त्यसपछि उसले आफ्नै बोलीमा केही गुनगुन गर्यो र मेरो हातको कुहिनो मोडेर पाखुराको मांशपेशीको जाँच गर्यो। मेरो मस्सल छामछुम गरेर हेरिसकेपछि उसले खुशी हुदै भन्यो- “ओ-हो-हो ! ” त्यसपछि उसले अग्रस्ताचलतर्फ टुनुक्क तन्किएको सडकतिर इशारा गर्यो । मानौं उ भनिरहेको होस्‌ – “हिँड, खच्चर ! हाम्रो राइखको सेवा गर्‌ ! ” कुक्कुरको छाउरो बडो बुज्नुक थियो… ।

तर त्यो कालो कपाल हुने चाहिंले मेरो बूटतर्फ नजर लगायो । -बूट हेर्दा राम्रै देखिन्थ्यो। उसले हातले इशारा गर्दै भन्यो- फुकाल्‌ ! ” मैले भुइँमा बसेर बूट फुकाले र उसलाई दिएँ। उसले मेरो हातबाट खोसेर नै लिउँला जस्तो गर्यो त्यो बूट। अनि मैले गोडामा बाँधेको पट्टी पनि फुकाले र उसको चालढाल निहार्दै त्यो पनि उसैलाई दिएँ। तर उ निकै नै जंगियो। जोडले कराएर गाली बक्न थाल्यो र फेरि ब्रेनगन मतिर सोझ्याउन लाग्यो। अरू सबै खित्का : छोडेर हाँसिरहेका थिए र त्यहाँबाट हटेर पनि गए। परन्तु त्यो कालो कपाल हुने चाहिले सडकमा आइनपुगुन्जेलसम्म तीन पल्ट मतर्फ पुलुक्क हेरेको थियो । ब्वाँसोका आँखा जस्तै उसका आँखा रीसले टलपल टल्किरहेका थिए। कुन्नि किन बिनसित्तै रीस झिक्तै थियो त्यो मोरो? यस्तो लाग्थ्यो, मानौं उसले मबाट होइन कि मैले नै बरू उसबाट बूट खोसेर लिएको होऊँ !

अँ त, भाइ । गर्न नै पो के सकिन्थ्यो र ! म लुरूलुरू हिँडदै ुडकमा निस्किएँ, गालीको एक दुर्इ लवजसम्म उच्चारण गरेँ र लागेँ पश्चिातिर युद्धबन्दीको रूपमा !

तर ममा हिँडने ह्याउ नैथिएन । घणटाको एक किलोमीटरको दरले हिँडिन्थ्यो होला, बढी त पक्वी पनि होइन। रक्सीको मात लागे जस्तै रन्थनिंदै र लड्खडाउँदै पाइला सारिरहेको थिएँ म। हुन त म सौझै हिंड्ने नै कोशिश गर्थे, तर मलाई कुनै अदृश्य शक्तिले सडकको एक छेउबाट अर्को छेउतिर हत्त्याइदिन्थ्यो। यसरी केही बाटो पार गरिए-पछि युद्धबन्दी बनाइएका अरू मान्छेहरू पनि मेरै हाराहारीमा पुगे। ती त्यसै डिभिजनका रहेछन्‌ जसमा म पनि सामेल थिएँ। ब्रेनगन हातमा लिएका दश जवान जति जर्मनहरूले उनीहरूलाई धपाउँदै ल्याएका थिए। यस पंक्तिमा सबभन्दा अगाडि अगाडि हिँडिरहेको जर्मन मेरो नजीक आयो। उसले मसित बोल्न त बोलेन, तर व्रेनगनको कुन्दाले मेरो पु्पुरोमा जोडसित बजाइदियो। यदि म हुनमुनिएर उधमुण्टिदो हे त त्यस पाजजीले मलाई तत्कालै गोलीको शिकार बनाउदिँदो हो । तर हाम्रा साथीहरूले मलाई बीचमा ढल्न लाग्दालाग्दै थामिदिए र धकेलेर आफ्नो माझमा हुलिदिए। निकै बेरसम्म उनीहरूले नै पाखुरा समातेर आड दिँदै मलाई हिंड्नमा मद्दत गरे। जब म अलि होशमा आएँ, एक जनाले कानैमा खासखुस गर्दै साउती गर्यो- “ भगवान्‌ गरोस्‌ कि तिमीले कतै ढल्न नपरोस्‌ । अलिकति पनि जीउमा ताकत बाँकी रहुन्जेलसम्म हिँड्दै जाड! नत्न यिनीहरूले तिमीलाई मारिदिने छन्‌ ! ” मेरो शरीरमा ताकत त अब धेरै बाँकी थिएन, तर म येनकेन अगाडि, बढ्दै गएँ !

घाम, डुब्ने बित्तिकै जर्मनहरूले पालोपहरा बढाइदिए। अरब एउटा ट्रकमा बीस जना जति ब्रेनगन भिरेका सिपाहीहरूले हामीलाई दौडाउँदै श्वपाएर लान थाले। हामीमध्ये जो ज्यादै घाइते थिए उनीहरू अन्य व्यक्तिहरूलाई पछ्याउन सकिरहेका थिएनन्‌ र उनीहरूलाई जर्मनहरूले बीच बाटैमा गोली हानेर उडाइदिए। दुई जनाले भागेर ज्यान बचाउने विचार गरे। तर ती बिचराहरूले जूनेली रातमा सफा मैदानमा घर टाढा टाढासम्म पनि टड्कारै देख्न सकिन्छ भन्ने कुराको चाहिँ ख्यालै राखेनन्‌ । यसको परिणाम यही भयो कि तिनीहरूलाई गोली ठोकेर मारिदिए। मध्यराततिर हामी एउटा जलर आधाजसो सखाप भएको गाउँमा आइपुग्यौं । हामीलाई त्यहाँ एउटा गुम्बज भासिएको चर्चेभित हुलियो । हामीले परालको एक त्यान्द्रो समेत नभएको ढुंगाले छापिएको चिसो भुइँमा रात गुजार्नु पर्यो । हामीहरूमध्ये कसैसंग पनि न्यानो ओभरकोट थिएन । सबैले सिर्फ एउटा कुर्ता र एउटा पतलून लगाइराखेका थियौं । यसैले गर्दा भुइँमा ओछ्याउने कुरो केही पनि थिएन । कसै कसैसंग त कुर्ता समेत थिएन, खालि एकसरो भित्री कमीज मात्न थियो आङमा । उनीहरू खास गरी असिष्टेण्ट कम्याण्डर तहका अफिसर नै थिए। साधारण फौजी जवानहरूबाट छुट्याउन नसकियोस्‌ भन्नाखातिर नै उनीहरूले आफ्नो सैनिक ज्याकेट र कुर्ता फ्याँकिदिएका थिए। यसै गरी तोपचीहरूको जीउमा पनि कुर्ता गायब थियो । उनीहरू कुर्ता फुकालेर तोप. नजीकै काम गर्दै थिए र यस्तै अवस्थामा उनीहरूलाई बन्दी तुल्याइएको थियो।

त्यस रात मुसलधारे पानी पर्यो र हामी सबै नै निथ्रुक्क भएर भिज्यौं। गिर्जाघरको गुम्बज त तोपको गोला वा हवाई- जहाजबाट फालिएको बम खसेर ध्वस्त भैसकेको थियो। अनि छाना चाहिँ गोलीका छर्राहरू लागेर चालनी जस्तै ठाउँ ठाउँमा प्वाल परेको थियो। यहाँसम्म कि वेदीमा समेत नभिज्जेको ठाउँ फेला पार्न सकिंदैनथ्यो। यस प्रकार हामीले त्यसै गरी त्यस गिर्जाघरमा रात बितायौं जसरी भेडाको बथानले एउटा अँध्यारो बाडामा रात बिताउँछ। मध्यराततिर कसैले मेरो पाखुरा समात्यो र सोधेको सुनियो- साथी, घाइते त छैनौ तिमी?” मैले भने- किन र भाइ, तिमीलाई के चाहियो ? ” उत्तर पाएँ-“म डाक्टर हुँ। तिमीलाई केही मद्दत गर्ने सकिन्छ कि भनेर ? ” मैले उससंग गुनासो गरे – “अरू त केही होइन, खालि मेरो देब्रे काँध रन्न रन्किएको छ र सुनिएको पनि छ। साह्रै दुख्न समेत थालेको छ ! ” उसले दृढतापूर्वक भन्यो- “कुर्ता र भित्नी कमीज पनि फुकाल।” मैले आफ्नो आङबाट यी सबै कपडा उतारेँ। उसले चाहिं आफ्ना मसीना सिन्के औंलाले मेरो काँध छाम्न थाल्यो । उसले यसरी बेस्मारी थिच्यो कि मलाई सापै दुख्यो । मैले दाँत किटिकिटि पिस्दै भने -“भरे, तिमी त गाईबाख्राराको इलाज गर्ने डाक्टर हो क्यारे, मान्छेका डाक्टर त पक्कै पनि होइनौ। जहाँ अचाक्लि दुख्नै छ ठीक त्यसै ठाउँमा किन जोडले थिच्नु पर्यो? .. तिमी मान्छे हौ कि राक्षस हौ ?” परन्तु त्यसरी नै औंलाले छाम्दै उसले रिसाउँदै कड्केर भन्यो – “चूप लागेर बस? खुब बोलक्कड रहेछौ तिमी त ! धैर्य गरी मुखमा दही जमाएर बस! अहिले अझ जोडले दुख्न थाल्ने छ ! ” यति भनेर उसले मेरो पाखुरा यसरी निमोठ-नामोठ पारिदियो कि मेरा आँखाबाट तिरमिर गर्दै राता राता झिल्काहरू निस्किए ।

केही होशमा आएपर छ मैले उससंग सोधें – “के गरेको यस्तो , ए निर्दयी फासिष्ट ? मेरो पाखुराको जोर्नी नै खस्केको जस्तो छ, तिमी भने यसरी निमोठनामोठ पार्दै छौ !” उसले मुसुमुसु हाँस्दै भन्यो-“मलाई त तिमी आफ्नो: दाहिने हातले बेसरी छक वर्तक दिने छौ भन्ने लाग्या’ थियौ, तर तिमी ज्याद शान्त स्वभावका मान्छे रहेछौ। तिम्रो हात भाँचिएको भने रहेन छं। जोर्नीको गेडी मात्रै फुस्केको रहेछ र मैले ठीक ठाउँमा मिलाइ दिया’ छु। कसो त, अब अलि सन्चो भएन र? ” हुन पनि मेरो दुखाइ निकै कम भैसकेको थियो । मैले डाक्टरलाई भित्री दिलबाट नै धन्यवाद दिएँ। उ सबैसंग “घाइते छ कोही ? ” भनेर सोधपूछ गर्दै अँध्यारोमा बिस्तार-बिस्तार अगाडि लम्कियो । सच्चा मानेमा डाक्टर थियो उ ! निस्पट्ट अँध्यारोमा र बन्दी हुनु परेको बखतमा पनि उ आफ्नो
महान कर्तव्य पूरा गर्दै थियो।

त्यो रात निकै अशान्ति रह्यो। सीनियर गाडेले जोडा मिलाउँदै हामीलाई गिर्जाघरभित्न हुल्दाखेरि नै चेतावनी दिएको थियो – दिसापिसाब गर्ने समेत बाहिर निस्कन मनाही छ भनेर ! दुर्भाग्य नै भन्नु पर्यो , हामीमध्ये एक जना धर्मभिरू ईसाईलाई दिसाले च्याप्यो पनि। निकै बेरसम्म त उसले बल गरेर सह्यो, तर आखिर केही जोड नचलेर उ क्वाँ क्वाँ रोयो। “पवित्न देवमन्दिरलाई म कसरी अपवित्न गर्न सक्छु? ”

-उ भन्दै थियो।- “म आस्तिक हुँ। म ईसाई हुँ…। भाइ हो, मलाई बताओ! म के गरूँ? ” हाम्रा मान्छेहरू कस्ता, हुन्छन्‌ भन्ने त तिमीलाई थाहा छँदै छ। हामीमध्ये कोही खितिखिति हाँस्न थाले, कोही गाली गर्ने लागे र कसै-कसैले त उटपटाङ सल्लाह समेत दिन शुरू गरे। यसले हामी सबैको दिल बहलाउ गरिदियो, तर यसको नतीजा आखिरकार ज्यादै नै नराम्रो भयो। बिचरो जोड जोडले ढोका घचघच्याउन लाग्यो र उसलाई बाहिर जान दिइयोस्‌ भनेर बिन्तीभाउ गर्ने थाल्यो। आखिर उसको बिन्तीभाउ “स्वीकार ” गरियो। ढोका बाहिरबाट एक जना फासिष्टले दनादन छोडिदियो – गोलीको पर्रा। त्यस ईसाईको संगसंगै अरू तीन जना मानिसहरू पनि गोलीले भुटिए। यस बाहेक एक जना शख्त घाइते भयो र बिहान उज्यालो हुन पाउँदा नपाउँदै उसको पनि सास गयो ।