

रगतले लेखिएको छ
जेठ पन्ध्र
सिन्दुरले लेखिएको छ
आँशुका नदीहरुमा प्रतिविम्वित
सूर्यका किरणहरुले लेखिएकोछ
बृहद् सपनाको एउटा चहकिलो फूल
प्रत्येक वर्ष आफ्नो रापिलो र रातो अनुहार लिएर
उदाउनेछ क्यालेण्डरमा
आयातित अत्याधुनिक गिद्धे छापाखानामा
बनमाराको मसीले छापिएर
अनुहार धुमिल त हुने हैन?
समयको प्रत्येक जीवित पुस्ता अघिल्तिर
बयान दिन पेश हुन्छ जेठ पन्ध्र ?
जीवन्त इतिहासको प्रवाहमा
अन्तिम अदालत हुँदैन
गतिशील समयको जीवनमा
अन्तिम पुस्ता हुँदैन




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू