
सानो मान्छेले भन्यो, ‘कहिलेकाहीँ म चम्चा झार्छु, सम्हाल्नै सक्दिनँ ।’
ठूलो मान्छेले भन्यो, ‘म पनि त !’
सानो मान्छेले साउतीको भाषामा भन्यो, ‘थाहा छ ? कहिलेकाहीँ कट्टुमा सुसु त्यत्तिकै छिर्छ !’
‘म पनि त !’ ठूलो मान्छेले मुस्कुराउँदै भन्यो ।
‘कहिलेकाहीँ त म रोइदिन्छु,’ बच्चाले सुनायो ।
‘म पनि त ! तर एकान्तमा !’ वृद्ध मानिसले आँखा झिम्क्यायो ।
‘सबैभन्दा खराब त,’ बच्चोले भन्यो, ‘कहिलेकाहीँ घरमा मलाई ध्यानै दिँदैनन्, साह्रै चित्त दुख्छ ।’
वृद्धले सानो मानिसको हात मायाले सुम्सुम्यायो र भन्यो, ‘तिमीले भनेको कुरा म बुझ्न सक्छु बुझ्यौ ! किनभने मलाई पनि… ।’
शब्दः सेल सिल्भरस्टेन
चित्रः ह्युगो गेरहार्ड सिम्बर्ग



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
