छ
जाडो समय ।
अब म भन्छु प्रत्येक बर्ष हिउँ परेको पहिलो दिन म के गर्ने गर्थे । चिसो छल्न हात खुम्च्याएर पाइजामामै सबेरै बिहान म बाहिर निस्कन्छु । म देख्छु बुबाको कार, पर्खाल, रूखहरू, छानो र पहाडहरू सबै एकफुट हिउँमा डुबेको छ । म मुस्कुराउँछु, । आकाश कञ्चन नीलो छ र हिउँ यति सेतो छ कि आँखै टपक्क टिप्छ । म एकमुठी हिउँ मुखमा हाल्छु र त्यो मुर्दा शान्ति चिर्दै काग कराएको सुन्छु । म खाली खुट्टा बरण्डा तल ओर्लिन्छु र हसनलाई बाहिर आएर हेर्न अह्वाउँछु ।
हिउँद काबुलमा प्रत्येक बच्चालाई मन पर्ने बेला हो | कम्तिमा पनि ती बच्चाहरूका लागि जसका बाबुहरूले आगो बाल्न फलामे चुलो किनिदिन सक्छन् । कारण प्रष्टै थियो : चिसो बढेपछि स्कुल बन्द हुन्थ्यो । मेरा लागि हिउँद भनेको लामा लामा भागाहरू, बुल्गेरियाको राजधानीको नाम रटाइको अन्त्य र तीन महिनाका लागि हसनसँग चुलो छेक बसेर तास खेल्ने काम, सिनेमा पार्कमा गएर मंगलबार बिहान सित्तैमा रशियन फिलिम, बिहानभरि हिउँमानव बनाएपछि भात सँग सलगमको कुर्मा (quarma) को मीठो स्वादको सुरूवात नै थियो ।
अझ बढी त के भने चङ्गाहरू, चङ्गा उडाउनु र चङ्गा छोप्न दुगुर्नु केही अभागी बच्चाहरूका लागि हिउँदले स्कुलको पढाइको अन्त्य गराउँदैन । कथाकथित स्वैच्छिक हिउँदे कक्षाहरू चल्थ्यो । मैले थाहा पाएसम्म कहिल्यै पनि कुनै पनि बच्चाहरू ती – कक्षाहरूमा जाँदैनथे, तर तीनको साटो स्वयं सेवा अभिभावकहरूले गर्थे । धन्न भाग्यले मेरो बुबा तिनीहरूजस्तो हुनुहुन्थेन । हाम्रो गल्लीपारि पट्टि बस्ने एउटा अहमद नामको केटा म सम्झन्छु । मलाई लाग्छ उसको बुबा एक प्रकारले डाक्टर थिए । प्रायः असिफको शिकार बन्ने अहमदलाई मिर्गी थियो र र सधैँ उनीको भेस्ट र मोटो कालो फ्रेम भएको चस्मा लगाउँथ्यो । प्रत्येक बिहान तिनीहरूको हजारा नोकरले कालो ओपेलका लागि ड्राइभवेबाट बेल्चाले हिउँ फालेर सफा गरेको म सुत्ने कोठाबाट हेर्थे । कापीकलमले टन्न झोला भिरेर, उनीको भेष्ट र न्यानो कोटमा अहमद र उसको बाबु कारमा चढेको म खुपै चाख मानेर हेर्थे । तिनीहरू बाहिर निस्केर मोडमा नपुगुन्जेल मैले हेरिरहेँ र अनि फलाटीनको पाइजामामै सिरकभित्र घुस्रू । सिरकलाई च्यापुसम्म तानेँ र उत्तरतिरका हिउँले सेताम्मे भएका पहाडहरू हेरेर बसेँ । फेरि ननिदाएसम्म हेरिरहेँ |
मलाई काबुलको हिउँद खुबै मन पर्थ्यौं । रातमा झ्यालको सिसामा हिउँले ठोकेको टक्रयाकटुकुक आवाल, मेरो कालो, रबरको जुत्ता मुनिबाट निस्कने ताजा हिउँको चर्याकचुरूक आवाज, गल्ली र आँगनमा चिसो सिरेटो सुइँकिँदा फलामे चुलोबाट निस्कने न्यानाको करणले मलाई जाडो खुपै मन पर्थ्यो । सबैभन्दा बढी त किनभने जब रूखहरू सेताम्मे हुन्थे र वाटोहरू हिउँले ढाकिन्थ्यो अनि बाबाको र मेरो बीचको चिसोपना अलि घट्थ्यो र त्यसको मात्र कारण थियो चङ्गा | बाबा र म एउटै घरमा बसे तापनि अस्तित्वको गोलार्द्ध फरक थियो | ती भिन्न गोलार्द्ध बीचको मिलनबिन्दु भनेको पातलो कागजका टुक्राहरूले बनेको चङ्गानै थियो ।
प्रत्येक बर्ष काबुलभरिका जिल्लाहरूमा चङ्गा लडाउने खेल खेलाइन्थ्यो | तपाई पनि यदि काबुलको केटो भैदिएको भए बुझ्नुहुन्थ्यो कि हिउँदको सबैभन्दा रमाइलो दिन भनेकै त्यही चङ्गा लडाउने प्रतिस्पर्धा हुने दिन हो | म त्यो खेल हुने अघिल्लो रात कहिल्यै निदाउँदैनथेँ । म घरि यता घरि उता कोल्टे फेर्थें, ब्ल्याङकेटमा बेरिन्थे र भित्तामा छायाँ पारेर जनावरहरूको चित्र बनाउँथे र अझ भनौं बालकोनीमा गएर अँध्यारोमा एक्ले बस्थेँ । मुख्य युद्ध लड्नुभन्दा अघिल्लो रात ट्रेन्चमा बसेको एउटा सिपाहीलाई जस्तो हुन्छ, मलाई पनि त्यस्तै छटपटी हुन्थ्यो | र, त्यो त्यति पर पनि थिएन | काबुलमा चङ्गा लडाउनु भनेको झण्डै युद्धमा होमिनु जस्तै थियो ।
कुनै पनि युद्धका लागि तयारी गरेजस्तै यसका लागि पनि तयार हुनुपर्थ्यो । केही समय हसन र म मिलेर हाम्रा चङ्गाहरू बनाउँथ्यौं । हामीले बाबाले एकपटक हेरात (सहर) बाट ल्याइदिबुभएको माटोको घोडाको खुत्रुकेमा हप्ताभरिको खाजाको पैसा खसालेर अटमदेखि नै जम्मा गर्थ्यौं । जब हिउँदे चिसो हावा चल्थ्यो र भारी हिमपात हुन्थ्यो, घोडाको तल पेटमा रहेको चेन खोल्थ्यौं र पैसा निकाल्थ्यौं । हामी बजार जान्थ्यौं र बाँस, कागज, गम र मोटो धागो किन्थ्यौँ । हामी प्रत्येक दिन घन्टासम्म बाँसको सिन्का तासेर बीचमा र वरिपरि चाहिने बाहाँहरू बनाउँथ्यौँ । पातलो टिस्यू-पेपर काट्थ्यौँ जसले चङ्गालाई डिपिङ गरेर फुत्काउन संजिलो पार्थ्यो र अनि चङ्खा उडाउने लामो धागो हामी आफैँ बनाउनु पर्थ्यो । यदि चङ्गा बन्दुक हो भने सिसाको धुलो टाँसेको धागो म्यागजिनभित्रको गोली जस्तै हो । हामी आँगनमा गएर पाँचसय फिट लामो मोटो धागोमा सिसाको मसिनो धुलो गममा मिसाएर दल्थ्यौँ । अनि त्यसलाई वल्लो पल्लो रूखमा जेलेर सुकाउँथ्यौं । अर्को दिन युद्धका लागि तयार त्यो धागोलाई लट्टाइमा बेथ्यौं । हिउँ पग्लिएर मन्सुन सुरू हुँदा काबुलका प्रत्येक केटाहरूको औंलाहरूमा हिउँदभरि चङ्गा उडाएको चिनो प्रस्टै देखिने लामा लामा सिसाले काटेका दागहरू हुन्थे । म सम्झन्छु, स्कुल सुरू भएको पहिलो दिन कसरी म साथीहरुको बीचमा घुस्रिन्थे र हामी एकअर्काको दाग हेरेर “कसको ठूलो’ दाग भनी जाँच्य्यौँ । घाउ चहर्याउँथ्यो र दुई हप्तासम्म पनि सन्चो हुन्थेन, तर पनि म वास्ता गर्दिनथेँ । ती घाउहरू थाहै नपाएर छिट्टै बितेको ती हिउँदका प्रिय दिनहरूको चिनो हुन्थ्यो | बितेको हिउँदको साटो हामीलाई अब अर्को एक बर्ष लामो सातो लिने स्कुले पढाइले स्वागत गर्न्थ्यो र हामी हिउँदको मीठो कल्पना गर्दै क्याप्टेनले सिठी फुकेपछि एकै लाइनमा लागेर कक्षा कोठामा पस्थ्यौँ ।
छिट्टै यो प्रष्ट भयो कि हसन र म चङ्गा बनाउनभन्दा चङ्गा लडाउन सिपालु भयौँ । चङ्गा बनाउँदा भएको कुनै न कुनै त्रुटिले हार निश्चित हुन्थ्यो । त्यसैले बाबाले “हामीलाई चङ्गा किन्न साइफोको पसलमा लिएर जानुहुन्थ्यो । साइफो झन्डै आँखै नदेख्ने बूढो मान्छे थियो । पेशाले र जुत्ता मर्मत गर्ने मोची थियो तर ऊ सहरको नाम चलेको चङ्गा मिस्त्री थियो । काबुल नदीको हिलाम्मे दक्षिण किनारमा अवस्थित जादेह मवान्दको भीडभाडयुक्त गल्लीमा एउटा छाप्रो बाहिर बसेर ऊ चङ्गा बनाइरहन्थ्यो । म सम्झन्छु कि उसको जेल कोठरी जस्तो सानो पसलमा छिर्नलाई निउरिएर जानुपर्थ्यो र खिड्की उचालेर चार पाउले टेकेर तलको ओसिलो कोठामा जानुपर्थ्यो जहाँ उसले तयारी चङ्खाहरू ढाकेर राख्थ्यो । बाबाले हामी प्रत्येकलाई एउटै खालका तीनवटा चङ्गा, लट्टाइ र धागो किनिदिनु हुन्थ्यो । मैले आफूले चाहेजस्तो अलि ठूलो र अलि राम्रो चङ्गा किन्न अनुरोध गरेँ भने उहाँले मलाई किनिदिनुहुन्थ्यो, तर अनि हसनलाई पनि किनिदिनुहुन्थ्यो । कहिलेकाहीँ मलाई लाग्थ्यो उहाँले त्यसो नगरे हुन्थ्यो । म सोच्थे उहाँले मलाई बढी मनपराइदिए हुन्थ्यो । चङ्गा लडाउने खेल भनेको अफगानिस्तानको एउटा पुरानो हिउँदे परम्परा थियो । यो प्रतिस्पर्धा हुने दिन बिहान सबेरै सुरू हुन्थ्यो र मात्र एउटा विजेता चङ्गा आकाशमा बाँकी नरहेसम्म चलिरहन्थ्यो । मलाई याद छ एक बर्ष त यो खेल साँझ नपरेसम्म चलिरह्यो । मानिसहरू सडक पेटीमा र छतमा जम्मा भएर आ आफ्ना बच्चाहरूलाई हौस्याउँथे आकाशतिर हेर्दै प्रतिस्पर्धीको धागोको ठीक स्थिति पत्ता लगाउनलाई आतुर चङ्गा लडाउनेहरू लट्टाई घरी तल घरीमाथि गर्दै आफ्नो धागो तानिरहन्थे । चङ्गा लडाउनेहरूले गल्लीहरू भरिन्थ्यो | प्रत्येक चङ्गा लडाउनेको एउटा सहायक हुन्थ्यो । मेरो सहायक हसन हुन्थ्यो जसले लट्टाइ समातेर धागो छोड्थ्यो । एकपटक हाम्रो छिमेकमा भर्खरै बसाई सरेको भारतीय परिवारको हिन्दी भाषा बोल्ने, एउटा सोमत नभएको केटाले उसको ठाउँमा चङ्गा लडाउने खेलको पनि एकदम कडा नियम र कानुन हुने कुरा सुनाएको थियो । “चङ्गा एउटा बाकसजस्तो निश्चित ठाउँमा उभिएर हावाको गतिको ठीक दिशा उभिएर उडाउनुपर्छ ।’ उसले बडो गर्वसाथ भन्यो, “र सिसाको धूलो दलेर डोरी तयार गर्दा आलुमुनियम मिसाउन पाइँदैन ।”
हसन र मैले मुखामुख गर्यौँ । हाँसो फुट्यो । त्यो हिन्दी बोल्ने केटाले अब चाँडै नै सिक्नेछ जुन कुरा अंग्रेजहरूले यस शताब्दीको सुरूमै सिकेका थिए र अन्तिममा रूसीहरूले १९८० को अन्त्यतिर सिकेका थिए । त्यो के भने अफगानीहरू सार्वभौम र स्वतन्त्र नागरिक हुन् । अफगानीहरू परम्परालाई मान्छन्, तर नियमलाई घृणा गर्छन् । चङ्गा लडाउने खेलमा पनि यस्तै हुन्थ्यो । नियमहरू सरल थिए- नियम केही छैन, आफ्नो चङ्गा उडा । प्रतिस्पर्धीको चङ्गा चट पारे भाग्यमानी ठहर्छ ।
त्यत्तिमै मात्रै कहाँ सकिन्थ्यो र साँच्चिकै मजा त एउटा चङ्गा चेट भएपछि सुरू हुन्थ्यो । अनि चङ्गा छोप्न दौड्नेहरू आउँथे, ती बच्चाहरू जो हावाले उडाएको चङ्गा हाम्रो छिमेकमाथि आकाशमा उड्दै आएर फनफनी घुम्दै तल खेतमा, वा कसैको आँगनमा, रूखमा वा रूखको टुप्पामा नअड्केसम्म चङ्गा छोप्न बिह वा दौडिन्थे । कसले पहिला छोप्ने भन्ने कुरा अलि डरलाग्दै हुन्थ्यो । मैले एकपटक स्पेनका माहरुको बारेका पठेको थिएन् साँढे देखेर यसैगरी भाग्दा रहेछन् जसरी यहाँ चङ्गा छोप्नेहरुको भीड तछाडमछाड
ठेलमठेल गर्दै गल्लीहरूमा दौडिन्छन् । एक साल एउटा छिमेकि बच्चो एउटा चङ्गाका लागि सल्लाको रूखमा चढ्यो । टेकेको हाँगोले भार थाम्न नसकेर भाँचियो र ऊ तीस फिट
तल खस्यो | उसको ढाड भाँचियो र कहिल्यै हिँड्न सकेन, तर उ त्यतिमाथिबाट खस्दा पनि चङ्गा उसको हातमै थियो । जब एउटा चङ्गा छोप्थ्यो चङ्गा फेला पाथ्योँ उसको हातबाट त्यो कसैले फुत्काउन सक्थेन । त्यो कुनै नियम थिएन । त्यो परम्परा थियो ।
चङ्गा छोप्नेहरूका लागि सबैभन्दा गर्वको पुरस्कार त्यो हिउँदे प्रतियोगितामा खस्ने अन्तिम चङ्ग हुने गर्थ्यो । यो एउटा सम्मानको ट्रफी हुन्थ्यो, यस्तो कि जसलाई पाहुना आउँदा वा भनुन् भनेर देखाउनलाई दराजको तखतामा राखिन्थ्यो । जब आकाश खाली हुन्थ्यो र जम्मा २ वटा चङ्खा मात्र, बाँकी रहन्थ्यो प्रत्येक चङ्गा छोप्नेले त्यो पुरस्कार छोप्ने मौकाका लागि आफूलाई तयार राख्थ्यो । उसले आफूलाई यस्तो ठाउँमा तैयार राख्थ्यो जहाँबाट दुर्गुन सजिलो होस् । दह्रा मांशपेशीहरू बटारिएका तिघ्राहरू दुर्गुन तैयार हुन्थे । घाँटीहरू तन्किन्थे । आकाशतिर हेरिरहँदा आँखाहरू पट्टिन्थे । लडाइँ सुरू हुन्थ्यो र जब अन्तिम चङ्गा चैट हुन्थ्यो अनि सुरू हुन्थ्यो खैलाबैला, तछाडमछाड र मारामार ।
ती धेरै बर्षहरू मैले थुप्रै केटाहरू चङ्गा छोप्न दौडेका देखेको थिएँ, तर मैले आजसम्म देखेको चङ्गा छोप्न दौड्ने केटाहरूमध्ये हसन बराबर कोही थिएन | तीनछक्क पार्ने कुरा के हुन्थ्यो भने ऊ जहिले पनि चङ्गा जहाँ खस्छ ठीक त्यही ठाउँमा पहिल्यै पुग्थ्यो मानौं ऊसँग भित्री कम्पास नै छ ।
मलाई एउटा गुम्म परेको हिउँदको दिन याद छ । हसन र म एउटा चङ्गा छोप्न दगुर्दै थियौं । म हाम्रै छिमेकमा नालीहरू नाघ्दै, साना गल्लीहरू छिचोल्दै उसको पछिपछि दगुर्दै थिएँ । म हसनभन्दा एक वर्ष कान्छो थिएँ, तर पनि ऊ म भन्दा छिटो दगुर्थ्यो । म पछि छोडिँदै थिएँ ।
“हसन, पर्खि न !” स्वाँस्वाँ गर्दै म चिच्च्याएँ ।
उ फरक्क फर्कियो र हातको इसाराले बोलायो, “यतापट्टि, यतातिर !“ अर्को मोडमा पुग्नु अघि उसले बोलायो | मैले आकाशतिर हेरेँ र देखेँ कि हामी त चङ्गा तैरिएको ठीक विपरीत दिशातिर दौडिरहेका थियौं ।
“हामीले त्यो गुमाउने भयौं ! हामी गलत बाटोतिर जाँदै छौँ ।” मैले चिच्च्याउँदै भनें ।
“मलाई विश्वास गर्नुस् न !” मभन्दा अगाडि ऊ चिच्च्याएको मैले सुनेँ । म त्यो मोडमा पुगें र देखेँ हसन त टाउको तल गरेर आकाशतिर नहेरीकनै दौडिरहेको थियो । उसको ढाड पसिनाले लचप्पै भिजेको थियो । मलार्इ उउटा ढ्रङ्गामा ठेस लाग्यो र म लडेँ ।। म हसनभन्दा ढिलो मात्रै थिइनँ, म भ्यात्ले पनि थिएँ । उसको जन्मजात फूर्तिलोपनाको म सधैँ ईर्ष्या गर्थे । जब म लडखडाउँदै उठे, मैले हसनलाई अर्को मोड काट्नै लागेको बल्ल बल्ल देखेँ । दर्खरिएको घुँडा र तीखो दुखाई लिएर म लन्ठ्याङ्ग लन्ठ्याङ्ग गर्दै पछि लागेँ ।
मैले देखेँ हाम्रो दौड इस्तेकाल मिडिल स्कुलको नजिकै सडेको फोहरको थुप्रोमा गएर टुंगिएछ । त्यहाँ एकापट्टि खेत थियो जहाँ गर्मीमा हरियो सागपात हुन्थ्यो भने अर्कोपट्टि अमिलो चेरीका रूखहरूको लाइन थियो । म त्यहाँ पुग्दा हसन एउटा रूखको जरामा खुट्टा खापेर बस्दै मुठ्ठीभरि सुकेको किम्बु लिएर खाँदै थियो । “हामी यहाँ किन, के गर्न आको ?” स्वाँस्वाँ गर्दै बाउँडिएको पेट अँठ्याएर मैले सोधेँ ।
“अमीर अगा, मसँग बस्नोस् न ।’ मुसुक्क हाँस्दै हसनले भन्यो ।
पातलो हिउँको (च्यादर) मा स्वाँस्वाँ गर्दै म लत्रक्क परेर बसेँ र भनेँ, “तँ बेकारमा समय खेर फाल्दै छस् । चङ्गा अर्को दिशातिर उडिराखेको तैँले देखेको थिइस्, देखिनस् र ?”
एउटा किम्बु मुखमा हाल्दै उसले भन्यो, “चङ्गा आउँदैछ ।” म छक्क परेँ र थकाइ पनि हरायो ।
“तँलाई कसरी थाहा भयो ?” मैले सोधेँ ।
“त्यो मलाई थाहा छ ।”
“त्यो कसरी तँलाई थाहा हुन्छ त ?”
उ मतिर फर्क्यो । खुइले तालुबाट पसिनाका थोपाहरू झरे । “अमीर अगा, के म तपाईंसँग कहिल्यै झूटो बोलेको छु र ?”
तुरून्तै म ऊसँग जिस्किने पारामा बोल्न थालेँ, “खै मलाई के थाहा । के तँ झूटो बोल्छस् र ?”
“बरू म आची खान सक्छु, तर तपाईंसँग झूटो बोल्न सक्दिनँ’, अनुहार खुम्चाउँदै उसले भन्यो ।
“साँच्चै हो ? के तँ त्यसो गर्छस् त ?”
छक्क परेजस्तो गरी मलाई हेर्दै सोध्यो, “के त्यसो ?”
“के त आची खान्छस् त ?” मैले सोधेँ ।
म जान्दथेँ जसरी उसले कुनै ठूलो शब्दको अर्थ नजान्दा म उसलाई गिज्याउँथेँ, त्यसै गरी म निष्ठुरी बन्दै थिएँ । नमीठो लाग्दा लाग्दै पनि हसनलाई गिज्याउनमा मजा आउँथ्यो । यस्तो खाले मजा जुन हामीलाई कीरालाई यातना दिने खेल खेल्दा आउँथ्यो । यति बेला बाहेक सधैँ हसन कमिला हुन्थ्यो र ह्यान्डलेन्स (आगो पार्ने सिसा). मसँग हुन्थ्यो ।
उसका आँखाले लामो समय मलाई नियाले । हामी दुई त्यो अमिलो चेरीको रूखमुनि बसेर एकअर्कालाई घरी आक्कल झुक्कल हेर्ने घरि नियाले हेर्ने गरी रह्यौं । फेरि त्यो भयो ___ हसनको अनुहार परिवर्तन भयो । सायद भएको थिएन होला ऊ, तर अचानक गत्छाई लाग्यो किम दुईवटा अनुहारहरू हेर्दै छु – एउटा त्यही चिरपरिचित अनुहार जुन मेरो स्मृतिमा अझै ताजा छ र अर्को त्यो बाहिरी आवरण मुन्तिरको | एक क्षण त यस्तो लाग्यो कि त्यो अर्को अनुहार त मैले पैले कहाँ कतै देखेको पो थिएँ कि | म अलि खेर अकमक्कमा परेँ | अनि हसनले आँखा झिम्क्यायो र फेरि उही पुरानै हसन देखियो | मात्र फेरि उही पुरानै हसन |
“तपाईंले यदि साँच्चिकै भन्ने भए म खान्छु ।” आँखा जुधाएर अन्तिममा उसले भन्यो । मैले उसबाट नजर हटाएँ । आजसम्म पनि मलाई हसनजस्तै वचनको पक्का मानिससँग नजर जुधाएर बोल्न धक लाग्छ |
“तर मलाई आश्चर्य लाग्छ’, उसले भन्यो | “अमीर अगा, के तपाईंले कहिल्यै मलाई यस्तो काम गर्न लगाउनुहोला त ?” यस्तरी उसले म माथि सानो परीक्षा लिएको थियो । यदि मैले हाँसोको पारामा उसको बफादारितालाई चुनौती दिन्थेँ भने उसले पनि ठट्यौली पारामा मेरो नैतिकताको परीक्षा लिन्थ्यो ।
यस्तो कुरा निकालेकोमा गरेकोमा पछुतो भयो | मैले जबर्जस्ती ओठे हाँसो हाँसेँ र भनेँ, “हसन तँ मुर्ख नबन् त । तँलाई थाहा छ म त्यो गर्न सक्दिनँ ।”
हसन पनि मुस्कुरायो । उसको हाँसो बनावटी थिएन | “मलाई थाहा छ ।’ उसले भन्यो । बनावटी कुरा गर्न नजान्ने मानिसले गर्ने पनि यस्तै हो । मानिस सोच्छन् यसो त सबैले गर्छन् ।
‘हेर्नुस त चङ्गा यहीँ आउँछ ।” आकाशतिर देखाउँदै हसनले भन्यो । ऊ उभियो र केही पाइला देब्रेतिर गयो । मैले मास्तिर हेरेँ र देखेँ चङ्गा हामीतिरै झर्दै थियो । मैले चङ्गा छोप्नेहरूको पाइला, चिच्याहट र खैलाबैला नजिकिँदै गरेको सुनेँ, तर तिनीनहरू बेकारमा समय बर्बाद गर्दै थिए । किनभने हसन मुसुक्क हाँस्दै हात फैलाएर चङ्गा पर्खिएर उभियो । चङ्गा उसकै अंगालोमा झर्यो । मैले ढाँटेको भए यदि भगवान् साँचीकै छन् भने तिनको श्रापले म अन्धो हुन परोस् । मैले हसन चङ्गा छोप्न दौडेको अन्तिम पटक देखेको सन् १९७५ को हिउँदमा हो | प्राय सबै टोल छिमेकले आ-आफ्नै प्रतिस्पर्धा गराउँथे, तर त्यस वर्ष प्रतिस्पर्धा मेरै टोल वजिर अकबर खानमा हुन गैरहेको थियो र कार्तेह – चार, कार्तेह-पर्वान, मेकोरायन र कोतेह-साङ्गी लगायतका थुप्रै जिल्लालाई निम्त्याइएको थियो । जो जतातिर गए पनि हुनेवाला प्रतिस्पर्धाको बारेमा कुरा गरेको नसुनी सुखै थिएन । सुनिन्थ्यो, यो प्रतिस्पर्धा विगत् पच्चीस बर्षकै सबैभन्दा ठूलो प्रतिस्पर्धा हुन गैरहेको थियो । त्यो ठूलो प्रतिस्पर्धाको चार दिन अघि त्यहीँ हिउँदको एक रात बाबा र उहाँकै पढ्ने कोठाको नरम कुर्सीमा आगो छेऊ बस्यौँ । हामी चियाको चुस्कीसँगै बोल्दै बस्यौं । अलीले साँझ सबेरै भातसँग आलु काकलीको तरकारी टक्रयाए र हसनसँगै गए | बाबाले पाइप भर्दै हुनुहुन्थ्यो भने मैले उहाँलाई हेरातमा एकपटक हिउँदमा हिमालतिरबाट व्वाँसोको हुल झरेर सबैलाई कसरी घर भित्रै बस्न बाध्य पारेको थियो भन्ने एउटा कथा सुनाउन कर गर्दै थिएँ । उहाँले सलाइ कोर्नुभयो र खासै चासो दिएजस्तौ गरी भन्नुभयो, ‘मलाई लाग्छ यस बर्षको खेल तैँले जित्छस् । तँलाई के लाग्छ ?” मलाई के लाग्छ मलाई नै थाहा थिएन । के जवाफ दिने त्यो पनि थाहा थिएन । के चाहिएको त्यही थियो त ? के उहाँले मलाई विचार गर्नुभएको थियो त ? म चङ्गा लडाउन सिपालु थिएँ । वास्तवमा म सिपालु थिएँ । दुई चार पटक त म जितको नजिकै पुगेको थिएँ र एकपटक अन्तिम तीनमा पुगेको थिएँ तर जितको नजिकै पुग्नु भनेको जितेकै त हुन्थेन, हुन्थ्यो त? बाबा नजिक पुग्नुभएको थिएन | उहाँले जित्नुनै भएको थियो किनभने जित्नेले जित्थ्यो बाँकी सबै आ-आफ्नो घर जान्थे । बाबाको त जित्ने बानी नै परेको थियो | जे आँटेको हो सबैमा जित्ने । के उहाँलाई आफ्नो छोरासँग पनि त्यस्तै अपेक्षा गर्ने अधिकार थिएन त ? यसो सोच्नुस् त ? यदि मैले जितेको भए ।,
बाबा पाइप तान्दै बोल्दै गर्नुभयो । मैले सुनेजस्तै गरेँ, तर साँच्चिकै मैले सुनेको थिइन, किनभने बाबाको त्यो चासो बिनाको टिप्पणी (उक्साहट) ले मेरो दिमागमा एउटा बिउ रोपिदिएको थियो – त्यो अठोट कि मैले त्यो बर्षको प्रतिस्पर्धा जित्ने छु | म जित्न गैरहेको थिएँ । अरू कुनै उपयुक्त विकल्प थिएन | म जित्न गैरहेको छु (जित्ने छु) र अन्तिम चङ्गा म नै छोप्ने छु | अनि म त्यो चङ्गा घर ल्याएर बाबालाई देखाउने छु । एकपटक म कति सामर्थ्यवान छु भनेर पक्कै देखाउने छु । अनि सायद यस घरमा मेरो भूतको जस्तो जीवनको अन्त्य हुनेछ । मैले दिवास्पप्न देखेँ । चाँदीको भाँडाहरूको टंग्रयाङ् टुग्नुङ र घरिघरिको रिसाएको स्वरको साटो मैले साँझको खाना सँगै गफगाफ र हाँसो सम्झ । कल्पना गरेँ । मैले बाबाले हामीलाई कारमा राखेर घार्घा ताल छेउमा फ्राइ गरेको ट्रउट र आलु ख्वाउँदै पघमान लिएर गैरहेको देखेँ । हामी चिडियाखाना जाने छौँ र मारजान, सिंह हेर्ने छौँ र सायद बाबाले सदा झैँ हाई गरेर घरिघरि घडी हेर्नुहुने छैन । सायद बाबाले मेरो कथा पनि पढ्नु हुनेछ । यदि उहाँले एउटा कथा पढिदिनुभयो भने म सयवटा लेखिदिनेछु । सायद उहाँले मलाई रहिम खानले जस्तै अमीर जान भनेर बोलाउनु हुनेछ । अनि सायद, मात्रै सायद उहाँले मलाई मेरी आमा मरेकोमा क्षमा गरिदिनुहुनेछ ।
बाबाले मलाई एकै दिनमा आफूले चौधवटा चङ्गाहरू काटेको कुरा सुनाउँदै हुनुहुन्थ्यो । म मुस्कुराउँदै सहमतिमा टाउको हल्लाउँदै हाँस्न पर्ने ठाउँमा हाँस्दै गएँ तर उहाँले भनेको एउटा पनि शब्दहरू मैले, मुस्किलले सुनें । अहिले मेरो एउटा लक्ष्य थियो । र, बाबा म यसपालि असफल हुनेवाला थिइनँ ।
प्रतियोगिताको अघिल्लो रात भारी हिमपात भयो । जब हावाले हाँगाहरू हल्लाएर चाइँचुइँ गर्यो र झ्यालमा हाँगाहरू ठोकिइरह्यो, हसन र म कुर्चीमुनि बसेर पञ्जपार खेल्यौं । त्यस दिन सबेरै मैले हसनलाई हाम्रो कुर्ची मिलाउन भनेको थिएँ । त्यो खासमा होचो टेबलको मुनि बाक्लो ब्ल्यांकेटले बेरेर राखिने विधुतीय हिटर थियो । टेबलको वरिपरि उसले डसना र चकटी यसरी मिलायो कि बीसजना मान्छे सजिलै गोडाभित्र घुसारेर बस्न मिल्ने । हसन र म हिउँ परेको दिनमा पूरै दिनभरि कुर्चि तल गुडुल्किएर बस्थ्यौँ र चेस,-तास र धेरैजसो पञ्जपार खेल्थ्योँ।
मैले हसनको इँटाको दहल मारेँ र दुईवटा गुलाम र एउटा छक्का खेले | पल्लोपट्टि बाबाको अध्ययन गर्ने कोठामा बाबा र रहिम खान र २ जना अरु मानिससँग बन्द व्यापारको कुरा गर्दै हुनुहन्थ्यो । तिनीहरू मध्ये एकजना असिफको बुबा थिए । पर्खाल पारीबाटै रेडियो काबुलको अस्पष्ट खबर सुनिन्थ्यो ।
हसनले मेरो छक्का मार्यो र गुलाम टिप्यो । रेडियोमा दाउद खानले विदेशै लगानीको घोषणा गर्दै थियो ।
“ऊ भन्छ कि केही दिनपछि काबुलमा हाम्रो पनि टिभी. हुन्छ रे” मैले भनें |
“कसले भनेको ? ”
” त्यही दाउद खानले के, मूर्ख, राष्ट्रपति ।”
हसनले खित्का छाड्यो । “मैले त सुनेको ईरानमा त टि.भी. पहिल्यै देखि छ रे ।” उसले भन्यो ।
मैले लामो सास तान्दै भनेँ । “ती इरानीहरू _“_” मेरो अनुमान छ कि इरान थुप्रै हजाराहरूको लागि आश्रय हो किनभने हजाराहरूजस्तै ईरानीहरू पनि सिया मुसलमान हुन्, तर मलाई याद थियो त्यस गर्मीमा मेरो शिक्षकले ईरानीहरूको बारेमा के के भनेका थिए । उनले भनेको थिए कि हजाराहरू भनेका दाँत ङिच्च गरेर हाँसने बदमासहरू हुन् जो एक हातले धाप मार्छन् र अर्को हातले बगली मार्छन् । मैले त्यो कुरा बाबालाई बताएँ र उहाँले भन्नुभयो कि मेरो शिक्षक त अरू सरह नै एउटा ई्ष्यालु व्यक्ति रहेछ । ईर्ष्यालु यस अर्थमा कि ईरान एउटा एसियाको उदाउँदो शक्ति हुँदै थियो र संसारका धेरैजसो व्यक्तिले विश्वमानचित्रमा अफगानिस्तानलाई फेला पार्न पनि सक्दैनन् । “यो कुरा भन्न पनि दुःख लाग्छ । कुम हल्लाउँदै उहाँले भन्नुभयो । “तर झूटमा रमाएर बस्नुभन्दा सत्यको वाणले घाइते हुनुनै राम्रो हो ।”
“कुनै दिन तँलाई म एउटा किनिदिउँला’ मैले भनेँ । हसनको अनुहार उज्यालो भयो,”टेलिभिजन रे | साँच्चै?”
“पक्का । त्यो श्यामश्वेत खालको होइन । त्यति बेलासम्म हामी ठूला भैसक्छौं, तर म हाम्रो लागी दुईवटा ल्याउँछु । एउटा तँलाई, एउटा मलाई ।”
“म त्यसलाई टेबलमा राख्ने छु जहाँ मैले मेरा चित्रहरू राख्छु ।” हसनले भन्यो |
उसको भनाइले म अलि दुःखी भएँ । हसन को थियो र र, बस्ने ठाउँ कस्तो थियो भन्ने सम्झेर म दुःखी भएँ । जसको उसको बाबु हुर्केको थियो त्यसैगरी उसले पनि त्यही पुरानो छाप्रोमै दिन काटेर बूढो हुने यथार्थलाई आत्मसात गरेको थियो ! मैले अन्तिम सास फ्याँकेँ । मैले मिस्सी जुट र दहल फ्याँकेँ ।
हसनले मिस्सी टिप्दै भन्यो, “मलाई लाग्छ तपाईंले अगा साहेबको इज्जत राख्नुहुने छ ।”
“तँलाई त्यस्तो लाग्छ ?”
“इन्साल्लाह ।” उसले भन्यो ।
आस्वस्त पार्नलाई प्रयोग गरिने, “भगवान् कसम” भन्ने जस्ता शब्द मेरा मुखबाट त्यति साँचाे अर्थमा निस्कँदैन्थ्यो तै पनि मैले त्यो शब्द दोहोर्याएँ । हसनको विशेषता नै यही थियो । हसन यति साँचो व्योत्ती थियो कि उसका वरिपरिका अरू सबै व्यत्ती झुठो लाग्थे ।
उसको बास्सा मैले मारेँ र मेरो अन्तिम चक्की हुकुमको एक्का फालेँ । उसले यो लिनै पर्ने भयो । मैले जितु, तर जब मेले नयाँ गेमका लागि तास फिट्न थालेँ मलार्इ प्रष्टै के शंका भयो भने हसनले मलार्इ जानी जानी जित्न दिएको थियो ।
“अमीर अगा?”
“तँपार्इलार्इ थाहा छ मलार्इ यहीँ बस्न मनपर्छ ।” ऊ सधैँ त्यही गथ्योँ , मेरो मन चोर्थ्यो । “यो त मेरो घर हो ।”
“जेसुकै होस्” मैले भनेँ । “ल फेरि अर्को खेल हार्न तैयार हो त ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।