कलाकार : सुमित्रा राना
शिर्षक: बिर्सिएको ढुंगेधारा
साईज:३०x४० ईन्च
माध्यम:एक्रेलिक

सुमित्रा राना

सुमित्रा राना नेपाली महिला कलाकार मध्येका एक होनहार युवा कलाकार हुनुहुन्छ। ललितकला क्याम्पसबाट एमएफए उत्तीर्ण गर्नुभएकी उहाँ हाल बुटवललाई कर्मक्षेत्र बनाएर कलाकारिता गरिरहनु भएको छ।

दर्जनौँ पटक सामूहिक कला प्रदर्शनी एवं कला कार्यशालामा भाग लिइसक्नु भएका सुमित्रा कला सृजनाको अलावा स्थानीय विद्यालयमा कला विषय पढाउनु हुन्छ।

यसका साथै कला विकास र प्रवर्द्धनमा उहाँको महत्त्वपूर्ण योगदान रहिआएको छ।

प्रस्तुत चित्रमा नेपाली मौलिक ढुंगेधारा र कुवाको वरिपरि खोपिएका कलात्मक आकृतिलाई देखाउने प्रयास गरिएको छ ।

चित्रको केन्द्रविन्दुमा ढुंगेधारा छ, जसलाई सफेद सेतो र खरानी रङले लेपन गरिएको छ । चित्रलाई चलायमान बनाउन मोटा र मसिना वक्राकार रेखाहरू प्रयोग गरिएका छन् ।

चित्र अवलोकन गर्नेहरू त्यही ढुंगेधाराको आकृति देखेर टक्क अडिन्छन् र त्यसको सौन्दर्यलाई बयान गर्छन् तर ढुंगेधाराको महत्त्व बुझेर पनि वास्ता नगर्ने हाम्रो प्रवृत्तिलाई कलाकारले दु:खेसो पोखेकी छन् र यसलाई नामकरण गरेकी छन्, ‘फर्गटन’ याने कि ‘बिर्सिएको ढुंगेधारा’ ।