कलाकार: आलोक गुरुङ
शीर्षक: गाउँकी युवती
साइज: १८x२४ इन्च
माध्यम: तैल रङ
वरिष्ठ कलाकार आलोक गुरुङ खासगरी तैल माध्यममा मुहार चित्र श्रृजना गर्नुहुन्छ । चार दशकदेखि पोखरामा बसेर कलाश्रृजना गर्नु हुने गुरुङले राजा वीरेन्द्र, सरुभक्त, लोककवि अलि मियाँदेखि समाजका थुप्रै लब्ध प्रतिष्ठित व्यक्तिको मुहार चित्र बनाइसक्नु भएको छ। व्यक्तिचित्रबाहेक उहाँले लामो समयदेखि नेपाली जनजीवन र दृश्यचित्र श्रृजना गर्दै आउनुभएको छ।
प्रस्तुत मुहारचित्र गाउँघरमा घाँसदाउरा गर्दै हुर्किएकी एउटी संघर्षशील नेपाली युवतीको चित्रण हो । सहरको “ब्युटि कन्टेस्टको” परिभाषामा नपर्ने यस्ता कैयन् युवतीहरू स्थानीय भेषभूषा, रहनसहन र गरगहनामा सजिने हो भने कुनै पनि विश्व सुन्दरी भन्दा कम देखिँदैनन् भन्ने जिकीर कलाकारले गर्नुभएको छ । साथै, निष्कपट जीवनशैली र प्राकृतिक जीवनशैली सुन्दरताको मूल मर्म हो भन्ने कुरा यस चित्रमा देखाइएको छ । तैल माध्यममा निर्माण गरिएको यो चित्र यथार्थपरक शैलीमा सृजना गरिएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।