रोशन विके

 

कलाकार: रोशन विके
शीर्षक: काष्ठ विम्ब
साइज:२२x३० ईन्च
माध्यय: जलरङ

युवा कलाकार रोशन विके नेपाली चित्रकला क्षेत्रमा स्थापित नाम हो। वस्तुको हुबहु नक्कल गर्ने क्षमता तथा शिल्पकला दक्षता उनको अर्को परिचय हो। खुला आकाशमा प्रकृतिको चित्र कोर्न मन पराउने विके पछिल्लो समय मन्दिरका पुराना टुँडाललाई आफ्नो क्यानभासको विषयवस्तु बनाइरहेका छन्।

प्रस्तुत चित्रमा नेपाली मन्दिरका झ्याल, ढोका र टुँडालमा पाइने काष्ठकलाको अनुपम नमुनालाई क्यानभासमा
उतारिएको छ। हराउँदै गएको काष्ठकलालाई चित्रकलाको माध्ययमद्वारा संरक्षण गर्नु यसको प्रमुख उद्देश्य हो। जलरङ माध्ययमद्वारा सृजना गरिएको यस चित्रमा तान्त्रिक शक्तिको रहस्य र गलत कर्मको परिणाम अततोगत्वा निर्मम मृत्यु हो भन्ने कथ्यलाई देखाइएको छ ।

रोशन विके