
आजको डुवर्स-२
दृश्य-१
मास्तिर आकासमा उत्कन्ठाका शिर
पेण्डुलम् झैँ हल्लिरहन्छ
सधैँभरी….
घाम-पानी केही नछेक्ने
त्यो शिर।

बिलोक शर्मा (डुवर्स)
आँसुको असारले नुहाँउदा- नुहाँउदा
नियतिको अम्लत्व चरम् सीमामा छ
बुट्टाहरूका जरा-जरा आज
गूरुत्वाकर्षणलाई बोझ मान्न थालेका छन्।
दृश्य-२
भाग्यका चर्खाले सियेको लुगा
कतिदिन लाउनुपर्ने
थाहा छैन त्यो बालकलाई।
उसका बुआका अनसन अनि धर्नाका क्रम
रजत जयन्ती टेक्दैछ आज।
स्लोगन्हरू गायत्री मन्त्र बनिँदा पनि
हिँडेका बाटाहरू पराया छन्
भत्ताहरूका ला…म अनि ‘नवान्न’-का अन्नले
जुनी पछि जुनीका इतिहास लेखिँदैछ।
दृश्य-३
हुटरर्का कर्णभेदी आवाजहरू
प्रामाणिकता दर्शाउन छाड्दैनन्
चिसा कोठाहरूमा भएका
पाइतालाहरूका पसीनाका ब्रान्डिङ
अनि
भावी प्रजन्मका पोट्रेट्हरू।
अखबारका पहिलो पन्ने शिर्षकले
भवितव्य(!)-का बाढ लिएर आउँदा
टेकेका भुइँ खस्किएको थाहा पाउँदैनन्
ठेला उठेका खुट्टाहरू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

