२५
कन्डक्टर भित्र पस्यो । हाम्रो डब्बाको मैनबत्ती बलेर सिद्धिनै आँटेको देखेर उसले बत्ती निभाइदियो, तर त्यसको ठाउँमा नयाँ मैनबत्ती बालेन । बाहिर मिर्मिरे उज्यालो हुन थालिसकेको थियो । पोज्दनिशेभ चूप लागिरह्यो । कन्डक्टर त्यस डब्बामा रहुञ्जेल क लामो-लामो सास तान्दैथियो । उसले त्यस बेला मात्रै फेरि आफ्नो कथा भन्न शुरु गस्यो जब कन्डक्टर त्यहाँबाट बाहिर निस्क्यो । दगुरिरहेको रेलगाडीको हल्लाइले गर्दा डब्बाको झ्यालका ऐनाहरू चरचर गरेको र पसलको कारिन्दा एकनाससँग घुर्राइरहेको स्वरबाहेका त्यस मिमिरे अँध्यारोमा अरु कुनै आवाज सुनिदैनथ्यो । हाम्रो डब्बाभित्र अझै पनि अँध्यारो नै थियो र मिर्मिरे उषाकालमा उसको अनुहार र म प्रष्ट देख्न सक्तिनथें । मात्र उसको आवाज त्यहाँ सुनिन्थ्यो । उसको आवाजमा उत्तेजना र क्लेश झन् बढ्दैगइरहेको थियो ।
“अन्दाजी पैंतीस भेस्ता बाटो मैले चोडागाडीमा पार गर्नुपरेको थियो । त्यसपछि आठ घण्टा रेलको सफर पनि गरियो । घोडागाडीमा सफर गर्नु निकै रमाइलो लाग्यो । शरदीय जाडो शुरु भैसकेको भए पनि आकाशमा सूर्य चम्किरहेको थियो । यस्तो समयमा भिजेको बाटोमा घोडागाडीका पांग्राको डोब स्पष्ट पर्नेगर्छ । बाटो सिनित्त परेको थियो, टहटह घाम लागिरहेको थियो । हावा पनि स्फूर्तिदायक थियो । सफर गर्दा निकै आनन्द आइरहेको थियो । यसरी सफर गर्दागर्दै दिन निकै चढिसक्दा मेरो मन चङ्गा भैसकेको थियो । कहिले घोडाहरूतर्फ त कहिले खेततर्फ र कहिले चाहिं बाटोमा भेटिने मानिसहरूतर्फ म दृष्टि दिदैथिएँ । म कहाँ जादैछु भन्ने समेत मलाई सम्झना भइरहेको थिएन । कहिलेकाहिँ म त्यसै सफर गर्दैछु भन्ने लाग्नेगर्थ्यो ।जुन कारणले गर्दा म घोडागाडीमा सफर गर्दैथिएँ सो एकदमै काल्पनिक जस्तो भान परिरहेको थियो । यसरी सबै कुरा भुसुक्क बिर्सिदिनुमा नै म विशेष सुख अनुभव गर्दैथिएँ । म कहाँ जाँदैछु भन्ने जब मलाई झल्याँस्स सम्झना भएर आउँथ्यो, त्यतिखेर म आफैँलाई भन्नेगर्थे: ‘अहिले चिन्ता नगर ! पछि जे हुनुपर्ने हो सो थाहा भैहाल्ला !’ आधा बाटो पार गरिसकेपछि एउटा यस्तो घटना घट्यो जसले गर्दा मैले यात्रा रोक्नुपर्यो र अरु केही समयसम्म मैले अल्झिरहने मौका पाएँ । घोडागाडी बिग्रियो र त्यसको मर्मत गर्नुपर्ने भयो । यस घटनाको बडो महत्वपूर्ण नतीजा निस्कियो । मैले एक्स्प्रेस-गाडी भेट्टाउन सकिनँ र पेसेन्जर-गाडीमा सफर गर्नुपर्यो । यसरी म साँझ पाँच बजे नै मास्को पुग्नुको सट्टा रातको बाह्र बजे मात्र मास्को पुगेँ र घर पुग्दा त रातको एक पनि बजिसकेको थियो । पहिले एउटा बैलगाडीमा चढेँ, त्यसपछि घोडागाडीको मर्मत भयो, अनि ज्याला-भाडा इत्यादि चुक्ता गरियो, बाटोमा एउटा भट्टीपसलमा चियापान भयो, पालेसँग कुराकानी गरें- यी सबै कुरा ठीक भैहाल्यो । फेरि मेरो यात्रा शुरु भयो । राति घोडागाडीमा सफर गर्नु त दिनको सफरभन्दा पनि बढी रोचक हुँदो रहेछ । आकाशमा अर्धचन्द्र उदाइरहेको थियो, अलिअलि तुषारो परिरहेको थियो । बाटो निकै सफा थियो, घोडाहरू स्फूर्तिला थिए, गाडीवान पनि ठटेउलो मिजासको थियो । म मजासित सफर गर्दैथिएँ । घर पुगेर मैले कुन कुराको मुकाबिला गर्नुपर्ने हो भन्ने मलाई कत्ति पनि फिक्री रहन गएको थिएन । सकेपछि के हुने हो भन्ने कुरा मलाई पक्का भएको हुँदा नै म विशेष खुशी थिएँ र अन्तिमपल्ट जीवनमा जुन सुख लुट्न पाइन्छ त्यसलाई लुटिहालूँ भन्ने पनि चाहन्थेँ क्या र !परन्तु मेरो यो मानसिक शान्ति र आफ्ना भावनाहरूलाई भित्रभित्रै दबाएर राख्ने क्षमता घोडागाडीको सफरको साथसाथै समाप्त भयो । रेलगाडीको डब्बाभित्र पस्नेबित्तिकै मलाई अर्कै किसिमको अनुभव हुन थाल्यो । त्यो आठ घण्टा लामो रेलको सफर कति उराठलाग्दो रहयो भने म त्यसलाई भरजीवन बिर्सनेछ्लैन । सके रेलको डब्बामा प्रवेश गर्नासाथै मलाई आफ्नो घर पुगिसकेको अनुभव भएर हो वा रेलको सफरले मानिसहरूको स्नायुतन्तुमा उत्तेजना पैदा गर्नेहुनाले हो, जसै मैले डब्बामा आफ्नो आसन जमाएँ , त्यतिखेर नै आफ्नो मनलाई काबूमा राख्न म असमर्थ भैहालें । मेरो ईर्ष्या जगाउन एकपछि अर्को गरेर तरह तरहका दृश्यहरू मेरो मानसपटमा चित्रित हुन लागे । हरेक नयाँ चित्र पहिलोभन्दा बढी अश्लील हुनेगर्थ्यो । अनि हरेक चित्रबाट एउटै कुरा थाहा पाइन्थ्यो- मेरो अनुपस्थितिमा मेरी पत्नीको चालामाला कस्तो रहयो र उसले मलाई कसरी धोका दिंदैरही । क्रोध र ईष्याको आगोमा म पिल्सिरहेँ । मेरो मानसपटलमा उत्रेका ती चित्रहरूको कारणले गर्दा मलाई एक विशेष प्रकारको हीनताबोध गति थियो । तर म त्यसैमा रुमल्लिरहेको थिएँ र त्यसबाट उम्कन सकिरहेको थिइनँ । न म ती चित्रहरूलार्इ मेटिढिन सक्थें, न त तिनबाट कतै अन्यत्र नै आँखा हटाउन सक्थें । अझ कहाँसम्म भने ती चित्रहरू बारम्बार मेरै आँखाअगिल्तिर झल्झल्ती आउनेगर्थे । ती काल्पनिक चित्रहरू जतिजति म हेर्दैजान्थें त्यसै अनुरुप त्यसको वास्तविकतामा पनि विश्वस्त हुँदैजानेगर्थे । ती चित्रहरूको स्पष्टता नै मेरो लागि तिनको सत्यताको प्रमाण बन्न पुगेको थियो । म जुन कुराको कल्पना गरिरहेको थिएँ त्यो नै मलाई यथार्थ जस्तो लाग्न थालिरहेको थियो । मैले नचाहँदा नचाहँदै पनि कुनै शैतानले नाना थरीका भयङ्करभन्दा भयङ्कर अनुमान मेरो कानैमा खासखुस गर्दै सुनाइरहेको थियो । धेरै पहिले त्रुखाचेभ्सकीको दाजुसँग गरिएको एउटा कुराकानी मैले सम्झें । त्यस कुराकानीको झल्याँस्स सम्झना हुनेबित्तिकै मेरो मुटु नै छियाछिया भयो । त्यस कुराकानीमा चर्चा गरिएको विषयलाई मैले त्रुखाचेभ्स्की र आफ्नी पत्नीमा चरितार्थ गर्न थालें ।
त्यो कुराकानी भएको धेरै समय बितिसकेको थियो , तर मलाई त्यसको एक-एक कुरा सम्झना भयो । त्रुखाचेभ्स्कीको दाजुसँग कहिलेकाहीं रण्डीकोठीतिर गइन्छ कि गईइँदैन भनेर मैले सोधेको थिएँ । यस प्रश्नको जवाफमा उसले भनेको थियो: ‘कुनै पनि भद्रभलादमी त्यस्तो ठाउँमा जानेगर्दैन, किनभने त्यहाँ रोग सर्ने डर रहन्छ । त्यसै पनि असाध्य फोहोर हुन्छ र दुर्गन्ध चल्छ । फेरि चाहिएको बेला जहिले पनि भद्र महिला भेट्टाइहालिन्छ भने त्यहाँ जनु नै पर्ने के छ र ?’ आखिर यस्तै भयो ! त्यसैको भाइले मेरै पत्नीलाई भेट्टाइहाल्यो । ‘हुन त अब उसको बैंस पनि छिप्पिइसक्यो, जिउडाल पनि अलि थसुल्लो देखिन्छ, एउटा चपाउने दाँत पनि फुक्लिसकेको छ !’- मैले उसको सट्टामा मनमनै सोचें ।-“तर बिग्रिहाल्ने कुरो केही छैन । जो हाथ सो साथ !’ “हो, उसलाई आफ्नी रखौटी तुल्याएर उसउपर अझ उसले कृपा नै गरेको सम्झनुपर्ला ।”-मैल मनमनै भनें ।-उसबाट उसलाई रोग सर्ने पनि कुनै डर छैन !’ ‘धत्, के सोचेको यस्तो ! यस्तो असम्भव कुरा पनि सोच्नुहुन्छ कतै ?’-भयभीत हुँदै मैले आफैँलाई सान्त्वना दिएँ ।-‘यस किसिमको कुनै कामकुरा गरिएको हुन सक्दैन । यस खालको अडकल काटने समेत कुनै ठोस आधार छैन । के तेरै स्वास्नीले स्वयं नै भनेकी होइन र- त्यो जस्तो मान्छेसित मैले ईर्ष्या गर्नु नै सुहाउँदैन र यसबाट उसको सम्मानमा चोट पुग्नेछ भनेर ! हुन त हो, तर उसले हाकाहाकी नै फटाहा कुरा गरेकी हो । ऊ झूठो बोल्दैथिई !:-म मनमनै बेसरी चिच्याएँ र मेरो मथिङ्गलमा फेरि त्यस्तै कल्पनाहरू ओइरिन लागे ।…हाम्रो डब्बामा दुई जना मात्र यात्रुहरू थिए- एउटी बुढिया र अर्को चाहिं उसको पति । ती दुवै जना चूपचाप बसिरहेका थिए । एउटा स्टेशनमा उनीहरू पनि उत्रिहाले र डब्बामा म एक्लै रहन गएँ । त्यतिखेर मेरो मनस्थिति त्यो जनावरको जस्तो थियो जो भर्खरभर्खर पिंजरामा बन्द गरिएको हुन्छ । कुनै बेला म लसक्क लम्केर झ्यालनेर पुग्थेँ भने कुनै बेला चाहिं लर्खराउँदै डब्बामा बेगसित हिँडिरहेको हुन्थे, मानौं यस प्रकारको रेलको डब्बालाई समेत उछिन्न सकिदो होस् ! परन्तु रेलगाडी भने आफ्नै गतिले सबै बेञ्चहरू र झ्यालहरूसहितको डब्बालाई हल्लाउँदै त्यसरी अगाडि दगुरिरहेको थियो जसरी अहिले यो हाम्रो रेलगाडी गइरहेको छ ।…”
पोज्दनिभेश जुरुक्क उठ्यो र डब्बामा दुई-तीन चक्कर काटेर फेरि आफ्नै सीटमा बस्यो ।
“उफ्! मलाई रेलगाडीको डब्बामा सफर गर्दा डर लाग्छ, असाध्य डर लाग्छ । रेलका डब्बाहरू मलाई ज्यादै भयङ्कर लाग्छन् । हो, म त्राहित्राहि हुन्छु !”-ऊ अगाडि भन्दैगयो । “म जहिले पनि आफूलाई सम्झाउँदै भन्छु : “कुनै अर्कै विषयमा सोच्न थाल्बाबू ! लौ त्यसै भट्टीपसलको मालिकको बारेमा सोचे पनि हुन्छ’जसकहाँ जलपान गरेको थिइस् !’ अनि मेरो आँखाअगिल्तिर लामो दाह्रीवाल भट्टीपसले र उसको नाति झल्कन आइपुग्छन् । उसको नातिचाहि उ रै भास्याको उमेरको छ । ‘मेरो छोरो भास्या ! उसले आफ्नी आमालाई त्यस बेलावादकले अङ्कमाल गरेर म्वाइँ खाएको समेत देख्छ होला । उसकी आमानचाहिंलार्इ यसको के चासो र ? ऊ त आफ्नो प्रेमलीलामा मस्त होली !..’ फेरि कल्पनाको त्यही क्रम शुरु भैहाल्यो । ‘हैन ! अब म स्थानीय अस्पतालको बारेमा सोच्न थालुँला ! अँ, त्यो रोगीले हिजो कसरी डाक्टरको विरुद्ध उजुर गर्न लागेको थियो । त्यस डाक्टरको जुँगा पनि हुबह् त्रुखाचेभ्स्कीकै जुँगा जस्तो देखिन्छ । अहो त्यो मान्छे कस्तो नकच्चरो रैछन त !..मलाई छक्काउन नै त्यसले आफू जाँदैछु भन्ने कुरा गरेको रैछ । ती दुवैले मलाई धोका दिएका रहेछन् !’ यसरी फेरि तिनै चित्रहरू झल्झल्ती देखा पर्न लागिहाल्थे । जुन कुरा सोच्न थाले पनि आखिर घुमीफिरीकन उनीहरूकै बोरमा विचार गर्न पुग्थे । म ज्यादै पीडित थिएँ । मेरो पीडाको मुख्य कारण थियो- मेरो अज्ञान, मेरो शंका-उपशंका, मेरो दुविधा ! उसलाई प्रेम गर्नुपर्ने हो कि घृणा गर्नुपर्ने हो सो छ्रुट्ट्याउन नै मलाई कठिन भैरहेको थियो । मेरो मानसिक वेदना कतिसम्म चर्को थियो भने एकपल्ट मेरो मथिङ्गलमा एउटा यस्तो विचार पनि उब्जियो जुन मलाई ज्यादै राम्रो लागेको थियो- ‘डब्बाबाट निस्केर रेलको लीगमा लम्पसार परेर पल्टिनु मात्र पर्छ तैंले । बस्, सब मामिला खतम भैहाल्छ ! यसो. गर्दा कमसेकम तैँले आफ्नो मनलाई शंका र द्विविधाको भुमरीमा पार्नुपर्नेछैन !’ तर यस्तो गर्नबाट मलाई रोक्ने एउटै मात्र कुरा थियो र त्यो हो- आफूप्रति दयाभाव ! यसै कारणले गर्दा मेरो मनमा आफ्नो पती प्रति अपार घृणा उत्पन्न हुन्थ्यो । त्यस बेलावादकप्रति पनि मेरो मनमा घृणाभाव जाग्दथ्यो, परन्तु त्यो घृणा चाहिँ अर्कै खालको थियो । मेरो अपमान भयो र उसको जीत भयो भन्ने भावना पनि त्यस घृणामा ओतप्रोत थियो । किन्तु आफ्नी पत्नीप्रति भने प्रचण्ड घृणा जागृत हुन्थ्यो । “म आत्महत्या गरुँ, तर उसलाई चाहि त्यसै छोडिदिनँ ? अहँ , यस्तो कुरा हुँदैन ! उसले पनि यस्तो यन्त्रणा भोग्नैपर्छ जस्तो म अहिले भोग्दैछु । मैले जुन यातना भोग्नुपरेको छ त्यसको किञ्चित् मात्र भए पनि ज्ञान उसलाई हुनैपर्छ !’-मनमनै म विचार गर्थें । हरेक स्टेशनमा म आफ्नो मन बहलाउन भनेर उत्रनेगर्थें । एउटा स्टेशनमा एक क्याफेहाउसमा मानिसहरू रक्सी खाँदैथिए । मैले पनि भोड्का मगाएर खाएँ । मेरो छेवैमा उभिएर एक जना यहूदी पनि रक्सी घुट्क्याउँदैथियो । उसले मसँग कुरा गर्यो । आफ्नो डब्बामा एक्लै बस्न नपरोस् भनेर म पनि उसको साथ लागेर उसैको डब्बामा गएँ । त्यो तेस्रो श्रेणीको डब्बा थियो र साह्रै फोहोर तथा धुवाँले भरिएको थियो । भुईंमा सूर्यमुखी फूलका बियाँ खाएर फ्याँकिएका छोक्राहरू छयाल्लब्याल्ल थिए । त्यहाँ म उसको छेवैमा बसें र नाना थरीका कुराहरू सुन्न थालें । उसले अनेकौं चुड्किला किस्साहरू पनि सुनायो । म ध्यान दिएर सुन्दैथिएँ, तर उसले भनेको एक कुरा पनि म बुझ्न सकिरहेको थिइनँ । मेरो मन त आफ्नै
तर्कनाहरूमा नै डुबिरहेको थियो । उसले यस कुराको चाल पाइहाल्यो र ध्यानपूर्वक उसको कुरा सुन्ने अनुरोध गर्यो । त्यसै बेला म उठे र सरासर आफ्नो डब्बामा फर्के । “मैले सब कुरा दोहोर्याई-तेहर्याई सोच्नुपर्छ !’-मैले मौन भाषामा आफैलाई भनें ।-जुन कुरा म सोच्दैछु सो सही हो कि होइन भन्ने पनि बुझ्ने प्रयास गर्नुपर्छ ! म शान्तिपूर्वक विचार गर्ने उद्देश्यले बसें । परन्तु स्थिरचित्त तुल्याएर विचार गर्नुको सट्टा तत्कालै फेरि त्यही नै तर्कना शुरु भयो जुन पहिले पनि उठनेगर्थ्यो । तर्कपूर्ण विचारहरूको सट्टा त्यही अडकलबाजी र त्यही चित्रहरू चक्कराउन लागिहाले । “कतिपल्ट हो कतिपल्ट मैले यस्तो यन्त्रणा भोगिसके ।’-मैले आफैलाई भनें (मलाई पहिले- पहिलेका ती सबै घटनाहरूको पनि सम्झना भएर आउँथ्यो जब म ईर्ष्याको कारणले गर्दा क्रोधान्ध हुनेगर्थे) ।- ‘तर हरेकपल्ट मेरो ईरष्या निराधार साबित हुनेगरेको थियो । अहिले पनि सके यस्तै होला ! पक्कै पनि यस्तै हुनेछ । बडो मजासँग पलङ्गमा निदाइरहेकी नै भेट्टाउनेछु म उसलाई ब्युँझली र मलाई देखेर खूब रमाउली । अनि उसको भनाइ र उसको हेराइबाट नै मलाई यी सब कुरा हँदै होइनन् भन्ने थाहा भैहाल्नेछ । जुन कुरा म सोच्दछु सो सब निराधार साबित हुनेछ । ओ ! यो कति राम्रो कुरा हुनेछ !’ अनि त्यतिखेर नै मेरो अन्तरात्माले विरोध जनाउँथ्यो । – अहँ ! धेरैपल्ट यस्तो भएको होइन । तर अब पनि यस्तै चाहिं त हुनेछैन !’ त्यसपछि फेरी त्यही क्रम शुरु भैहाल्यो । हो, यही नै मेरो सासना थियो । म तन्नेरीहरूलाई स्त्रीलम्पट नबन्ने उपदेश दिन ती अस्पतालहरू देखाउन लाने पक्षमा छैन जहाँ भिरङ्गीका रोगीहरूको उपचार गरिन्छ, बरु म उनीहरूलाई मेरो अन्तरात्मामा चियाएर हेर्ने सल्लाह दिनेछु । त्यहाँ उनीहरूले ती दैत्यहरूलाई देख्नेछन् जसले मेरो मुटु लुछेर खाने गरेका छन् । सबभन्दा भयङ्कर कुरा त के थियो भने म कुनै समयमा आफूलाई आफ्नी अर्घाङ्गिनीको शरीरको वास्तविक मालिक ठान्थे । म उसको शरीरलाई निसन्देह नै आफ्नै शरीरको एक अंश ठान्नेगर्थे । यसको साथसाथै म के पनि बुझ्थेँ भने उसको शरीरमाथि मेरो कुनै अधिकार छैन, किनभने त्यो मेरो शरीर होइन र उसले नै आफ्नो इच्छाअनुसार त्यसको प्रयोग गर्न सक्छे । मेरो इच्छाको विपरीत पनि आफ्नो शरीरको उपयोग गर्न सक्छे ऊ! म न उसको, न त उसको नाठोको नै केही बिगार गर्न सक्छु । भन्का-पाले जसरी आफ्नो अधरपान र मधुर चुम्बन आदिको गीत गाउँदै शूलीमा चढेको थियो त्यसै गरेर ऊ पनि गीत गाउँदै फाँसीका तख्तामा चढ्न तयार भैहाल्नेछ । यति मात्र कहाँ हो र ! फेरि म आफ्नी पत्नीलाई समेत केही गर्नै सक्तिनँ । यदि उसले अझै यस्तो पापकर्म गरेकी छैन भने पनि ऊ यस्तो गर्न चाहँदी होली ! उसले यस्तो चाहना राखेकी छे भन्ने थाहा पाउनु त झन् नराम्रो कुरा हुनेछ, किनभने म यसबाट अझ बढी चिन्तित हुनेछु । बरु उसले यस्तो पापकर्म गरेको होस् र मलाई थाहा पनि होस् राम्रो हुनेछ , किनभने यस्तो स्थितिमा कुनै सन्देह रहँदैन । अन्यथा म त्यो कुरा भन्न सक्तिनँ जुन म भन्न चाहन्थेँ ! म त के चाहन्छु भने उसले त्यस कुराको इच्छा नै नगरोस् जुन उसले चाहेकी थिई । शुरुदेखि अन्त्यसम्म नै यी तमाम कुराहरू बौलट्टीपूर्ण थिए ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।