१. द पावर अफ द डग
सन् १९२५ को ताकाको अमेरिकाको मोन्टाना राज्यमा रहेको चर्चित घोडाको तबेलाको मालिक फिल निकै क्रुर, हिंस्रक छ । उसको भाइले एक जना विधवा महिला रोजसँग बिहे गर्छ । बिहेपछि घर ल्याउँदा ऊसँगै रोजको छोरो पिटर पनि आउँछ । ती दुवैलाई फिलले नराम्रो व्यवहार गर्छ तर पछि त्यसको नराम्रो परिणामको खुलासा हुन्छ ।

कहाँ हेर्ने ?
नेटफ्लिक्समा
त्यो छैन भने टोरन्ट डाउनलोड गर्ने, कम्प्युटर, ल्यापटप वा मोबाइलमा हेर्ने

२. ड्राइभ माई कार
नाटकमा चल्तीको निर्देशक युसुकेको पत्नीको अचानक मृत्यु हुन्छ । यो मृत्युले ऊ भावनात्मक रूपमा क्षतिग्रस्त हुन पुग्छ । दुई वर्षपछि ऊ पुनः नाटकमा सक्रिय हुन थाल्छ । उसले एन्टोन चेखवको नाटक अंकल भान्या निर्देशन गर्ने जिम्मा पाउँछ । काममा आउन जानका लागि उसलाई एउटा कार चालक आवश्यक पर्छ । उसको मेकानिककले भर्खरैकी युवा केटीलाई लिन आग्रह गर्छ । शुरूमा त ऊ हिच्किचाउँछ तर पछि दुवैमा विशेष सम्बन्ध जन्मन थाल्छ । दुवैले आआफ्ना दुःख, पछुतो तथा विचारहरू आदानप्रदान गर्दै नयाँ कथा बन्न पुग्छ ।
कहाँ हेर्ने ?
टोरन्ट डाउनलोड गर्ने, कम्प्युटर, ल्यापटप वा मोबाइलमा हेर्ने

३. वेस्ट साइड स्टोरी
सन् १९५७ को न्युयोर्क सहरमा दुई ग्याङको बोलवाला हुन्छ । एउटा गोरा अमेरिकी युवाहरूको र अर्को चाहिँ प्युर्टोरिको (दक्षिणी अमेरिकी) युवाहरूको । दुई समूहबीच झगडा भइबस्छ । दुवै समूहले पश्चिमी म्यानहट्टन क्षेत्रमा आफ्नो नियन्त्रण होस् भन्ने चाहन्छन् । यसबीच दुवै पक्षका हिरोले एउटै युवतीलाई मन पराउँछन् । यो एउटा ट्रयाजिक लभ स्टोरी बन्न पुग्छ ।
कहाँ हेर्ने ?
डिज्ने प्लस छ भने त्यहाँ हेर्ने नत्र भए टोरन्ट जिन्दाबाद

४. दुन
भविष्यको हजारौँ वर्षपछिको कथा यहाँ हेर्न पाइन्छ । पल नामक एउटा युवक कुलीन परिवारमा जन्मिएको छ । विशेष क्षमता भएको यो युवकलाई अराकिस जानु छ । उसले आफ्नो परिवार र मानव जाति जोगाउनका लागि त्यो बालुवायुक्त ग्रहमा रहेको स्पाइस नामक निकै दुर्लभ सामग्री छ । यो लिन कयौँ समूहबीच लडाईं छ ।
सन् १९६५ मा यही नामको उपन्यास फ्राङ्क हर्बर्टले लेखेका थिए । यसअघि कयौँले यसमाथि फिल्म बनाउन खोजे तर असम्भव नै भयो र ती प्रोजेक्ट अधुरो नै रहे तर २०२१ मा डेनी विलेनुभले भने यो फिल्मलाई जीवन्त बनाइछाडे । दुनको दोस्रो भाग आउन बाँकी छ ।
कहाँ हेर्ने ?
टोरन्ट जिन्दाबाद ।

५. लिकोराइस पिज्जा
१५ वर्षे केटो गेरी अभिनेता बन्छु भन्छ । ऊ हरेक अभिनय अवसरका लागि अडिसन दिन्छ । हाइस्कुल पनि पढिरहेको छ । यस्तैमा एक जना फोटोग्राफरको सहायक अलानासँग उसको भेट हुन्छ । अलाना ऊभन्दा १० वर्ष जेठी छ । दुवैबीच रोमान्स सुरू हुन्छ र जीवनमा उतारचढाव आउँछ । हास्यसँगै आँशु झार्ने क्षमता कमै हुन्छ ।
कहाँ हेर्ने ?
अमेजनले निकट भविष्यमा रिलिज गर्न लागेको छ तर टोरेन्टमा फेला पर्छ ।

६. कोडा
अमेरिकाको म्यासाचुसेट्स राज्यको समुद्र किनारको ग्लोस्टर सहरमा बस्ने युवती रूबीको कथा हो । ऊ कोडा हो अर्थात् चाइल्ड अफ डेफ अडल्ट्स । भनाइको मतलब आवाज सुन्न नसक्ने दम्पतिकी छोरी हो । दुवै आमाबाबु बहिरा छन्, सुन्न सक्दैनन् । परिवारमा ऊ मात्रै एक्ली सन्तान हो । ऊ मात्र बोल्न र सुन्न सक्छे । उसको बाउ माछा पक्रन्छ र बेच्छ । यसमा छोरीले सहयोग गर्छे । हुर्किंदै गर्दा ऊ गायक बन्न चाहन्छे । उसको संघर्षमा उसको परिवारको प्रतिक्रिया निकै रोचक छ ।
कहाँ हेर्ने ?
थाहा छैन तर टोरन्टमा फेला पर्न सक्छ ।

७. द लस्ट डटर
लेडा कलेजमा पढाउँछे र बिदाका बेला ग्रिसमा घुम्न निस्कन्छे । त्यहाँ उसले नीना नामक महिला र उसकी छोरी देख्छे र उसलाई पुराना कथा याद आउन थाल्छ । विगतमा के कस्ता घटना भएका थिए भन्ने कुराले दर्शकलाई विचलित गराउँछ ।
कहाँ हेर्ने ?
नेटफ्लिक्समा । त्यो पनि नभए टोरन्टमा ।

८. डन्ट लुक अप
केही समयअघि साहित्यपोस्टले यो फिल्मका बारेमा लेखेको थियो । तपाईंहरूले निकै रूचाउनु भएको थियो । दुई अमेरिकी खगोलविद्ले एउटा विशाल धूमकेतु पृथ्वीतिर आउँदै गरेको र ६ महिनाभित्रै ठोक्किने घोषणा गरेपछिका अनेकन् तानाबाना रोचक तरिकाले बुनिएको छ ।
अघिल्लो रिभ्यु यहाँ पढ्नुहोस्ः
कहाँ हेर्ने ?
नेटफ्लिक्समा । नत्र टोरन्ट जिन्दाबाद भन्नुस् ।