अध्याय ८

रोस्तोभले बोरिसलाई भेटेको भोलिपल्टै अष्ट्रियाली र रसियाली दुवै फौजको अवलोकन निरीक्षण हुनेवाला थियो- (रसियाबाट आउँदै गरेका र कुतुजोभका नेतृत्वमा भाग लिइरहेका दुवै फौजको एकसाथ ।) दुवै सम्राटले रसियाली सम्राट्‌ आफ्ना युवराज जारेभिच तथा अष्ट्रियाली सम्राट् आफ्ना युवराज आर्क ड्युकका साथ असी हजार जवान भएको संयुक्त सैनिकको अवलोकन-निरीक्षण गरेका थिए।

एकाबिहानैदेखि सफासुग्घर र चिटिक्क परेका फूर्तिला जवानहरू सानो किल्ला सामुन्नेको मैदानमा परेड खेलिरहेका थिए । त्यस बेला हजारौँ पाउ र हजारौँ सङ्गिन आ-आफ्ना अधिकारीहरूका आदेशमा उठिरहेका थिए, अडिरहेका थिए र अगाडि बढिरहेका थिए । फर्फराउँदा ब्यानरहरू उडाउँदै, बीचबीचमा रोकिँदै, विभिन्न रङ्गका युनिफर्म लगाएका विभिन्न पैदल सेनाका विशाल पंक्तिसँग मार्च गर्दै- त्यही बेला नीला, राता, हरिया विभिन्न बनौटसहितका पोशाक लगाएका प्रदर्शनप्रिय रिसल्लाहरू उस्तै सजिएर अघिअघि काला र खैरा घोडामा चढेका ब्याण्ड टोलीका तालमा एउटै आवाज र एउटै पदचालमा बढिरहेका थिए । तोप पल्टन आ-आफ्ना पालिस लगाएका चम्किला तोपहरू तान्दै बग्गीसहित आ-आफ्ना गोला र हल्लिरहेका नालहरू प्रदर्शित गर्दै पैदल र रिसल्ला फौजका बीचमा अगि बढिरहेका सैनिकको पछिपछि आइरहेका थिए । उनीहरूले सुस्त गतिमा आ-आफ्नो तोकिएको क्षेत्रमा स्थान ग्रहण गरे । छिन्न आँटेका पातलादेखि झिना कम्मर भएका अफिसर र सेनाध्यक्षहरू आ-आफ्ना तक्मा, फुली र सजावटसहित गुजमुजिएको कलरबीच निचोरिएका लाललाल गर्धनसहित पूरा परेड युनिफर्ममा सजिएका थिए भने यसरी चट्ट परेका अफिसर मात्र नभएर एक-एक सिपाहीसमेत भर्खरै धोएका सफा पोशाकमा, दाह्रि खौरेर चम्केका अनुहारमा, आ-आफ्ना हतियार पनि पालिस गरेर, घोटेर टिलिक्क टल्काएका थिए र तिनका घोडा पनि टन्न अघाएका, ब्रसले घोटेर उनीहरूका
भुत्ला पनि साटनको कपडाजस्तै चम्किला पारेका तथा गर्दनका याल पनि कोरेर सफा गरेर उस्तै सुन्दर पारिएका थिए । यो भव्य आयोजनाबाट यस्तो लाग्थ्यो, त्यहाँ कुनै मामुली काम नभएर एकदमै महत्त्वपूर्ण र महान्‌,घट्रना,हुन गइरहेछ । प्रत्येक सेनाध्यदेखि सिपाहीसम्म आआफ्नो महत्वका विषयमा सतले थिए यधपि त्यस जनसागरमा आफ्नो मह्त्व एक थोपा बराबर रहेकोमा समेत सचेत थिए । उनीहरू त्यस विशाल सङ्गठनको एउटा इकार्इ भएकोले त्यसको शत्ती तथा महत्त्वको पनि पुरा ख्याल गरिरहेका थिए ।

एकाबिहानैदेखि ठूलो मिहिनेत र दौडधूप सुरु भएको थियो र दश नबज्दै सबै थोक व्यवस्थित भइसकेको थियो । सैनिकपंक्ति विशाल मैदानमा थियो । सम्पूर्ण फौजलाई तीन मुख्य पंक्तिमा खडा गराइएको थियो: अग्रभागमा रिसल्ला, त्यसपछि तोपसमूह र त्यसपछि- पैदलसेना थियो ।

प्रत्येक दुई फौजका बीचमा एउटा सडकजस्तै फराकिलो खुल्ला क्षेत्र छोडिएको थियो । यी तीनै फौज भिन्न देखिन्थे: कुतुजोभको लडाकु दस्ता अग्रभागमा थियो, त्यसको पनि दाहिने पाटामा पाभ्लोग्रादेलीहरू .थिए; त्यसपछिको पंक्तिमा थिए भर्खरै रसियाबाट आइपुगेका सुरक्षा र लडाकु दस्ता र अन्त्यमा अष्ट्रियाली फौज थियो । तर सबै एउटै नेतृत्वमा एउटै फौजका रूपमा एकै क्रममा पंक्तिबद्ध थिए ।

सुकेका पातहरूमाथि हावा सर्सराउँदा जसरी आवाज तरडङ्गित हुन्छ, त्यस्तै गरी त्यहाँ उत्तेजनापूर्ण कानेखुसी चल्यो : “उनीहरू आइरहेछन्‌ । उनीहरू आइरहेछन्‌ !” डराएर चिच्याएजस्तो आवाज सुनियो र सम्पूर्ण सेना धुमधामसँग अन्तिम तयारीमा जुट्यो ।

ओल्मुजतिरबाट घोडसवारहरूको एउटा दल आइरहेको देखियो । त्यस दिन हावा त चलेको थिएन । तथापि त्यति बेला सेनामाथि हावाको एउटा सानोसानो झोक्का चल्यो । फलस्वरूप खुला रहेका झण्डा डण्डाहरूमा फर्फराए र यस्तो लाग्यो मानौँ त्यो फर्फराइरहेको सामान्य गतिले गर्दा सम्राट्हरू नजिक आइरहेकोमा सैनिकहरू खूब रमाइरहेका थिए । एउटा आवाज त चिच्च्याएको सुनियो । बिहानीपख कुखुराका भालेहरू बासेजस्तै ‘खबरदार’ भन्दै चारैतिरबाट सिपाहीहरू कराइरहेका थिए । त्यसपछि सम्पूर्ण बातावरण मौन भयो ।

त्यो मृत्युसमान मौनतामा केवल घोडाका टापहरू,बुजेको आवाज मात्र सुनिन्थ्यो ती आवाज दुई जना सम्राट्का अनुचरका घोडाका,,आवाज थिए । दुवै सम्राट्ले सेनासामु आफ्ना घोडा बढाएर ल्याए र पहिलो रेजिमेन्टका बिगुल बादकहरूले स्वागतधुन बजाउन लाग्यो । यस्तो लाग्थ्यो मानौँ बिगुलबादकहरू मात्र होइन, सम्राट्हरू आएकोमा खुसी हुँदै सम्पूर्ण सेना सङ्गीतमा मस्त भइरहेको थियो । यो रमाइलोले गर्दा चर्केको आवाजहरूका, बीचमा सम्राट् अलेक्जेण्डरको जोसिलो र मायालु आवाज मात्र स्पष्टसँग सुनिन्थ्यो । सम्राट्ले अभिवादन फर्काउदा रेजिमेन्ट हर्षविभोर भएर कानका, जाली नै फुटाउने गरी धेरै बेरसम्म “हुर्रे” भन्दै यति जोडसँग चिच्च्यायो कि उनीहरू आफैसँग निहित सङ्ख्या र शक्तिका कारण भयग्रस्त हुन गएका थिए ।

कुतुजोभको सेनाको पहिलो पंक्तिमा उभिएको रोस्तोभ, जुन सेनाअगाडि सम्राट्‌ सबभन्दा पहिले पुगेका थिए, सेनाका अन्य सदस्यहरूले जस्तै अनुभव गरिरहेको थियो । उसका
अनुभूति, आत्म-विस्मृति, शक्ति-चेतनाको अहङ्कार र त्यस पुरुषप्रति अत्यधिक श्रद्धा जुन व्यत्ति त्यस विजय-समारोहको केन्द्र बिन्दु थियो ।

उसलाई यस्तो लाग्यो कि यस व्यक्तिले एक शब्द मात्र बोल्यो भने यो सम्पूर्ण सेना आगो वा पानीमा हाम फाल्न तयार हुनेछ (यद्यपि ऊ यस भीडको एउटा कण मात्र थियो जस्तोसुकै अपराध गर्न, सक्ने छ, मृत्यु वरण गर्न सक्ने छ, अथवा कुनै ठूलो बहादुरीको काम गरेर देखाउन सक्ने छ ।

त्यसकारण उक्त व्यक्त नजिक आउँदा र उसका कुरा सुन्ने अवसर पाउँदा उसको शरीर नकामी र उसको दिल नधडकी रहन सक्तैनथ्यो ।

“हुर्रे । हुर्रे ! हुर्रे !” चारैतिर यही आवाज .गुन्जिरहेको थियो । एकपछि अर्को रेजिमेन्टले स्वागत धुनका साथ सम्राटको स्वागत गर्थ्यो । त्यसपछि फेरि ।’हुर्रे’ शब्द गुन्जिन्थ्यो……. त्यसपछि सेनाले मार्च गर्थ्यो र फेरि “हुर्रे” ‘शब्द गुन्जिन्थ्यो र यो शब्द ठुल्ठूलो स्वरमा बढ्दै जाँदा कानका जाली नै फुट्लान्‌ जस्तो हुन्थ्यो ।

सम्राट् नजिक आइपुग्नुभन्दा पहिलेसम्म चुपचाप लागे र हलचल, नगरेर मरेतुल्य भइबसेको रेजिमेन्ट सम्राट्‌ आउनासाथ जीवन्त भएर आयो । त्यसको हल्ला सम्पूर्ण रेजिमेन्टमा एकाकार भयो, जुन रेजिमेन्टबाट सम्राट्‌ अगाडि बढेर गए । कानै फुटाउने खालका यी स्वरहरूका साथै ढुङ्गाका मूर्तिस्वरूप उभिएका सैनिकका बर्गाकार समूहका बीच अनुचरहरू सम्मिलित सयकडौँ घोडसेना अत्यन्त अव्यवस्थित र उन्मुक्त ढङ्गमा अगाडि बढिरहेको थियो र यिनीहरूका अगाडि-अगाडि स्वच्छन्द चालमा हिँडिरहेका थिए दुई जना मानिस- दुई जना सम्राट् । र यिनै दुई जना सम्राटहरूमाथि नै आतुर अवस्थामा सम्पूर्ण सेनाको भीडले एक डल्लो भएर ध्यान केन्द्रित गरेको थियो ।

गार्ड घोडसेनाको बर्दी लगाएका, अगाडि र पछाडिको टुप्पोमा चुच्चो परेको टोपी लगाएका, भर्भराउँदो अनुहार भएका र अनुनादी तर मधुर आवाज भएका रूपवान्‌, जवान _सम्राट् अलेक्जेण्डरले सबैको ध्यान आकर्षित गरेका थिए ।

रोस्तोभ बिगुल वादकहरूभन्दा धेरै टाढा थिएन र आफ्ना तेज आँखाले सम्राट्लाई चिनिसकेको थियो र उनी आउँदै गरेको हेरिरहेको थियो । र सम्राट्‌, जब बीस पाइला जति नजिक आइपुगे रोस्तोभले उनको जवान र रूपौला अनुहारमा झल्कने लोभलाग्दो र सम्मोहित रूप नियालेर हेर्यो, जो यसभन्दा अगि उसले कहिल्यै देख्न पाएको थिएन । सम्राट्को प्रत्येक हाउभाउ र प्रत्येक गतिविधि रोस्तोभलाई अद्भूत किसिमको लाग्यो ।

पाभ्लोग्राद रेजिमेन्टसामु आएर रोकिँदा सम्राट्ले अष्ट्रियाली सम्राट्सँग फ्रान्सेली भाषामा केही कुरा गरे र मुसुक्क हाँसे ।

सम्राट्को मुस्कान देखेर रोस्तोभ पनि अनायास हाँस्यो र आफ्नो सम्राट्प्रति उसको स्नेह झन्‌ बढेर गयो । उसले आफ्नो प्रेम कुनै किसिमले प्रकट गर्न चाहन्थ्यो र यस्तो गर्न असम्भव भएको बुझ्दा ऊ झण्डै रोएन । सम्राट्ले रेजिमेन्ट कमाण्डरलाई आफूसँग बोलाएर ऊसँग दुई चार कुरा गरे ।

“हे भगवान्‌ ! सम्राट्‌ मसँग पनि बोलेदेखि कस्तो हुने थियो ?” रोस्तोभले

मनमनै सोच्यो । “सायद म खुसीले मर्ने थिएँ होला ।”
सम्राट्ले अफिसरहरूलाई पनि सम्बोधन गरे : “भद्रपुरुषहरू ! म तपाईंहरू सबैलाई हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।” रोस्तोभलाई सम्राट्का प्रत्येक वाणी स्वर्गबाट आइरहे जस्तो लाग्यो- सायद उसले सम्राट्का नाउँमा खुसीले तत्काल आफ्नो ज्यान नै अर्पण गर्ने थियो होला ! “तपाईंले सेन्ट जर्जको तर्फबाट मान-सम्मान प्राप्त गर्नु भएको छ । त्यसैले आफूलाई त्यसको योग्य सिद्ध गर्न सफल हुनुहोस्‌ ।” “सम्राट्का निम्ति यो ज्यान अर्पण गर्न पाए !” रोस्तोभले मनमा यस्तै सोचिरह्यो ।

सम्राट्ले अरू केही थप कुरा पनि गरे, जो रोस्तोभले सुन्न पाएन र त्यत्तिकैमा सैनिकहरूले भएभरको बल झिकेर “हुर्रे” भन्दै चिच्याउन लागे । रोस्तोभ पनि आफ्नो भएभरको बल लगाएर काठीमाथिबाटै निहुरिदै “हुर्रे” भन्दै चिच्च्यायो । सम्राट्प्रति आफ्नो उल्लास प्रकट गर्न पाए चिच्च्याउँदै ऊ आफ्नो शरीरमा चोट पुर्याउन पनि तयार थियो ।

सम्राट् कुनै कुराको दुविधामा परेजस्तै केही बेरसम्म हुस्सारहरूका साथ घोडा रोकेर अडिए ।

“सम्राट् कसरी दुविधामा पर्न सक्छन्‌ ?” रोस्तोभले सोच्यो । र सम्राट्का अन्य कुराहरू जस्तै यो दुविधा पनि उसलाई अद्भूत र मनमोहक नै लाग्यो । सम्राट्को यो दुविधा केही छिन: मात्र कायम रह्यो । त्यस बेलाको फेसनअनुसार साँगुरो र चुच्चे बुट लगाएका उनका खुट्टाले उनी चढेको पुच्छर घोप्टाइएकी घोडीको पेटमा छोयो । सेतो पन्जा लगाएको उनको हातले लगाम तान्यो र उनी अव्यवस्थित तरिकाले ढल्कदै अगाडि-पछाडि गर्ने अनुचरगणहरूद्वारा घेरिदै अगाडि बढे । उनी अर्को रेजिमेन्टमा अडिदै झन्‌झन्‌ अगाडि बढ्दै गए । अब रोस्तोभले अनुचरगणको भीडबाट घेरिएका सम्राट्हरूले लगाएको टोपीको सेतो कल्की मात्र देखिरहेको थियो ।

अनुचरगणहरूका माझ अलमस्त र निस्फिक्रीका साथ आफ्नो घोडामा बसिरहेको बोल्कोन्स्कीलाई पनि रोस्तोभले देख्यो अनि उसँग हिजो भएको झगडा सम्झ्यो र उसलाई चुनौती दिने कि नदिने भन्ने विषयमा घोत्लियो । “कदापि राम्रो हुँदैन” उसलाई यस्तो विचार आयो । यस्तो बेलामा पनि चुनौती दिनु, आपसमा झगडा र मानमर्दन गर्नुको कुनै औचित्य छैन । म अब सबैलाई माफी दिन्छु र सबैलाई प्रेम गर्छु ।”-

“सम्राट्ले सबै रेजिमेन्ट निरीक्षण गरिसकेपछि सेनाले उनका अगाडि निर्यामत मार्चपास सुरु गर्यो । रोस्तोभ पनि केही समय पहिले देनिसोभसँग किनेको बेदुइन घोडा चढेर आफ्नो स्क्वाड्रन पछाडिबाट एक्लै सम्राट्लाई राम्ररी हेर्दै उनका अगाडिबाट बढ्यो ।

सम्राट्सामु पुग्नुअगि रोस्तोभ, जो एक कुशल घोडसवार थियो, ले बेदुइन घोडालाई दुई पटक एडी लगायो र सफलतापूर्वक डुल्की चालमा ल्यायो, जुन चालमा उसको घोडा उत्तेजित भएपछि हिँड्ने गर्थ्यो । बेदुइन घोडा गाज निकाल्दै थुतुनो छातीतिर तेर्स्याएर र पुच्छर ठाडो पारेर सम्राट्ले आफूतिर नजर लगाएका होलान्‌ भन्ने ठानेजस्तै गरेर, चनाखो हुँदै र भुइँमा नै नटेकेजस्तो गरेर बडो सानदार ढङ्गमा खुट्टा उचाल्दै सम्राट्सामुबाट अगाडि बढ्यो ।

खुट्टा पछाडितिर फैलाएर, पेट भित्रपट्टि खुम्च्याएर र घोडालाई आफ्नो अभिन्न अङ्गजस्तो मान्दै रोस्तोभ आँखीभौँ खुम्च्याउँदै तर प्रफुल्ल मुद्रामा देनिसोभले भन्ने गरे जस्तै, शैतानको रूपमा सम्राटका सामुबाट अगाडि बढ्यो ।

“स्याबास्‌, पाभ्लोग्राद रेजिमेन्टका सिपाहीहरू,” सम्राट्ले भने ।

“हे भगवान्‌ । यति बेला सम्राटले मलाई तुरुन्तै आगोमा हामफाल्ते आदेश दिए म कति खुसी हुने थिएँ,” रोस्तोभले सोच्यो ।

निरीक्षण गर्ने काम पूरा भएपछि केही समयपहिले रसियाबाट आएका सैनिक र कुतुजोभका सैनिक दलका अफिसरहरू, आफ्नो दलमा पुरस्कार र पदक, अष्ट्रियाली सेना र उनीहरूको बर्दी, युद्धमोर्चा र बोनापार्टका विषयमा चर्चा-परिचर्चा गर्न लागे । खास गरेर त्यस बखत बोनापार्टको अवस्था कस्तो होला, जुन अवस्थामा एसेनको सेना पनि आउने छ र प्रसियाले हाम्रो पक्ष लिने छ भन्ने पनि उनीहरूको चर्चाको विषय थियो ।

“तर सबै दलहरूमा चर्चाको प्रमुख पात्र सम्राट् अलेक्जेण्डर नै थिए । उनका हरेक शब्द र गतिविधिको मुक्तकण्ठले प्रशंसा र वर्णन गरियो । निरीक्षणपछि उनीहरू सबैको इच्छा एउटै थियो- सम्राटका आदेशमा छिटोभन्दा छिटो शत्रुका विरुद्ध जाइ लाग्ने । रोस्तोभ र सम्पूर्ण फौजले यही कल्पना गर्थ्यो कि सम्राट्ले सेनाको नेतृत्व गरेको परिप्रेक्ष्यमा उनीहरू जोसुकैलाई पनि पराजित गर्न सफल हुने छन्‌ ।

उनीहरू सबै दुइटा लडाइँ जितेर प्राप्त भएको विश्वासभन्दा पनि यो लडाइँ जित्ने विस्वासमा झन्‌ बढी विस्वस्त थिए ।