साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- हामी ओइलाउँदैछौँ रुखविरुवाजस्तो 

आकाशमा कालो बाक्लो बादल

र त्यस्को प्रतिबिम्बले

bahulako diary small and inside post

अन्तरिक्ष अँध्यारो अँध्यारो

हामी त्यही

अँध्यारोको प्रतीक्षामा थियौँ

हामी त्यही धुम्मको प्रतीक्षामा थियौँ

त्यो कालो बादलबाट

वर्षा होस्

पानी परोस्

पृथ्वीमा अभिषेक होस्

र त्यो अभिषेकबाट

सुक्दै गएका रुख विरुवाहरू

एकक्षणमै हरियो हरियो बनोस्

नयाँ विरुवाहरू उम्रिऊन

पातहरूमा टाँसिएका धुलाहरू

पखालेर सफा चम्किलो होस्

त्यो अभिषेकबाट

धर्तीका जीवजन्तु र प्राणीहरू

र मानिसमा

प्राण आओस्

जीवन आओस्

उमङ्ग आओस्

र रमाउन

नाच्दै

पानीमा भिज्दै

शरीरमा ताजगी स्फुर्ति आओस्

त्यो अभिषेकबाट

चरा चुरूङ्गी पानीमा डुबल्की मार्दै

आफ्ना पखेटाहरू फिजाउँदै

नाच्दै फट्कारून्

त्यो अभिषेकबाट

माटो भिजेर

माटो मलिलो र उर्वर होस्

माटोको गन्ध

माटोको सुगन्ध

किसानको नाकसम्म पुगोस्

नाकले लिएको सुगन्ध र त्यो बास्नाले

आँखा चम्किलो होस्

किसानको अनुहार

उज्यालो होस्

तर

त्यो बादललाई

हुरी र बतासले उडाउन

त्यो बादललाई

हुरी बतासले छिन्न भिन्न गर्न

हुरी कस्सिएर आयो

हुरी ठुलै वेगले आयो

र त्यो हुरीले आफूसँगै

बादल मात्रै लगेन

त्यो हुरीले

हाम्रो घरको धुरीसमेत लग्यो

र हामी सूर्यको राप तापमा

रुख विरुवाजस्तै ओइलायौँ !

प्रतिक्रिया
Loading...