उपन्यासकार, कवि रुड्यार्ड किप्लिङको जन्म भारतको बम्बइमा ३० डिसेम्बर १८६५ मा भएको हो । पाँच वर्षको उमेरमा पढ्नका लागि उनीलाई बेलायत पठाइयो । अङ्ग्रेजी-हिन्दी पत्रपत्रिकाको कामले उनलाई सिपाहीका कथा, भारतीय कथा र विपरीत लिङ्गी कथाका लागि कच्चा पदार्थ उपलब्ध गरायो । पछि उनले अल्लाहाबाद जर्नलका लागि लेख-रचना लेख्न थाले । सन्‌ १८८९ मा लन्डन फर्केपछि उत्कृष्ट कविता र कथा लेख्न थाले । उनको दृष्टिशक्ति, वर्णन शैली, मौलिकता र विचार शक्तिको अद्वितीयताका लागि सन्‌ १९०७ को नोबेल पुरस्कार प्रदान गरियो । १८ जनवरी १९३६ का दिन लन्डनमा उनको निधन भयो । किप्लिङका १५० भन्दा बढी कृतिहरू प्रकाशित छन्‌- डिपार्टमेन्टल डिटिस (१८८६), ब्यारेक रुम ब्यालेड्स (१८९२), द जङ्गल बुक (१८९४), द सेकेन्ड जङ्गल बुक (१८९५), द सेभेन सिज (१८९६), क्याप्टेन करेजिअस (१८९७) द डेजवर्क (१८९८), किम (१९०१), जस्ट सो स्टोरिज (१९०२), पकअफपुक्स हिल (१९०६), याक्सन एन्ड रियाक्सन (१९०९) आदि ।

 

आफ्नो कमिज दोवारेर लगाउन्जेल रसियन एकदमै मनोरञ्जक देखिन्छ भनेर बुझ्न जरुरी छ । एक जना पूर्वेलीका हैसियतले ऊ निकै आकर्षक पनि देखिन्छ, ऊ त्यति बेला मात्रै जातीय रूपमा अड्बाङगे देखिन्छ र उसलाई सम्हाल्न एकदमै गाह्रो पर्छ, जित बेला ऊ पूर्वेलीमाझ पश्चिमेलीको साटो पश्चिमेलीमाझ पूर्वेलीका रूपमा व्यवहार गरियोस्‌ भनेर हठपूर्वक अडान राख्छ । आफ्नो कुन स्वभाव लिएर ऊ अर्को चोटि देखापर्ने हो, आयोजकलाई नै थाहा हुँदैन ।

दिर्कोभिच एक रसियन थिए- रसियनहरूको पनि रसियन, जो रोजीरोटीका लागि कजाक रेजिमेन्टमा एक सैनिक अफिसरका रूपमा जारको सेवा गर्थे, अनि छद्‌म नामले रसियन अखवारमा संवाददाता पनि भए । उनी ज्यादै सुन्दर पूर्वेली जवान थिए, जो उद्देश्यविहीन तरिकाले पृथ्वीको अन्योन्याश्रित भू-भागहरूमा डुलिहिँड्न रुचाउँथे, खै कुन्नि कुन ठाउँबाट हो, उनी भारत आइपुगे । बाल्क, बदक्सान, चित्रल बलुचिस्तान अथवा नेपाल कुन बाटो भएर आइपुगेका हुन्‌ कसैले किटेर भन्न सक्ने अवस्था थिएन । उनलाई देखाउनुपर्ने सबैथोक देखाउनू अनि एउटा नागरिकलाई गर्नुपर्ने मानवीय व्यवहार गर्नू भन्ने आदेश दियो अनपेक्षित रूपमा नरम बन्दै भारत सरकारले । उनी पेसावरमा महारानीको ह्वाइट हुस्सारसित सम्बद्ध नहुन्जेलसम्म टुटेफुटेका अङ्ग्रेजी र फ्रेन्च बोल्दै भौतारिँदै हिँडे । पेसावर सहर तरवारले काटेजस्तो साँघुरो पहाडको मुखैमा अवस्थित छ, जसलाई मानिसहरू खैबरपासको नामले चिन्दछन्‌ । उनी अफिसर थिए, यसमा शङ्कै थिएन, किनभने रसियन शैलीमा इनामेल गरिएका पदकद्वारा उनलाई विभूषित गरिएको थियो । ल्याक टिरोनले उनलाई एउटा आशाविहीन कामको रूपमा त्यागिसकेका थिए, जसले व्यक्तिगत र सामूहिक रूपमा तातो ह्विस्की र मह मसला हालेको ब्रान्डी हरेक किसिमको मिश्चित स्पिरिटसहित दिर्कोभिचलाई टन्न मताउने उद्देश्यले अतिथि सत्कारमा निकै मिहिनेत गरेका थिए । आफूलाई विशुद्ध आयरल्यान्डवासी ठान्ने ब्ल्याक टिरोनहरू जुन विदेशीको शन्ति भङ्ग गर्न सक्दैनन्‌, त्यो विदेशीलाई उनीहरू निकै उच्च कोटीको मान्छे ठान्छन्‌ ।

शत्रुमाथि हमला गर्न जित इमानदार थिए, मद्यपदार्थ (वाइन) छनोट गर्नमा पनि उति नै इमानदार थिए ह्वाइद्‌ हुस्सारहरू’ । आफूसित भएका केही अचम्मका बान्डीलगायत अन्य जे जित पेय (मद्य) पदार्थ थिए, ती सबै दि्कोभिचको स्वभावसित मेल खाने गरी उनको सामु राखियो । ब्ल्याक टिरोनहरूसित बसेर पिउँदाभन्दा ह्वाइट हुस्सारसित बसेर पिउँदा बढी आनन्द लिए दिर्कोभिचले ।
तर उनी पूरै अवधि बडो कष्टले युरोपेली नै रहे । ह्वाइट हुस्सारहरू मेरा अभिन्न मित्र हुन्‌ । गौरवशाली सिपाही साथी हुन्‌ एकआपसमा छुट्टनै नसकिने दाजुभाइ हौँ । गौरवशाली भविष्यको यसै समयमा उनले आफ्नो बोझ हल्का पारे, जसले इङ्ग्ल्यान्ड र रसियाको संयुक्त हतियारको प्रतीक्षा गरेको थियो, जब तिनीहरूको मन र भू-भागहरू सँगसँगै सन्चालन हुने छन्‌ । सभ्यताको ठुलो मिसन एसियाले सुरु गर्ने छ । त्यो त्यति सन्तोषजनक भएन किनभने पश्चिमाको पछि लागेर एसिया सभ्य बन्नेवाला छैन । एसियाको कुरा धेरै भो अनि ज्यादै पुरानो पनि भैसक्यो । धेरै प्रेमी भएकी केटी र एसिया लगभग उस्तै-उस्तै हुन्‌ । जसरी धेरै प्रेमी भएकी केटीलाई सुधार्न सकिन्न उसै गरी एसिया पनि यसअघि केटाहरूलाई आकर्षण गर्ने काममा नअघाएकी केटी जस्तै भएको छ । त्यस्ती केटी, न त त्यो सन्डे स्कुल जान्छे न त टिकटका लागि तरवारबाट बच्न भोट हाल्ने तरिका नै सिक्छे ।

अरूलाई जस्तै दिर्कोभिचलाई पनि यो कुरा राम्रोसित थाहा थियो । उनको हकमा भने विशेष संवाददाताले जस्तो गरी बोल्न र आफूलाई जितसक्दो मिलनसार देखाउन उपयुक्त देखियो । कहिलेकाहीँ उनले धेरथोर स्वयंसेवक भई काम गरेका थिए । संसारको पल्लो छेउमा कतै आफ्नो रेखदेखमा रहेका सय-डेढ सय कजाक सेनाको वारेमा भने उनलाई थोरै मात्र जानकारी थियो । सेन्ट्रल एसियामा उनले निकै कठिन काम गरेका थिए । अनि आफ्नो उमेरका अरू मान्छेले भन्दा बढी नै शोभा बढाउने खालको लडाइँ देखेका थिए । आफ्नो श्रेष्ठतालाई कहिल्यै धोका दिने पक्षमा थिएनन्‌ । उनी सचेत देखिन्थे त्यस मामिलामा । महारानीको ह्वाइट हुस्सारको सङ्गठन, युनिफर्म, छाँटकाँट, सैनिक अभ्यासको जुनसुकै बेलामा पनि तारिफ गर्ने काममा उनी झनै सचेत देखिन्थे र वास्तवमै भन्ने हो भने ह्वाइट हुस्सारहरू तारिफ गर्न लायककै रेजिमेन्ट थिए । जब सर जोन दुर्गानकी विधुवा लेडी दुर्गान तिनीहरूको स्टेसनमा आइपुगिन्‌, तब एकैछिनमा सामूहिक भोजनस्थलमा जम्मा भएका हरेक जवानले प्रस्ताव राखे । जनभावना बुझेकी लेडी दुर्गानले बडो चलाखीपूर्ण ढङ्गले आफ्नो कुरा प्रस्ट राखिन्‌ र ‘सबै जवान असल भएको कुरा पनि स्विकारिन्‌ । तर पहिल्यै बिहे गरिसकेकी केटी मेजर र कर्णेललगायत सबैसित बिहे नभएसम्म एक जना हुस्सारसित मात्रै उनी सन्तुष्ट हुन नसक्ने कुरा पनि बताइन्‌ । प्रतिरोधी स्वभावकी भएकीले राइफल रेजिमेन्टको एउटा मामुली सिपाइसित बिहे गरिन्‌ उनले । विरोधस्वरूप ह्वाइट हुस्सारहरूले हातमा कालोपट्टी बाँध्नेवाला थिए । तर सम्झौता गर्दै पूरै फौज बिहेमा सामेल भो, अनि बयानै गर्न नसकिने भर्त्सना गर्दै बाटोमा लाइन लागे । वरिष्ठ कप्तान ब्यासेट होल्मरदेखि कनिष्ठ सेकेन्ड लेफ्टिनेन्ट मिल्ड्रेडसम्म सबैसित उनले सम्बन्ध विच्छेद गरेकी थिइन्‌, जो उनलाई वार्षिक चार हजार र स्वास्नीको दर्जा दिने हैसियत राख्थे। ह्वाइट हुस्सारहरूलाई सामान्य सम्मान नदिनेहरूमा यहुदी वंशका हजारौँ सज्जनवृन्दहरू थिए, जो सीमापारि बस्थे । उनीहरूले पठानको नाममा जबाफ लेखी पठाए । लगभग बिस मिनेटजित उनीहरूको रेजिमेन्टसित औपचारिक भेटघाट भएको थियो, तर उनीहरूसितको अन्तर्वार्ता घाइतेको विषयलाई लिएर जटिल बनेकाले उनीहरू ह्वाइट हुस्सारप्रति अलि पूर्वाग्रह राख्थे । उनीहरूले कतिसम्म होच्याए भने ह्वाइट हुस्सारहरू भनेका राक्षसका सन्तान हुन्‌ । त्यति मात्र होइन, उनीहरू सभ्य समाजमा भेट्न असम्भव मान्छेका छोराहरू हुन्‌ । अझै पनि उनीहरू आफ्नो पैसाको थैली भर्नैका लागि त्यहाँभन्दा बढी घृणा उत्पन्न सक्ने अवस्थामा थिएनन्‌ । रेजिमेन्टसित थुप्रै साना बन्दुक थिए । अति राम्रो मार्टिनी हेनरी, साना बन्दुक, जसले शत्रुको क्याम्पमा एक सय गज टाढैबाट गोली प्रहार गर्न सक्थ्यो । अनि ती बन्दुकहरू लामो राइफलभन्दा बोक्न सजिलो र हलुका थिए । त्यसैले ती बन्दुकहरूको सीमाक्षेत्रमा बढी माग भयो । माग बढेपछि आपूर्ति पनि अनिवार्य रूपमा बढ्ने नै भो । आपूर्तिकर्ताको वजन बराबरको चाँदीका सिक्का दिएर, ज्यानै जोखिममा पारेर ती हतियारहरू आपूर्ति गरिए । साढे सात पाएन्ड
बराबरको रूपैयाँ अर्थात्‌ अनुमानतः सोह्र पाउन्ड स्टर्लिङ बराबरको रुपैयाँ पनि दिइयो आशयकर्तालाई ।

सर्पको जस्तो टाउको भएका चोरहरूले राति राति सेन्टिकै नाकमुनि पेट घिसार्दै चोरी गरेका थिए ती बन्दुकहरू । बडो रहस्यमय ढङ्गबाट शस्त्रागारबाटै गायब भएका ती बन्दुकहरू, गर्मीयाममा जित बेला ब्यारेकका भ्याल र ढोकाहरू खुल्ला हुन्थे, बन्दुकहरू धुवाँजस्तै बेपत्ता हुन्थे । पुस्तैनी वा पारिवारिक झगडा अनि भैपरी आउँदा काम लाग्छ भनेर सीमा क्षेत्रका मानिसहरू ती बन्दुकहरूको खुब चाह गर्थे । तर भारतको उत्तरी भेगमा हिउँदको लामो ठन्डी रातमा त्यस्ता बन्दुकहरूको व्यापक रूपमा चोरी हुन्थ्यो । त्यो याममा पहाडहरूमा हत्या हिंसाको चाप पनि निकै बाक्लो हुन्थ्यो र मूल्य पनि निकै चर्को हुन्थ्यो । सेनाको गस्ती सुरुमा दोब्बर बनाइयो भने पछि तेब्बर पारियो । एउट फौजीबे हतियार हरायो भने उसलाई त्यति साह्रो चिन्ता नहोला । सरकारले त्यसलाई व्यवस्थित गर्नैपर्छ, तर यदि उसको निद्रा बिथोलियो भने उसलाई ज्यादै रिस उठ्छ । रेजिमेन्ट खुब रिसायो । राइफल चोरले त्यसको सारा जिम्मा आफ्नो काँधमा लिन्छ चोरीको त्यति बेला । केही समयका लागि घर फोरेर चोरी गर्ने काम बन्द भयो । त्यस घटनाले गर्दा सोही अनुरूप सेनाको गस्ती पनि घटाइयो । अनि पूरै रेजिमेन्ट पोलो खेलमा व्यस्त भयो नतिजा उसको पक्षमा आयो । अनपेक्षित जित हासिल गर्यो, किनकि रेजिमेन्टले लस्कर लाइट हर्सको चर्चित खेलाडीलाई समेत एकका विरुद्ध दुई गोलले पराजित गर्यो । यद्यपि लस्कर लाइट हर्सका प्रत्येक खेलाडीको चार-चारवटा धावक घोडाहरू थिए । छोटो अवधिको खेलमा त मैदानमा जगमगाउँदो ज्वाला जस्तै पूरै शक्ति लगाएर खेलेको थियो ।

कार्यक्रम भव्य रूपमा मनाउन उनीहरूले रात्रिभोजको आयोजना गरे । लस्कर टिम सहभागी भयो, दिर्कोभिच आए अफिसरको पूरै युनिफर्ममा जुन ड्रेसिङ गाउन जत्तिकै लामो थियो, लस्करसित उनको परिचय गराइयो । लस्करहरूलाई उनले ठुलाठुला आँखाले नियालेर हेरे । हुस्सारभन्दा कम हातहतियारयुक्त देखिन्थे उनीहरू । अनि आफ्ना हातहतियार हल्लाउँदै हिडँथे, जुन पन्जाब फ्रन्टियर फोर्स र सबै इरेगुलर हर्सको विशेषाधिकार नै हो । सर्भिसमा छँदा अरू चिज जस्तै कसरी बोक्ने, के गर्ने, सबैले सिक्नैपर्छ, तर अरू चिज जस्तो यो कहिल्यै बिर्सिइन्न र नमरुन्जेल साथमै रहिरहन्छ ।

ह्वाइट हुस्सारको ठुलो दलिन हालेर बनाइएको भोजनकक्षको छानो सम्झनलायकको दृश्य थियो । खानाका थालीहरू बाहिर लामो टेबुलमा छरपस्ट थिए । धेरै अघि त्यही टेबुलमा पाँच जना अफिसरका लागि खाना पस्किने काम भएको थियो । काला मक्किएका टेकाहरू प्रवेशद्वारको सामुन्ने खडा थिए । हिउँदे गुलाबका थुँगाहरू सेता मैनबत्तीको बिचमा राखिएका देखिन्थे । शंबर, नीलगाई र मारखोरको टाउकाको बिचबाट दिवङ्गत उच्च अधिकृतको तस्बिरले उनीहरूका उत्तराधिकारीलाई तिरस्कारको नजरले हेरेजस्तो लाग्थ्यो । समूहकै गौरवको रूपमा रहेको ङिच्च हाँसिरहेका दुईवटा हिउँचितुवा जसमा ब्यासेट होल्मरको चार महिनाको बिदा खर्च भएको थियो; जुन बिदा तिब्बत जाने सडक पहरो, हिउँपहिरो र घाँसे भिरालोमा दिनहुँ ज्यान जोखिममा पार्नुको साटो लन्डनमा आनन्दसित बिताउन सक्थे ।

आफ्नो फेटाको टुप्पामा रेजिमेन्टको कल्की र सुकिलो सेतो मलमलको कपडामा सजिएका नोकरहरू मालिकको पछाडि उभिएर प्रतीक्षारत थिए ।

ह्वाइट हुस्सारको सुन र सिम्रिक रङको अनि लस्कर ह्वाइट हर्सको घिउ रङ र सेतो रङको कपडामा सजिएका थिए । ती मालिकहरू दिर्कोभिच चाहिँ अलिकति हरियो रङको युनिफर्ममा देखिन्थे तर उनको ठुला ठुला रङगीन गोमेद पत्यर जस्ता आँखाले उनको त्यो कमीलाई पूरा गरेको थियो । उनी लस्कर टिमको क्याप्टेनसित बडो हार्दिकतापूर्वक मित्रवत्‌ व्यवहार पदर्शन गर्दै थिए । जो अचम्म मानिराखेका थिए कि, दिर्कोभिचका कज्जाकहरू जो एकदम चाम्रा छन्‌ । ती सोझा विशुद्ध गाउँहरूले कसरी नियमसङ्गत हमलाको कारण बताउन सक्लान्‌ । तर कोही पनि यस विषयमा खुलेर बोल्न चाहँदैन । कुराकानी झन्‌झन्‌ चर्कदै गयो । अनि खानाको उपक्रमबिच पल्टने बाजा बज्यो । एउटा प्राचीन परम्पराको रूपमा केही बेरका लागि डिनर स्लिपको बर्खास्तगी र पहिलो टोस्ट सँगसँगै सबैको जिब्रो न बाजा बजिरह्यो । यसैबिच एक जना अफिसरले जुरुक्क उठेर भने, “भाइस महोदय, रानी, अनि पुड्के मिल्ड्रेडले टेबुलबाटै उत्तर दिए, “भगवानले उहाँलाई आशीर्वाद दिऊन्‌ ।”

बडेमाको जिउ भएका मान्छेहरूले माथितिर उचाल्दै गर्दै ठुला ठुला घोडचढीको एडी छिनछिन बज्न थाले । रानी, जसको भुक्तानीको भरमा उनी खानाको बिल व्यवस्थित गर्ने सुरमा थिए । सामूहिक भोजनको संस्कार कहिल्यै पुरानो हुँदैन । स्रोता चाहे समुद्रको नजिक होस्‌ या जमिनको नजिक उसको घाँटिमा डल्लो नल्याइ छाड्दैन । दिर्कोभिच’ “यजस्वी बन्धुहरू” भन्दै उठे, तर उनले केही बुझ्न सकेनन्‌ । टोस्टको अर्थ के हो, एउटा अफिसरबाहेक अरू कसैले बताउन सक्दैन । अनि अधिकांशको बुझाइभन्दा भावना बढी हुन्छ । समारोहमा जारी रहने छोटो मौनतापछि लगत्तै स्थानीय अफिसर प्रवेश गरे, जसले लस्कर टिमको तर्फबाट खेलेका थिए । उनले समूहमा खाना खाएनन्‌, तर मिठाइ (डेजर्ट) खाने बेलामा चाहिँ आइपुगे । ६ फिट अग्ला ती अफिसरले
कालो जुत्ता अनि सेतो र निलो रङको फेटा गुथेका थिए । ह्वाइट हुस्सारको कार्गेललाई स्पर्श गर्ने उद्देश्यले सम्मानस्वरूप तरवार थुत्दै गर्दा जमात बडो उमङ्गका साथ उभियो । “रङ हो” हिरा सिंहको, आवाज माझ उनी खाली कुर्सीमा थुचुक्क बसे । (जसको अर्थ) हुन्थ्यो जाक र जित) । “मैले तपाईंको घुँडामा प्रहार गरेँ र ?” रिसाइदार साहेब अन्तिम दश मिनेटमा आएर तपाईंलाई के ले त्यसरी खेल्न प्रेरित गर्यो हँ ? स्याबास रिसाइदार साहेब स्याबास ! त्यसपछि कर्णेलको आवाज सुनियो, “रिसाइदार हिरा सिंहको स्वास्थ्य ।”

चिच्याहट मत्थर भएपछि हिरा सिंह जबाफ दिन उठे । राजाको नाति, राजघरानाको फौजी युवा भएकाले यस्ता अवसरहरूमा के गर्न मनासिब हुन्छ उनलाई थाहा थियो । त्यसैले उनी स्थानीय भाषामा बोले- यस रेजिमेन्टका कर्णेल साहेबलगायत अन्य अफिसरहरू तपाईंहरूले सकेको सम्मान गर्नु भो मप्रति । म बिर्सिने छैन । धेरै टाढाबाट तपाईंको पक्षमा खेल्न आयौँ । तर हामीले नराम्रो हार बेहोर्यौँ । यसमा तपाईंको केही गल्ती छैन, रिसाइदार साहेब । तपाईंकै घरेलु मैदानमा खेलिएको खेल हो, रेल्वेदेखि नै तपाईंका धावक घोडाहरू थुनिएका थिए । “माफी नमाग्नु होला । त्यसैले आदेश पाए हामी फेरि खेल्न आउने छौँ । तपाईंको लागि नयाँ जोसका साथ खेल्नेछौँ । खुसी लाग्यो तपाईंलाई भेट्न पाउँदा ।

त्यति बेलासम्म हाम्रा धावक घोडामाथि कसैको खुट्टा पर्ने छैन, खेल्न त परै जाओस्‌ उनको एक हात तरवारको बिँडमा पुग्यो भने । उनको आँखा कुर्सीमा अल्छी मानेर बसेका दिर्कोभिचमाथि गएर अडिए । भगवानको इच्छाले पोलो खेलबाहेक अन्य कुनै खेल खेल्नुपर्ने बेला आउँछ भने ढुक्क हुनुहोस्‌ कर्णेल साहेब र अन्य अफिसरहरू काँधमा काँध मिलाएर खेल्ने छौँ । उनका आँखाले फेरि दिर्कोभिचलाई खोज्यो । मैले हाम्रो एउटा घोडाको विरुद्ध उनीहरूसित पचासवटा धावक घोडा नै किन नहोस्‌ “लेघा तानेर बोलेको जस्तो रङ हो ।” पैदलको आवाज आउँछ, त्यस्तै सुनियो । उनी उफ्रँदै गरेको सिसामाथि बसे ।

दिर्कोभिच बिस्तारै ब्रान्डीप्रति आसक्त भएका थिए । उही पूर्वेली कडा ब्रान्डीले उनले केही बुझेनन्‌ । न त परिस्कृत अनुवादले नै उनलाई कुनै अर्थ सम्प्रेषण गर्न सक्यो । निश्चित रूपमा त्यो साँझपखको हिरा सिंहको भाषण थियो त्यो । गोलीको आवाजले नबिथोलेको भए सायद कोलाहल भोलिपल्ट बिहानसम्म कायम रहन्थ्यो होला । त्यसपछि हात हालाहाल भो, अनि पीडाको कङ्कला शब्द सुनियो ।

“फेरि बन्दुक चोरी भो,” कुर्सीमा आरामपूर्वक बस्दै सहायक सैनिक अधिकारीले भन्यो । गार्डको सङ्ख्या घटेपछि यस्तै हुन्छ । मलाई लाग्छ, सेन्ट्रीले उसलाई मारेको हुनुपर्छ । बरन्डामा राखिएका झन्डाहरू सशस्त्र सैनिकको खुट्टाले कुल्चेर किचकाच पार्यो, यस्तो लाग्थ्यो मानौँ कसैले केही चिज तान्दैछ । किन तिनीहरू बिहानसम्म उसलाई बन्दीगृहमा राख्दैनन्‌ ? कर्णेलले उतेजित हुँदै सोधे? “जार त सर्जेन्ट,, उसलाई निकै पिटे कि क्या हो ! हेरेर आऊ ।” सर्जेन्ट अँध्यारोमै बाहिर दौड्यो अनि एकछिन पछि दुई जना सिपाही र एक जना नायकलाई साथमा लिएर फर्क्यो, सबै किंकर्तव्यविमूढ देखिन्थे ।

“एक जना बन्दुक चोरी गर्दागर्दै समातियो सर ।” नायकले भन्यो-

“चाहे जेसुकै होस्‌ त्यो चोर ब्यारेकतर्फ घिर्सिँदै थियो सर, मेनरोडको सेन्ट्रिलाई उछिनेर सेन्ट्रि त्यसै भन्छ, सर… ।”

तीन जनाले उचालेको थोत्रो लुगाको नरम पोको ड्यार्र गर्न थाल्यो । त्यो अफगान कहिल्यै देखिएको थिएन । उसको हदसम्मको अकिन्चन र मनोबल गिरेको टाउकामा फेटा थिएन खुट्टामा जुत्ता थिएन, फोहोर देखिन्थ्यो । दुर्व्यवहारबाट पूरै सञ्चालित देखिन्थ्यो ऊ । त्यो मान्छेको पीडाको आवाज सुनेपछि हिरा सिंह अलि चलमल गर्न थाले । दिर्कोभिचले अर्को एक गिलास व्रान्डी थपे ।

“अनि सेन्ट्री के भन्छ त ?” कर्णेलले सोध्यो ।

“ऊ त अङ्ग्रेजी बोल्छ सर, नायकले भन्यो ।”

“उसो भए तैँले सर्जेन्टको हातमा सुम्पिनुको साटो त्यो मान्छेलाई भोजन स्थलमा ल्याइस्‌ हैन ? यदि उसले सबै पेन्टिकोस्ट(इस्टरपछिको सातौँ आइतबारका दिन पवित्र आत्माको पृथ्वीमा आगमन वा अवरोहणको सम्झनामा क्रिस्चियनहरूले मनाउने पर्व ।)को भाषामा बोलेको हो भने तेरो कुनै काम छैन ।

फेरि त्यो पोको ड्यार्र गर्यो बडबडाउन थाल्यो । लिटल मिल्ड्रेड आफ्नो स्थानबाट निरीक्षण गर्न उठेका थिए । उनी बुरुक्क उफ्रेर पछि हटे, मानौँ उनलाई गोली लागेको थियो ।

“सायद यो मान्छेलाई पठाइदिँदा नै ठिक होला सर” उसले कर्णेललाई भन्यो । एउटा विशेषाधिकार सम्पन्न कनिष्ठ अधिकृतका हैसियतले बोल्दै गर्दा उसलाई अँगालो हाल्यो अनि कुर्सीमा बसाल्यो । बन्दीको रेखदेख गर्न इच्छुक कर्णेल र उसका राता राता आँखा देखेको नायक आफू पनि पछि हट्यो र अरूलाई पनि हटायो । भान्सामा बन्दुक चोर एक्लै थियो जो टेबुलमाथि टाउको राखेर बडो निराश हुँदै थामिनसक्नु गरी क्वाँब्वाँ रुँदै थियो, बच्चा रोए जस्तो ।

हिरा सिंह बुरुक्क उफ्रे । उनले भने- “कर्णेल साब ! त्यो मान्छे अफगान होइन जस्तो छ अफगानहरू त हाय-हाय ! भन्दै रुने गर्छन्‌ न त उ हिन्दुस्तानी नै हुन सक्छ किनभने उनीहरू हरे शिव ! लौन नि प्रभु ! भन्दै रुने गर्छन्‌ । ऊ त गोराहरूले जस्तो उफ्‌ गर्दै रोइरहेको छ ।”

“तिमीलाई चाहिँ यो कुरा कसरी थाहा भो नि हिरा सिंह ?”

लस्कर टिमको क्याप्टेनले भन्यो सुन्नुहोस्‌ न आफैँ, कहिल्यै नथामिएलाजस्तो गरी रोइराखेको अनुहारै कच्याककुचुक परेको मान्छेतिर औंल्याउँदै साधारण तरिकाले हिरा सिंहले भने- “हे भगवान्‌ ! उसले भनेको मैले सुनेकै हुँ” लिटल मिल्ड्रेडले भन्यो ।

कर्णेलले चुपचाप त्यस मान्छेतिर हेर्यो । लोग्नेमान्छे रोएको सुन्नु भनेको अति नराम्रो कुरा हो । स्वास्नीमान्छे तालुको टुप्पोबाट या त ओठबाट सुँक्क-सुँक्क गर्छे भने लोग्नेमान्छे चाहिँ छातीबाट अनि यसले उसलाई धुजाधुजा पार्छ ।

जोडले खोक्दै कर्णेलले भन्यो, “बिचरा ! हामीले उसलाई अस्पताल पठाइदिनुपर्छ हातपात भएको छ उसमाथि ।”

सहायकले आफ्नो बन्दुक सुम्सुम्यायो । अग्रपड्क्तिमा उभिएका मान्छेहरू उसका लागि नातिनातिना जस्ता लाग्थे । उसले विद्रोही पाराले डुर्र गर्यो । एउटा अफगानले चोरी गरेको कुरा म बुझ्छु किनभने ऊ त्यसैको लागि अभ्यस्त छ तर ऊ किन रुन्छ, त्यो चाहिँ म बुझ्न सक्दिनँ ।

ब्रान्डीले निकै असर गरेको हुनुपर्छ दिर्कोभिचलाई किनभने कुर्सीमा ढल्केर ऊ सिलिङतर्फ हेर्दै थियो । एउटा ठुलो कालो कफीनको छायाँ बाहेक सिलिङमा अर्को त्यस्तो विशेष खालको चिज केही थिएन । भोजन कक्षको विशेष खालको संरचनाले गर्दा मैनबत्ती बाल्दा कफीन जस्तै छायाँ बाहिर देखापर्थ्यो । यसले ह्वाइट हुस्सारको पाचन-शक्तिमा केही असर गरेन । उल्टै तिनीहरू त्यसमाथि गर्व गर्थे ।

रातभरि रोइबस्छ कि क्या हो त्यो मान्छे ? अथवा, हामीले लिटल मिल्ड्रेडको पाहुना ठिक नहुन्जेलसम्म कुरेर बस्नुपर्ने हो कि क्या हो ?

कुर्सीमा बसिराखेको मान्छेले मुन्टो उठायो । अनि समूहतिर एकटकले हेर्यो। “हे भगवान्‌ !” उसले यसो भन्दै गर्दा समूहका सबै जुरुक्क उठे, त्यसपछि लस्कर टिम क्याप्टेनले यस्तो काम गर्यो । जसका लागि भिक्टोरिया क्रस नै दिँदा पनि केही फरक पर्दैनथ्यो । त्यो काम भनेको अत्यधिक जिज्ञासाविरुद्धको लडाइँमा उसले देखाएको उल्लेखनीय बहादुरी हो । जसरी अतिथेयले केटीहरूको उपयुक्त समयमा परिचय गराउँछ उसै गरी क्याप्टेनले आफ्नो टिमको परिचय गरायो अनि कर्णेलको कुर्सीनजिक उभिएर भन्यो- “यो हाम्रो काम होइन सर तपाईंलाई थाहै छ ।” त्यसपछि उसले आफ्नो टिमलाई बरन्डा र बगैँचातिरर लिएर गयो । हिरा सिँह सबैभन्दा पछि थिए त्यता जानेमा ।

त्यसपछि उसले दिर्कोभिचतिर हेर्यो । तर दिर्कोभिच आफ्नै तालमा ब्रान्डीरूपी स्वर्गमा प्रस्थान गरेका थिए । उनको आवाजबिनाको ओठ मात्रै चल्थ्यो, सिलिङमा देखिने कफीनको छायाँ अध्ययन गर्नमा व्यस्त थिए उनी ।
“जताततै गोरा नै गोरा,” सहायक बेसेट होल्मरले भन्यो “कस्तो घातक विद्रोही होला यो मान्छे, अचम्म लाग्छ मलाई त, कहाँबाट आयो होला यस्तो मान्छे ?” कर्णेलले त्यो मान्छेको पाखुरा समातेर बिस्तारै झटकार्यो अनि सोध्यो-

“को हौ तिमी ?”
जबाफ आएन । उसले खालि भोजनकक्षको चारैतिर नियाल्यो, अनि कर्णेलको अनुहारमा हेरेर मुसुक्क हाँस्यो ।

लिटल मिल्डेड जो प्रायः पुरुषभन्दा पनि महिलाको चरित्रमा देखिन्थ्यो, उसले बुट एन्ड स्याउल शब्द, नसुनुन्जेल यस्तो शब्दमा प्रश्न दोहोर्याइ रह्यो कि त्यसले तातोपानीको फोहोराबाट कसैको विश्वास जित्न सकिन्थ्यो । त्यो मान्छे मुसुक्क हाँस्यो मात्रै । टेबुलको पल्लो छेउको कुनामा बसिराखेका दिर्कोभिच बिस्तारै कुर्सीबाट भुइँमा झरे । आफूकहाँ कसरी फस्न पुगेँ र त्यतातर्फ ओलिंदै छु भन्ने कुरो नसम्झी यो वर्तमान अपूर्ण संसारमा आदमको कुनै सन्तानले पाँच गिलास र आठ गिलासको अनुपातमा हुस्सार स्याम्पेन र हुस्सार ब्रान्डी मिसाउन सक्दैन । वाद्यवादन टोलीले धुन बजाउन थाल्यो । यही धुन सँगसँगै ह्वाइट हुस्सारहरूले आफू जन्मेदेखि नै आफ्नो कार्यक्रम वा समारोह समापन गर्दै आएका छन्‌ । धुन त्याग्नुभन्दा बरु उनीहरू विघटित हुनै रुचाउँछ, किनकि यो उनीहरूको परम्परा नै हो । त्यो मान्छेले कुर्सीमै आङ तान्यो, अनि औँलाले बाजाको तालमा टेबुल ठटाउन थाल्यो ।

“यो विक्षिप्त मान्छेलाई हामीले किन मनोरञ्जन दिइराख्ने ?” कर्णेलले भन्यो- “गार्डलाई बोलाएर उसलाई बन्दीगृहमा पठाइहाल त । यस मामिलाउपर हामी पछि जाँचबुझ गर्ने छौँ । पहिला उसलाई एक गिलास वाइन दिइहाल त ।”

लिटल मिल्ड्रेडले सेरी गिलासको एक गिलास ब्रान्डी त्यो मान्छेतिर हुत्याइदियो । उसले स्वाट्टै पार्यो, धुनको आवाज चकिँदै गयो, अनि उसले लामो नङ्ग्रा भएको हातले आफ्नो अगाडि राखेको प्लेटको टुक्रालाई बडो प्रेमपूर्वक सुमसुम्यायो । कमानी आकारको प्लेटको त्यो टुक्रासित रहस्य गाँसिएको थियो, जसको एकापट्टि साइडमा तीनवटा कमानी अनि अर्को एउटा चाहिँ बिचमा कमानी थियो ।

ह्विल स्वार्क मैनबत्तीदानी जस्तो देखिने सातहाङे क्यान्डल स्टिकमा परिणत गरेको थियो । उसले त्यो कमानी फेला पार्यो, थिच्यो त्यसलाई अनि डिच्च हाँस्यो । ऊ कुर्सीबाट उठ्यो अनि भित्तामा टाँसिएको तस्बिर नियाल्यो । अनि अर्को तस्बिरतिर लाग्यो । समूह चुपचाप उसको गतिविधि नियालिरहेको थियो । जब उ अगेनोमाथिको काठनेर आइपुग्यो, उसले टाउको हल्यायो । निकै चिन्तित देखिन्थ्यो ऊ । पूरा युनिफर्म लगाएर उकालो चढ्दै गरेको हुस्सारको प्रतिनिधित्व गर्ने प्लेटको त्यो टुक्राले उसको ध्यान खिच्यो । उसले त्यसलाई र अगेनामाथि राखेको काठलाई औँल्यायो । यसरी औंल्याउँदै गर्दा उसको आँखामा धेरै जिज्ञासा झल्किन्थ्यो ।

“त्यो के हो हँ ?” लिटल मिल्डरेडले सोध्यो । त्यसपछि आमाले बच्चाको जिज्ञासाको जबाफ दिएजस्तो स्वरमा जबाफ आयो- “घोडा हो, त्यो घोडा” धोत्रो स्वरमा बिस्तारै जबाफ आयो ।

“हो घोडा त देखेको छु मैले तर अहिले त्यो घोडा कहाँ छ त खै ?”

त्यो नौलो मान्छेलाई यताउति घुमफिर गर्न पूरै कोठा छाड्दै गर्दा समूहका मान्छेहरूको मुटु ढुकढुक सुन्न सकिन्थ्यो । गार्ड बोलाउने कुरो त्यत्तिकै सेलायो ।

ऊ फेरि बिस्तारै बोल्यो- “हाम्रो घोडा कहाँ छ ?” ह्वाइट हुस्सारकहाँ एउटै मात्र घोडा छ, अनि त्यसको तस्बिर भोजन कक्षको ढोकाबाहिर झुन्डयाइएको छ । त्यो घोडा टाटेपाटे छ । सेनाको वाद्यवादन टोलीको नाइके थियो त्यो घोडा, जसले सैँतिस वर्षसम्म रेजिमण्टको सेवा गर्यो । अन्तत: बुढो भएपछि गोली हानेर मारियो । समूहका आधाभन्दा बढी मान्छेले घोडाको उक्त तस्बिर च्यातेर त्यो मान्छेको हातमा राखिदिए । उसले त्यसलाई अगेनामाथिको काठमा लगेर राख्यो । त्यसरी राख्दै गर्दा टाँडमा गन्द्रयाङ्‌ गुन्दरुङ आवाज आयो । टेबुलतर्फ लर्खराउँदै जाँदा ऊ मिल्डरेडको कुर्सीमा ठोक्किएर पछारियो ।

त्यसपछि त्यो अनौठो चलनलाई लिएर मानिसहरू एकापसमा खासखुस गर्न थाले । यो ड्रम हर्स सन्‌ ६७ देखि अगेनामाथिको टाँडमा झुन्डिएको छैन भनेर कसरी थाहा पायो उसले ? मिल्ड्रेड जाऊ त, फेरि ऊसित कुरा गर त । कर्णेल साबले के गर्न लाग्नु भएको तपाईंले यस्तो ? “ओहो ! चुप लाग, अनि त्यो उल्लु आफैँ शान्त हुन्छ केही बेर पर्खेर हेरौँ । यो सम्भव छैन, केको शान्त हुन्थ्यो त्यो पागल ।”

लिटल मिल्ड्रेड कर्णलको छेउमै उभिएर उसको कानमा के हो भन्न खोजेजस्तो देखिन्थ्यो । “सज्जनवृन्द ! हजुरहरू आ-आफ्नो स्थानमा बस्ने कष्ट गरिदिनु भए राम्रो हुन्थ्यो कि” उसले यति भन्नासाथ सबै जना कुर्सीमा बसे । लिटल मिल्डेडको कुर्सीसँगै राखिएका दिर्कोभिचको कुर्सी मात्रै खाली थियो । लिटल मिल्ड्रेड आफैँ हिरा सिंहको स्थानमा गएर बसेको थियो । ठुला ठुला आँखा भएको मेस सर्जेन्टले चुपचाप गिलासमा रक्सी भर्यो । कर्णेल फेरि उठ्यो तर उसका हात कामेकाले रक्सी पोखिएर टेबुलभरि छताछ्लुल्ल भयो । लिटल मिल्डरेडको कुर्सीमा बसिराखेको मान्छेलाई सिधा आँखाले हेर्दै गर्दा उसले कर्कश स्वरमा भन्यो- “भाइस महोदय ! क्वीन थोरै बेरका लागि विश्वास भो, तर त्यो मान्छे जुरुक्क उठेर बिनाहिचकिचाहट जबाफ दियो- “क्विन भगवानले आशीर्वाद दिउन्‌ उनलाई ।” पातलो गिलास रित्याइसकेपछि उसले गिलासको बिँड औलाको बिचमा राखेर पिटिक्क भाँचिदियो ।

धेरै वर्ष पहिले जति बेला भारतकी साम्राज्ञी मस्त तरुनी थिइन्‌, त्यति बेला भारतमा फोहोरी खालका आदर्श व्यवहारहरू प्रचलनमा थिएनन्‌ । केही मेसमा मात्रै फुटेको गिलासमा क्विन टोस्ट लिने चलन थियो । त्यो पनि मेसको ठेकेदारहरूकै खुसीका लागि मात्रै । त्यो चलन हराइसक्यो आजभोलि, किनभने सरकारको आश्वासनबाहेक तोड्नुपर्ने कुरा अरू केही छैन, त्यो पनि पहिल्यै तोडिइसकेको छ ।

“ऊ सर्भेन्ट होइन आखिर को हो त उ ?” स्वाँ स्वाँ गर्दै कर्णेलले भन्यो । भएभरको समूहले त्यो शब्दलाई घन्कायो अनि प्रश्नको वर्षाले जो कोहीलाई पनि भयभीत तुल्याउने थियो । त्यो थाङ्ने फोहोरी आक्रमणकारी खालि हाँस्न र टाउको हल्लाउन मात्र जान्दथ्यो भन्ने कुरामा आश्चर्य मान्नुपर्ने कुरै थिएन । शान्त र हँसिलो मुद्रामा टेबुलमुनिबाट हल्का निद्राबाट भर्खरै ब्युँझेका दिर्कोभिच जुरुक्क उठे । त्यो मान्छेको छेउमै उभिए उनी, त्यो मान्छे चिच्याउँदै लम्पसार पर्यो । टोस्टको महिमा र गौरवमाथि बिस्तारै मडारिँदै आएको डरलाग्दो दृश्य थियो । त्यो जसले बाटो बिराएका बौद्धिकहरूलाई एकै ठाँउमा ल्याएको थियो ।

दिर्कोभिचले उसलाई ब्युँझाउने कुनै कष्ट गरेनन्‌, तर लिटल मिल्डे्रडले उसलाई तत्कालै आफूतिर तान्यो । क्विन टोस्टका वारेमा जबाफ दिन सक्ने एउटा सज्जनले कनिष्ट कज्जाकको पाउपर्नु शोभनीय होइन । हतारको कामले बिचारको लुगा माथिदेखि कम्मरसम्म लगभग पूरै च्यातियो अनि उसको शरीरको टाँका लगाइएको ठाउँमा सुकेको खत देखिन्थ्यो । त्यसरी समानान्तर रेखामा काट्ने हतियार एउटा मात्रै थियो त्यसरी न त बिरालाको नङ्ग्राले काट्न सक्थ्यो न त बेतको लौराले नै । दिर्कोभिचले खत देखिहाले, अनि उनका आँखाको पुतली निकै फराकिलो भो, उनको अनुहार पनि बदलियो । उनले- “यो के हो ?” जस्तो आवाजमा केही कुरो भने । चाप्लुसी गर्दै त्यो मान्छेले उत्तर दियो ।

“के हो त्यो ?” सबैले एकै स्वरमा सोधे- “उसको नम्बर, त्यो नम्बर चार हो, तिमीलाई थाहै छ । दिर्कीभिचले धोत्रो स्वरमा भने, “त्यो नम्बरसित रानीको अफिसरको के सम्बन्ध ?” कर्णेलले भने- “अनि टेबुल वरिपिर नमजाको रिस फैलियो ।”

“म कसरी भन्न सक्छु र ?” मिजासिलो पूर्वेलीले मिठो मुस्कान छर्दै भन्यो । रातको अन्धकारतिर फर्केर उसले टाउको हल्लायो ।

“उसैसित सोधिहेर त, न जबाफ दिइहाल्छ कि ! तर बिस्तारै बोल्नू नि ! त्यो मान्छेलाई कुर्सीमा बसाल्दै लिटल मिन्ड्रेडले भन्यो- दिर्कोभिच ब्रान्डी सुरूप-सुरूप पार्दै गर्दा कम्पित स्वरमा बोल्ने र रसियनलाई थुक्ने गर्थे । उनको यस्तो व्यवहार देखेर त्यहाँ उपस्थित सबैलाई नमज्जा लागिराखेको थियो । त्यो रसियन डरले बिस्तारै जबाफ दिँदै थियो । तर दिर्कोभिचले कुरा बुझेपछि कसैले एक शब्द बोलेन । सबैले लामो सास फेरे, अगाडि ‘फुके । लामो अन्तरालमा मात्रै कुराकानी भयो । एकापसमा खासै काम नभएका बेला ह्वाइट हुस्सारहरू रुसी भाषा सिक्न हुल बाँधेर सेन्ट पिटर स्वर्ग जान खोज्छन्‌ ।

“कति वर्षअघिको कुरो हो उसलाई थाहा रहेनछ । दिर्कोभिचले समूहतिर फर्किँदै भने- तर ऊ भन्दै छ धेरै वर्षअघिको युद्धमा यस्तो भएको थियो रे । मेरो विचारमा पक्कै कुनै दुर्घटना भएको हुनुपर्छ । ऊ भन्छ, यो गौरवशाली र प्रतिष्ठित रेजिमेन्ट युद्धमा होमिँदाको कुरा हो ।”

“खै नामावली लिएर आइज त !” होलमर नामावली” लिटल मिल्ड्रेडले भन्यो, अनि सहायक हतार हतार मुडुलो टाउको लिएर एउटा व्यवस्थित कोठातिर लाग्यो । जहाँ रेजिमेन्टको हाजिरी कापी राखिएको थियो । दिर्कोभिचले कुरो टुङ्ग्याउनै लाग्दा होल्मर पनि टुप्लुक्क आइपुग्यो । “त्यसैले मेरा प्यारा साथीहरू ! मैले दुःखका साथ भन्नुपर्छ । दुर्घटनावश यस्तो भएको रहेछ, हाम्रा कर्णेल, जसलाई यसले अपमान गरेको थियो, त्यतिबेलै क्षमायाचना गरेको भए यस्तो दुर्घटना नै नहुने रहेछ, उसलाई सम्झना रहेनछ, तर मेरो विचारमा दुर्घटना भएकै हुनुपर्छ र कैदीहरू साटासाट गर्ने क्रममा ऊ त्यसमा परेन । तर उसलाई अर्कै ठाउँमा पठाइयो मतलब अर्को देशमा । त्यसैले ऊ भन्छ, यहाँ कसरी आइपुगियो, उसलाई पत्तो छैन । ऊ छेपानीमा थियो । त्यो मान्छेले शब्द टपक्क टिपेछ क्यारे मुन्टो हल्लायो, लुगलुग काम्न थाल्यो “जिगान्स्कमा र इर्कुस्कमा ।” म त छक्क पर्छु कसरी भाग्न सफल भो ऊ । उ भन्छ धेरै वर्ष त जङ्गलमै बिताए रे ! तर कति वर्ष जङ्गलमा बितायो उसले बिर्सिसकेछ । अरू पनि थुप्रै कुरा बिर्सिसकेछ उसले । जानाजानी दुर्घटना गराइएको थियो, किनभने उसले हाम्रो कर्णेलसित क्षमायाचना गरेन । दिर्कोभिचले खेद प्रकट गर्दै लामो सुस्केरा हाले पनि त्यसलाई प्रतिध्वनित गर्नुको साटो ह्वाइट हुस्सारहरूले बडो फुर्तीसाथ गैर क्रिस्चियनले खुसी प्रकट गरे भनेर रेकर्ड राख्नु भनेको दुःखका कुरा हो । अतिथि सत्कारको चेतले मात्रै उनीहरू संयमित भएका थिए । होल्मरले थोत्रो भैसकेको पहँलो रङको सैनिक हाजिरी कापी टेबुलमा फाल्नासाथ सबै जना त्यसैमाथि झुम्मिन पुगे । “कतै नहल्लिनुस्‌ छपन्न, पचपन्न, चौवन्न होल्मरले भन्यो, ल हेर्नुस्‌ लेफ्टिनेन्ट अस्टिन लिमाजन, गायब छ । सेवास्तोपोल अगाडिको घटना हो यो । कति लाजमर्दो कुरा, एक जना कर्णेल अपमानित भो अनि उसलाई जहाजमा हालेर गोप्य रूपमा कतै पठाइयो । उसको जीवनको तेत्तिस वर्ष त्यसै खेर गयो ।”

तर उसले कहिल्यै क्षमायाचना गरेन । ऊ भन्दैथ्यो- “पहिला त्यो मोरोलाई भेट्छ रे।” समवेत स्वरमा समूहले भन्यो ।

“बिचरा ! मलाई लाग्छ, उसले त्यसपछि कहिल्यै अवसरै पाएन क्षमायाचना गर्ने ।”

“कसरी आइपुग्यो ऊ यहाँ ?” कर्णेलले सोध्यो ।

कुर्सीको त्यो फोहोरी थुप्रोले जबाफ दिन सकेन ।

तिमीलाई थाहा छ तिमी आफू को हौ भन्ने कुरा ?

फिस्स हाँस्यो त्यो ।

“तिमी लिमाजन हौ भन्ने थाहा छ- ह्वाइट हुस्सारको लेपिटनेन्ट लिमाजन ?”

गोली जस्तै तीव्र गतिमा तत्काल जबाफ आयो । त्यो पनि अलि अचम्मलाग्दो स्वरमा । हो म वास्तवमा लिमाजन नै हुँ। उसको आँखाको ज्योति हरायो । दिर्कोभिचको हरेक चालमाल देख्दा डरले त्यो मान्छे एक्कासि ढल्यो र बेहोस भयो । साइबेरियादेखिको उडानले उसको दिमागमा केही प्रारम्भिक तथ्यहरू स्थापित गर्न त सक्थ्यो, तर त्यसले विचारको निरन्तरतालाई अघि बढाउन सक्ने देखिएन । कसरी एउटा घर फर्किँदै गरेको परेवाले जस्तो उ आफ्नो पुरानो बथानमा फर्केर आयो त्यो उसले बताउन सकेन ।

उसले के कति सास्ती पायो अर्थात्‌ के कस्ता चिज देख्यो, उसलाई केही थाहा भएन । सहज ढङ्गले मैनबत्तीको कमानी थिच्दै गर्दा ऊ दिर्कोभिचसामु डरले डल्लो पर्यो । ड्रम हर्सको तस्बिर खोज्यो अनि क्वीन टोस्टको जबाफ दियो । उसको टाउको छातीमै पुग्ने गरी निहरियो, खितित्त हाँस्यो अनि पटक पटक डरले खुम्च्यो ।

ब्रान्डीले लठ्ठ परेको एउटा उल्लुले बिलकुलै अनुपयुक्त समयमा भाषण गर्न दिर्कोभिचलाई उक्सायो । ऊ उठ्यो बिस्तारै हल्लिँदै, टेबुलको छेउ च्याप्प समात्यो । त्यति बेला उसका आँखा वैदुर्ममणि जस्तै धपक्क बल्यो । अनि सुरु गर्यो- “यशस्वी सिपाही साथीहरू ! श्रद्धेय मित्रहरू, त्यो एउटा अति निन्दनीय दुर्घटना थियो ।”

समूहतिर फर्केर ऊ मुसुक्क हाँस्यो, तर तपाईहरू यसलाई मामुली कुरा ठान्नुहुन्छ होला । अति मामुली हो कि होइन ? जार सम्भ्रान्त, म औँला ठड्याउँछु जारतिर । म उसलाई विश्वास गर्छु भन्ठानेको ? अहँ बरु स्लाभले हाम्रा लागि केही नगरे पनि विश्वास गर्न सकुँला । करोडौँ मानिसले केही गर्न सकेका छैनन्‌- एउटा काम गर्न सकेका छैनन्‌ । सम्भ्रान्त नेपोलियन एउटा एपिसोड थियो । टेबुलमा हात ठटायो उसले । सुन्नुस्‌ तपाईंहरू- हामीले केही गर्न सकेका छैनौँ । अब हामीले गर्नुपर्ने बाँकी कामजित सबै गरिन्छ । वृद्धजनहरू ! गइहाल्नुस्‌ यहाँबाट । उसले हैकम चलाउँदै हात हल्लायो अनि त्यो मान्छेतिर औँल्यायो ।

“तपाईंहरू उसलाई देखिरहनुभएको छ । हेर्नलायक मान्छे हैन ऊ मामुली मान्छे हो । त्यो दुर्घटना पनि सामान्य दुर्घटना थियो जसलाई कसैले सम्झिरहेन । अहिले ऊ त्यहीँ छ । बहादुर सिपाही बन्धुहरू ! तपाईंहरू पनि त्यस्तै बन्नुहुने छ तर तपाईंहरू फर्केर कहिल्यै आउनुहुने छैन । ऊ जहाँ जसरी गएको थियो, तपाईंहरू सबैजना त्यसरी नै जानुहुने छ। त्यसपछि उनले सिलिङको कफीनको ठुलो छायाँतिर औँल्याए अनि फतफताउन थाले, सत्तरी मिलियन-गई हाल्नुस्‌ यहाँबाट । “अति राम्रो कुरा गर्नु भो” लिटिल मिल्ड्रेडले भने- “रिसाएर के फाइदा ?” यो बिचरालाई आराम गर्न दिऔं । तर त्यो वस्तु ह्वाइट हुस्सारको प्यारो हातबाट अकस्मात्‌ हतार हतारमा छिनेको थियो । तीन दिनपछि मात्रै जाने, गरी फर्किएका थिए लेफ्टिनेन्ट ।

साझा, कोमल हृदयका अनि प्रायः मिलनसार दिर्कोभिच पनि रात्रि ट्रेनबाट हिँडे । लिटिल मिल्ड्रेड र अरू कसैले उनलाई बिदाइ गरे । किनभने उनी मेसको पाहुना थिए, अनि उनले कर्णेललाई खुला हातले नै पिटेका थिए। मेसको नियमै त्यस्तो थियो कि पाहुनाको सत्कारका लागि कुनै मनोरन्जनको स्वीकृति दिँदैनथ्यो ।

“गुड बाई, दिर्कोभिच, शुभयात्रा” लिटल मिन्ड्रेडले भन्यो । “नमस्ते,” रसियनले भन्यो- “हामीले त तिमी घर जाँदै छौ भन्ठानेको हो ।” जाँदै छु तर म फेरि आउँछु । मेरो प्यारा साथीहरू त्यो सडक बन्द छ र ? खैबर पासमाथि बालेको नर्थ स्टार तिर देखाउँदै उनले भने ।

कस्तो अचम्म ! मैले त बिर्सेको साँच्चिकै तपाईलाई भेट्दा खुसी लाग्यो । तपाईंले चाहेको सबैथोक पाउनुभो हैन । चुरोट बरफ, ओढ्ने ओछ्याउने ? जे होस्‌ अहिलेलाई बिदा पाउँ दिर्कोभिच !

अँ अर्को मान्छेले भन्यो- ट्रेनको पछाडिपटिटको बत्ती क्रमशः मधुरो हुँदै गयो ।

लिटिल मिल्ड्रेडले केही उत्तर दिएन, तर नर्थ स्टारतिर ध्यान दिएर हेर्यो । अनि गुनगुनाउन थाल्यो, जसले ह्वाइट हुस्सारलाई खुब मनोरञ्जन दिएको थियो, जुन यस प्रकार थियो-

दुःखी छु म मिस्टर ब्लुबर्डप्रति,

दुःखी छु म उनलाई पीडा दिएकोमा,

तर आनन्दोत्सव हुने निश्चित छ, जब फर्कि आउँछ ऊ ।