यो संसारमा जीवन कति नाजुक छ भन्ने कुरा कोभिड १९ ले प्रमाणित गरिदिएको छ । एउटा महामारीले हामीलाई घरभित्रै बस्न र ज्यान जोगाउने अनेक उपक्रममा व्यस्त रहन बाध्य पारेको छ । यस्तो महामारी प्रकृतिले झेल्न थालेको वर्षौं भइसक्यो । प्रकृति ध्वस्त पार्ने महामारीका कारण संसारभरका कयौँ प्राणीहरू यो पृथ्वीबाट नै नामेट भइसकेका छन् ।

हालै गार्डियन दैनिक पत्रिकाले संसारमा संकटमा परेका प्राणीहरूमाथि एउटा तस्बिर शृङ्खला शुरू गरेको थियो । सो शृङ्खलामा अखबारले सयभन्दा बढी तस्बिरहरू प्रस्तुत गरेको थियो । यहाँ हामीले भने चुनिएका ९ वटा सुन्दर तस्बिरहरू पेश गरेका छौँ । अबका केही दशकमा यहाँ देखिएका जनावर र हामीले अनुभूत गरिरहेको प्रकृतिको अनुपम छटा देख्न पाइने छैन ।

यस्ता गम्भीर विषयमा बारम्बार पाठक, दर्शकहरूलाई झक्झक्याउने तस्बिरहरू हामी पनि मनन गरौँः