कवि परिचय

प्रा. नर्मदेश्वर प्रधान कवि, कथाकार तथा समालोचकको रूपमा चिनिन्छन् । उनले गद्य कवितामा नै निरन्तरता दिएको भए तापनि उनले पद्यमा पनि उत्तिकै परिष्कारको साथ हात चलाएका छन् । साहित्यिक सिर्जनामा मात्र सीमित नभई उनले साहित्यिक सिद्धान्त र दर्शनमा पनि उत्तिकै कलम चलाएका छन् ।

श्रेष्ठ सिरपा पुरस्कार (ने. सं. ११०५), नःलि प्रधान सिरपा (ने. सं. ११२७) र भाषाथुवाः उपाधि (ने. सं. ११२८) बाट विभूषित प्रधानका विभिन्न विधामा नौवटा पुस्तक प्रकाशित छन् । यो कविता उनको कविता सङ्ग्रह ‘प्रत्येक मोडया अन्त छंगु नं अन्त मखु’ (प्रत्येक मोडको अन्त्य तिम्रो पनि अन्त्य होइन) बाट लिइएको हो ।

अनुवादकः आर. मानन्धर

नर्मदेश्वर प्रधान

 

गन्जागोल हुँदै मेरा सारा इन्द्रियहरू

नर्मदेश्वर प्रधान

इन्द्रियहरु सारा आज मेरा
गन्जागोल भइ दिए…

मेरा आँखाले
देख्नुको साटो
मुख भएर
बोल्न थाले …

मेरा कानहरुले
सुन्न छोडेर
आँखाले जस्तै
देख्न थाले …

मेरो मुखले
बोल्नुको साटो
कानले जस्तै
श्रवण गर्न थाल्यो …

मेरो नाकले
सुँघ्न छोडेर
हात भएर
स्पर्श गर्न थाल्यो …

उथल पुथल
मेरा अनुभूतिहरु
खुट्टाले होइन
टाउकोले टेक्न थाले …

जड सारा चल्न थाले
अजड सबै टक्क अडिए

रङ्गप्रतिका मेरा
समवेदनाहरु
नाकले टेक्दै टेक्दै
हिँड्न थाले …

राता राता
ललिगुराँस
काला काला
देखिन थाले …

सेता सेता देखिने सबै
नीला नीला भइ दिए …

 

नेपालभाषामा कविताः