4. मोसुल र यहाँका बासिन्दाहरू

मोसुल विभिन्न किसिमका मानिसहरूको बसोबास भएको एउटा विशाल प्रान्त हो । ती मानिसहरूमध्ये कुनैले Mahomet को भक्ति गर्छन्, जो अरेबियन नामले चिनिन्छन् । अन्य चाहिँ ख्रीस्टियन आस्था बोकेका मानिसहरू छन् तर चर्चको नियमअनुसार चल्दैनन् । यिनीहरू धेरै किसिमबाट अलग छन् र यिनीहरूलाई नेस्टोरियन्स, ज्याकोबाइट्स एवम् अर्मेनियन्स आदि नामले चिनिन्छ । उनीहरू एउटा कुलपिता छान्दछन् जसलाई उनीहरू Jacolit भन्छन् । त्यहाँका आर्कविशप र विशपहरू उनै कुलपिता Jacolit बाट दीक्षित हुन्छन् र भारत, Baudas एवम् Cathay सम्म उनकै निर्देशन लिएर जान्छन् र उनका धार्मिक सन्देशहरू प्रचार गर्छन् । ठिक त्यसरी नै जसरी ल्याटिन देशहरूमा पोपले गर्छन् ।

त्यहाँका सबै स्वर्ण निर्मित वस्त्र एवम् मलमलका वस्त्रहरू मोसुलकै उत्पादनहरू हुन् । मोसुलका उत्पादनहरूको व्यापार गर्ने व्यापारीहरूलाई ‘मोसुलिनी’ नामले चिनिन्छ, जसले विभिन्न मसला र औसधिहरू ठूलो परिमाणमा एक देशबाट अर्को देश, एक प्रान्तबाट अर्को प्रान्तसम्म ओसारपसार गर्छन् ।

मोसुलको हिमाली भेगमा Kurds नामको एक सम्प्रदाय बस्छ, जोमध्ये कोही Christian छन् भने कोही Mahometans छन् । यिनीहरू एकदमै साह्रै बदमास चरित्रका छन्, जसको पेशा भनेकै व्यापारीहरूलाई लुट्नु रहेको छ । यस प्रदेशको समीपमै Mus र Maredin नामका ठाउँहरू छन्, जहाँ सुतीको प्रचुर उत्पादन हुन्छ । र यसबाटै Boccasini नामको कपडा तयार गर्छन् । यहाँका बासिन्दाहरूमा उत्पादक र व्यापारीहरू बढी छन् ।

5. बौदास (बग्दाद)

राजा द क्यालिफको शासन रहेको बौदास एक विशाल सहरको रूपमा रहेको छ । एउटा ठूलो नदी यस सहरको बिच भएर बग्छ । अर्थात् यहाँका व्यापारीहरू लगभग सत्र दिनको समुद्रयात्रा गरी भारतदेखि वस्तु ओसारपसार गर्छन् । बौदासको नदी हुँदै समुद्रयात्रा सुरु गर्नेहरू नदी सकिएपछि Kisi नामक स्थानमा पुग्छन्, जहाँबाट उनीहरूको समुद्रयात्रा सुरु हुन्छ । बौदासमा एउटा रेसम उत्पादक उद्योग छ, जहाँ मखमल लगायतका अन्य कपडाहरूको उत्पादन हुन्छ । कपडाहरूमा विभिन्न पंक्षी एवम् जनावरको चित्र अंकित गरिएको हुन्छ । भारतदेखि युरोप लिइने सबैजसो मोति यही ठाउँ भएर जान्छन् ।

यहाँ महोमेतका आदेश/निर्देशन र उनका दर्शन सबैतिर उच्च महत्वका साथ हेरिन्छ ! साथै संगीत, भौतिकशास्त्र, अन्तरीक्षविज्ञान, भूगोल लगायतका विषयमा पनि मानिसहरू उत्तिकै चासो राख्दछन् । यो क्षेत्रको सेरोफेरोमा बौदाद सहर संसारकै एक विद्वत र व्यापक सहरको रूपमा रहेको छ ।

द क्यालिफ, जसले अन्य शासकहरूले भन्दा बढी वैभवको पहुँच बनाउने महत्वाकांक्षा लिए, उनको दुर्दशापूर्ण मृत्यु भयो । एक समय जतिबेला तार्तार राजकुमारहरूले आफ्नो क्षेत्र विस्तार गर्ने संकल्प लिए । जसमध्ये सबैभन्दा जेठा राजकुमार Mangu ले उक्त राजकुमारहरूको नेतृत्व गरिरहेका थिए । विशाल देश Cathay वशमा पारिसकेर पनि उनीहरू सन्तुष्ट थिएनन् । अझै अन्य देशहरू कब्जा गर्ने लालच उनीहरूमा थियो । उनीहरूले विश्व कब्जा गर्ने र उक्त विश्व आफ्ना भाइहरूमा विभाजन गर्ने विचार बनाइसकेका थिए । यसै लक्ष्य अनुरूप, उनीहरूमध्ये एकजना पूर्वतिर, अर्का दक्षिणतर्फ, र अन्य दुईजनाले बाँकी संसार विजय गर्ने प्रस्ताव राखे ।

दक्षिणतर्फको भाग Alau को जिम्मामा आयो । जसले आफ्नो विशाल सेनालाई एकीकृट गरे र 1255 मा बौदाद सहर आक्रमण गरे । बौदादको अपार शक्ति र यहाँको विचित्र जनसङ्ख्याको बारेमा सतर्क हुँदै Alau ले बलबाट भन्दा पनि जुक्तिबाट उक्त सहर विजय गर्ने रणनीति रचे । र ती शत्रुहरूलाई धोका दिन एक लाख सेना एक भागमा राखे भने बाँकीको अर्को भाग बनाए । उक्त विभाजित सेनाको एउटा भाग गुप्त रूपमा जङ्गलमै बस्यो । बाँकी केही सेना साथमा लिएर सहासपूर्वक Alau स्वयम् बौदादको प्रवेशद्वार सम्म पुगे । बौदादका राजा द क्यालिफले Alau को प्रतिकारमा एउटा अकल्पनीय सैन्य शक्ति खडा गरे । आखिर यो द क्यालिफको आफ्नै पतनको एउटा खुड्किलो थियो ।
उक्त अपार सैन्यशक्ति साथमा लिएर द क्यालिफ सहरबाहिर आए । तर जब Alau ले उक्त विशाल सेनासहित द क्यालिफ आफूतिरै आएको देखे, तब आफू पराजित भएको नागक गर्दै जङ्गलतिर भागे, जहाँ आफ्नो विशाल सेना तयारी अवस्थामा थियो । क्यालिफ Alau को पिछा गर्दै जङ्गलसम्म आए । दुर्भाग्य, क्यालिफ Alau का सेनाहरूबाट घेरिइसकेका थिए । क्यालिफले आत्मसमर्पण गरे । उनी कैदी बनाइए । यसरी बौदाद सहर Alau को कब्जामा आयो ।

बौदादमा प्रवेश गर्नसाथ Alau ले एउटा स्वर्णनिर्मित टावर देखे । उनले क्यालिफलाई आफ्नो सामु बोलाए र उसलाई निन्दा गर्दै उक्त टावरमा क्यालिफलाई निराहार कैद गरिदिए । यसरी केही दिनमा क्यालिफको दुखान्त अन्त्य भयो ।

लाग्छ, जिसस क्राइस्टले आफ्ना भक्तहरूसँग नराम्रोसँग बदला लिए ! जब 1225 मा द क्यालिफको शासन सुरु भयो, उनको अधिकतम प्रयास भनेको आफ्नो क्षेत्रका सबै बासिन्दाहरूको धर्म परिवर्तन गराउनमा रह्यो । जसले मान्दैनथ्यो, ऊ मृत्युको भागिदार हुन्थ्यो । यस अभियानको लागि उनीहरूले Gospel मा एउटा उपाय निकाले । उनीहरूले भने कि, “यदी तिमीहरूमा विश्वास छ भने तिमीहरूले आफ्नो भगवानलाई Gospel को यो विशाल पहाड हटाउन भन ।”

किनकि यो असम्भव थियो । यस किसिमको रणनीति बनाएर क्यालिफले बौदादका नेस्टोरियन र ज्याकोबाइट ख्रीस्टियनहरूलाई बोलाए, जो भारी सङ्ख्यामा थिए । उनीहरूलाई सोधियो कि- ‘के तिमीहरूमा विश्वास छ?’

जवाफमा उनीहरूले परमेश्वरप्रति विश्वास रहेको बताए ।

“यदी तिमीहरूमा विश्वास छ भने तिमीहरूमध्ये कसले देखाउन सक्छ त्यो विश्वासको प्रमाण? यदी साँच्चिकै विश्वास छ भने Gospel को पहाड हटाउनको लागि परमेश्वरसँग बिन्ती गर । यसको लागि तिमीहरूसँग 10 दिनको समय छ । उक्त समयभित्र उक्त पहाड हटाउन सक्यौ भने तिमीहरूको विश्वास प्रमाणित हुनेछ, अन्यथा तिमीहरू सबैजना क्रूर मृत्युको भागिदार हुनेछौ ।” राजाले आदेश दिए ।

बिचरा ती ख्रीस्टियनहरू क्यालिफको उक्त क्रूर मनसाय र उनीहरूको सम्पत्ति हडप्ने अभिलाषासँग परिचित भए । क्यालिफको उक्त आदेशले उनीहरूको जीवन काँपिरहेको थियो । तथापि उद्धारकर्ता परमेश्वरले आफूहरूलाई यस खतराबाट बचाउलान् भन्ने आस्था राख्दै उनीहरू भेला भएर एउटा सल्लाहमा जुटे । केवल ‘परमेश्वरको कृपा हुनेछ’ भन्ने सिवाय अरू कुनै उपाय कसैबाट निस्केन ।

प्रत्येक विश्वासीहरू साना बालकदेखि वृद्धसम्म सबैले रातदिन धर्तीमा घोप्टो परेर आँसु झार्दै प्रार्थना गर्न थाले । सबै काम छोडेर सबका सब प्रार्थनामै लिन भए । यसरी नै आठ दिन बिते । बल्ल एकजना विशपको सपनामा दैवी शक्ति प्रकट भए र उक्त समस्याबाट उम्किनको लागि एउटा सार्की (जसको नाम बताएनन्, तर एउटा मात्र आँखा भएको बताए) को खोजी गर्न निर्देशन दिए, जसले मात्र उक्त पहाड हटाउन सक्थ्यो ।

जब ती विश्वासीहरूले उक्त एउटा आँखायुक्त सार्कीलाई भेटेर उक्त वृत्तान्त सुनाए, तब उक्त सार्कीले आफू त्यस्तो साहसिक कार्यको योग्य नभएको र त्यस कृपाको हकदार नभएको जवाफ दिए । तथापि ती भयभीत ख्रीस्टीयनहरूको लागि भए पनि उक्त कार्य गर्न सार्की तयार भयो । उसले आफू स्वच्छ नैतिकता र पवित्र हृदय युक्त एक धर्मपरायण विश्वासी भएको कुरा मनन गर्दै उक्त प्रार्थनामा संलग्न भयो ।

एकपटक उक्त सार्कीकहाँ एक महिला आफ्नो चप्पल फिट गर्न आएकी थिइन् । चप्पल तयार गरेर दिँदैगर्दा उक्त महिलाको खुट्टाको सुन्दरता देखेर सार्कीको मनमा क्षणिक पाप पैदा भयो । सत्यको वचन थियो- “यदी तिम्रो आँखाले कसैको प्रति लोभ वा पाप देख्छ भने तिम्रो आँखा झिकिदेऊ । नरकको आगोमा तड्पिनुभन्दा एउटा मात्र आँखासँगै स्वर्ग जाऊ ।”

तत्कालै एउटा औजारको सहायताले उक्त सार्कीले आफ्नो दायाँ आँखा झिकेर फालिदिएको थियो । यसबाट तपाईं जान्न्सक्नुहुन्छ उक्त सार्कीको भगवान् प्रतिको आस्था ।

निर्धारित मिति सकिन केही समयमात्र बाँकी थियो । दैवी सेवा त्यसको एक घण्टा अघि सम्पन्न भयो । विधिपूर्वक पहाड अगाडिको मैदानमा कार्य सम्पन्न गरियो । तर पहाड हटेन, पवित्र क्रुस पहाडकै सामुन्नेमा जल्यो ।

क्यालिफले भने आफ्नो रणनीति अनुसार ती ख्रीस्टियनहरूको विनाश गर्न आफ्ना सैनिकहरूलाई अर्को समारोह गर्न आदेश दिए ।