फ्रेडरिक्स्बर्ग काठमाडौँ भङ्गनी समिति, फ्रेडरिक्स्बर्गले तय गरेको कार्यक्रम अनुसार हाम्रो यात्राको दोश्रो दिनको पहिलो कार्यक्रम फ्रेडरिक्स्बर्ग काठमाडौँ भङ्गनी समिति, फ्रेडरिक्स्बर्गकी सदस्य क्याथी हर्नडनले आयोजित दिवा भोजमा सरिक हुने थियो ।

दिनको १ बजे मलाई क्यारोलले क्याथी हर्नडनको घरमा पुर्याइ दिइन् । क्याथी हर्नडन एक आर्टिस्ट, फ्रेडरिक्स्बर्गको काठमाडौँ भङ्गनी समितिको सदस्य, अमेरिकाको ऐतिहासिक फ्रेडरिक्स्बर्गको मुख्य शहरमा अवस्थित १८४० मा बनेको पुरातत्विक घरमा बस्नु हुदोरहेछ ।

जब हामी उनको घरमा प्रवेश गर्यौं,  लाग्यो त्यो कुनै घर नभएर आर्ट ग्यालरी हो । विभिन्न देशका विभिन्न कलाकृत फोटोहरूले सजिएको बैठक कोठा, भान्सा घर देख्दा क्याथीको कालाकारिताप्रतिको लगाव प्रष्ट झल्कन्थ्यो ।

क्याथीले हामीलाई हवाइन माला लगाएर स्वागत गरिन् । यस दिवा भोजमा नेपालबाट हामी तीन जनाको मात्र सहभागिता थियो । काठमाडौँ महानगरपालिकाको तर्फबाट आउनु हुने नौ जनाको समूह भने फ्रेडरिक्स्बर्गमा आज साँझमात्र आइपुग्दै हुनुहुन्थ्यो ।

फ्रेडरिक्स्बर्गसँग अन्य धेरै देशका शहरहरूको भङ्गेनी सम्बन्ध स्थापना भएको रहेछ । नेपालको काठमाडौँसँगको भङ्गेनी सम्बन्ध धोषणा कार्यक्रममा सहभागी हुन मेयर ग्रिन लले अन्य भङ्गेनी सम्बन्ध भएका शहरहरूका प्रतिनिधिलाई पनि निमन्त्रण गर्नु भएको रहेछ ।

जब उक्त दिवा भोजमा इटलीको इस्ट शहर, फ्रान्सको फ्रेजुस शहर र जर्मनको सेचेन्जीजेन शहरका प्रतिनिधिहरू पनि रहेको र उनीहरू पनि हामीलाई स्वागत गर्न पहिलेनै आइसकेको जानकारी क्याथीले दिइन् । हाम्रो लागि यो सरप्राइज भयो ।

मनोज कँडेल

हामीलाई अन्य देशका भङ्गेनी शहरहरूको प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको जानकारी थिएन । अत्यन्त खुशीकासाथ हामीले आ–आफ्नो परिचय दियौँ र एक आपसमा नाम कार्ड साटासाट गर्यौं ।

हामीबीचमा दिवा भोजसँगै ती देशहरूका शहरहरूसँग पनि भविष्यमा भङ्गेनी सम्बन्ध राख्ने कुरा भयो । उहाँहरूको शहरको संस्कृति, विकासबारेमा छलफल भयो । हामीले फोटोहरू पनि भोलिको यादको लागि लियौँ ।

विशेषत भङ्गेनी सम्बन्धबाट विकासका मोडलहरू, शहर विकासमा आउने सहज तथा असहज परिस्थितिहरूबारे एक आपासमा छलफल गर्न र एक अर्कोबाट सिक्न सक्ने हुदाँ महत्त्वपूर्ण हुन सक्ने बारेमा कुराकानी भयो ।

साथै यस प्रकारको भङ्गनी सम्बन्धले नागरिकहरूबीच व्यापार र मित्रताको आद्रानप्रदान र एक अर्कोको संस्कृति र सभ्याताहरूबारे जानकारी लिने माध्यम बनाउनु पर्ने कुरामा सहमति रह्यो ।

एक कलाकारको कलामयी भान्सा घरमा कुशलता पूर्वक सजाएको पौराणिक अमेरिकन खानाका परिकारहरू अत्यन्त स्वादिष्ट थिए । हामी विभिन्न देशका सहभागीहरूले क्याथिले पस्केको परिकारको पूर्ण आनन्द लियौँ ।

उनको भव्य स्वागत र स्वादिष्ट खानाको लागि धन्यबादकासाथ हामीले हाम्रो तर्फबाट सानो उपहार क्याथिलाई समर्पण गर्यौं । हाम्रो दोश्रो कार्यक्रम पेर्फम डिजाइन आर्ट स्टुडियोमा राखिएको फ्रेडरिक्स्बर्ग नेपाल कला प्रर्दशनीमा सहभागिता थियो ।

हामीलाई उक्त आर्ट ग्यालरीमा पनि होस्ट परिवारले नै लिएर जानु भयो । हामी सबै होस्ट परिबारसँगै पेर्फम डिजाइन आर्ट स्टुडियोतिर कलामयी मनका साथ प्रस्थान गर्यौं ।

विभिन्न कला, संस्कृति, धर्म, भेषभूषाले सम्पन्न हामी नेपाली विश्वमा धेरै धनी छौँ । तर विडम्बना हामीले हाम्रो कला, संस्कृति, धर्म, भेषभूषालाई शुरक्षित राख्ने प्रयास जति गर्नु पर्ने थियो गरेका रहेनछौँ भन्ने निराशा तब जाग्यो जब त्यहाँ सजिएका नेपाल झल्कने कलाकृतिहरूमा नजर पुग्यो ।

दुई शहरबीच रहेको कला देख्दा लाग्यो हाम्रो सम्पति, हाम्रो विकास ठूला ठूला भवन, बाटो, रेलभन्दा धेरै भव्य छ । त्यो हाम्रो कला हो, संस्कृति हो, त्यो पौराणिकता हो जुन देख्नासाथ विश्व झुक्छ ।

विकास सम्बन्धी हाम्रो परिभाषा नै उल्टो लाग्यो मलाई । हामी विकासलाई ठूला महल, चौडा सडकलाई मात्र सम्झन्छौँ तर मैले त्यहाँ भने आफ्नो देश, समाजको संस्कृति, कला र पौराणिकतालाई पनि प्रमुख मानेको देखेँ ।

मलाई लाग्यो कला, संस्कृतिले सभ्यतालाई चिनाउँछ । जति पौराणिक कला संस्कृति देशको हुन्छ त्यति नै पुरानो सभ्यता रहेको देखिन्छ । तर हामीले एक एक गरी गुमाउँदै गएको भान भयो । लाग्यो, केही वर्षमा सायद हामीले हाम्रो कला संस्कृति खोज्न विदेश धाउनु पर्नेछ ।

कला प्रर्दशनीसँगै हामीलाई स्वागत गर्न वाइन, जुस र ड्राइड नटहरू राखिएको थियो ।  आर्ट ग्यालरीका सञ्चालकले हामीलाई स्वागत गर्दै ड्रिङ्क लिनको लागि अनुरोध गर्नु भयो ।

म पश्चिमा देशहरूका विभिन्न कार्यक्रमहरूमा सहभागि भएको छु । औपचारिकतासँगै अनौपचारिकता र स्वतन्त्रता वा स्वच्छन्दा पाउँछु उनीहरूले सञ्चालित गरेको कार्यक्रमहरूमा । औपचारिक कार्यक्रमसँगै खान पिउन राखिएको हुने । खादै पिउँदै अनन्दसँग सहभागी हुन सकिने ।

मैले उहाँहरूको आग्रहलाई स्वीकार गर्दै एक ग्लास वाइन समाएँ । साथीहरूले पनि उहाँहरूको इच्छा अनुसार वाइन जुस लिनु भयो । वाइनको एक घुट्कीसँगै सोचेँ किन हामीहरूको ध्यान वास्तविक नेपाल, नेपालीपन जोगाउनतिर जान सकेको छैन ?

किन हामी तेस्रो विश्वको ठिटलाग्दो विकासको पछि दगुरी रहेकाछौँ ? पहिचान बिनाको विकासले हाम्रो अस्तित्व कसरी रहला ? विकास भनेको भौतिक संरचनालाई मात्र बुझेको मेरो सोचलाई यो आर्ट ग्यालरीको पर्दशनीले सोच्न बाध्य बनायो ।

देशको भौतिक संरचनासँगै हाम्रो धर्म, संस्कृति अनि सभ्यातालाई जोगाउन सकेनौँ भने सायद हाम्रो अर्को पुस्ताले नेपालीपन, नेपाली पहिचान नै गुमाउनेछन् । यो विषयमा हाम्रा मेयर नेता विद्या शुन्दर ज्यूसँग छलफल गर्ने र केही योजना बनाउने मनमा अठोट लिएँ ।

झण्डै ५ बजिसकेको थियो । हामीलाई घरमा लिएर जानको लागि बाहिर हाम्रो होस्ट परिवार कुरी रहनु भएको थियो । अन्तत त्यो भव्य नेपाली कला पर्दशनीको लागि धन्यबाद दियौँ र आ–आफ्नो होस्ट परिबारसँग तेश्रो दिन बिहान नौ बजे कार्यक्रममा भेट्ने बाचा गर्दै लाग्यौँ ।

मेरो जीवनको एउटा पाटो समाज सेवा पनि हो । विगत २० वर्षदेखि विभिन्न कारणले दुःखमा रहेका बालबालिका तथा महिलाहरूलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग, बहस पैरवी गरिरहेकोले पनि हुन सक्छ अमेरीका जस्तो घनी देशहरूमा समाज सेवा कसरी गर्ने रहेछन् जान्ने, हेर्ने र सहभागी हुने कुतुहलता हुनु स्वभाविक थियो ।

एकहदसित अमेरिकामा कसलार्इ किन समाज सेवा भन्ने लागि रहेको थियो । गरीब देशका गरीब नागरिकहरूलाई पो चाहिने हो सेवा । यो समाज त त्यतिकै धनी छ, मानिसहरू धनीछन । को नै पो दुखी होलान र ? यस्तै कुरा खेलेको थियो मनमा ।

विहान ९ बजे सेन्ट जर्ज चर्चमा पुग्न हामीलाई भनिएको थियो । मलाई बिहानको निद्रा अति नै प्यारो लाग्ने । चर्चमा क्यारोलले नै मलाई पुर्याउने जिम्मा थियो । क्यारोल हत्तारिएको मैले महसूस गरेँ ।

हामी नेपाली अहिले पनि समयलाई मूल्य दिदैनौँ । किन कि हामीलाई लाग्छ समय हामीले निशुल्क पाएकाछौँ । तर हामीले यो बुझ्दैनौँ कि निशुल्क पाएको यो समय सीमित छ र फर्काउन सकिदैन । जब हामी समयसँगै अघि जादैनौं त्यती नै हामी पछि पर्दछौं । समयलाई कहिल्यै साथ नदिएका हामी समय भन्दा धेरै पछाडि त्यसैले भएको हुनुपर्छ ।

उनी मलाई ‘ मनोज आर यू रेडि ?’ सोधिरहेकी थिईन । हामी तोकिएको समयमा चर्चमा पुगेऊ । हामीलाई नेपालमा जन्म भएर कर्म अमेरिकालाई बनाउनु भएको त्यही शहरका बासिन्दा फ्रेडरिक्स्बर्ग काठमाडौँ भङ्गेनी सम्बन्ध समिति फ्रेडरिक्स्बर्गका अध्यक्ष लेखनाथ अधिकारीले साथ दिनु भएको थियो ।

हामी लगाएत चर्चको त्यो कार्यक्रममा सहभागी सबैलाई चर्चका पास्टरले कार्यक्रमबारे व्याख्या गर्नु भयो र हाम्रो जिम्मेवारीबारे स्पष्ट जानकारी दिनु भयो । यो चर्चमा प्रत्येक मङ्गलबार घरबार विहिन गरीब व्यक्तिहरूलाई आवश्यक खाध्यान्न वितरण गरिनेरहेछ । अमेरीका जस्तो देशमा घरबार विहीन सुकुम्बासी सुन्दा आश्चर्य लाग्यो पनि ।

यसबारेमा अझ बढि जान्ने, बुझ्ने कुतुहलता थियो । पहिलो, उक्त शुसोभित शहरमा कति घरबार विहीन परिवार छन् ? दोश्रो ती खाध्यान्नहरू काहाबाट आउँछ ? तेश्रो, तिनीहरू कुन कारणले सुकुम्बासी हुन पुगेका रहेछनन ?

मेरो यो कुतुहलताको चर्चका पास्टरले उत्तर दिनु भयो । उहाँको भनाइ अनुसार फ्रेडरिक्स्बर्गमा लगभग ५०० हाराहारीमा घरबार विहीन रहेछन । त्यहाँ उपलब्ध खाध्यान्नहरू नागरिक समाजको तर्फबाट दिएको दान रहेछ ।

सेन्ट जर्ज चर्चले विभिन्न स्टोर कम्पनी, उत्पादकहरूलाई सहयोगको लागि अनुरोध गर्ने रहेछ । ती स्टोर तथा उत्पादकहरूले विशेष गरी प्रयोग गर्नु पर्ने मिति सकिन लागेको समानहरू निशुल्क पठाउने रहेछ । तर फलफूलहरू, तरकारीहरू भने नयाँ नै पठाउने रहेछन् ।

यसरी संकलन गरिएको समानहरू ती घरबार विहीनहरूलाई पालोपालो लाइनमा राखेर वितरण गरीने रहेच । पहिला नै संकलन गरिएको संख्याको आधारमा जम्मा भएको समानहरू दामासाहीले दिने व्यवस्था मिलाएको हुदोरहेछ । त्यो दिन झण्डै १०० जनाले नाम टिपाएका रहेछन ।

त्यहाँ समान लिन आउनेहरू ९० प्रतिशत घरबार विहीनहरू अन्य देशबाट अमेरिका आएकाहरू रहेछन् । उनीहरू विभिन्न तरिकाबाट गैरकानूनीरूपमा अमेरिका छिरेका र पछि त्यहीँ स्थायी बसोबास गर्ने अमेरिकन नागरिक भएका हुने रहेछन् ।

हामी चर्चमा जम्मा गरिएको समानहरू वितरण गर्न तयार भयौँ । हामीलाई उपलब्ध विभिन्न समाग्रीहरू मध्ये कुनै एक जिम्मा लिएर लाइनमा आएकाहरूलाई दिन भनिएको थियो । हामीले त्यही गर्यौं । करीब एक घण्टामा वितरण सकियो ।

यसरी खाध्यान्नको लागि आउनेहरूमा झण्डै ९० प्रतिशत जेष्ठ नागरिकहरू र अत्यधिक काला जातिहरू नै थिए । मैले राज्यले दिने सुविधाको बारेमा पनि सोधेको थिएँ । राज्यले दिने भत्ता आफैँमा कम थिएन तर पनि उनीहरू आउने रहेछन् ।

मैले धेरैचोटि महसूस गरेको विषय भने कालाजातिहरू अलि अल्सी हुँदा रहेछन् । निशुल्क खान पाउने, बेरोगार भत्ता पाउने हुँदा काममाभन्दा मस्तीमा बढी रमाउने भेटेको छु । यो पनि कुनै न कुनै रूपमा जिम्मेवार देशहरूको समस्या रहेछ ।

‘यहाँ एक परिवारलाई एक मात्रा दिने हुदाँ एकै परिवार भएर पनि दुई परिवार भनेर डबल लाने’ पनि गर्दछन् भनेर मलाई एक जना आयोजकले सुनाउँदै हुनुहुन्थ्यो । लाग्यो नेपालीमात्र होइन सितैमा पाए हारालुछ सबै देशका नागरिकहरूले गर्दारहेछन् ।

फेरि यहाँ रोजगारी नपाउने समस्या म देख्दिनँ । जस्तो सुकै काम गरे पनि १५ दिन काम गर्यो भने एक महिनाको लागि खान बस्न सहजता पूर्वक पुग्ने देखिन्छ । सानोभन्दा सानो काम गर्दा पनि घर भाडा, राम्रो खान, कार चड्न पुग्ने मैले देख्छु ।

आयोजकहरूले हामीलाई सहभागी गराएकोमा धन्यबाद दियौँ । हामीलाई काठमाडौँ महानगरपालिकाको मेयरलगायतको टिम होटलमा आइसकेको जानकारी कार्यक्रम संयोजक डेभिडले दिनु भएको थियो । हाम्रो टिम मेयर विध्यासुन्दर शाक्यलाई स्वागत गर्न र भेटनको लागि उहाँहरू बसेको होटल तर्फ लाग्यो ।

क्रमस…