बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-२७” मा आचार्य प्रभा,ज्ञानु घिमिरे, सरिता थापा, राजेश्वरी राजोपाध्यायर श्रद्धा आचार्यका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूकाबाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित”समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।
१. आचार्य प्रभा
हिमाल
शान सर्वोच्च
विशाल
गुराँस
भावना चेत
सुवास
घरको
छहारी पिता
भरको
मनको
हर्ष हरियो
वनको
घरेलु
इखको काँडा
बनेलु
भावना
मनभित्रको
झरना
जीवन
अन्य एकान्त
निर्जन
विश्वास
अनन्त नीलो
आकाश
पिपल
छायाको माया
शीतल
चौतारी
मेल मैत्रित्व
दौंतरी
आदर्श
नभको आँखा
प्रकाश
हियार
शिशिर याम
उजार
•~~<>~~•
२. ज्ञानु घिमिरे
संस्कृति
जूनमा दाग
विकृति
चोटको
बज्र प्रहार
ओटको
जवाफ
प्रेमको रातो
गुलाफ
उकाली
उमेर यात्रा
ओराली
जनको
अहंता कालो
मनको
जवान
जीवन जाग्दो
बिहान
उद्यान
मनमा माया
मुहान
मन्तव्य
एकता अग्लो
गन्तव्य
लुटको
सम्पत्ति शोभा
झुटको
सुनको
शोभा सुनौलो
जूनको
हरियो
नोटले भोट
भरियो
जातको
कालो भावना
घातको
•~~<>~~•
३. सरिता थापा

सरिता थापा
हौसला
यात्राको शक्ति
उज्याला
संस्कृति
समाज रम्य
प्रकृति
भाषाको
सौरभ सुधा
खासाको
भरौँला
ज्ञानको ज्योति
छरौँला
चलन
फूलको बिहे
लगन
बुलन्द
ज्ञानको धार
सुगन्ध
खुकुरी
चोट दिलमा
सुस्तरी
उनको
मोहको जालो
सुनको
जूनको
शीतलपन
गुनको
बर्खाको
शक्ति फसल
गर्खाको
आलीमा
बैंसको फल
डालीमा
मनको
हर्ष हरियो
बनको
•~~<>~~•
४. राजेश्वरी राजोपाध्याय

राजेश्वरी राजोपाध्याय
उदायो
घाम उमेर
अस्तायो
फिजायो
पङ्ख जवानी
रमायो
झुल्कियो
बाल्य बिहानी
झल्कियो
संघर्ष
सफलताको
उत्कर्ष
अजर
प्रेमको पुष्प
अमर
सलामी
स्वार्थ चिहान
मलामी
गुलियो
सत्तामा स्याल
भुलियो
सत्कार
शैल उच्चता
साकार
प्रेरणा
कर्मणा गति
धारणा
समीर
आत्माको शक्ति
अमिर
कोरोना
पिचासवायु
जमाना
गहको
तालमा छाल
बहको
सम्झना
चौतारी छाया
तिर्सना
सुकिलो
इमान चन्द्र
चम्किलो
कर्तव्य
कर्मणाचुली
गन्तव्य
•~~<>~~•
५. श्रद्धा आचार्य

मनन
खुसीको न्यानो
वहनन
दुत्कार
आगो हुरीको
चीत्कार
शैशव
हर्षको घाम
वैभव
भाषण
स्यालको भोज
रासन
बकस
महिला हिंसा
सकस
धरान
माइतीघर
घरान
गमला
मनमा चोट
हमला
नयन
प्रणयपुष्प
चयन
काखमा
बैंसालु फूल
पाखामा
सङ्घर्ष
उकालो यात्रा
उत्कर्ष
निसाफ
निस्पाप फूल
गुलाफ
अल्झियो
सिमाना घाउ
बल्झियो
•~~<>~~•



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 




