आनातोली चाहिँ अलिअलि कुम थर्काउँदै थियो , मानौं उसलाई जाडो लागिरहेको होस्‌ । त्यस बेला भर्खर उसलाई सत् वर्ष पुग्दै थियो । तर मेरी इरीना … हामी दुबै सल्न वर्ष यतादेखि संगसंगै थियौं, परन्तु त्यस रूपमा मैले उसलाई कहिल्यै पनि देख्या थिइनँ । त्यस रात उसको आँसुले मैले लगाइराखेको कमीजको छातीनेरको र कुमको भाग निथ्रुक्क भिजेको थियो। बिहान पनि त्यो अश्रुवर्षा रोकिएन . . . । हामी स्टेशनमा पुग्यौं । इरीनाको निम्ति मेरो मन यति दुःखेको थियो कि मैले उसतर्फ आँखा उठाएर हेर्न सकिरहेको थिइनँ । आँसुको झरीले गर्दा उसका ओँठ कलेंटी परिसकेका थिए , कपाल पछ्यौराबाट बाहिर निस्किरहेको थियो र आँखा चाहिँ कुनै मगज सड्केको मान्छेको जस्तै धमिलो र निस्तेज लाग्दथे। अफिसरहरूले रेलगाडीमा चढ्ने आदेश दिए, तर उ भने मेरो छातीमा लिसो झैं टाँस्सिई, हातले मेरो गलामा बेसरी आँगालो हाली र शिरदेखि पैतालासम्म नै यसरी काम्न थाली, मानौं उ कुनै यस्तो रूख हो जसलाई काटेर ढाल्न खोजिएको होस्‌ …। केटाकेटीहरूले उसलाई सम्झाउने-बुझाउने कोशिश गरे। मैले पनि फकाएँ-फुलाएँ… तर सारा कोशिश बेकार !: अरू आइमाईहरू आफ्ना खसम र छोराछोरीसंग यताउतीका कुराकानी गर्दै थिए, तर मेरी स्वास्नी भने हाँगोमा लहरा बेरिए जस्तै गरी मेरो जिउमा टाँस्सिएकी थिई। उ थर्थर काँपिरहेकी थिई र मुखबाट एक लवज पनि बोल्न सकिरहेकी थिइन । मैले उसलाई सम्झाउँदै भनें-“मेरी प्यारी इरीना, आफूलाई सम्हाल्ने कोशिश गर्‌ ! कमसेकम दुई-चार शब्द त बोलेर मलाई बिदा गर्‌ ! ” उसले सुँक्क सुँक्क गर्दै जे जति बोली त्यो यही हो- आन्द्रेइ… मेरा प्यारा… हामी… एक दोस्रालाई… अब… कहिल्यै पनि… भेट्ने छैनौं… यस दुनियाँमा… । ”

त्यस बेला मेरो मुटु पनि असहनीय पीडाले फुट्ला फुट्ला जस्तो भइरहेको थियो। फेरि उ पनि मसंग यस तरहका कुरा गर्दै थिई। आखिर उससंगको बिछोड मेरो लागि पनि त सहज थिएन। यो कुरा उसले बुझ्नु पर्ने थियो। हुन पनि त म पाहुना बन्न ससुरालीतर्फ गइरहेको अवश्य नै थिइनँ । बस्‌, यस्तो विचार मनमा उठ्नासाथ मलाई जडंग रीस चढिहाल्यो । मैले बल लगाएर उसका हात आफ्नो गलाबाट अलग्याएँ र उसलाई एकातिर धकेलिदिएँ । त्यो धक्का मलाई त हलुकै जस्तो लागेको थियो, तर त्यसताका म पनि त साँढे जस्तै जब्बर थिएँ। नतीजा के भयो भने उ लड्खडाउँदै तीन हात जति पर हुत्तिई। तैपनि उ सुस्त सुस्त फेरि मतिर नै आफ्ना दुबै हात पसार्दैँ आउन थाली। म जोडले कराएँ-

“यही हो त बिबदाबारी हुने चाला? म मरिहाल्नुभन्दा पहिले नै मलाई जिउँदै चिहानमा पुरिदिने सुर छ कि क्या तेरो ? ” तर जब मैले उसको होशहवास नै ठीक नभएको चाल पाएँ, मैले फेरि उसलाई अंकमाल गरे…।”

यति भनेर- उ एकाएक बीचैमा चूप लाग्यो। त्यस मौनतामा मैले उसको घाँटी खसखसाएको र गला ठ्याप्प बसेको अनुभव गरेँ। उसको उकुसमुकुसपनाको पनि मलाई अनुभूति
भयो। मैले उसतर्फ कर्के नजर लगाएर पुलुक्क हेरेँ, तर उसको झण्डै निर्जीव र निस्तेज आँखामा आँसुको एक थोपा पनि देखिएन। उ टाउको निहुराइकन झोक्राएर बसिरहेको
थियो। उसको बगलमा दायाँ बायाँ दुबैतिर लब्विएर तुर्लुग झुण्डिरहेका ठूल्ठूला हातमा ग्रलि ग्रलि कम्प पनि छुटेको देखिन्थ्यो …। उसको चिउँडो पनि थर्थर थर्किरहेको थियो र उसका रूखा ओठहरू पनि थर्थराइरहेका थिए… ।

“भैगो, साथी ! बितेका कुरा छोडिदेऊ ! ”-मैले सुस्तरी भनें । सके उसले मेरो आवाज सुन्दै सुनेन । फेरि उसले खूब परिश्रम लगाएर आफूलाई सम्हाल्यो र अचानक नै अनौठो किसिमले वदलिएको धोत्लो स्वरमा भन्यो-

“नमखू्न्जेलसम्म, सास हिरिक्क हिरिकक बाँकी रहुन्जेल- सम्म, आफ्नो अन्तिम घडीसम्म नै त्यस बेला मैले उसलाई जसरी धकेलेको थिएँ त्यसको लागि आाफूलाई क्षमा गर्ने छैन ! ”

अनि; उ फेरि निकै बेरसम्म चूप लाग्यो। उसले एउटा चुरोट बेर्ने जमर्को गर्यो, तर अखबारी कागजको टुक्रा धुजा धुजा भयो र सूर्ती पनि उसको घुँडामा पोखियो । आखिर उसले बल्लतल्ल एउटा भद्दा चुरोट तयार पार्यो, अनि दुई-चार पल्ट लामो लामो सर्को तान्यो र खोक्दै फेरि भन्न शुरू गर्यो-

“मैले इरीनाको अँगालोबाट आफूलाई छुटाएँ, उसको चिउँडो हातले समाते र म्वाइँ खाएँ। तर उसका ओँठहरू बरफ जत्तिकै चिसा थिए। यत्तिकैमा म आफ्ना बालबच्चाहरूसंग पनि बिदाबारी भएँ, अनि दौड्दै गएर स्टेशनबाट छुटिसकेको रेलगाडीमा चढेँ। रेल सुस्तसुस्त अगाडि बढ्दै थियो र यसरी फेरि एक पटक मैले आफ्नो जहान-परिवारको सामुन्नेबाट पार हुने मौका पाएँ। मैले त्यहाँ के देखें भने बिचरा मेरा अनाथ बालबच्चाहरू एकै ठाउँमा गुचमुच्च परिरहेका थिए, हात हल्लाई हल्लाई मलाई बिदा गर्दै थिए र मुस्कुराउने समेत जमर्को गर्दै थिए, तर उनीहरूको अनुहारमा मुस्कानको किंचित्‌ झल्को पनि थिएन…। इरीना चाहिँ हात छातीमा राखेर उभिएकी थिई, उराका ओँठहरु कमेरो पोतिए जस्तै सेता देखिन्थे । उ केही गुनगुनाइरहेकी थिई र एक टक लगाएर हेरिरहेकी थिई। अनि उसको सारा जीउ नै यसरी अगिल्तिर झुकेको थियो कि मानौं उ प्रचण्ड हावाको झोक्काविरुद्ध पाइला सार्दै छे…। र उसको यही आकृति मेरो स्मृतिपटमा जीवनभर सदासवेदा अंकृति भएर रहने छ- छातीमा बेह्रिएका हात , रक्तहीन सेता ओँठ र आँसु टलपलाइरहेका विस्फाँरित आँखा …। अक्सर यसै रूपमा म उसलाई सपनामा समेत देख्ने गर्छु…। किन मैले उसलाई त्यस बेला यसरी धकेलेको हुँला? आज पनि जब यस कुराको याद भएर आउँछ, मलाई लाग्छ, मानौं कसैले भुच्चे छुरीले मेरो मृटु रेट्न थालेको ‘ होस्‌ …।

हामीलाई उक्राइनमा बेलाया-चेकोभ भन्ने ठाउँनेर आफ्नो सैनिक टुकडीमा भर्ना गरियो। मैले एउटा तीन टनवाला ट्रक पाएँ। त्यसैमा म मोर्चातर्फ लागें। अँ, लडाइँको कुरा
तिम्रो अगाडि के गरुँ! आफैले भोगिसकेका छौँ र शुरू शुरूमा कस्तो थियो भन्ने पनि तिमीलाई थाहै छ। म जहान परिवारबाट थुप्रै पल पाउँथे, तर आफूले भने कमै लेखियो । कहिलेकाहीँ लेखिन्थ्यो-“सबै कुरा ठीकै छ…। दुश्मनसंग लड्दै छौं। हुन त अहिले हामी केही पछि हटिरहेका छौं, तर चिन्ता गर्नु पर्ने कुरा केही छैन। हामी छिटै नै आफ्नो तागत बटुल्ने छौं र जर्मेनहरूलाई बेसरी गोद्ने छौं।” अरू लेख्न नै पनि के सकिन्थ्यो र? समय निकै विकट थियो। चिट्ठीपत्न लेख्ने त फूर्सदै हुँदैनथ्यो । साँच्चै भन्ने हो भने म चिट्ठीमा गुनासो भर्ने ख्चाउन्न। फेरि म मोर्चामा त्यस्ता नामर्दहरूलाई फुटेको आँखाले पनि हेर्ने चाहन्थेँ जो रून्चे अनुहार लगाउँथे र मतलब-बेमतलब हरेक दिन आफ्ना स्वास्नी र प्रेमिकाहरूलाई चिट्ठी लेख्दथे, अनि सफा कागजमा आँसु र सिँगान भरिएको गुनासो पोख्तथेँ- “उफ्‌ ! यहाँको हाल बरू सोध्दै नसोध… ज्यादै मुश्किल छ…। ज्यान जान समेत कत्ति वेर छैन! ” यी कुकुरका छाउराहरू यसरी शिकायत गर्थे, दयाको भीख माग्थे र आँसु झार्थ। घरमा पनि जहान-बच्चाहरूले उत्तिकै यातनापूर्ण जीवन बिताउनु परिरहेछ जस्तो मोर्चामा हामीले बिताउनु परेको छ भन्ने त उनीहरू बुझ्नै चाहँदैनथे क्या र ! आइमाईहरू र केटाकेटीहरूले नै सारा देशलाई आफ्नो काँधमा बोकेका छन्‌ ! अलिकति त सोच! हाम्रा आइमाईहरू र केटाकेटीहरूको काँध कस्तो जब्बर होला , ताकि यस्तो बोझले पनि उनीहरूलाई थिच्न नसकोस्‌ ! हुन पनि उनीहरू किचिएर गएनन्‌ । उनीहरूले यल्लो भूभारत थामे। फेरि यस्तो कोही कमजोर दिलको पिलन्धरे बजियाले गुनासो पोखेर चिट्ठी लेखिदेओस्‌ त कामदारनी आइमाईको पैतालामुनिको भुइँ नै भासिएर जाँदो हो। यस्तो निठूरी चिट्ठी पाएर बिचरी दुःखमा डुब्दी हो र हातगोडा नै छोडिदिंदी हो। अनि त उसले कसरी काम गरोस्‌ ! हैन! जस्तोसुकै परिस्थितिको डटेर सामना गर्ने र
जरूरत नै परिहाले छ भने जस्तोसुकै दुःखयातना पनि धैय-पूर्वक सहन गर्न नै त तँ मदे भएर जन्मेको होस्‌ , तँ सिपाही बनेको होस्‌ ! तर भाइ, यदि तँमा मर्दको गुणभन्दा’ पनि आइमाईको आनीबानी बढी छ भने जा, मुजा परेको जामा लगा यसरी तेरो सिकुटे पुट्ठा ढार्किनि छ र कमसेकम पछिल्तिरबाट हेर्दा त दुरूस्त आइमाई जस्तो देखिने छस ! अनि जा, बारीमा गएर चुकन्दर गोडमेल गर अथवा गोठमा गएर गाईको दूध दुहेर ल्या! मोर्चामा तँ जस्तो नार्मदेको कुनै जरूरत छैन । तँबेगर पनि त्यहाँ गन्हाउने कसिगंर प्रशस्तै छ ।