अम्बिका अर्याल

प्रथा !
(छाउपडी, कमलरी, कुमारी, देउकी, झुमा … कति कति)
भाे कुनैकाे कुरै नगराैँ
हिंसा !
(बलात्कार, कुटपिट, आगजनी, एसिड… कति कति)
भाे यिनकाे पनि कुरै ननिकालाैँ
विभेद !
(गर्भपतन, शिक्षा, पैतृक सम्पत्ति, थर, ज्याला… कति कति)
भाे यसकाे त झनै कुरै नगराैँ
अधिकार-
स्वतन्त्रता
समानता-
पितृसत्ता-
दमन-
शाेषण-
भाे भाे यी त झन् अनगिन्ती
कुनैकाे कुरै नगराैँ
किनकि
यिनलाई गिजाेलेकाे धेरै भइसक्याे

सम्झनुस् त
वर्षैपिच्छे नारी दिवसमा
हरेकले अनेक तर्कवितर्कमा
आफूलाई महान् साबित गर्दै
वमन गर्ने विषय त यिनै हाेइनन् र?

जसरी
पटकपटक काेट्याइएका घाउमा
गनाउने पिप र स्याउँस्याउँती किराबाहेक
केही पाइन्नन्
त्यस्तै
नारी दिवसका नाममा
कविता, कथा, निबन्ध, भाषण, वक्तृत्व, संवाद, विवादादिले
बर्सेनि उही घाउ काेट्याउनु बेकार छ
न त यसले कुनै निकास भेट्छ
न कसैकाे न्यायकाे प्यास मेट्छ
केवल झुठा आश्वासन र
थाेत्रा नारामा
नवीन माेहकाे लेपन
कतिञ्जेल टिक्छ र?

घरघरमा नबलेका चुला र
नाम्लाेका डामले खुइलिएका
दिदीबहिनीका तालुका व्यथा
कुन नारी दिवसले बुझ्न सक्याे र?
माइतीकाे दु:खमा जाेडिएका दाइजाे
चेलीकै जीवनमा काल बन्दा
कुन नारी दिवसले छेक्न सक्याे र?

विधवाका जिउँदै मरेका जवानी
बलात्कारीका खुलेआम हुङ्कार
कुन नारी दिवसले राेक्न सक्याे र?
छाउपडीका विराेध गर्दै
रजस्वलामा अछुत नहुने तर्क गरे पनि
रक्तश्रावसँगै मन्दिरभित्र महिलाका पैताला
कुन नारी दिवसले टेकाउन सक्याे र?
केवल चिडाएर कसैलाई
कान थुन्ने बनाउनु बाहेक
उपलब्धि नारी दिवसकाे
कुन मनले महसुस गर्न सक्याे र?

जति बाटे पनि डाेरी पाेया एउटै हाे
जति काेट्याए पनि घाउ
बदलामा आफैँलाई दुख्ने हाे
सक्छौँ त
यसपालिको नारी दिवसमा
निकाे नभएका घाउमाथि लाउने
बरु मलम खाेजाैँ
सुन्दा सुन्दा धेरैका
कान पाकिसकेका र अब सुन्न नचाहेका
पुरानै प्रथा, हिंसा, विभेदादिमा
बर्सेनि कुर्लिएर शून्य हात लागेकाे र
जति कराए पनि व्यर्थ हुन्छ भन्ने जानीजानी
अब फेरि
भाे कुनैकाे पनि कुरै नगराैँ
भाे अब कुरै नगराैँ ।