको पछाडि बसेरै मलाई पर्खनुहुन्थ्यो, जब म बाहिर जान्थेँ र कवाडी सामानको लागि मोलमोलाई गर्थे । धन्यवाद दिँदा दिँदा दिउँसो हुनु अगावै उहाँ थाकेर लत्रक्क पर्नुहुन्थ्यो । जब हिउँमा खेल्ने चिप्लेटीहरू अगाडिका फूलबारीमा देखा पर्थे र डगलस फरका रूखहरूमा हिउँ देखिएजस्तो गर्थे, बाबा घरमै बस्नुहुन्थ्यो र मैले भोक्सवेगन बस एक्लै त्यो पेनिन्सुलामा तल र माथि दौडाउँथें ।

कहिलेकाहीँ सेकेन्ड ह्यान्ड हाटमा हाम्रा परिचित अफगानीहरूले बाबाको तौल घटेको बारेमा कुरा गर्थे । पहिला त तिनीहरू सहानुभूति दर्साउँथे । उनीहरूले बाबाको तौल घटाइको रहस्यको बारेमा पनि सोधे । जब तौल घट्ने क्रम रोकिएन सोधपुछ र सहानुभूतिको क्रम रोकियो । जब पाउन्डहरू झर्दै गर्यो । र, झर्दै गर्यो । जब उहाँका गालाहरूमा खाल्टा परे | कन्चटमा हड्डि किक्रिक्क देखियो | खाल्टोमा आँखा गडेर पिक्लिक्क देखियो ।

अनि नयाँ बर्ष सुरू भएको एकैछिन पछि एउटा चिसो आइतबार बाबाले एउटा डल्ले फिलिपिनोलाई ल्याम्पसेड बेच्दै हुनुहुन्थ्यो भने म बाबाको गोडाहरू ढाकिदिनलाई भोक्सवेगन भित्र ब्ल्याङकेट छामछाम छुमछुम गर्दै थिएँ ।
“ए भाई, यो मान्छेलाई त लौ न के भो !” फिलिपिनोले अत्तालिँदै भन्यो । यसो पछि फर्केर हेर्दा त बाबा भुइँमा डङग्रङ्ग लडेको देखेँ । उहाँका हातखुट्टाहरू हल्लिरहेका थिए ।

“कोमाक!” म एक्कासि च्याँठि्ठएँ । “लौ न कसैले सहयोग गरौँ !” भन्दै म दौडिएर गएँ । उहाँले मुखमा फिँज काढ्दै हुनुहुन्थ्यो भने फिँजै फिज भएको र्यालले दाह्री भिज्दै थियो । सेतै आँखा मास्तिर फर्किएका थिए ।

मान्छेहरू हामी तिर दौडेर आउँदै थिए । कसैले ‘हृदयघात’ भनेको मैले सुनेँ । कोही “९११ मा फोन गर !” भनेर चिच्च्याउँदै थियो । मैले दौडेका पदचापहरू सुनें । हाम्रो वरिपरि भीड जम्मा हुँदा आकाश अँध्यारो भैसकेको थियो ।

बाबाको र्याल रातो भयो । उहाँ जिब्रो टोक्दै हुनुहुन्थ्यो । म उहाँकै छेउमा घुँडामारेर बसेँ र उहाँको पाखुराहरू समातेर भनेँ, “बाबा म यहिँ छु । तपाईंलाई सब ठीक हुन्छ । म यहाँ छेउमै छु ।’ मानौँ कि म त्यो बाउँडिएको शरीरलाई अलि सन्चो पार्न सक्छु । मानौँ कि म तिनीहरूलाई मेरो बाबालाई एक्लै छोडिदेओ भन्न सक्छु । मेरो घुँडामा पसिना छुटेर चिसो भयो | देखेँ, बाबाको पिसाब पनि चुहिएछ । स्स्स, बाबा जान म यहीँ छु । तपाईंको छोरो तपाईंकै छेउमा छ ।

सेतो दाह्री र पुरै तालु खुइलिएको डाक्टरले मलाई कोठाबाट तानेर बाहिर निकाल्यो । “म तपाईंको बाबाको क्याट स्क्यान म तपाईंसँगै बसेर हेर्न चाहन्छु । उनले भने । उनले हलवे मा लगेर क्याट स्क्यानको फिल्मलाई भिउयीङ्ग बक्समा राखेर मेटाउने भएपट्टिको पेन्सिलको टुप्पोले बाबाको क्यान्सरको दागहरू देखाउन थाले जसरी एउटा पुलिसले हत्याराको फोटो पीडित आफन्तजनलाई देखाउँछ । ती फोटोहरूमा बाबाको गिदी टेनिस बल आकारको, खैरो रङको, बुझ्नै नसकिने खाल्टा र खुल्टी भएको, बीचमा जोर्नी भएको ठूलो ओखर जस्तो देखिन्थ्यो ।

“तपाईं देख्न सक्नुहुन्छ कि क्यान्सर धेरै ठाउँमा सरिसकेको छ ।’ उनले भने ।
“उहाँले गिदी सुनिएको घटाउन स्टेरोइड खानु पर्छ र हृदयघात नियन्त्रण गर्न एन्टीसिजर औषधि । र, म दुखाइ कम गर्नलाई रेडियोथेरापी गराउने सल्लाह दिन्छु । यसको मतलब तपाईंले बुझ्नुहुन्छ ?”

मैले “बुझेँ भन्ने जवाफ दिएँ । क्यानसरको बारेमा कुरा गर्न म सिपालु भैसकेको थिएँ ।
“त्यसोभए ठीक छ,” उनले भने । उनले आफ्नो पेजर चेक गरे । म अहिले जानुपर्छ तर तपाईंलाई केही सोध्न परे मलाई पेज गरे हुन्छ ।’
‘घन्यवाद ।’
मैले त्यो रात एउटा कुर्चीमा बाबाकै छेउमा बसेर बिताएँ, |
भोलिपल्ट बिहान हलभन्दा तलको वेइटिङ्ग रूम अफगानीहरूले भरिएको थियो । नेवार्कको कसाही। बाबाले त्यो अनाथालय बनाउँदा उहाँसँगै काम गरेको एक जना इन्जिनियर । उनीहरू लाइन लागेर भित्र गए र सासले बोलेर बाबालाई सम्मान टक्र्याए । बाबाको शीघ्र स्वास्थ्यलाभको कामना गरे । त्यस बेला बाबाले आँखा त खोल्नु भएको थियो । शिथिल र थकित, तर आँखा खुल्लै थिए ।

मध्यबिहान जर्नेल ताहेरी र उनकी श्रीमती पनि आए । शोराया पनि पछिपछि आइन्‌ । हामीले एकअर्कालाई भुलुक्क हेन्यौं र एकैपालिमा परतिर पनि हेर्यौं |
“साथी तपाईँलाई कस्तो छ?’ बाबाको हात समातेर जर्नेलले भने |
बाबाले नाडीमा झुन्डिरहेको आइभीतिर इसारा गरेर देखाउनु भयो | हल्का मुस्कुराउनु भयो । जर्नेल पनि मुस्कुराए ।
“तपाईंले यति झन्झट नगरेको भए पनि हुन्थ्यो । तपाईंहरू सबैले,” रून्चे स्वरमा बाबाले भन्नुभयो ।
“केही झन्झट भाछैन, खान्नुम ताहेरीले भनिन्‌ ।
के को झन्झट हुनु ? मुख्य कुरा त के भने, तपाईंलाई केही चाहिन्छ ?’ जर्नेलले भने । “जे सहयोग चाहिए पनि मलाई आफ्नै दाजुभाइ सम्झेर भने हुन्छ ।’
एक पटक बाबाले पास्तुनका बारेमा भनेको कुरा मैले सम्झेँ । हामी अलि हठी हुन सक्छौँ र म जान्दछु हामी असाध्य घमन्डी पनि छौँ तर आवश्यक परेको घडीमा, मलाई विश्वास गर पास्तुनले जस्तो साथ कसैले दिँदैन ।
बाबाले तकियामाथि टाउको हल्लाउनु भयो | “तपाईंको आगमनले मेरो आँखा अलि उज्यालो भएको छ ।’ जर्नेल मुसुक्क हाँसे र बाबाको हात चरप्प अँठ्याए ।
“अमीर, तिमी सन्चै छौ ? तिमीलाई केही सहयोग चाहिन्छ कि ?“_
जसरी उनले मलाई हेरिरहेका थिए, दयालु आँखाले ___ | “चाहिँदैन । धन्यवाद, जर्नेल साहब । म _____ ।’ गला भरिएर आयो र मेरा आँखा रसिला भए | म कोठाबाट फुत्त बाहिर निस्किएँ ।
गए राति मैले ज्यानमारालाई हेरेको त्यही भिउइङ्ग बक्सको छेउ हलवेमा उभिएर म रोएँ ।
बाबाको कोठाको ढोका खुल्यो र कोठाबाट शोराया निक्लिन्‌ । उनी मेरो नजिकै उभिइन्‌ । उनले खैरो स्वेटसर्ट र जिन्स लगाएकी थिइन्‌ । कपाल तलतिर झरेको थियो । म उनको अङ्गालोमा पसेर ढाडस पाउन चाहन्थेँ ।
“अमीर, म साह्रै दुःखी छु,” उनले भनिन्‌ । “पक्कै
केही गडबड छ भन्ने हामीलाई थाहा थियो, तर यो (क्यान्सर) नै होला भन्ने हामीलाई थाहा थिएन ।’
मैले सर्टको बाउलाले आँखा पुछेँ । “उहाँले यो कसैले पनि थाहा नपाओस्‌ भन्ने चाहनु हुन्छ ।’
“तिमीलाई केही सहयोग चाहिन्छ ?”
“चाहिँदैन ।’ मैले हाँस्ने कोसिस गरेँ । उनले मेरो हात माथि हात राखिन् ।
हाम्रो पहिलो स्पर्स । मैले उनको हात समातेँ । मेरो अनुहारसम्म ल्याएँ । अनि छोडिदिएँ । “तिमी भित्र गए राम्रो हुन्छ नत्र तिम्रो बुबाले मेरो पिछा गर्नुहुन्छ । उनी मुसुक्क हाँसिन्‌ र टाउको हल्लाइन्‌ । “म जानै पर्छ ।’ उनी जानलाई फर्किइन् ।
“शोराया ?”
“किन ?”
“तिमी आयौ, म खुसी छु । यसको मतलब ____ मेरो संसार नै तिमी हो ।”
अस्पतालले बाबालाई दुई दिन पछि डिस्चार्ज गर्यो । बाबासँग रेडियसन उपचारको बारेमा कुरा गर्न उनीहरूले दुईजना रेडियसन अनकोलोजिस्टलाई बोलाए । बाबाले मान्नु भएन । उनीहरूले मलाई बाबालाई मनाउन आग्रह गरे, तर मैले बाबाको अनुहारमा उहाँको हेराइ देखिसकेको थिएँ । मैले उनीहरूलाई धन्यवाद दिएँ, उनीहरूको फारममा सही गरिदिएँ र बाबालाई मेरो फोर्ड टोरिनोमा राखेर घर लिएर गएँ ।

त्यस रात बाब उनीको ब्ल्यांकेट ओढेर सोफामा पल्टिरहनु भएको थियो | मैले उहाँलाई भूटेको बदाम र चिया ल्याइदिएँ । मैले उहाँलाई पछाडिबाट चरप्प ढाडमा अंगालो मारेर सजिलै जुरूक्क उठाएँ । मैले उहाँको कुमको हड्डी समाउँदा चराको हड्डी समातेजस्तो लाग्थ्यो । ब्ल्यांकेट तानेर छातीसम्म ढाकिदिएँ जहाँ पातलो छाला भित्रका करङहरू गन्न सकिन्थ्यो ।
बाबा म अब अरू के सहयोग गरौं तपाईंलाई ?”
“केही पर्दैन छोरा । धन्यवाद ।’
म उहाँको छेवैमा बसेँ । “त्यसो भए तपाईं मेरा लागि केही गरिदिन सक्नुहुन्छ त ? यदि तपाईं धेरै थाक्नु भएको छैन भने ?’
के हो भन न ।
“म चाहन्छु तपाईं मेरो खास्तेगारी (Khastageri) गरिदिनोस्‌ । मेरा लागि जर्नेल ताहेरीको छोरी मागिदिनुहोस्‌ ।’
बाबाको फुस्रा ओठ मुस्काउँदा तन्किए । ओइलाएको पातमा सानो हरियो दाग जस्तो खुसीको संचार । “पक्का हो ?’
एकदम पक्का । यति पक्का त मैले कहिल्यै कुनै पनि चीजको बारेमा सोचेको थिइनँ ।’
“तैंले त्यसको बारेमा सोचिसकेको हो त ?’
“बाले (पक्का), बाबा ।”
“त्यसो भए मलाई फोन र मेरो सानो डायरी दे त ।”
“अहिले नै ?”, म झस्किएँ |
“अनि कहिले त ?”
म मस्किँदै भनेँ, “ल ठीक छ ।’ मैले बाबालाई फोन र त्यो सानो नोटबुक दिएँ जसमा बाबाले अफगानी साथीहरूको फोन नम्बर टिप्नु भएको थियो । ताहेरीको फोन नम्बर खोज्नु भयो । नम्बर डायल गर्नुभयो । कानमा रिसिभर राख्नुभयो । मेरो छाती भड्किन थाल्यो ।

“जमिला जान बोल्नुभएको हो ? सलाम अल्लाएकुम, बुबाले भन्नुभयो । उहाँले आफ्नो परिचय दिनुभयो । एकैछिन अडिनुभयो । धेरै राम्रो धन्यवाद । तपाईं आइदिनुभयो, म आभारी छु ।” उहाँले एकैछिन सुन्नुभयो । टाउको हल्लाउनु भयो म त्यो बिर्सन्न धन्यवाद । जर्नेल साहेब घर हुनुहुन्छ त ? ……. धन्यवाद ।’

उहाँका आँखाहरूले मेरो प्रतिक्रिया जान्न खोजे । मलाई केही कुरा सम्झेर हाँस्न मन लागिराखेको थियो । अथवा खुसीले चिच्च्याउन । मैले आफ्नो मुठ्ठी मुखमा ल्याएँ र टोकेँ । बाबा विस्तारै नाकले हाँस्नु भयो ।

“जर्नेल साहेब, सलाम अल्लाएकुम -हो, धेरै राम्रो — बलाए (Balay) । तपाईं दिल्दार हुनुहुन्छ । जर्नेल साहेब मैले तपाईलाई फोन गरेर सोध्न खोजेको के हो भने म तपाईंहरूलाई भेट्न भोलि बिहान आउन सक्छु ? कुरा हाम्रो ईज्जतसँग जोडिएको छ __ हजुर -__ । एघार बजे, ठीक छ | भोलि भेटौंला | खुदा हाफेज ।’ उहाँले रिसिभर राखिदिनुभयो । म खित्का छाडेर हाँसे | बाबा पनि हाँस्नु भयो ।

बाबाले कपाल पानी दलेर चिसो पार्नुभयो र पछाडि फर्काएर कोर्नुभयो । उहाँलाई सफा सेतो सर्ट लगाउन मद्दत गरेँ । कल्लरको बटन र घाँटी भन्दा २ इन्च जति तल पारेर टाईको गाँठो पारिदिएँ । मैले ती सबै खाली ठाउँहरूको बारेमा सोचेँ जुन बाबा सदाका लागि जाँदा छाडेर जानुहुनेछ । मैले मेरो मनलाई अन्तै भुलाउने कोसिस गरेँ । उहाँ गइसक्नुभएको त थिएन | अहिलेसम्म त जिवितै हुनुहुन्छ | र आजको दिन सपना बुन्ने दिन थियो । उहाँको शरीरमा त्यही मैले ग्रयाजुएसन गर्दाको दिन लगाएको कोट भुन्डिएको थियो । बाबा धेरै दुब्लाइसक्नु भएको थियो त्येसैले कोट त जड्यौरी भिरेको जस्तो ठूलो भयो । मैले बाउलाहरू माथितिर दोबारीदिन पर्यो। मैले निउरिएर उहाँका जुत्ताका तुनाहरू बाँधिदिनु पर्यो ।

ताहेरीको परिवार फ्रिमोन्टको एउटा आवास क्षेत्रमा एउटा एकतले घरको फ्ल्याटमा बस्थे । त्यो क्षेत्र धेरै अफगानीहरूको बसोबास रहेको क्षेत्र भनेर चिनिन्थ्यो । घरका झ्यालहरू पर्खाल बाहिर निकालेको डिजाइनका, दुई पाखे छानो अगाडिपट्टिको रेलिङ लगाएको सानो बरन्डा जसमा गमलामा जिरानियम फूलहरू देखिन्थ्यो । जर्नेलको खैरो भ्यान त्यही ड्राइभ वेमा रोकिराखेको थियो ।

मैले बाबालाई फोर्डबाट ओर्लिन सहयोग गरेँ र फुत्त स्ट्रीङ्खको पछि गएर बसेँ । पछाडिको झ्यालमा टाउको निहुन्याएर उहाँले भन्नुभयो, ‘तैँ घर जा । तँलाई म आधाघन्टापछि बोलाउँछु ।’
“हुन्छ बाबा, मैले भनेँ, “शुभ साइत ”
उहाँ मुसुक्क हाँस्नुभयो ।
म कारमा फर्किएँ । पछाडि हेर्ने ऐनामा देखिन्थ्यो कि बाबा ताहेरीको ड्राइभ वेतिर बाबुले गर्नुपर्ने अन्तिम जिम्मेवारी निर्वाह गर्ने हेतुले लर्खराउँदै जाँदै हुनुहुन्थ्यो ।

म हाम्रो अपार्टमेन्टको लिभिङ्ग रूममा छिरेँ र बाबाको फोन कुरेर बसेँ । पन्ध्र कदम लामो, साढे दश कदम चौडा कोठा । जनरलले ‘हुन्न’ भने के होला ? जर्नेलले मलाई घृणा पो गर्याछन् कि ? म भान्सामा पटक पटक छिर्दै ओभनको घडि हेर्न थालेँ । मध्यान्नको ठीक अघि फोनको घन्टी बज्यो । फोन बाबाको रहेछ ।
“कुरा के भयो ?”
“जर्नेल राजी भए ।”
भैले सन्तोषको लामो सास फेरे । घ्याच्च बसेँ । मेरा हातहरू कामीराखेका थिए । “उनी मन्जुर भए ?”
“हो त भए, तर शोराया जान माथि आफ्नो कोठामा छिन्‌ | उनी पहिले तँसँग बोल्न खोजेकि छन् ।”
“ल हुन्छ ठीक छ ।’
बाबाले कसैलाई केही भन्नुभयो र उहाँले रिसिभर राख्दा “डबल क्लिक” सुनियो ।
“अमीर ?” शोरायाको स्वर आयो ।
“सलाम ।”
“मेरो बुबाले ‘हुन्छ’ भन्नुभयो ।’
“मलाई थाहा छ,” मैले भनेँ । मैले खुसीयालीमा चुड्की बजाएँ । म मस्किँदै थिएँ । “म यति खुसी छु कि म के भनूँ आफैँलाई थाहा छैन ।’
“म पनि खुसी छु, अमीर | म ___ यो के भैराछ मलाई त विश्वासै लाग्दैन ।’
“मलाई थाहा छ,” मैले हाँस्दै भनेँ ।
“सुन त,” उनले भनिन्‌ । “म तिमीलाई केही भन्न चाहन्छु । केही कुरा जुन तिमीले अगाडिनै ___ ।”
“त्यो जे होस्‌ मलाई मतलब छैन ।’
“यो तिमीले जान्नु जरूरी छ | म चाहन्छु हामी बीच गोप्य कुरा केही पनि नरहोस्‌ | बरू म चाहन्छु कि यो तिमीले मेरै मुखबाट सुन ।’
“यदि त्यो कुरा भन्दा तिमीलाई सजिलो हुन्छ भने भन न, तर त्यसले केही पनि फरक पार्दैन ।’
अर्कोपट्टि बाट लामो समय फोनमा आवाज आएन | “हामी भर्जिनिया बस्दा खेरी म एउटा अफगानीसँग भागेर हिँडे । म त्यस बेला अठार बर्षकी थिएँ -अलि विद्रोही स्वभावकी -पटमूर्ख, र – ऊ लागू औषधिको दुर्व्यसनी थियो – | हामी झन्डै एक महिनास्ँगै बस्यौँ । भर्जिनियाका सबै यसकै बारेमा कुरा गर्दै थिए । …….।”
‘बुबाले अन्तिममा हामीलाई फेला पार्नुभयो । उहाँ ढोकामा देखा पर्नुभयो र – मलाई घर फर्कन बाध्य पार्नुभयो । म हिस्टेरिया भए जस्तै चिपढिएँ । चिच्याएँ । म उसलाई घृणा गर्छु भन्दै चिच्च्याएँ – ।
“जे होस्‌ म घर आएँ र __ ” । उनी रूँदै थिइन्‌ । मलाई माफ गरिदेऊ ।” उनले फोन राखिदिएको आवाज सुनियो | नाक बजेको सुनेँ । माफी चाहन्छु,” फेरी उनको रून्चे स्वर फोनमा आयो । “जब म घर आएँ, मैले देखेँ कि आमालाई हृदयघात भएको रहेछ र उहाँको अनुहारको देब्रे भागमा पक्षघात भएको रहेछ र….. मलाई ठूलो पछुतो भयो । त्यसको भागिदार उहाँ हुन लायक हुनु हुन्थेन ।”

“त्यसको केही समयपछि बुबाले हामीलाई क्यालिफोर्निया बसाई सार्नुभयो | फेरि एकछिन आवाज रोकियो |
“तिमी र तिम्रो बुबालाई कस्तो छ त ?’ मैले भनेँ ।

“हामी बीच सधैँ मतभिन्नताहरू रहेका थिए र छन्‌ पनि, तर पनि उहाँ मलाई लिन आउनुभयो, म त्यसका लागि आभारी छु । म साँच्चिकै विश्वास गर्छु कि मलाई उहाँले नै बचाउनुभयो । ” उनी रोकिइन्‌ । “त्यसैले मैले भनेको कुरामा तिम्रो कुनै आपत्ति त छैन ?”

‘अलिकति छ,” मैले भनेँ । उनको यो सत्य कुराप्रति म ऋणी भएँ | उनी एकजना मान्छेसँग बिग्रिसकेकी थिइन्‌ जबकि म कहिल्यै पनि आइमाईसँग सुतेको थिइनँ, तर पनि म उनीसँग झूटो बोलेर मेरो नाम, मेरो ईफ्तीखार (Iftikhar) मा कत्ति पनि चोट पुगेको थिएन भनेर भन्न सकिनँ । मलाई यसले अलिकति चिन्तित त पारेको थियो, तर मैले यसको बारेमा बाबालाई खास्तेगारीमा पठाउनुभन्दा अघि हप्तौं हप्ता धेरै सोचिसकेको थिएँ र अन्तिममा मेरो अघि एउटा प्रश्न तेर्सिन्थ्यो र त त्यो यस्तो थियो : सबै मान्छेले विगतमा गरेको गल्तीको सजाय म कसरी दिन सक्छु त ?”

“के यो तिम्रो विचार (सोचाइ) बदल्नलाई काफी छ त ?”
‘छैन शोराया । यो कुराले त मेरो विचार परिवर्तन गर्ने सोचलाई छुन पनि सक्दैन,” मैले भनें । “तिमीले भनेको कुराले त केही पनि परिवर्तन हुँदैन | म त चाहन्छु हाम्रो विहे होस्‌ ।”
उनी फेरि रुन थालिन्‌ ।

मलाई उनको ईर्ष्या लागेर आयो । उनको गोप्य कुरा थाहा भयो । त्यो बोलियो । साम्य भयो । मुख खोलेर झन्डै मैले पनि हसनलाई धोका दिएको थिएँ, झुटो बोले र उसलाई घरबाट निकालीदिएँ र बाबा र अलि बीचको चालीस बर्षको नाता तोडिदिएँ भनेर भन्न भ्याएको थिएँ, तर त्यसो गरिन । मलाई शङ्का लाग्यो कि शोराया ताहेरी धेरै अर्थमा म भन्दा पनि असल व्यक्ति थिइन्‌ । त्यो मध्ये एउटा उनको साहस थियो ।