हुन त किताबको आवरणले किताबको मूल्याङ्कन गर्नु हुँदैन भन्ने प्रख्यात भनाइ छ तर जब यो लेखको आशय तपाईंले बुझ्नुहुन्छ, तपाईं सहमत हुनुहुनेछ कि वास्तवमा विख्यात किताबको आवरण कम्तीमा यत्तिको हुनुहुँदैन ।

अचेल धेरै किताबहरू पब्लिक डोमेनमा पुगिसकेको छ । भनाइको अर्थ, कयौँ किताबहरू रोयल्टी फ्रि भएका छन् । यस्ता किताबका आवरण जे जस्तो भए पनि कसैले त्यसमा आपत्ति जनाउने छैन । किताब बेच्नेहरूलाई त किताब बिक्री भए पुग्यो । त्यसको आवरण सौन्दर्यसँग तिनलाई कुनै मतलब हुने कुरा पनि भएन । फेरि सित्तैको माललाई किन बढी मिहिनेत गर्ने भन्ने पनि हुँदो हो ।

यहाँ भएका अधिकांश पुस्तकका आवरणहरू डिजिटल बुकका लागि बनाइएका हुन् । यदि तपाईं क्लासिक्सहरूको प्रशंसक हो भने त पक्कै पनि वर्ड्सवर्थ नामक कम्पनीले निकालेको पुस्तक शृङ्खला नै होला । उसले पनि कयौँ किताबको आवरण त झूर नै बनाएको पनि छ तर यी चाहिँ झुरेस्टमध्येका एक मान्दा कुनै फरक पर्दैन । के ठानेर तिनले यस्तो डिजाइन गरेका होलान् है ?

लेखिका एमिली टेम्पलको २०२० मा एउटा उपन्यास बजारमा आएको छ, द लाइटनेस । उनी क्लासिक उपन्यासकी प्रशंसक नै हुन् तर जब इन्टरनेटमा ती क्लासिकका आवरणहरू खोज्न थालिन्, उदेक नै लाग्दो आवरणहरू फेला पारिन् । तीमध्ये ५० वटा कुरूप आवरण पेश गरेकी छन् । हामी पनि ती सुन्दर पुस्तकका कुरूप आवरण हेरौँ न त !